Tuesday 28 February 2012

पारापाचुके सम्बन्धी रोचक जानकारी


मानव जातिद्वारा विकसित सँस्कारहरुमध्ये विवाह सबैभन्दा महत्वपूर्ण सँस्कार रहेको पाइन्छ । विवाहको बन्धन भावनात्मक तथा कोमल हुन्छ । आपसी समझदारीको अभावमा जब दाम्पत्य जीवनमा फाटो उत्पन्न हुन्छ, त्यसैको फलस्वरुप पारपाचुकेले जन्म लिन पुग्दछ । पारपाचुकेको पृष्ठभूमि हेर्ने हो भने प्रायशः व्यक्तिगत, आर्थिक तथा सामाजिक कारणले गर्दा भएका पाइन्छन् । यहा पारपाचुकेका यिनै अनौठा परम्पराहरुबारे उल्लेख गरिएको छ ।
केही समयअगाडि नीस ९फ्रान्स० निवासी ९९ वर्षीया वृद्ध महिलाले अखबारमा वैवाहिक विज्ञापन छपाएकी थिइन्–‘आवश्यक छ, ज्यादाभन्दा ज्यादा २२ वर्षीय एक सुन्दर स्वस्थ युवकको । मैले अहिलेसम्म ६४ जनासग छोडपत्र गरिसकेकी छु ।’

उडिसाको औराली गाउका ६२ वर्षीय उदयनाथले अहिलेसम्ममा ८० पटक विवाह गरिसकेका छन् । उदयनाथका ५९ जना पत्नीहरुले विवाह गरेको केही समयपश्चात् पारपाचुके गरिसकेका छन् । १४ वटी पत्नीहरु मरेर गइसकेका छन्, १० जना उनलाई छाडेर गइसकेका छन् भने ५ जना उदयनाथसगै बसिरहेका छन् ।

प्रागका तीन वर्षीय कार्ल लुन्माकले आफ्नो विवाहको केवल ९० मिनेटपछाडि आफ्नी पत्नीसग पारपाचुके गरेका छन् । पारपाचुकेको प्रार्थनापत्रमा पारपाचुके गर्नुपर्ने कारण के थियो भने उसकी पत्नीले विवाहको बेला चर्चमा सुन्दर युवकलाई एकटकले हेरिरहेकी थिर्ई ।

अष्ट्रेलिया, सिड्नीका ४० वर्षीय फिन हेरिसले अदालतसामु न्यायको भीख माग्दै भनेका थिए–मेरी पत्नी मेरो काधमा उभिएर एउटा काठको टुक्राले आफ्नो सुत्ने कोठामा भएको पंखा घुमाउदछे । यसबाट मलाई धेरै दुःख भइरहेको छ । अदालतले हेरिसको पीडालाई ध्यानमा राखी छोडपत्र मन्जुर गरेका थिए ।

न्युयोर्ककी एक महिलाले आफ्नो पतिसँग यस कारण पारपाचुके लिएकी थिइन् कि उनका पतिले आफ्नो  पाल्तु सुगालाई ‘भुतनी, चाडो उठ’ भन्ने वाक्य घोकाएका थिए ।

जुझोनाइता ९नर्वे० की ४१ वर्षीया महिलाले आफ्नो पतिको खुइलिएको तालुको कारणले गर्दा छोडपत्र गरेकी थिइन् । उनको विवाहको बेला उनको पतिको तालु खुइलिएको थिएन ।

लस एञ्जल्सकी एक दिवानी एलविन आकमेनले आफ्नो पतिले लेखेको पुस्तक ‘आत्महत्याका सयकडौं तरिका’ को भूमिकामा आफ्नी पत्नीको प्रेरणाद्वारा पुस्तक लेखिएको हो भन्ने लेखेकाले गर्दा पतिसग पारपाचुके गरेकी थिइन् ।

लस एन्जल्समा नै सन् १९८५ अगष्ट ३१ का दिन एक अत्यन्त महङ्गो पारपाचुके भएको थियो । अमेरिकाका सर्वाधिक लोकप्रिय टिभी स्टार जौहिनी केरशनले आफ्नी पत्नीसग पारपाचुके गरे, जसमा आफ्नी पत्नीलाई २२ लाख डलर नगद, ३० वटा घर, २ वटा कारका साथै स्टकको आधा शेयर दिएका थिए ।

विष्कासिन ९अमेरिका० मा इडास्टर्न ९९१ वर्ष० र उनका पति साइमन ९९७ वर्ष० का दुई दम्पत्तिहरुको पारपाचुके सन् १९८४ फरवरी २ मा भएको थियो । यही पारपाचुके सबैभन्दा बढी उमेरको मानिन्छ ।

विश्वका विभिन्न स्थानहरुमा पारपाचुकेका विभिन्न परम्पराहरु रहेको पाइन्छ । अमेरिकाको रेड इन्डियन समूहमा विवाहको समय दाउराको एउटा सानो भारी नवविवाहित जोडीलाई दिइन्छ । यस दाउराको भारीलाई उनीहरुले सुखद् वैवाहिक जीवनको प्रतीकको रुपमा सम्हालेर राख्दछन् । जब त्यो दाउराको भारीका एक दुईवटा दाउराहरु  भाचिन्छन्, त्यसबेला पारपाचुके भएको मानिन्छ ।

अष्ट्रेलियाका केही प्रान्तहरुमा पारपाचुके गर्नु पर्दा निशानाबाजीको परीक्षा लिनु पर्दछ । यदि पत्नीले पतिबाट पारपाचुके लिनु छ भने उसलाई एउटा रुखको फेदमा उभ्याइन्छ र पतिले ४० पाइला पछाडिबाट भाला हान्दछ । पत्नीले आफ्नो बचाउ आँफै गर्नु पर्दछ । यस क्रममा पत्नीले त्यहाबाट भाग्न नपाए पनि यताउता तर्कन पाउदछे । पतिलाई १० पटकसम्म भाला हान्ने मौका दिइन्छ । यदि यस अवधिमा पत्नीलाई भाला नलागेमा पत्नीले पतिलाई छोडेर जान सक्छे ।

बर्माको सान प्रान्तमा पारपाचुकेसम्बन्धी अधिकार पतिलाई भन्दा पत्नीलाई बढी हुन्छ । यहा पत्नीहरुले आफ्नो इच्छाअनुसार पतिलाई घरबाट निकाल्दछन् । पतिलाई सम्पत्तिबाट च्युत गराउन सक्दछन् । यति मात्रै नभई उनीहरु अर्कोसग विवाह गर्न पनि स्वतन्त्र हुन्छन् ।

मध्य अमेरिकाका केही प्रान्तहरुमा पारपाचुकेका अनौठा परम्पराहरु प्रचलित छन् । यदि कुनै पुरुषले पत्नीसँग पारपाचुके गर्नु छ भने पत्नीलाई ढोकाबाहिर निकालिन्छ । एक निश्चित समयपश्चात् त्यसलाई पारपाचुके मानिन्छ ।

साइबेरियामा कुनै पनि व्यक्तिले पत्नीसँग छोडपत्र गर्नु छ भने सार्वजनिक समारोहमा पत्नीलाई बे(नकाव गर्ने प्रचलन छ । यसरी सार्वजनिक स्थलमा पत्नीलाई बे(नकाव बनाएपछि स्वतः विच्छेद भएको मानिन्छ ।

मध्यपूर्व अमेरिकामा एउटा यस्तो प्रचलन छ– पत्नीको मागअनुसार पतिले नया कपडा सिलाएर नदिएमा पत्नीले पतिसँग पारपाचुके लिन सक्दछन् ।

मलायाको जंगली क्षेत्रमा बस्ने समुदायहरुमा पारपाचुकेको एउटा अत्यन्त अश्लील परम्परा रहेको पाइन्छ । यदि कुनै व्यक्ति ९पति० ले पत्नीसँग पारपाचुके गर्नु छ भने उसले आफ्नो प्रान्त ९समाज० का मानिसहरुलाई भोजमा बोलाउनु पर्दछ । यस भोजमा सबैजना नाच्ने र गाउने गर्दछन् । यसै सामुदायिक भोजमा पतिले पत्नीलाई सर्वाङ्ग बनाउदछ । पत्नीले सो भोज नसिद्धिउन्जेलसम्म नाङ्गै बस्नु पर्दछ । यसबीच कुनै अन्य पुरुषले विवाह गर्न चाहेमा उसलाई लुगा ओढाइदिने प्रचलन रहेको पाइन्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...