Wednesday 28 March 2012

केही घरेलु उपचार विधि


  •      घाँटी दुखेको बेलामा बेसारमा तातो दूध हालेर खाने चलन पहिलेदेखिको हो । बेसार र तातो दूधले घाँटीको दुखाइ कम गर्छ । मर्किएको बेलामा पनि बेसारको सेवनले फाइदा गर्छ ।
  •  अलि-अलि पोलेको ठाउँमा आलु काटेर दल्दा फाइदा हुन्छ । आलुलाई मसिनो टुक्रा पारेर त्यसलाई पोलेको ठाउँमा लगाउँदा फोका आउँदैन र पोलेको चाँडै निको हुन्छ ।  घामले पोलेको छालामा पनि ताछेको आलु लगाउँदा चाँडै निको हुन्छ ।
  •  चिसो लाग्दा अदुवा हालेको चिया, अदुवा उमालेको पानी आदिले धेरै फाइदा गर्छ । यसरी अदुवा हालेको पानीले घाँटी दुखेको कम गर्छ र खोकी कम गर्न पनि मद्दत गर्छ ।
  •   अदुवालाई मुखमा हालेर चुसिरहनाले पनि धेरै फाइदा गर्छ । त्यसै गरी चिसो लागेको बेलामा तातो सूप खाने चलन छ । लसुन र प्याज हालेर पकाएको, सूपमा मरिच हालेर तातो-तातो खाँदा धेरै नै आराम महसुस हुन्छ । यस्तो सूप बनाउँदा गोलभेंडा, लसुन, हरियो तरकारी जे हाले पनि हुन्छ ।
  •  घाँटी दुखेको बेलामा केही तुलसीको पातलाई पानीमा उमालेर पानीसहित तुलसीको पात चपाएर सेवन गर्दा धेरै फाइदा गर्छ ।
  •   घाँटी दुखेको बेलामा तुलसीको पातलाई उमाली त्यसमा मह र कागती हालेर खानाले पनि धेरै फाइदा गर्छ । कागतीको रस धेरै समस्याहरूको लागि उपयोगी छ ।
  •  कतिपयलाई दाँत र गिजाबाट रगत आउने समस्या हुन्छ । गर्भवती महिलाको पनि दाँत र गिँजाबाट रगत आउने समस्या हुन्छ । तोरीको तेल, बेसार र नुन मिलाएर गिजामा मालिस गरी कुल्ला गर्नाले बिस्तारै दाँत र गिजाबाट रगत आउने समस्या कम हुन्छ । यदि ३ हप्तासम्म पनि फाइदा भएन भने दाँतको डाक्टरकहाँ जानर्ुपर्छ ।
  •  अलि-अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाइ पनि कम हुन्छ ।
  •  घिउकुमारीको गुदी सुक्खा छालामा दल्दा छाला नरम हुन्छ । यदि घिउकुमारीबाट एलर्जी हुँदैन भने यसको गुदी सजिलोसँग प्रयोग गर्न सकिन्छ ।
  •  रुघाखोकी लागी नाक बन्द भएर सास फेर्न गाह्रो भएको बेलामा तातो पानीमा घिउकुमारीको गुदीलाई उमालेर बाफ लिँदा धेरै सजिलो महसुस हुन्छ । छालाका लागि बनाइएका सौर्न्दर्य क्रिमहरूमा पनि घिउकुमारीको प्रयोग गरिएको हुन्छ ।
  •  गर्भवती महिलालाई हुने वाकवाकी रोक्नका लागि सरल घरेलु उपायका रूपमा अदुवा प्रयोग गर्न सकिन्छ । अदुवालाई पानीमा उमालेर अलि-अलि गरेर पानी खान सकिन्छ । अदुवाको टुक्रा मुखमा राखेर चुसिरहे पनि फाइदा गर्छ ।
  •   लामो यात्रा गर्दा मोटर वा बसमा हिँड्ने व्यक्तिहरूलाई वाकवाक आउँदा पनि मुखमा अदुवा हालेर यात्रा गर्दा वाकवाक आउन धेरै कम हुन्छ ।
  •   लामो समय हिँडेर थाकेका बेला तातो पानीले नुहाउँदा थकाइ कम हुन्छ । लामो समय हिँडेपछि खुट्टाको मांसपेशी दुख्दा पनि तातो पानीमा डुबाउँदा फाइदा हुन्छ । मनतातो पानीमा नुन मिर्साई दुखेको ठाउँसम्म भिजाएर केही बेर राखेपछि दुखाइमा कमी हुन्छ ।
  •   खुट्टामा धेरै पसिना आएर गन्हाउने समस्या भएको व्यक्तिलाई पनि तातो पानी र नुनले फाइदा गर्छ । खुट्टा भिजाएर राख्नाले गन्हाउने कम हुन्छ । खुट्टा गन्हाउने व्यक्तिहरूले मोजाको सफाइमा त ध्यान दिनै पर्छ, साथै दिनदिनै मोजा फर्ेर्नुपर्छ ।
  •   खुट्टा गन्हाउने कम गर्न कागतीको रस खुट्टामा र काप-कापमा दल्नु पनि अर्को राम्रो उपाय हो । साथै पसिना गन्हाउने र काखी गन्हाउने व्यक्तिहरूका लागि नुहाएपछि अन्त्यमा अलिकति पानीमा कागतीको रस हालेर पखाल्ने र कागतीको रस काखी र अन्य पसिना आउने ठाउँमा दल्नाले गन्हाउने कम हुन्छ । यस्ता व्यक्तिहरूले सुतीको लुगाको प्रयोग बढी गर्नर्ुपर्छ ।
  •  गर्भावस्थाको अन्त्यतिर केही माहिलालाई खुट्टा वा हात चिलाउने हुन्छ । बच्चा पाएपछि यो आपै+m निको हुन्छ । यो चिलाउने कम होस् भन्नको लागि कपुरलाई नरिवलको तेल र तोरीको तेल तताएर छालामा मालिस गर्दा चिलाउने धेरै कम भएर जान्छ ।
  •  कपुरलाई लामखुट्टे भगाउने साधनको रूपमा पनि प्रयोग गर्न सकिन्छ । २ वटा कपुरलाई कुनै तातो भएको ठाउँमा राखिदिए -जस्तो बत्तीको मुनितिर) पछि यसले लामखुट्टे भगाउने धूपको काम गर्छ ।
  •  त्यस्तै प्रकारले लामखुट्टे भएको कुनाकाप्चा, खाटमुन्तिर पनि कपुर राखिदिएपछि त्यहाँबाट लामखुट्टे भाग्छन् । कपुरलाई अलिकति पानी भएको प्लेटमा राखेपछि बिस्तारै कपुर उड्छ र कोठामा लामखुट्टे कम हुन्छन् ।
  • प्रस्तुतिः डा. अरुणा उप्रेती

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...