Wednesday 28 March 2012

सदावहार तरकारी प्याज

संसारमा प्रयोग हुने तरकारीहरूमध्ये सबैभन्दा बढी प्रयोग हुने तरकारी प्याज नै हो । विश्वमा हरेक वर्ष२० अर्ब पाउण्डभन्दा बढी प्याज उत्पादन हुने गरेको छ । यो तरकारी हरेक मौसममा सुलभ तरिकाले उपलब्ध हुन्छ । यो धेरै गुणले भरिएको खाद्यव?तु हो । अझ भनौँ भने सु?वा?थ्यको लागि औषधि नै मान्नसकिन्छ यसलाई । धनी होस् या गरिब - जसले पनि आफ्नो आफ्नो तरिकले बनाएर खाने गर्दछ प्याज । यसबाट विभिन्न महँगा खालको खाद्यव?तुबाट पाइने पौष्टिक तत्वहरू पाउन सकिन्छ । यो सेतो, रातो र पहेँलो गरी तीन रङमा पाइन्छ । सेतो प्याज सबैभन्दा उत्तम मानिन्छ भने रातो प्याज मध्यम र पहेँलो प्याजलाई साधारण मानिन्छ । प्याजबाट एक किसिमको गन्ध आउँछ र यसमा हुने गन्धक तत्वका कारण आउने यो गन्धले गर्दा यसलाई मन नपराउने मानिसहरू पनि छन् तर यो गन्ध मानिसका लागि अति उपयोगी छ भन्ने कुरा भने बिर्सनुहुन्न । प्याजको गन्धले दिमागलाई सन्तुलित पार्दछ । भर्खर उखेलेको हरियो प्याजमा 'एम' नामक एक किसिमको विद्युतीय किरण हुन्छ । त्यसलाई भर्खर नि?केको र्सर्ूयको किरणसँग दाँज्न सकिन्छ । भर्खर उखेलेको प्याजको गन्ध हि?तेरिया वा दिमागी असन्तुलन भएका व्यक्तिहरूलाई धेरै नै उपयोगी हुन्छ । 'एम' नामको यो विद्युतीय किरण प्याजमा उखेलेपछि तीन घण्टासम्म मात्र यसमा रहन्छ, त्यसपछि हराएर जान्छ । प्याजलाई काट्दा आँखा पिरो भई आँसु आउन थाल्छ । प्याजमा हुने अल्काइल र्डाई, टर््राई सल्फाइ र कार्बनिक कम्पाउण्डले गर्दा यसो हुने गरेको हो । यसका साथै यसमा थायो प्रोपेनल सल्फर अक्साइडका रूपमा एक किसिमको गन्ध आउने तेल पनि हुन्छ । यो तेलले आँखाको आँसु निकाल्ने ग्रन्थीलाई उत्तेजित पारिदिन्छ । प्याज काट्दा यो तेल बाफका रूपमा आँखाभित्र गई आँखालाई पिरो बनाउँछ र आँखाबाट आँसु आउँछ । प्याजलाई पानीमा डुबाएर काट्यो भने यसबाट बाफ नि?कन पाउँदैन र आँखा पनि पिरो हुँदैन । प्याजलाई खासगरी हरियो तरकारीका रूपमा खाइन्छ तर यसको जमिनमुनिको भाग नबिग्रिने हुनाले यो प्रायः हरेक महिना बजारमा उपलब्ध हुन्छ । अरू तरकारीको अभाव भएको बेला अथवा केही पनि तरकारी नपाइएको अव?थामा पनि बजारमा प्याज पाइने हुनाले प्रायः धेरैजसो घरमा 'प्याज आलु', 'आलु प्याज' भन्दै तरकारी बनाउने गरिन्छ । प्याजलाई विभिन्न तरिकाले बनाएर खाने चलन छ । तरकारी, अचार, सलाद आदिका साथै अरू तरकारी वा परिकारसँग मिसाएर काँचै वा पकाएर वा अन्य परिकारसँग मिसाएर पनि प्याज खाने गरिन्छ । प्याजमा प्रोटिन, चिल्लो पदार्थ, खनिज, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फो?फोरस, फलाम, भिटामिन सी आदि विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । माछा, मासु ज?ता पौष्टिक तत्व प्रश?त भएको तर महँगो तरकारी किनेर खान नसक्ने व्यक्तिहरूले प्याजबाटै धेरै फाइदा प्राप्त गर्न सकिन्छ । धेरैजसो तरकारीहरूमा करिब ४७ प्रतिशतदेखि ६० प्रतिशतसम्म खेर जाने पदार्थ हुन्छन् । तरकारीको खेर जाने पदार्थमा अलिकति लिग्निन् र धेरै मात्रामा सेल्युलोज हुने भएकोले यिनीहरू ?वादहीन, खस्रा र पचाउन नसकने हुन्छन् । 

यसैले यिनीहरूलाई खान नहुने वा खेर जाने पदार्थ भनिन्छ । प्याजमा खेर जाने पदार्थ भनेको बोक्रा र जरा हो । यो जम्मा ३० प्रतिशत हुन्छ । प्याजको बोक्रालाई विभिन्न सजाउने व?तुमा पनि प्रयोग गर्न सकिन्छ तर यो चलन नगण्य रूपमा मात्र छ । प्याज दिनदिनै सेवन गरेको खण्डमा शरीरमा फर्ूर्ति बढ्छ, पाचन शक्ति वृद्धि हुन्छ, हात खुट्टा कठ्याङग्रिने, न्रि्रा नलाग्ने ज?ता सम?याबाट राहत पाउन सकिन्छ । यसबाहेक पनि प्याजलाई अरू विभिन्न किसिमबाट उपयोग गर्न सकिन्छ । औषधिका रूपमा प्याज विशेष गरेर हैजा फैलिने मौसम वषर्ायाममा यसको प्राथमिक उपचारका रूपमा प्याज र बाबरी -पुदिना) पिसेर त्यसको रस दर्ुइ दर्ुइ घण्टाको फरक पारी खुवाएमा बान्ता रोकिन्छ र बिरामीलाई न्रि्रा पनि लाग्छ । साथै वि?तारै झाडा पनि टाढिएर जान्छ । कसैलाई फलामको कमी भएमा, शिशु हर्ुकनमा बाधा भएमा प्याज प्रश?त खुवाए यी सम?याबाट मुक्ति पाउन सकिन्छ । प्याजको रस र अदुवाको रस बराबर मिसाएर खाएमा बान्ता रोकिन्छ । प्याजको रस दर्ुइ तीन थोपा कानमा राखेमा कान दुखेको पनि निको हुन्छ । शरीरमा रगतको कमी भयो भने रक्तअल्पता हुन्छ । शरीरमा रगत बढाउनका लागि भिटामिन बी र फलाम बढी भएका खानाहरू खानमा बढी जोड दिनर्ुपर्दछ । फलाम पाइने तत्वमध्ये प्याज पनि एक हो । वायुविकार भएका व्यक्तिहरूले काँचो प्याज दिनहुँ केही मात्रामा खाने बानी बसालेमा फाइदा गर्छ । श्रृङ्गार प्रसाधनका रूपमा प्याज कर्ुर्कुच्चा फुटेको छ भने एउटा प्याजलाई पिसेर त्यसको रसबाट फुटेको ठाउँमा नियमित मालिस गरेमा फुटेको हराउँछ । प्याजको रस एक भाग, मह दर्ुइ भाग मिसाएर ठूलो चम्चाले एक चम्चा दिनहुँ सेवन गरेमा शरीरको छाला राम्रो हुन्छ । अन्त्यमा एउटा रमाइलो उपयोग - प्याजको रसबाट कागजमा अक्षर लेखेमा तत्कालै त्यो देखिँदैन तर त्यो कागजलाई पानीमा भिजाएमा अक्षर प्र?टसँग देखिन्छ । 

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...