Wednesday 28 March 2012

डण्डिफोरको उपचार


 विशेष गरेर युवायुवतीलाई आÇनो अनुहार तथा छालामा आउने डण्डिफोरले चिन्तित तुल्याउँछ । यसबाट व्यक्तिको सौर्न्दर्यमा नै असर पुग्ने भएकाले पनि डण्डिफोर चिन्ताको कारण बन्छ ।
डण्डिफोर छालामा आउने एक प्रकारको रातो बिबिरा हो । यो युवावस्थामा प्रारम्भ हुने गर्छ । डण्डिफोर भर्खरका युवा र तन्नेरीहरूका अनुहार, छाती, ढाड र धेरै कम अवस्थामा घ्रि्रो तथा माथिल्लो पाखुराका छालामा देखा पर्दछ । डण्डिफोरको सम्बन्ध शारीरिक र मनोवैज्ञानिक परिवर्तनका साथै व्यक्तिको शारीरिक स्वरूपको विकाससँग हुन्छ । डण्डिफोरको विकास व्यक्तिको सामाजिक अवस्थाबाट हुने विरक्ती र नैराश्यतामा पनि भर पर्छ । डण्डिफोरको उपचार राम्रोसँग भएन भने नराम्ररी दाग बस्छ ।
डण्डिफोरलाई चलाउने, कोटयाउने, निर्चोने गर्दा दाग बस्नुका साथै लामो समयसम्म समस्या भइरहने भएकाले यसो गर्नुहुँदैन ।
तैलीय पदार्थहरूको सर्म्पर्क सकेसम्म गर्नुहुँदैन र विशेष गरी   रासायनिक पदार्थ पेट्रोलको सर्म्पर्कबाट टाढा रहनुपर्छ ।
केशको सानो थैली -हेयर फोलिकल) छालाको सबै भागमा भए तापनि हत्केला र पैतालामा हुँदैन । डण्डिफोर केशको सानो थैलीबाट छालाको तहहरूलाई छेडेर छालाको छ्रि्रबाट बाहिर निस्केको हुन्छ । छालाको सतहनजिक तेलग्रन्थि (सिविसियस ग्ल्यान्ड) हुन्छ । यसबाट तैलीय पदार्थ एकनासको दरमा खन्याउने कार्य भइरहन्छ । यो चिल्लो पदार्थ (सेवम) को काम छालालाई चिल्लो बनाएर सुक्खा हुनबाट बचाउनु हो । अनुहार, छाती, ढाडपछाडिका छालामा धेरै संख्यामा सिविसियस ग्रन्थि भएको कारणले यी भागहरूमा बढी डण्डिफोर आउने गर्छ ।
छालामा हुने यो समस्या तैलीय पदार्थ र छालाका कोषहरू छालाका छ्रि्रमा अल्भिmएर सुरु हुन्छ । कसै-कसैले डण्डिफोरलाई अंग्रेजीमा ब्ल्याक हेड, ब्लेमिसेस Þवाइट हेड, पिम्पल्स वा जिट्स भन्छन् । केही रातो दाग वा डण्डिफोर भएमा साधारण प्रकारको हो भने कडा रूपको डण्डिफोरचाहिँ मुखभरि छोपिने गरी, घ्रि्रो, छाती र ढाडमा -पछाडि भागमा) आउने गर्छ । अझ कहिलेकाहीँ ठूलो, कडा प्रकारको रातो दुख्ने गाँठाको रूपमा देखा पर्छ ।
धेरैजसो युवावस्थाका व्यक्तिहरूमा साधारण खालका डण्डिफोर हुन्छन्, जुन १९-२० वर्षउमेरबाट पार गरेपछि आफैं कम भएर जान्छ । तर धेरै युवतीहरूमा डण्डिफोर महिनावारी सुरु हुन लाग्दा हुने गर्छ ।
छालामा दर्ुइ प्रकारको डण्डिफोर देखा पर्ने गर्छ- एक ज्वलनरहित र अर्को ज्वलन सहित । ज्वलनसहितका डण्डिफोर ठूलो, गहिरिएर सुन्निने र छुँदा दुख्ने डल्लाजस्ता हुन्छन् ।
डण्डिफोर हुनमा धेरै तत्त्वहरूले भूमिका खेलेको हुन्छ । प्रारम्भिक रूपमा केशको सानो थैलीमा अस्वाभाविक रूपमा कोषहरूको विकास हुन्छ, जसले गर्दा त्यहाँ ठुटोे वा बुजो ९एगिन० जस्तो बन्छ । केशको सानो थैलीमा भएको यो बुजोले केश, छालाका कोषहरू र तैलीय पदार्थ -सेवम) को स्वाभाविक गतिमा अवरोध पुर्‍याउँछ । यसको कारण त्यो भाग बढेर जान्छ र केशको सानो थैली फुट्छ । फुटेको केशको सानो थैलीको तैलीय पदार्थ र छरिएका टुक्राटाक्री छालाभित्र पोखिन्छ र सुन्निई रातो भएर जान्छ । 
प्रोपिवनी ब्याक्टेरियम भन्ने ब्याक्टेरिया साधारणतया केशको सानो थैलीमा बस्छ र डण्डिफोर उत्पादन गर्न भूमिका खेल्छ । यो ब्याक्टेरियाले उत्पादन गर्ने पदार्थको कारणबाट छाला रातो र सुन्निने हुन्छ । यो ब्याक्टेरियाले एक प्रकारको इन्जाइम -तत्त्व) बनाउँछ । छालाको तेल ग्रन्थिको सेवम तत्त्व गालेर झिँझयाउने पदार्थ उत्पादन गरी छालामा सुन्निने -ज्वलन) अवस्था झन् खराब हुन्छ ।
केही हर्मोनले गर्दा पनि डण्डिफोर आउँछ । एड्रोजेन पुरुष हर्मोन हो, जुन पुरुष र स्त्री दुवैमा  हुन्छ तर पुरुषमा बढी हुन्छ । एड्रोजेनले छालाको सिविसियस ग्रन्थिलाई ठूलो बनाउँछ र ग्रन्थिबाट सेवम -तेल) को उत्पादन हुन्छ । यसरी बढेको सेवमले केशको सानो थैलीमा बुजो वा ठुटो बनाउँछ । यसरी बुजो बनेपछि ब्याक्टेरियाहरू आकषिर्त भएर संक्रमण हुन्छ र छालामा डण्डिफोरको समस्या भएर आउँछ । 
महिलाहरूमा हुने इस्ट्रोजेन हर्मोनले पनि उनीहरूमा डण्डिफोर हुन मद्दत गर्छ । प्रत्येक महिना हुने महिनावारीमा इस्ट्रोजेनको मात्रामा परिवर्तन हुन्छ । यसले गर्दा महिनावारी नहुँदा डण्डिफोर कम र हुँदा झन् बढ्ने गर्छ । आजकाल डण्डिफोर जीनको कारणबाट वंशमा चल्ने भनिए तापनि यसबारेमा यकिन पत्ता लागिसकेको छैन ।
डण्डिफोर भएका व्यक्तिहरूले यस्तो अवस्थामा विभिन्न कुरामा विचार पुर्‍याउने तथा सावधानी अपनाउनुपर्ने हुन्छ ।
  •       डण्डिफोर भएको अवस्थामा सफा पानीले मात्र धुनर्ुपर्छ । साबुन वा अरू कुनै पदार्थहरूको प्रयोग गर्दा घोटिने वा घस्रने  गरी गर्नुहुँदैन । यसो गर्दा झन् खराब हुन सक्छ ।
  •       गाईको दूधको प्रयोगबाट पनि डण्डिफोर बढ्ने गरेको पाइन्छ । त्यसकारण डण्डिफोरले सताएका बेला गाईको दूधको सेवन कम गर्नु वा नगर्नु उचित हुन्छ ।
  •       डण्डिफोरलाई चलाउने, कोटयाउने, निर्चोने गर्दा दाग बस्नुका साथै लामो समयसम्म समस्या भइरहने भएकाले यसो गर्नुहुँदैन ।
  •       कसै-कसैलाई पसिना बढी आउँछ । यसले पनि समस्या बढाउँछ । तर्सथ पसिना आएपछि राम्ररी पखाल्नर्ुपर्छ । तर याद गर्नुपर्ने कुरा के भने शरीर तातिएको अवस्थामा तुरुन्तै पसिना आयो भनेर नुहाउने वा पखाल्ने गर्दा चिसो लाग्ने वा रुघा लाग्ने समस्या बिस्तारै-बिस्तारै स्थापित हुन्छ ।
  •  यदि केश चिल्लो छ भने धुने गर्नुपर्छ र अनुहार छोपिने गरी लामो केश पाल्नुहुँदैन ।
  • चिल्लो पदार्थको बढी प्रयोग गर्नुहुँदैन
  •  खेलकुद वा व्यायाम गर्दा नरम सुती कपडाको प्रयोग गर्नुपर्छ ।
  •   तैलीय पदार्थहरूको सर्म्पर्क सकेसम्म गर्नुहुँदैन र विशेष गरी रासायनिक पदार्थ पेट्रोलको सर्म्पर्कबाट टाढा रहनर्ुपर्छ ।
  •  घामबाट टाढा रहनु वा बच्नर्ुपर्छ ।
  •   मुख्यतया छाला घस्रिने वा घोटिने कार्य जस्तै- फुटबल खेल्ने खेलाडीले प्रयोग गर्ने कुमको प्याड, भ्वाइलिन बजाउँदा कुम र चिउँडोमा हुन सक्ने घस्रण, केटीहरूले प्रयोग गर्ने ब्रा, हेयर ब्यान्ड, घाँटीमा कस्सिने स्वीटर आदि कस्सिएर रहने वस्तुहरूमा निकै विचार पुर्‍याउनर्ुपर्छ । यस्ता कस्सिएका वस्तुहरूको प्रयोगले डण्डिफोर झन् खराब भएर जान सक्छ ।
  •    बढी मानसिक तनावले पनि समस्या बढाउने हुँदा तनावबाट मुक्त हुने प्रयास गर्नुपर्छ ।   कुनै-कुनै औषधिको कारण
  • हरूबाट पनि समस्या बढाउने भएकाले चिकित्सकको सल्लाहविना औषधि जथाभावी प्रयोग गर्नुहुँदैन ।
  •    चिल्लोयुक्त वस्तुहरू जस्तै- लिपस्टिक, कोल्ड क्रिम वा अरू पदार्थहरू प्रयोग गर्नुहुँदैन ।

डण्डिफोरजस्ता समस्याको होमियोप्याथिक उपचारले पनि निकै राम्रो फाइदा हुन्छ । तर यो समस्या निको पार्ने भनेर धेरै औषधि मिसाएर बनाइएका होमियोप्याथिक क्रिम वा मलहमहरूको प्रयोग गर्नुहुँदैन । किनभने होमियोप्याथिक सिद्धान्तअनुसार शरीरको भित्री समस्याबाट उब्जेको घाउ वा खटिरा वा बिबिराको लागि क्रिम वा मलहमहरूको प्रयोग गरिंदैन ।
डण्डिफोरले विशेष गरी सौर्न्दर्यमा असर गर्ने भएको हुँदा होमियोप्याथिक उपचार गर्दा पनि सिद्धान्तअनुसार नै गर्नुपर्ने हुन्छ । उपचारको बेला केवल एक पटकमा एउटा पदार्थबाट बनाइएको औषधि निर्देश -प्रेसक्राइब) गर्ने होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिनु नै उत्तम र बुद्धिमानी हुन्छ । तर धेरैजसो डण्डिफोर निको पार्ने भनेर गरिएका विज्ञापन वा ग्यारेन्टीका साथ निको पार्छर्ुुनी खोलिएका पसलका पसलेको बहकाइमा नभुलीकन सम्बन्धित चिकित्सकलाई देखाएर वा सल्लाह लिएर उपचार गर्नु राम्रो हुन्छ ।

केही घरेलु उपचार विधि


  •      घाँटी दुखेको बेलामा बेसारमा तातो दूध हालेर खाने चलन पहिलेदेखिको हो । बेसार र तातो दूधले घाँटीको दुखाइ कम गर्छ । मर्किएको बेलामा पनि बेसारको सेवनले फाइदा गर्छ ।
  •  अलि-अलि पोलेको ठाउँमा आलु काटेर दल्दा फाइदा हुन्छ । आलुलाई मसिनो टुक्रा पारेर त्यसलाई पोलेको ठाउँमा लगाउँदा फोका आउँदैन र पोलेको चाँडै निको हुन्छ ।  घामले पोलेको छालामा पनि ताछेको आलु लगाउँदा चाँडै निको हुन्छ ।
  •  चिसो लाग्दा अदुवा हालेको चिया, अदुवा उमालेको पानी आदिले धेरै फाइदा गर्छ । यसरी अदुवा हालेको पानीले घाँटी दुखेको कम गर्छ र खोकी कम गर्न पनि मद्दत गर्छ ।
  •   अदुवालाई मुखमा हालेर चुसिरहनाले पनि धेरै फाइदा गर्छ । त्यसै गरी चिसो लागेको बेलामा तातो सूप खाने चलन छ । लसुन र प्याज हालेर पकाएको, सूपमा मरिच हालेर तातो-तातो खाँदा धेरै नै आराम महसुस हुन्छ । यस्तो सूप बनाउँदा गोलभेंडा, लसुन, हरियो तरकारी जे हाले पनि हुन्छ ।
  •  घाँटी दुखेको बेलामा केही तुलसीको पातलाई पानीमा उमालेर पानीसहित तुलसीको पात चपाएर सेवन गर्दा धेरै फाइदा गर्छ ।
  •   घाँटी दुखेको बेलामा तुलसीको पातलाई उमाली त्यसमा मह र कागती हालेर खानाले पनि धेरै फाइदा गर्छ । कागतीको रस धेरै समस्याहरूको लागि उपयोगी छ ।
  •  कतिपयलाई दाँत र गिजाबाट रगत आउने समस्या हुन्छ । गर्भवती महिलाको पनि दाँत र गिँजाबाट रगत आउने समस्या हुन्छ । तोरीको तेल, बेसार र नुन मिलाएर गिजामा मालिस गरी कुल्ला गर्नाले बिस्तारै दाँत र गिजाबाट रगत आउने समस्या कम हुन्छ । यदि ३ हप्तासम्म पनि फाइदा भएन भने दाँतको डाक्टरकहाँ जानर्ुपर्छ ।
  •  अलि-अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाइ पनि कम हुन्छ ।
  •  घिउकुमारीको गुदी सुक्खा छालामा दल्दा छाला नरम हुन्छ । यदि घिउकुमारीबाट एलर्जी हुँदैन भने यसको गुदी सजिलोसँग प्रयोग गर्न सकिन्छ ।
  •  रुघाखोकी लागी नाक बन्द भएर सास फेर्न गाह्रो भएको बेलामा तातो पानीमा घिउकुमारीको गुदीलाई उमालेर बाफ लिँदा धेरै सजिलो महसुस हुन्छ । छालाका लागि बनाइएका सौर्न्दर्य क्रिमहरूमा पनि घिउकुमारीको प्रयोग गरिएको हुन्छ ।
  •  गर्भवती महिलालाई हुने वाकवाकी रोक्नका लागि सरल घरेलु उपायका रूपमा अदुवा प्रयोग गर्न सकिन्छ । अदुवालाई पानीमा उमालेर अलि-अलि गरेर पानी खान सकिन्छ । अदुवाको टुक्रा मुखमा राखेर चुसिरहे पनि फाइदा गर्छ ।
  •   लामो यात्रा गर्दा मोटर वा बसमा हिँड्ने व्यक्तिहरूलाई वाकवाक आउँदा पनि मुखमा अदुवा हालेर यात्रा गर्दा वाकवाक आउन धेरै कम हुन्छ ।
  •   लामो समय हिँडेर थाकेका बेला तातो पानीले नुहाउँदा थकाइ कम हुन्छ । लामो समय हिँडेपछि खुट्टाको मांसपेशी दुख्दा पनि तातो पानीमा डुबाउँदा फाइदा हुन्छ । मनतातो पानीमा नुन मिर्साई दुखेको ठाउँसम्म भिजाएर केही बेर राखेपछि दुखाइमा कमी हुन्छ ।
  •   खुट्टामा धेरै पसिना आएर गन्हाउने समस्या भएको व्यक्तिलाई पनि तातो पानी र नुनले फाइदा गर्छ । खुट्टा भिजाएर राख्नाले गन्हाउने कम हुन्छ । खुट्टा गन्हाउने व्यक्तिहरूले मोजाको सफाइमा त ध्यान दिनै पर्छ, साथै दिनदिनै मोजा फर्ेर्नुपर्छ ।
  •   खुट्टा गन्हाउने कम गर्न कागतीको रस खुट्टामा र काप-कापमा दल्नु पनि अर्को राम्रो उपाय हो । साथै पसिना गन्हाउने र काखी गन्हाउने व्यक्तिहरूका लागि नुहाएपछि अन्त्यमा अलिकति पानीमा कागतीको रस हालेर पखाल्ने र कागतीको रस काखी र अन्य पसिना आउने ठाउँमा दल्नाले गन्हाउने कम हुन्छ । यस्ता व्यक्तिहरूले सुतीको लुगाको प्रयोग बढी गर्नर्ुपर्छ ।
  •  गर्भावस्थाको अन्त्यतिर केही माहिलालाई खुट्टा वा हात चिलाउने हुन्छ । बच्चा पाएपछि यो आपै+m निको हुन्छ । यो चिलाउने कम होस् भन्नको लागि कपुरलाई नरिवलको तेल र तोरीको तेल तताएर छालामा मालिस गर्दा चिलाउने धेरै कम भएर जान्छ ।
  •  कपुरलाई लामखुट्टे भगाउने साधनको रूपमा पनि प्रयोग गर्न सकिन्छ । २ वटा कपुरलाई कुनै तातो भएको ठाउँमा राखिदिए -जस्तो बत्तीको मुनितिर) पछि यसले लामखुट्टे भगाउने धूपको काम गर्छ ।
  •  त्यस्तै प्रकारले लामखुट्टे भएको कुनाकाप्चा, खाटमुन्तिर पनि कपुर राखिदिएपछि त्यहाँबाट लामखुट्टे भाग्छन् । कपुरलाई अलिकति पानी भएको प्लेटमा राखेपछि बिस्तारै कपुर उड्छ र कोठामा लामखुट्टे कम हुन्छन् ।
  • प्रस्तुतिः डा. अरुणा उप्रेती

जडीबुटीबाट घरेलु उपचार

हाम्रो गाउँठाउँमा पाइने विभिन्न जडीबुटीको प्रयोगबाट पनि धेरै रोगको घरेलु उपचार गर्न सकिन्छ । त्यस्ता केही जडीबुटी र तिनको प्रयोगले हुनसक्ने उपचारसम्बन्धी छोटो जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
कुरिलो
यसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४–८ ग्राम र रस भए दुई–चार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दूध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, वाथरोग आदिलाई निर्मुल पार्छ । मस्तिष्कको दुर्वलतालाई हटाउँछ । पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ । पिसाबलाई राम्रोसँग खुलाउँछ । आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुको लागि अत्यन्त लाभप्रद छ ।
चन्दन
यसको स–साना टुक्रालाई भिजाएर घोट्ने र मुखलगायत शरीरका सम्पुर्ण भागहरुमा लगाउने अनुहारको चाँया पोतो हट्छ । यसले मुहारलाई गोरो बनाउँछ । छालासम्बन्धि सम्पुर्ण रोगहरुलाई नष्ट गरिदिन्छ । दिनको दुई तीन पटक दुइ चम्चा खानाले ज्वरो निको हुन्छ । चन्दनको केहि टुक्राहरुलाई पानीमा पकाई वा चन्दनको वासनादार तेलले नियमित मालिस गर्नाले यौन रोगबाट छुटकारा पाउन सकिन्छ ।
सिमल
यसको २–३ ग्राम खोटोलाई पानीसँग खानाले वा यसको मूल जरा र फुललाई गाईको घिउमा भुटेर यसमा थोरै सिधेनुन मिलाई खानाले अतिसार, रक्तपित्त, रक्तप्रदर, श्वेतप्रदर, वाथरोग आदिमा टोनिकको रुपमा काम गर्छ । आउँ र झाडापखला रोक्छ ।
खयर
२०–३० बर्ष पुरानो रुखको भित्री भागलाई
स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा हाल्ने र एक पाथी पानीमा घण्टौ पकाई आधा माना पानी बाँकी रहेपछि झिक्ने र त्यसपछि उक्त झोललाई छानेर काठको बाकसमा खन्याई चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई बाकसबाट निकालेर स–साना टुक्रा पारेर घाममा सुकाई ओभानो भाँडोमा भरेर राख्ने । त्यसपछि १५–२० मिलीग्राम बोक्राको क्वाथलाई महसँग मिलाएर खानाले वा स–साना टुक्रालाई मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ, खटिरा, रक्तविकार, अतिसार, श्वाससम्बन्धि रोग, दाँतसम्वन्धि सम्पुर्ण रोगहरु नाश हुनुको साथै उक्त झोललाई छालामा लगाउनाले छालासम्वन्धि सम्पुर्ण रोगहरु निको हुन्छन् । कुष्ठरोगमा यसको प्रयोगबाट राम्रो फाइदा गर्दछ ।
लालीगुराँस
यसको फुललाई टिपेर छायामा सुकाई धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फुलको १–१ चम्चा धुलोलाई मिस्रीपानी वा दुधसँग खानाले स्वर बसेको ठिक हुन्छ, आमाशयमा लाभ पु¥याउँछ । रगत सफा राख्छ, जण्डिस रोग ठिक गर्छ । गुराँसको बोक्राको २–३ चम्चा धुलोलाई नियमित ५–६ पटक सेवन गर्नाले पेटका सम्पुर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फुलको रस वा चुर्णलाई मिस्री पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर रक्तअल्पता, रक्तचाप, आमवात, चिनीरोग जस्ता अनेकौं रोगबाट चाँडै मुक्ति मिल्छ । तर चिनीरोग लागेका बिरामीले भने शुद्ध पानीसँग मात्र सेवन गर्नुपर्छ ।
रातीगेडी
चार–पाँच दाना राती गेडीलाई खाएमा पिसाब खुल्छ । त्यस्तै केहि राती गेडीका दानाहरुको नियमित सेवन गर्नाले वा यसको जरा र पातलाई थिचेर मिस्री पानीमा पकाएर खाएमा धातुरोग, आँखा एवं छालाका सम्पुर्ण रोगहरु निको हुन्छन् ।
कपाल–टाउको दुखेमा  ज्भबमबअजभ
र ःष्नचबलभ उबष्ल
–गुलाव जल र कपुरसित चन्दनको तेलको लेप गर्नाले टाउको दुख्ने र कपाल रोगहरु निको हुन्छ ।
–अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ ।
–प्रातः सुर्योदय भन्दा पहिले एक सातासम्म गाईको दहि र भात खाने गरे आधा कपाल दुख्ने निको हुन्छ ।
–गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैm लगाई दिए एक छिन मै आराम हुन्छ ।
–२५ ग्राम जति नासपातीको रसमा मह वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ ।
–एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ ।
–चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए कपाल दुखेको निको हुन्छ ।
–छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५ ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल दुखेको निको हुन्छ ।
–वाथजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप गरेमा फाइदा हुन्छ ।
–तालुमा घिउकुमारीको गुदी राखेमा कपाल दुखेकोमा आराम हुन्छ । गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हुदैन ।
–मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ ।
–मरिचको नस लिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ ।
–अमलाको चूर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम हुन्छ ।
–कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुग्नाले रुधा लागेको र कपाल दुखेको आराम हुन्छ ।
–रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर राखेमा शीघ्र आराम हुन्छ ।
–पिपला मुलको चर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल स्वतः हराएर जान्छ ।
–अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने, मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त हुन्छ ।

Wednesday 14 March 2012

सामान्य ज्ञान ( लोक सेवा आयोग )


Ø  uf]kfnj+zL /fhf
 e'Qdfg
Ø  ls/fFtj+zL /fhf
 onDj/
Ø  lnlR5ljj+zL /fhf
 hob]j k|yd
Ø  ;f]dj+zL /fhf s0ff{6j+zL /fhf
 gLldz
Ø  ;'o{j+zL /fhf
 Gofob]j
Ø  zfx pkfwL wf/0f ug]{ /fhf
s'nd08n vfg 
Ø  clx/ -cfle/_ j+zL /fhf
 j/l;+x
Ø  eQk'/sf dNn /fhf
 /fo dNn 
Ø  dNnj+zL /fhf
 c/Lb]j
Ø   

Sunday 11 March 2012

सफलताको रहस्य (स्वेट मार्डेन)


एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन … तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् … के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।
यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।
यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।
यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार… त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।
कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।
उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।






सपना र इच्छाहरु

यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।
यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।
बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।
तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।
त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

आत्म विश्वासको फल

सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो । जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युग सम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्या भोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुले हामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला । यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो त ?
सफलता घर बसेर पाइदैन । सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ । प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक छ , त्यसै गरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक छ । हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदी हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता र ज्ञानले कहिले साथ पाइदैन ।
यो कुरालाई अबस्य मनन गर्नु आवश्यक छ कि छोरी भएको धन पाउन सकिन्छ , कठिन देखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइने छैन । आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो ।
संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौ तब न यो सम्भब हुन्छ । यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती छ भने जे पनि गर्न सक्छ । संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

मनको सँकल्प

आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।
धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?
सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।

युवाले सफलताको लागि के गर्ने ?


    अङ्ग्रेजीमा एउटा भनाइ छ– “Everybody wants to get success but very few prepare to get success” अर्थात् सफलताको चाहना सबैले राख्दछन् तर ज्यादै कमले सफलता प्राप्त गर्नको लागि आफूलाई तयार गर्दछन्। हो, आफूलाई तयारी गर्नु सफलताको अग्रगमनको बाटोमा आफूलाई डोर्‍याउनु हो।
    प्रश्न उठ्छ, आफूलाई तयार कसरी गर्ने ? जीवनमा तीन किसिमको उद्देश्य बनाउनुपर्छ। ती हुन्– छोटो समयको लागि बनाइने उद्देश्य, जसमा तपाईंले आफ्नो कमजोरीलाई पहिचान गरेर छोटो समयमा के के सिक्न सकिन्छ, जस्तै प्रभावकारी सञ्चारको सीप, कम्प्युटरको ज्ञान, साना साना अर्थात् १५ दिनेदेखि ३५ दिनेसम्मका व्यक्तित्व विकाससम्बन्धी तालिम आदि इत्यादि।
    दोस्रो मध्यकालको उद्देश्य, जसमा तपाईंले आफ्नो प्राज्ञिक शिक्षा (Academic Education) मा सम्पूर्ण ध्यान लगाएर राम्रो अङक प्राप्त गर्नको लागि दत्तचित्त भएर लाग्नु जरूरी छ र यसको लागि अवश्य तपाईंहरूमा कौतुहलता होला आखिर पढ्ने कसरी ? हो, किताबी किरा भएर, समय दिएर र घोकेर मात्र राम्रो ज्ञान प्राप्त गर्न सकिंदैन। त्यसको लागि मेरो ब्रह्मले देखेका, बुझेका, अनुभव र अनुभूति गरेका केही बुँदाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु।
 पढेका कुरालाई विश्लेषण गर्नुस्।
    सैद्वान्तिक कुरालाई व्यवहारमा ढाल्नुस्।
    बढीभन्दा बढी सन्दर्भ सामग्रीको प्रयोग गर्नुस्।
    साथीभाइहरूसँग रमाएर मिलिजुली अध्ययन गर्नुस्।
    पढ्ने, अध्ययन गर्ने आफ्नो अभिभावक या नातागोता या साथीभाइको लागि नभई आफ्नै लागि हो भनेर मनन गर्नुस्।
    आफ्ना मिल्ने साथीसङिगनीहरूसँग अन्तक्र्रिया गर्नुस्।
    सम्बन्धित विषयका शिक्षकहरूसँग मर्यादित र अनुशासित सम्बन्ध राख्नुस्।
    योजना बनाएर पढ्ने गर्नुस्।
    सोच सधंै सकारात्मक राख्नुस्।
    र सबैभन्दा महत्त्वपूर्ण नियमित पढ्ने बानी गर्नुस्।
    आफूले पढ्ने पुस्तकहरूलाई पढ्नुभन्दा अगाडि ढोग्नुस् र पुस्तकहरू राख्ने समयमा पनि ढोगेर राख्नुस्। त्यसले अध्ययनप्रति आफ्नो निष्ठा र प्रतिबद्वता बढ्नेछ।
    कुनै पनि चिज पढ्दा त्यसको गहिराइमा पुगेर अध्ययन गर्ने बानी बसाल्नुपर्दछ।
    सुनेका, पढेका र अध्ययन गरेका विषयमा आलोचनात्मक, विवेचनात्मक र समालोचनात्मक ढङगले सोच्ने र मनन गर्ने बानी गर्नुस्।
    युवा विद्यार्थीले खेलमा भाग लिनु अत्यन्त लाभदायक हुन्छ। भनिन्छ जुन विद्यार्थीहरू खेल तथा कुनै पनि अतिरिक्त क्रियाकलापमा भाग लिन्छन्, उनीहरू ज्यादै सृजनशील हुन्छन्।
    शिक्षकहरूसँग प्रश्न सोध्ने बानी बसाल्नुस् इत्यादि।
    तेस्रो उद्देश्य भनेको
Longterm Aim अर्थात् लामो समयको उद्देश्य। तलका दुई उद्देश्यलाई परिपूर्ति गर्नैपर्ने हुन्छ, लामो समयको उद्देश्य प्राप्त गर्न।
    तपाईं डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, कृषिविज्ञ, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट आदि जे पनि उद्देश्य बनाएर अनि मात्र अगाडि बढ्न सक्नुहुन्छ।
    युवाहरू फुर्सदमा बस्नै हुँदैन, आफूलाई केही न केहीमा व्यस्त बनाइ राख्नुपर्छ। चाहे तपाईं कविता लेख्नुस्, कुनै सङगठनमा स्वयंसेवक बनेर निस्वार्थ भावले आफ्नो कर्म गर्नुस्, चाहे कहिँ अतिरिक्त समयमा अध्यापन गराउनुस् या बच्चाहरूलाई होम ट्युसन दिनुस्। जे गर्नुस् तर आफूलाई सकारात्मक काममा व्यस्त राख्नुस् र हेर्नुस् केही वर्षपछि त्यसको परिणाम आश्चर्यजनकरूपले तपाईंको सामु प्रकट हुनेछ। जीवनमा आराम, मनोरञ्जन, मस्ती पनि चाहिन्छ। त्यसको लागि समय व्यवस्थापन गर्नुस् र घरायसी पर्यटक भएर विभिन्न ठाउँमा घुम्ने गर्नुस्। यसले तपाईंको सोच, विचार, दृष्यावलोकन, जीवनप्रतिको माया, मोह र ममता अथाहरूपमा बढेर जानेछ। भनिन्छ “जबसम्म एउटा विद्यार्थी विभिन्न ठाउँको भ्रमण गर्दैन, उसको शिक्षा अधूरो रहन्छ।”
    खासगरेर अहिले हाम्रो देशका युवाहरूमा ठूलो निरासा, बेचैनी र विचलन छ। यसको मुख्य कारण एउटै हो ूक्ष् धबलत ष्त चष्नजत लयधू अर्थात् मलाई  अहिले यो चाहियो भन्ने प्रवृत्तिबाट युवाहरू ग्रसित छन्। हो, समस्या त्यहिँ छ। हामीले बाटामा ट्राफिकको नारा देखेका छांै “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे थाहा छैन”। हतारोले चटारो निम्त्याउँछ। रातारात करोडपति बन्ने सपनाले कति होनहार युवाहरू जेलखानाको जीवन बिताइरहेका हामी सबैले जाने बुझेकै र देखेकै हो। युवा मात्र होइन कुनै पनि व्यक्ति विचलन, निरासा, तनावबाट ग्रसित हुने अर्को मुख्य कारण करनी र कथनीमा एकरूपता नहुनु अर्थात् भन्ने एउटा तर गर्ने अर्को। त्यस्ता व्यक्तिहरू जहिले पनि विचलित नै हुन्छन्। त्यसकारण हामीले नैतिक चरित्रलाई मात्र सुधार्न सक्यौं भने हामी विचलित हुँदैनौं र जीवनमा जहाँ विचलन छैन, त्यहाँ प्रगति, विकास, सामाजिक प्रतिष्ठा र मानमर्यादा, नाम र प्रसिद्वि, पद, पैसा, पहिचान सबैथोक प्राप्त गर्न सक्छौं र त्यस्तो सफलता दिगो रहन्छ।
    अब केही कुरा सीप, शिक्षा र प्राविधिक ज्ञानको। शिक्षाको प्रसङग त माथि नै उल्लिखित भइसकेका छन्। सीप र प्राविधिक ज्ञान यदि छैन भने प्राज्ञिक शिक्षाले मात्र हामी आफ्नो गन्तव्यमा कहिल्यै पनि पुग्न सक्दैनौं। त्यसकारण जीवनमा प्रशिक्षण र प्राविधिक ज्ञानको जानकारी अत्यन्त जरूरी छ। आफूलाई प्रत्येक क्षण प्रशिक्षित गर्दै लग्न सकियो भने दु:ख, समस्या, वेदना, पीडालाई हामी धेरै टाढा पुर्‍याउन सक्छौं।
    अर्को प्रसङग उल्लेख गर्न चाहन्छु। शिक्षा, सीप र प्राविधिक ज्ञानको साथै हाम्रो संस्कारमा विकास हुनु ज्यादै महत्त्वपूर्ण हुन्छ अर्थात् शिक्षा त छ तर संस्कार छैन भने त्यस्ता व्यक्तिहरूले अवसरहरू गुमाउने छन्। मान्नुस् एउटा व्यक्ति प्राज्ञिकरूपले शिक्षित छ, ऊ कुनै कलेजको प्राध्यापक छ तर बाटोमा उभिएर पिसाब गर्न उसलाई रत्तिभर अप्ठ्यारो लाग्दैन। भन्नुस् त त्यस्तो शिक्षा के काम जसमा संस्कार छैन। त्यसकारण संस्कारी व्यक्तिहरूको सङगत हामीले गर्नुपर्छ। उनीहरूका आचरण, बोल्ने शैली, अरूलाई कसरी आफूले शिष्टाचारिता निभाउने जस्ता आध्यात्मिक र चारित्रिक आचरणको स्वीकारोक्ति र पालना नै वास्तवमा संस्कार हो। संस्कारी व्यक्ति उपकारी र कल्याणकारी हुन्छन्।
    लेखनाथ पौड्यालको कविताबाट
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर।
फलेको वृक्षको हाङगो नझुकेको कहाँ छ र।।
    युवा भनेको राष्ट्रको धुकधुकी हो, परिवर्तनका संवाहक हुन्, विकास र प्रगतिको गोरेटो कोर्ने अभियन्ता हुन्। युवा विचलित हुँंदा राष्ट्रको दुर्दसा हुन्छ। परचक्रीहरूले आफ्नो गिद्धेदृष्टि लगाएर राष्ट्रको अस्मितामाथि हठात् आक्रमण गर्ने मौका पाउँछन्। यदि हामी युवामा शिक्षा, संस्कार र सीप भएन भने हामी अरूद्वारा प्रयोग मात्र गरिन्छौं र आफूसँग लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न मौकै पाउँदैनौं। त्यसैले राष्ट्र, राष्ट्रियता,राष्ट्र गौरव, राष्ट्र स्वाभिमानको लागि हामीले राम्रो शिक्षा र संस्कार प्राप्त गरेर राष्ट्रलाई विश्व मानचित्रमा विकसित, समृद्व, सम्पन्न र संस्कारी मुलुक बनाउनु छ।
    जाँदाजाँदै संस्कृतको एउटा श्लोक– “रूप यौवन सम्पन्नता विशाल कुल सम्भव विद्याहीन नसा भन्ने निर्गन्धाश्व किंशुक” अर्थात् यदि रूपवान र यौवन भएको मानिसको जन्म ठूलो कुलमा भएको छ, तर ऊसँग विद्या छैन भने उसको जीवन सुगन्ध नभएको पलाँसको पुष्पझैं अस्तित्वहीन र बेकम्मा हुन जान्छ।

महिलाका पनि दाह्री


अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।
छोरा रिचर्डले केन्सास राज्यको डिमार्टमेन्ट अफ सोसल एन्ड रिहृयाबिलिटेशन र्सर्भिसमा छ साता लगाएर गरेको खोजपछि उनले आफ्नी आमा पत्ता लगाएका हुन् ।
यता उनकी आमाले उनलाई जन्म दिएयता बिहे नगरेको बताइएको छ । भिभियान उनकी आमाजस्तै दाह्रीवाल रहेको र त्यस्तालाई डाक्टरहरुले हाइपरट्रीकोसिस भनिने बताइएको छ । अमेरिकीहरुले त्यसलाई वेयरवल्फ सिन्ड्रोमू समेत भन्ने गरेका छन् । यस्तो अवस्थामा महिलाहरुमा अत्याधिक रुपमा दाह्री पलाउने गर्दछ ।
यी महिला जन्मदैको महिला र पुरुष दुवै जनेन्द्रीयका साथ जन्मिएकी थिइन् । उनकी आमाले यस्तो विचित्रको सन्तान जन्मिएको देखेपछि उनको पुरुष जनेन्द्रीय काट्न डाक्टरहरुसँग सहयोग मागेकी थिइन् ।

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...