Wednesday 28 March 2012

जडीबुटीबाट घरेलु उपचार

हाम्रो गाउँठाउँमा पाइने विभिन्न जडीबुटीको प्रयोगबाट पनि धेरै रोगको घरेलु उपचार गर्न सकिन्छ । त्यस्ता केही जडीबुटी र तिनको प्रयोगले हुनसक्ने उपचारसम्बन्धी छोटो जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
कुरिलो
यसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४–८ ग्राम र रस भए दुई–चार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दूध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, वाथरोग आदिलाई निर्मुल पार्छ । मस्तिष्कको दुर्वलतालाई हटाउँछ । पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ । पिसाबलाई राम्रोसँग खुलाउँछ । आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुको लागि अत्यन्त लाभप्रद छ ।
चन्दन
यसको स–साना टुक्रालाई भिजाएर घोट्ने र मुखलगायत शरीरका सम्पुर्ण भागहरुमा लगाउने अनुहारको चाँया पोतो हट्छ । यसले मुहारलाई गोरो बनाउँछ । छालासम्बन्धि सम्पुर्ण रोगहरुलाई नष्ट गरिदिन्छ । दिनको दुई तीन पटक दुइ चम्चा खानाले ज्वरो निको हुन्छ । चन्दनको केहि टुक्राहरुलाई पानीमा पकाई वा चन्दनको वासनादार तेलले नियमित मालिस गर्नाले यौन रोगबाट छुटकारा पाउन सकिन्छ ।
सिमल
यसको २–३ ग्राम खोटोलाई पानीसँग खानाले वा यसको मूल जरा र फुललाई गाईको घिउमा भुटेर यसमा थोरै सिधेनुन मिलाई खानाले अतिसार, रक्तपित्त, रक्तप्रदर, श्वेतप्रदर, वाथरोग आदिमा टोनिकको रुपमा काम गर्छ । आउँ र झाडापखला रोक्छ ।
खयर
२०–३० बर्ष पुरानो रुखको भित्री भागलाई
स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा हाल्ने र एक पाथी पानीमा घण्टौ पकाई आधा माना पानी बाँकी रहेपछि झिक्ने र त्यसपछि उक्त झोललाई छानेर काठको बाकसमा खन्याई चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई बाकसबाट निकालेर स–साना टुक्रा पारेर घाममा सुकाई ओभानो भाँडोमा भरेर राख्ने । त्यसपछि १५–२० मिलीग्राम बोक्राको क्वाथलाई महसँग मिलाएर खानाले वा स–साना टुक्रालाई मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ, खटिरा, रक्तविकार, अतिसार, श्वाससम्बन्धि रोग, दाँतसम्वन्धि सम्पुर्ण रोगहरु नाश हुनुको साथै उक्त झोललाई छालामा लगाउनाले छालासम्वन्धि सम्पुर्ण रोगहरु निको हुन्छन् । कुष्ठरोगमा यसको प्रयोगबाट राम्रो फाइदा गर्दछ ।
लालीगुराँस
यसको फुललाई टिपेर छायामा सुकाई धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फुलको १–१ चम्चा धुलोलाई मिस्रीपानी वा दुधसँग खानाले स्वर बसेको ठिक हुन्छ, आमाशयमा लाभ पु¥याउँछ । रगत सफा राख्छ, जण्डिस रोग ठिक गर्छ । गुराँसको बोक्राको २–३ चम्चा धुलोलाई नियमित ५–६ पटक सेवन गर्नाले पेटका सम्पुर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फुलको रस वा चुर्णलाई मिस्री पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर रक्तअल्पता, रक्तचाप, आमवात, चिनीरोग जस्ता अनेकौं रोगबाट चाँडै मुक्ति मिल्छ । तर चिनीरोग लागेका बिरामीले भने शुद्ध पानीसँग मात्र सेवन गर्नुपर्छ ।
रातीगेडी
चार–पाँच दाना राती गेडीलाई खाएमा पिसाब खुल्छ । त्यस्तै केहि राती गेडीका दानाहरुको नियमित सेवन गर्नाले वा यसको जरा र पातलाई थिचेर मिस्री पानीमा पकाएर खाएमा धातुरोग, आँखा एवं छालाका सम्पुर्ण रोगहरु निको हुन्छन् ।
कपाल–टाउको दुखेमा  ज्भबमबअजभ
र ःष्नचबलभ उबष्ल
–गुलाव जल र कपुरसित चन्दनको तेलको लेप गर्नाले टाउको दुख्ने र कपाल रोगहरु निको हुन्छ ।
–अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ ।
–प्रातः सुर्योदय भन्दा पहिले एक सातासम्म गाईको दहि र भात खाने गरे आधा कपाल दुख्ने निको हुन्छ ।
–गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैm लगाई दिए एक छिन मै आराम हुन्छ ।
–२५ ग्राम जति नासपातीको रसमा मह वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ ।
–एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ ।
–चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए कपाल दुखेको निको हुन्छ ।
–छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५ ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल दुखेको निको हुन्छ ।
–वाथजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप गरेमा फाइदा हुन्छ ।
–तालुमा घिउकुमारीको गुदी राखेमा कपाल दुखेकोमा आराम हुन्छ । गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हुदैन ।
–मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ ।
–मरिचको नस लिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ ।
–अमलाको चूर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम हुन्छ ।
–कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुग्नाले रुधा लागेको र कपाल दुखेको आराम हुन्छ ।
–रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर राखेमा शीघ्र आराम हुन्छ ।
–पिपला मुलको चर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल स्वतः हराएर जान्छ ।
–अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने, मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त हुन्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...