Tuesday 28 February 2012

केटीको अनुहारै भरि रौं


उनलाई कतिले व्वासो त कतिले बाँदर भनेर जिस्क्याउछन । शरिर भरि रौं पलाएकी १२ वर्षीय सुपत्रा सासुपान अरु वालवालिका जस्तै स्कुल जान्छीन । अनौठो आनुवंसानुगत गुणका स्थितिका कारण उनको अनुहार लगाएत शरिर भरी जनावरको जस्तै रौं छ । यस रोगले विश्वभरका ५० जनालाई मात्र गाँजेको वैज्ञानिकहरु वताउदछन । ‘शरिर भरि रौं भएर के भो र ’ उनी गर्व गदै भन्छिन ‘यसले मलाई जिवन वाच्न कुनै फरक पारेको छैन । ’ आफु अहिले पनि स्कुलको लोकप्रिय विद्यार्थी भएको सुनाउछिन. ।गिनिज बुक अफ वल्ड रेकर्डमा पनि उनको नाम लेखिसकिएको छ ।

उनी स्कुलमा असाध्यै मिहिनेत गरेर पढ्छिन । पढेर डाक्टर वन्ने उनको सपना छ । ठुलो भएपछि अरुको सेवा गर्ने तथा परिवारको रेखदेख गर्नका लागि पनि आफु डाक्टर बन्नुपर्ने उनी वताउछिन । जन्मदा नै सुपत्राको अनुहार  भरि रौं थियो । तर छोरीको आत्माविश्वासका कारण उनले अन्य वालवालिका जस्तै सामान्य जिवन यापन गर्न सकेको आमावाबु बताउछन् । विश्वमा अहिलेसम्म सुपत्राजस्तै ५० जनामात्रै एमब्रास सिन्ड्रम वाट पीडित वनेका छन । क्रोमोजोममा हुने खराविका कारण यस्तो समस्या आउने वैज्ञानिकहरु वताउदछन । उनको अनुहारमा मात्र होईन कान खुट्टा ढाड आदिमा लामा लामा रौं छन । लेजर उपचार पद्धतिले पनि उनको सरिरको कपाल बढ्ने क्रम रोकिएन ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...