Wednesday 28 March 2012

गुणको भण्डार गोलभेंडा


गोलभेंडा धनी–गरिब सबैको पहु“चमा रहेको तरकारी जगत्को अग्रपंक्तिको सर्वाधिक गुणकारी फल हो । प्रायः सबै मौसममा पाइने यो फल ‘लाइकोपरसिकम इसकुलेन्टम’ परिवारमा पर्छ ।
एउटा पाकेको स्वस्थ्य गोलभेंडामा कार्बाेहाइडे«ड ४.५ प्रतिशत, पानी ९२.८ प्रतिशत, प्रोटिन १.९ प्रतिशत, खनिज ०.७ प्रतिशत, चिल्लो ०.४५ प्रतिशत, क्यासियम ०.०२ प्रतिशत र फस्फोरस ०.०४ प्रतिशत पाइन्छ । प्रति सयग्राम गोलभेंडामा फलाम २.४ मिलिग्राम, भिटामिन ए, बी र सी क्रमशः २३०, ४० र ३३ मिलिग्राम हुन्छ । यसबाहेक पोटासियम, सोडियम, म्याग्नेसियम, गन्धक, तामा, क्लोरिनलगायत् साइट्रिक एसिड, भ्यालिक एसिड, आन्ज्यालिक एसिडजस्ता तत्वहरु गोलभेंडामा पाइन्छन् ।
गोलभेंडामा रहेको भिटामिनहरु अरु तरकारीहरुको भैंm छिटो नष्ट हुँदैनन् । पकाउँदा अरु तरकारीमा हुने भिटामिनहरु जलेर घट्दछ तर गोलभेंडामा रहेका भिटामिनहरुमा तापको कारणले ह्रास आउँदैन । यसको अँचार बनाएर धेरै कालसम्म भण्डार गरेर राख्दा पनि गोलभेंडाको पौष्टिकतामा ह्रास आउँदैन । बच्चादेखि बूढासम्म यो तरकारी वर्गको फल उत्तिकै उपयोगी छ र हानिरहित छ ।
गोलभेंडामा खनिज तत्व प्रशस्त पाइने हुनाले यसले रगतलाई क्षारयुक्त बनाउँछ र रोगका आक्रमणलाई निस्फल पार्छ । शरीरको प्रतिरक्षा शक्तिका लागि आवश्यक झण्डै सबै तत्वहरु गोलभेंडामा पाइन्छन् । गोलभेंडाभैंm प्रचुर मात्रामा भिटामिन ए, बी र सी एउटैमा पाइने फल अरु छैैनन् । प्रतिदिन सय ग्राम गोलभेंडा खानाले बल, बुद्धि र सौन्दर्यमा वृद्धि आउँछ भन्ने चिकित्सकहरुको भनाइ छ । हुर्किरहेको बालबालिकालाई दिनदिनै २–३ पटक २–२ चम्चा ताजा गोलभेंडाको रस ख्वाउने गरेमा यसमा भएको क्याल्सियमले शारीरिक वृद्धिको गति ढिलो छ भने त्यसलाई छिटो पार्छ । गोलभेंडाको रस सेवन गर्नाले खाना पच्छ, भोक जाग्छ र कब्जियत हट्छ । 
गोलभेंडामा कार्बाेहाइडे«डको मात्रा न्यून हुने भएकोले मधुमेहका रोगीहरुका लागि यो वरदान हो । यसको नित्य सेवनले पिसाबमा चिनीको मात्रा घट्न गई मधुमेहको नियन्त्रण हुन्छ । यसमा प्रचुर मात्रामा पाइने भिटामिन ‘ए’ ले आँखा स्वस्थ राख्छ । रतन्धो, अल्पदृष्टि आदि नेत्ररोगको उपचार गोलभेंडाको सेवनबाट हुन सक्छ । यसले दिमागी कमजोरी हटाउँछ र मानसिक थकान भगाएर मस्तिष्कलाई सन्तुलित राख्छ । दिनमा दुईपटक गोलभेंडाको रस पिउनाले स्मरण शक्ति कमजोर भएकोले फाइदा हुन्छ । साथै गोलभेंडा शारिरीक थकानबाट मुक्त गरी स्पूmर्ति प्रदान गर्छ । यसमा भएको भिटामिन ‘सी’ ले स्कर्बी रोग हुन दिँदैन र भएकालाई पनि लाभ पु¥याउँछ ।
उच्च रक्तचापका रोगीलाई नुन साह्रै हानिकारक हुन्छ । गोलभेंडाले नुनको दुस्प्रभाव कम गर्छ । मृगौलालाई उद्दीपन गर्ने गुण गोलभेंडामा भएकोले मृगौलाका रोगीले गोलभेंडाको सेवन गर्नेलाई आक्रमण गर्न सक्दैन ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...