Tuesday 17 July 2012

नेपोलियन बोनापार्ट

फ़्रान्सका तत्कालिन चान्सलर तथा अठारौ शताब्दी का युरोप का महानायक नेपोलियन बोनापार्ट को जन्म १५ अगस्ट सन.१७६९ मा फ़्रान्समा एउटा सामन्य परिवारमा भएको थियो|सामान्य सिपाही बाट शैन्य क्षेत्रमा प्रबेश गरेका नेपोलियनले आफ़्नो जीवनको शब्दकोषमा असंभब भन्ने शब्द नरहेको र काम थालेमा सबै संभब हुने बताउदै शैन्य अभियान बिस्तार गरि युरोपका थुप्रै राष्ट्रहरुमा शैन्य हमला गरी बिजय प्राप्त गर्नुका साथै आफ़ुलाइ पनि फ़्रान्स को शासक को रुपमा उभ्याएका थिए| नेपोलियन २६ बर्ष का हुदा जब उनी सेनाका सामन्य अधिक्रित मात्र थिए त्यतिनै बेला उनको सामाजिक कार्यकर्ता जोसेफाइन संग भेट भयो|पहिलो भेट मै जोसेफाइनलाइ मन पराएका नेपोलियन बिस्तारै मायामा डुब्दै गए,दुबैको प्रेम निकै प्रगाढ भएर एक अर्का बिना बाच्न नसक्ने भए पछि नेपोलियन ले ९ मार्च सन.१७९६ मा दुइ छोरा छोरी कि आमा समेत रहेकी आफ़ु भंदा ६ बर्ष जेठी ३२ बर्षिया बिधवा महिला तिनै जोसेफाइन संग बिबाहा गरे|बिहे गरेको २ दिन पछि नै नेपोलियनलाइ एउटा युद्धमा सहभागी हुनु पर्ने भएकाले जोसेफाइनलाइ घरमा एक्लै छडी उनी संग बिदा भएर युद्ध मैदान तर्फ़ लागे|पत्नी संग टाढा भै युद्ध मा होमिनु पर्दा उनी निकै दुःखी भए र त्यहा बाट उनले आफ़्नी प्यरी लाइ "तिमी मेरा लागि अतुलनिय छौ, तिमी बाट टाढा रहदा जीवन को कुनै आनंद ले मलाइ छुदैन,तिमी बाट अलग रहदा सारा संसार मेरा लागि बिशाल मरभुमी बनि दिंछ! मेरो प्राण जोसेफाइन कै लागि हो तिमी बाट म टाढा रहनु पर्यो भने त्यो मेर लागि असहनिय हुनेछ,मेरो बिरता ले पनि त्यस समय मलाइ साहारा दिने छैन,माया रुपी हजारौ चुंबन तिमीलाइ जोसेफाइन मात्र तिमीलाइ भंदै चिट्‌ठी लेख्थे| माहान कार्य र माहान युद्ध मा होमिएका नेपोलियन आफ़्नो शैन्य बिस्तार र शैन्य युद्ध मा धेरै समय बेस्त रहेर बाहिरै रहन थाले सो क्रममा एता जोसेफाइन ले सेना र अन्य परपुरुष संग लहसिएर यौनलीला गर्न थालिन सामान्य सिपाही हरु संग समेत यौनलीला गरेका कारण शैन्यबल भित्रै सो कुराले चर्चा बटुलेपछि नेपोलियनले आफ़्नो बेइजती महसुश ग़री रिसले आगो भै जोसेफाइन संग संबंध बिछेदको प्रस्ताब राखे तर नेपोलियन बिना बाच्न नसक्ने कुरा गरि जोसेफाइनले आफ़्नो गल्ति स्वीकार गरि अब कहिल्यै यस्तो नगर्ने भंदै माफ़ी मागेपछि नेपोलियनले पनि माफ़ी दिएका कारण संबंध पुनह कायम भएको थियो|नेपोलियन बाहिर हूँदा उनको पत्रको जवाफ़ जोसेफाइनले दिन ढिला गरे पछि नेपोलियनले "मेरि प्राण जोसेफाइन तिमीले आफ़्नो पति लाइ माय गर्दिनौ जस्तो लाग्छ दिन भरि क गरी बस्छ्यौ मलाइ एउटा पत्र पनि लेख्न सक्दिनौ तिमीलाइ थाहा छैन मैले तिम्रो पत्र नपाउदा म कति आत्तिंछु, तडपिंछु भन्ने कुरा तिमीले अर्को मेरो पत्र मा तिम्रो पत्र र खबर नपाएकोले तिम्रो पति बिरामी भयो भन्ने थाहा पाउनेछौ !लाखौ चुंबन मेरी जोसेफाइन तिमी लाइ" भनि पत्र लेख्दथे. जब सन.१८०४ मा नेपोलियन फ़्रान्स का चान्सलर बने तब उनलाइ पुत्र मोहले छोयो र एउटा छोरो जन्माएर त्यसलाइ नै फ़्रान्स को शासक बनाएर राख्ने सोचे तर बिडंबना के भने जोसेफाइन बाट संतान हुने थिएनन| पुत्र मोहकै कारणले नेपोलियन ले सन.१८०९ मा जोसेफाइन संग संबंध बिछेद गरी सन.१८१० मा म्यारी संग दोश्रो बिहे गरे र म्यारी को कोख बाट पुत्र पनि जन्मियो तर दुर्भाग्य भनौ य बिडंबना जोसेफाइन संग संबंध बिछेद भएकै दिन बाट बिस्तारै उनको शैन्यवलले थुप्रै ठाउ हरु बाट पराजय बेहोर्नु पर्यो फ़लसोरुप नेपोलियन को सत्ता पनि डगमगाउन थाल्यो|यस्तै क्रममा उनी सन. १८१४ मा सत्ताच्युत भएर इलवा टापुमा बसाइ सरे यता नेपोलियन संग को बिछोड पछि छेद बिछेद भएकी जोसेफाइन ले उनी इलवा टापु मा भएको कुरा थाहा पाइ नेपोलियन लाइ 'आफ़ु नेपोलियन बाट छुट्टिएर बाच्न नसक्ने भएकाले आफ़ु लाइ संगै राख्न साथै उनको नया जीवनको 
श्रीमती र छोरा लाइ कुनै अबरोध नगर्ने गरी आफ़ु संगै बस्न चाहेको भंदै' पत्र लेखिन दोश्रो श्रीमती र छोरा का साथ रहेका नेपोलियनले 'जे नहुनु भैसक्यो अब बेग्ला बेग्लै जिउनु पर्ने र मिलन असंभब रहेको भनि' पत्रको जबाफ तर बिडंबना वस पत्र हातमा नपर्दै नेपोलियन संगको बीछोडमा तडपिएकी जोसेफाइनले प्राण त्याग गरिन| नेपोलियनले आफ़्नो जीवन अबधिभर करिब ७५,००० प्रेम पत्रहरु जोसेफाइनलाइ लेखेका थिए र उक्त पत्रहरु केही बर्ष अगाडी मात्र रुसको मस्कोमा लिलामी मा राखिएको थियो|नेपोलियन र जोसेफाइनको प्रेम लाइ संसारकै उत्क्रिष्ट सच्चा प्रेम का रुपमा पनि लिने गरिंछ|यता पत्नी म्यारी र छोरा का साथ बस्दै आएका नेपोलियनको 5 मे सन. १८२१ मा पेटको क्यान्सर बाट ज्यान गयो |





Monday 11 June 2012

केही घरेलु उपाय--.

============================
हाम्रो जीवनमा अनेकौं समस्या उत्पन्न भैरहेका हुन्छन् तर त्यस्ता समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा हामीले ध्यान दिएका हुँदैनौं । यस्ता स-साना कुरामा जानकारी भयो भने आफूलाई त सजिलो हुन्छ नै, अरूलाई पनि सिकाएर लाभ लिन सकिन्छ ।

1.-मैनबत्तीलाई रेफ्रिजेरेटरमा राखेर चिसो बनाई बाल्दा धेरै समयसम्म बलिरहन्छ ।

2.-शरीरको कुनै ठाउँमा आगोले पोलेको छ भने त्यो ठाउँमा महको लेप लगाउनाले जलन कम हुन्छ भने नियमित रूपमा महको पट्टी बाँधे आगोले पोलेको ठाउँमा हुने सेतो दाग पनि हटेर जान्छ ।

3.-गमलाको फूललाई कीराले हैरान पारेको छ भने निमको पातलाई पानीमा उमाली रातभर ित्यो पानीलाई निमको पातमै छाडिदिनुहोस् र भोलिपल्ट पानीलाई गमलाको फूलमा छर्किनुहोस्, कीरा लाग्दैन ।

4.-हात-खुट्टा आगोले पोलेको छ भने तत्काल काँचो आलु पिसेर लेप लगाउनाले जलन कम हुन्छ र फोका पनि उठ्दैन ।

5.-निम र पुदिनाको पातलाई पिसेर लगाएको २५ मिनेटपछि पखाले केश पखाले चम्किलो र स्वस्थ रहन्छ ।

6.-भाँडाहरू धुँदा एउटा बाल्टिनमा पानी राख्नुहोस्, त्यसमा ब्लिचिङ पाउडर मिसाउनुहोस् र भाँडालाई डुबाइदिनुहोस् । केही समयपछि भाँडा निकालेर सफा पानीले धुनुहोस्, भाँडा चम्किलो बन्छ ।

7.-कपडामा कुनै दाग लागेको छ भने दाग भएको ठाउँमा काटेको टमाटर रगड्नुहोस् र आधा घण्टापछि कपडा धुनुहोस्, कपडाको दाग हटेर जान्छ ।
8.-लसुन छोडाउँदै हुनुहुन्छ भने लसुनलाई दुई-तीन घण्टा पानीमा भिजाएर राख्नुहोस् लसुनको बोक्रा सजिलै निस्कन्छ ।

9.-साबुन प्रयोग गर्दागर्दै सानो भएको छ भने त्यसलाई नफाल्नुहोस्, बरु त्यसलाई तातोपानीमा उमालेर -लिक्विड) झोल बनाएर एउटा सिसीमा राख्नुहोस् ।

10-.करेलाको तीतोपन हटाउन करेलालाई चिरेर चामल धोएको पानीमा आधा घण्टा भिजाउनुहोस्, करेलाको तीतोपन कम हुन्छ ।

11.-महलाई स्वच्छ र सुरक्षित राख्न एउटा सफा बोतलमा दुई वा तीनवटा ल्वाङ राखेर बन्द गर्नुहोस्, मह चार-पाँच महिनासम्म सुरक्षित रहन्छ ।
12.-छालाको सामानमा अलिकति भ्यासलिन लगाएर कपास वा कपडाले पुछ्नुहोस्, चम्किलो देखिन्छ ।

13.-मासु वा माछा धोएको पानीले गुलाबको बिरुवामा मलको काम गर्छ ।
14.-यदि नाक बन्द भएको छ भने सस्र्युंको तेलमा एउटा लसुनको टुक्रा राखेर तताउनुहोस् र सुत्ने बेलामा छातीमा दलेर सुत्नुहोस् ।

15.-कुनै गिलासभित्र अर्का गिलास टाँसिएर बसेको छ भने उक्त गिलासलाई रातभर िफ्रिजमा राख्नुहोस् र बिहान बिनाझन्झट आफैं निस्कन्छ ।
16.-यदि फ्रिजबाट अण्डा निकालेर तुरुन्त उमाल्नु छ भने पानीमा एक चम्चा अमिलो र नुन मिसाउनुहोस् अन्डा फुट्दैन ।

17.-सफा र चम्किलो बनाउनु छ भने सातामा एक दिन नुनले दाँत सफा गर्नुपर्छ ।

18.-सिसाको कुनै सामानमा टाँसिएको लेबलमा अलिकति अल्कोहल वा नेलपोलिसको रमिुभर लगाएर केही बेर रगडे दाग सजिलै सफा हुन्छ ।

19.-ऊनी कपडामा चिया, कफीको दाग लागेको छ भने धुनुभन्दा पहिले त्यसमा ग्लिसरनि रगड्नुहोस् ।

20.-करेलाको बोक्रा ताछेर सुकाई बेसन वा मैदामा मिसाएर राखे मैदा वा बेसनमा कीरा लाग्दैन ।

21.-प्याज काट्नुभन्दा पहिले करबि पाँच मिनेट चिसो पानीमा भिजाए आँसु आउँदैन ।

22.-काँचो आँपलाई नुनपानीमा राख्दा चाँडै बिग्रँदैन ।

23.-यदि फ्रिजमा कुनै खाद्यवस्तु कुहिएर गन्ध आएको छ भने कागतीको टुक्रा काटेर फ्रिजमा राखिदिनुहोस्, फ्रिजको गन्ध हटेर जान्छ

24.-दाल पाकिसकेपछि मात्र हिङ हाल्नुहोस् अन्यथा दाल गल्दैन ।

25.-लसुन-प्याज काटिसकेपछि चक्कुलाई धोएर राख्नुहोस् ।

26.-फ्रिजमा लसुन-प्याज नराख्नुहोस् ।

27.-धेरै चामल ल्याउनुभएको छ भने त्यसमा बोरकि पाउडर मिसाएर राख्नुहोस्, चामलमा कीरा लाग्दैन ।

28.-प्याज काट्नुभन्दा पहिले चक्कुको टुप्पामा एउटा काँचो आलु दल्नुहोस्, आँखाबाट आँसु आउँदैन ।

29.-जिरा-धनियाँ भुटेपछि राम्रोसँग पिसिन्छ ।

30.-काउलीमा कीरा लागेको छ भने पकाउनुपूर्व हल्का मनतातो नुनपानीमा केही बेर डुबाइदिनुहोस् कीरा आफैं निस्कन्छ ।

31.-कटहर काट्दै हुनुहुन्छ भने पहिले हातमा तेल लगाउनुहोस्, जसले गर्दा कटहरको चोप लाग्दैन ।

32.-पाकेको कटहर वा कटहरको तरकारी खाइसकेपछि मदिरा सेवन नगर्नुहोस्, त्यस्तै चुना, सुर्ती, पान, कोकोकोला आदिको सेवन पनि गर्नुहुँदैन ।

33.-चामलमा कीरा लागेको छ भने चुनालाई एउटा कपडामा बाँधेर चामलमा राखिदिनुहोस्, कीरा लाग्दैन ।

34.-यदि गहुँ स्टोर गर्न चाहनुहुन्छ भने पहिले निमको पात सुकाएर गहुँमा मिसाउनुहोस् अथवा पातलाई जलाएर त्यसको खरानी गहुँमा मिसाइदिनुहोस् गहुँमा घुन लाग्दैन ।
 

Tuesday 1 May 2012

यसरी बन्यो मेरो ब्लु फिल्म

यो अगाडिको घटना हो जसको सजाय गायक प्रकाश ओझाले पाइसकेक छन् । तर अहिलेपनि प्रकाशको कारण ज्योतिको जीवन भने अहिलेसम्म सहज बन्न सकेको छैन । केही दिन अगाडि माओवादी निकट योङ्ग कम्युनिष्ट लिगले प्रकाश र ज्योतिको ब्लु फिल्मको सिडि फेल पारेपछि कर्वाही गर्न थालेपछि उनी मर्ने कि बांच्ने भन्ने दोधारकाविच भौतारिएर काठमाडौं आइपुगेकी छिन् । प्रकाश आफ्ना काला दिन समजवाट मेट्न चलचित्रमा नायक भएर आउने तयारीमा रहेका छन् । तर ज्योतिलाई बांच्नपनि हम्मे परिरहेको छ । आखिर के भएको रहेछ । ज्योति र प्रकाशमा विच । पढ्नुहोस् ज्योति आफैंले दिएको सनसनीखोज बयान ।

ज्योति खड्का

इटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।

गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले ुहुँदैनु भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए ुयो घमण्डको जवाफ म एक दिन दिउँला ।
मलाई प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन ।


प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरेंँ ।
लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।
प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।
प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर्यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन ।
सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।

शिशिरले इमेदलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ुज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु ।ु उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन ।

यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु । तर राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो …त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।




from.........
Filmy Box Office

Tuesday 24 April 2012

bagamati zone in vdc

kavre- 87
dhading-50
sindhupalchok-79
kathmandu-57
bhaktapur-16
lalitpur-41
nuwakot-61
rasuwa-18

Monday 23 April 2012

VDC of kavrepalanchok

  1. अनेकोट
  2. उग्रचण्डी नाला .
  3.  उग्रतारा जनागाल
  4.  . कटुञ्जे वेंसी . 
  5. कलाँती भूमिडाँडा .
  6.  कात्तिके देउराली . 
  7. कानपुर कालापानी . 
  8. काभ्रे नित्यचण्डेश्वरी . 
  9. कुरुवास चापाखोरी .
  10. कुशादेवी . 
  11. कोलाँतीभुम्लु . 
  12. कोशीदेखा . 
  13. खनालथोक . 
  14. खरेलथोक . 
  15. खहरेपाँगु . 
  16. खार्पाचोक . 
  17. गोकुले . 
  18. गोठपानी . 
  19. गौरीबिसौना देउपुर . 
  20. घर्तीछाप . 
  21. चण्डेनी मण्डन .
  22. चलाल गणेशस्थान . 
  23. चौबास . 
  24. च्याम्राङबेसी . 
  25. च्यासिङखर्क . 
  26. जैसीथोक मण्डन . 
  27. ज्याम्दी मण्डन .
  28.  टुकुचा नाला .
  29.  ठूलोपर्सेल . 
  30. डराउनेपोखरी 
  31. डाँडागाउँ . 
  32. ढुंखर्क . 
  33. दाप्चा पर्सेल .
  34. देवभूमि बालुवा .
  35.  देवीटार . 
  36. दोलालघाट . 
  37. धुलिखेल नगरपालिका . 
  38. धुसेनी शिवालय . 
  39. नयाँगाउँ देउपुर .
  40.  नाल्दुम . 
  41. नाग्रेगगर्चे . 
  42. नासिकास्थान साँगा . 
  43. पनौती नगरपालिका .
  44. पाँचखाल नगरपालिका .
  45.  पात्लेखेत . 
  46. पुरानागाउँ दाप्चा . 
  47. पोखरीचौरी . 
  48. पोखरीनारायणस्थान . 
  49. फलाँटे भुम्लु . 
  50. फलामेटार . 
  51. फोक्सिंङटार . 
  52. बनखु . 
  53. बनेपा नगरपालिका . 
  54. बल्थली .
  55. बालुवापाटी देउपुर . 
  56. बिर्ता देउराली . 
  57. बूढाखानी . 
  58. बेखसिम्ले घर्तीगाउँ .
  59.  बोल्देफेदिचे . 
  60. भीमखोरी . 
  61. भुम्लुटार . 
  62. मंगलटार . 
  63. मथुरापाटी फूलबारी . 
  64. महांकालचौर . 
  65. महादेवटार .
  66. महादेवस्थानमण्डन . 
  67. महेन्द्रज्योति . 
  68. माझीफेदा . 
  69. मादनकुँडारी . 
  70. मिल्चे . 
  71. मेच्छे . 
  72. मेथिनकाट . 
  73. रविओपी . 
  74. बिहावर . 
  75. रयाले . 
  76. वाल्टिङ . 
  77. शंखुपाटीचौर . 
  78. शारदा बतासे .
  79. शिखर आम्वोटे .
  80.  सरमथली . 
  81. सल्लेभुम्लु . 
  82. सर्स्युखर्क . 
  83. साठीघर भगवती .
  84.  सानोवाङथली . 
  85. सापिङ . 
  86. सालधारा . 
  87. साल्मे . 
  88. सिपाली चिलाउने . 
  89. सिमलचौर श्यामपाटी .
  90.  सिम्थली 
  91. .सिसाखानी . 
  92. होक्सेबजार .

Wednesday 28 March 2012

छाला सुन्दर र चम्किलो बनाउने ७ उपाय



मानिसको शरीरमा सबैभन्दा बढी बाहिर देखिने भाग नै छाला हो । त्यसकारणले पनि छालाको उचित स्याहार गर्नु आवश्यक छ । छालाले मानिसको रुप नै परिवर्तन गर्दछ । त्यसकारण समयमै छालाको उचित ख्याल राख्नुपर्छ । यसो गर्नाले मानिसको उमेर ढल्कने ‘ब्नभष्लन’ प्रक्रिया ढिलो हुने हुन्छ । तर पनि मानिसले विभिन्न कारणले गर्दा छालाको स्याहार तथा सम्भार गर्न सकिरहेका हुँदैनन्, जसले गर्दा मानिस समयभन्दा पहिले नै  उमेर ढल्केको  देखिने हुन्छ ।
छाला प्रायः बाहिर देखिने हुनाले घाम, वातावरणीय प्रदूषण, फोहोर आदिले यसलाई धेरै असर पार्ने हुन्छ । यसले मात्र नभई बढी काममा व्यस्त हुनु, खानाको कुनै ख्याल नराख्नु, निद्रा कम, पानीको सेवनमा कमी आदि कारणले गर्दा छाला चम्किलो नहुने, मरेको जस्तो ताजा नदेखिने हुन्छ । आफ्नो छालालाई ज्यान दिन तथा ताजा, चम्किलो, सफा स्वस्थ र  उज्यालो बनाउनको लागि यहाँ केही सरल उपायहरु प्रस्तुत गरिएको छ ।
१. सन्तुलित खाना: छालालाई स्वस्थ र ताजा राख्न सन्तुलित खाना नै सबैभन्दा उत्तम उपाय हो । सन्तुलित खाना खाने गर्नाले शरीर स्वस्थ हुन्छ । छाला ताजा हुन मद्दत पुर्‍याउँछ । यसले गर्दा आफ्नो रुपमा नै धेरै सकारात्मक परिवर्तन आउने हुन्छ । शरीरका कोषहरुमा बुढ्यौली हुने प्रक्रिया ढिलो हुन्छ । कार्बोहाइड्रेडयुक्त खाना सकभर कम मात्रामा खाने या सके नखानु नै उत्तम हुन्छ । जंक फूड खानाले पनि छालामा नकारात्मक असर पर्छ, जसले गर्दा छाला तेजिलो नहुने, निर्जीवजस्तो देखिने, ताजा नदेखिने तथा चम्किलो नहुने हुन्छ । खानामा आवश्यक पौष्टिक तत्त्व कमी भएमा छालामा तुरुन्त नराम्रो असर पर्न थालिहाल्छ । त्यसकारण सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने, प्रशस्त ताजा फलफूल खाने, हरियो तरकारी प्रशस्त खाने, आवश्यक भिटामिन तथा खनिज तत्त्वहरु पनि खाने गर्नाले छाला स्वस्थ, चम्किलो, ताजा र जीवन्त देखिने हुन्छ । साथै बुढ्यौलीपनको समस्या पनि कम हुने हुन्छ ।
२. पानी: पानी हाम्रो शरीरलाई नभई नहुने तरल पदार्थ हो । आवश्यक मात्रामा पानी सेवन गर्नाले स्वास्थ्यलाई धेरै लाभ पुग्छ । शरीरमा संकलन भई बसेका विषादीयुक्त तत्त्वहरु बाहिर फाल्न पानीको ठूलो भूमिका रहेको हुनाले दिनहुँ कम्तीमा ३-४ लिटर पानी पिउनु जरुरी छ । यसले छालामा तुरुन्त सकारात्मक असर देखाउँछ ।
३. तनाव: आजकल मानिसको दैनिक जीवन अति व्यस्त र तनावयुक्त हुन्छ । सधैँ व्यस्तताले गर्दा मानसिक तनावमा वृद्धि हुन्छ । यसको असर तुरुन्त छालामा देखा पर्ने हुन्छ । मानसिक तनावले केशलाई पनि धेरै हानि पुर्‍याउँछ । त्यसकारण कामको साथै आरामको पनि उत्तिकै जरुरी हुन्छ । पैदल हिँड्नु, योग गर्नु, केही समय ध्यानमा बिताउनु जस्ता कार्यले मानसिक तनाव कम गर्न मद्दत पुग्छ । फलस्वरुप छालामा यथेष्ट सुधार आउने हुन्छ । मानिसको सोच पनि राम्रो भएमा सधैँ प्रफुल्लित रहन सकिन्छ र छालामा पनि सुधार हुन्छ ।
४. निद्रा: मानिसलाई आवश्यक मात्रामा निद्रा नपुगेमा स्वास्थ्यमा तुरुन्त प्रभाव परिहाल्छ । आँखामुनि कालो गोलो-गोलो देखा पर्न थाल्छ, अल्छी महसुस हुन्छ, अनुहारको छाला मरेजस्तो फुस्रो तथा मलीन हुन्छ, एकदम थाकेको महसुस हुन्छ । आवश्यक मात्रामा निद्रा भएमा स्वास्थ्यमा फुर्ती आउँछ, ताजा महसुस हुन्छ । छालाले पुनर्जन्म पाएसरह हुन्छ । मानिसलाई दिनको ७-८ घण्टा निद्राको आवश्यक पर्छ । राम्रो निद्राले गर्दा छालामा तुरुन्त सकारात्मक असर प्राप्त हुन्छ । छाला ताजा, स्वस्थकर, तेजिलो तथा जीवनयुक्त हुन्छ । राम्रो निद्राको लागि सुत्नु अगाडि पूरा आराम लिनु जरुरी छ । खाना पनि सुत्नुभन्दा १ या २ घण्टाअगाडि खानु उत्तम हुन्छ ।
५. व्यायाम: नियमित व्यायाम गर्नाले स्वास्थ्यलाई राम्रो गर्दछ । स्वास्थ्य राम्रो भएपछि छाला पनि राम्रो हुन्छ । छालामा जीवन्तता आउने, चम्किलो, नरम, कलकलाउँदो हुने हुन्छ । व्यायामले गर्दा रक्तसञ्चारमा राम्रो प्रभाव हुने हुनाले प्रशस्त अक्सिजन शरीरमा प्रवेश गर्छ, जुन छालालाई स्वस्थ, ताजा तथा चम्किलो बनाउन अति आवश्यक छ । हप्तामा ४-५ दिन र दिनको ३०-४० मिनेट व्यायाम गरेमा छालालाई ताजा, नरम, तेजिलो, जीवन्त तथा स्वस्थ बनाउन धेरै मद्दत पुग्छ । व्यायाम गर्दा पसिना आउने भएकोले हल्का लुगा लगाएर गर्नु बेस हुन्छ । व्यायामपछि नुहाउनु राम्रो हुन्छ ।
६. घामबाट बच्ने: र्सूयको प्रकाशमा हानिकारक किरण ‘ग्ख्ब्रग्ख्द्य’ हुन्छन्, जसले छालालाई धेरै नराम्रो असर गर्छ । त्यसकारण बाहिर घाममा निस्कँदा अनुहारमा आफ्नो छालालाई मिल्ने खालको सन स्क्रिन क्रिम क्गल ‘कअचभभल अचभ’ राम्ररी दलेर निस्कनु राम्रो हुन्छ । यसले सुर्यको हानिकारक किरणबाट छालालाई बचाउन मद्दत गर्छ । पुरुषको भन्दा महिलाको छाला पातलो तथा नरम हुने भएकोले पुरुषभन्दा महिलाको उमेर चाँडो ढल्केको देखिने हुन्छ । त्यसकारण सुर्यको किरणको प्रभाव पनि महिलाको छालामा तुरुन्त पर्ने भएकोले सन स्क्रिन क्रिम लगाउने या सुर्यको किरणबाट बच्ने उपाय गर्नुपर्छ ।
७. शृङ्गार गरेको सबै हटाउने: सधैँ बेलुकी भएपछि दिनभरि गरेको शृङ्गार ‘बपभगउ’ हटाउनुपर्छ । शृङ्गार गरेको हटाउन कुनै पनि असल प्रकारको मेकअप रिमुभर ‘बपभगउ चझयखभच’ र कपासको सहायता लिनुपर्छ । मनतातो पानीले अनुहार पखाल्नुपर्छ । त्यसपछि फेसवास ‘बअभ धबकज’ ले पखाल्नुपर्छ । यसो गर्नाले छालामा कुनै प्रकारको वस्तु जम्मा नभई छालाका छिद्रहरु खुल्ला हुन्छन् र हावाको आगमन सही तरिकाले हुन गई छाला ताजा, नरम, स्वस्थ तथा चम्किलो राख्न मद्दत पुग्छ । अन्तिममा स्तरीय फाउन्डेसन लगाउने गर्नुपर्छ ।

नेपाली भान्सामा प्रयोग हुने केही मसला र तिनको उपयोगिता


१.    जीरा : जीरा सुगन्धित तथा पाचनशक्ति भएको एकप्रकारको मसला हो । यसमा आइरन र क्याल्सियम हुन्छ । जीरामा एण्टी क्यान्सरको गुण हुन्छ । भोजनमा अरुचि, पेट फुलेमा वा अपच भएमा जीराको प्रयोग उपयुक्त हुन्छ । यो नेपालीको भान्सामा अधिकतम प्रयोग हुने मसलामध्येको एक हो । यसको प्रयोगले तरकारी स्वादिलो हुन्छ । प्रसूतिपछि जीरा सेवन गर्दा गर्भाशयको सफाइ हुने विज्ञहरूको भनाइ छ । यो गरम प्रकृतिको मसाला भएकाले अधिक प्रयोग पनि उपयुक्त नहुने उनीहरूको सुझाव छ । विश्वमा जीराको उत्पादन भारत, इराक र चीनलगायत मुलुकमा हुने गर्दछ ।
२.    अलैंची : अलैंची अत्यन्त उपयोगी मसला हो । यसलाई गरम मसलामा समेत प्रयोग गरिन्छ । नेपालमा अलैंचीको व्यावसायिक खेती हुने गर्दछ । नेपालवाहेक भारत र भुटान पनि अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । अलैंचीले खाना पचाउन मद्दत गर्छ । यसले मुख गन्हाउनबाट पनि बचाउँछ । डायबिटिजका रोगीले यसको प्रयोग गर्नु राम्रो मानिन्छ ।
३.    ल्वाङ : ल्वाङ फूलको कोपिला हो । यसको तेल दन्तशूल, मुखरोग, अम्लपित्त खोकीलगायत समस्याका लागि उपयोगी हुन्छ । यसमा एण्टीबायोटिक, एण्टीसेफ्टिकलगायत गुण हुन्छन् । यसले दुखेको कम गर्न मद्दत गर्छ । ल्वाङलाई गरम मसलाका रूपमा समेत प्रयोग गरिन्छ ।
४.    मरीच : मरीच लहरा जातिको बिरुवामा फल्ने फल हो । यसको फललाई गरम मसलाका रूपमा प्रयोग गरिन्छ । मरीच अजीर्ण, पेटमा हावा भरिएमा, शीत ज्वरो, चर्मरोगलगायत रोगका लागि उपयोगी हुन्छ ।
५.    जाइफल : प्राचीनकालदेखि नै जाइफल गरम मसला तथा विभिन्न रोगको उपचारका लागि प्रयोग हुँदै आएको छ । आयुर्वेदमा उल्लेख भएअनुसार जाइफलमा पीडानाशक, बातनाशक र अन्य थुप्रै गुण हुन्छन् । त्यस्तै, जाइफल स्नायुलाई सबल बनाउन उपयोगी मानिन्छ । यसमा पाचक गुण अधिक भएकाले पाचनप्रणालीका लागि यसको प्रयोग उपयोगी हुन्छ । त्यस्तै, यसले अनिद्रा, शूल, अपच, खोकी, शीघ्रपतन र नपुंसकतालगायत समस्यासमेत हटाउन मद्दत गर्छ ।
६.    तेजपत्ता : यसले खानाको स्वाद बढाउँदछ । यसमा एण्टी ब्याक्टेरियल गुण हुन्छ । त्यसैले, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तेजपत्ता दालचिनीको पात हो ।
७.    दालचिनी : दालचिनी तेजपातको बोटको बोक्रा हो । यो गरम मसलामा प्रयोग हुन्छ । यसले रगतमा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । दालचिनीको स्वाद मीठो हुन्छ । यसको पातलाई तेजपात भनिन्छ । यो पनि मसलाकै रूपमा प्रयोग हुन्छ । विशेषज्ञहरूका अनुसार दालचिनीको प्रयोगले मधुमेह र मुटुको रोग निको पार्न सहयोग गर्दछ । दालचिनी सुगन्धित पार्न र वायुशमन गर्न प्रयोग गरिन्छ । यसले बमन रोक्छ । यसको बोक्रामा शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म तेलको मात्रा हुन्छ । यसको तेल दाँतको औषधिका रूपमा प्रयोग हुन्छ ।
८.    सुकुमेल : सुकुमेल गरम मसलाका रूपमा प्रयोग हुन्छ । यो समुद्र तटीय क्षेत्रमा उत्पादन हुन्छ । यसको फल मुख रोग, श्वास, अरुचि, बमन, दुर्बलतालगायत रोगमा प्रयोग गरिन्छ ।
९.    जाइपत्री : जाइपत्री दुखेको कम गर्न, गर्मी बढाउन, अजीर्ण तथा शूलको रोग हटाउनका लागि उपयोगी हुन्छ । विशेष गरी यसको प्रयोग मसलाका रूपमा गरिन्छ ।
१०.    धनिया : धनिया स्वाद र बासनाका लागि प्रयोग हुने औषधीय गुण भएको मसला हो । यसको हरियो बोटको प्रयोग खानाको सजावट, स्वाद तथा सुगन्धका लागि गरिन्छ । यो ताजा मसलाका रूपमा अचारमा बढी प्रयोग हुन्छ । यसको बीउलाई सुकाएर अन्य मसलाजस्तै प्रयोग गर्न पनि सकिन्छ । 
११.    अदुवा : अदुवा मसला र औषधिका रूपमा प्रयोग हुने फल हो । हाल नेपालमा अदुवाको व्यावसायिक खेती हुन थालेको छ । यसको गानो रेसादार हुन्छ । अदुवा सर्दी हटाउन र स्वादका लागि उपयोगी हुन्छ ।
१२.    खुर्सानी : नेपालीको भान्सामा खुर्सानीको प्रयोगले प्राथमिकता पाउँछ । यसले मोटोपन घटाउन सहयोग गर्छ । यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।
१३.     बेसार : बेसार नेपालसहित अन्य एशियन मुलुकमा प्रचलित मसला हो । नेपालीको भान्सामा यसको प्रयोग अधिकतम हुन्छ । यसलाई तरकारीमा रङका लागि प्रयोग गरिन्छ । एशियन मुलुकमा बेसारको प्रयोग करीब २ हजार वर्षअघिबाट भएको मानिन्छ । यो अदुवाजस्तै जमीनमुनि फल्ने एकप्रकारको मसलाजन्य पदार्थ हो । यसले शरीरलाई गर्मी प्रदान गर्नुका साथै कफ र जण्डिस (कमलपित्त)बाट बचाउने आयुर्वेद ज्ञाताहरू बताउँछन् । यसले रगत सफा गर्ने र छालासम्बन्धी रोगको निदान गर्ने उनीहरूको भनाइ छ । बेसारमा सूक्ष्म जीवाणु नष्ट गर्ने विशेष तत्त्व (एण्टी ब्याक्टेरियल) हुन्छ । त्यस्तै, बेसार विषनिरोधक प्राकृतिक पदार्थ पनि हो । घाउमा यसको लेप लगाउनाले फाइदा हुन्छ । तातो दूधमा बेसार मिसाएर पिउँदा सर्दी, शरीर दुखेको र हाडलाई बलियो बनाउन सहयोग गर्छ ।
१४.   सौंफ  : सौंफको बीउ वा गेडा सुत्केरीको गर्भाशय सफा गर्न, दूध बढाउन र आउँ परेकाहरूका लागि उपयोगी हुन्छ ।
१५.    हिङ : यसले खानाको स्वाद बढाउँछ । पेट दुखेमा औषधिका रूपमा पनि यसको प्रयोग गरिन्छ । दाँत दुखेको बेला गालामा लेप लगाएमा दुखेको कम गर्न सहयोग गर्छ ।  
१६.    मेथी : मेथीको साग तरकारी र बीउ मसलाका रूपमा प्रयोग गरिन्छ । यो मधुमेहलगायत रोगका लागि उपयोगी हुन्छ । ग्याष्ट्रिक भएकाहरूका लागि पनि मेथी प्रयोग गरिएको खाना उपयोगी हुन्छ ।
१७.    ज्वानो : ज्वानो एकप्रकारको गरम मसला हो । यसको प्रयोग अजीर्ण, पेट दुखेकोलगायत रोगका लागि गरिन्छ ।
१८.    टिमुर : टिमुर दाँतसम्बन्धी रोगका लागि उपयोगी मसला हो । यो मुखमा दुर्गन्ध आउने, ज्वरो, अजीर्ण, महामारी, हैजा, टाउको दुखेकोमा बढी उपयोगी छ । यसलाई रुघाखोकी र पेट दुखेको बेलामा पनि प्रयोग गर्न सकिन्छ ।

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...