Thursday 20 September 2012

राशि अनुसारको प्रेम सम्बन्ध



१. मेष राशि
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र
सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध
र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव
यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले
प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष
राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र
राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक
हुनेछ ।

२. वृष राशि
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन ।
झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस
बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध
दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु
यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष,
वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक
केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

३. मिथुन
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने
खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले
प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै
दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ
। खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र
नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक
राशिसँगको प्रेम भने असफल हुन्छ ।

४. कर्कट राशि
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले
चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु
तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् ।
विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र
मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल
हुने देखिन्छ ।

५. सिंह राशि
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् ।
तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै
भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र
माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष,
मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

६. कन्या राशि
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै
यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् ।
तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह
राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

७. तुला राशि
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम
गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु
स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक
हुन्छ ।

८. वृश्चिक राशि
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् ।
भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत
दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण
प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह
राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

९. धनु राशि
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र
कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु
आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ
भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् ।
आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल
हुन्छ ।

१०. मकर राशि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम
प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् ।
यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ ।
यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर
राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै
हुन्छ ।

११. कुम्भ राशि
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य
राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार
हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न
सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन
राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

१२. मीन राशि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु
आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग
माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन्
। यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन
राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त
हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन
राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध
भने असफल हुने सम्भावना धेरै हुन्छ..!!!

Monday 17 September 2012

अनुहारले शरीरको स्वास्थ्यको बारेमा बताउँछ

भनिन्छ अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ खुसी छ या दुखि वा उसलाई कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा उसको अनुहारले बताउँछ । त्यसैले अनुहारले सौन्दर्य मात्रैदेखाउँदैन कि उसको शरीरको सम्पूर्ण अवस्थाको बारेमा बताउँदछ । अनुहार मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसले उसको भाग्य, उसको हाउभाउ तथा अन्य धेरै कुरा बताउँछ । अनुहारमा आउने दागहरु, डन्डिफोर तथा अन्य परिवर्तनले उसको शारीरिक अवस्थाको पनि जानकारी दिइराखेको हुन्छ । अनुहारको विभिन्न भागमा आउने परिवर्तन तथा संकेतहरुले शरीरको कुन भागमा के भइराखेको छ भन्ने कुराको जानकारी दिन्छ । १) निधार : निधारसँग शरीरको धेरै अंगहरु जोडिएको हुन्छ । जस्तै मुटु, मूत्र थैलि र सानो आन्द्रा । यसले निन्द्रा कम भएको अथवा अत्यधिक थाकेको छ भने पनि त्यो कुरालाई प्रष्टै देखाइदिन्छ । निधार रातो हुनु अथवा छाला फुटेर निस्कनुले शरीरको पाचन प्रणालिमा खराबी छ भन्ने कुरा जानकारी दिन्छ । यस्तो मानिसले तेल बढी भएको खाना खान छोड्नु पर्छ र कन्तिमा ८ घण्टा सुत्ने गर्नु पर्छ । २) आँखि भौँ : कलेजोको सिधा सम्बन्ध आँखि भौँसँग हुन्छ त्यसैले आँखि भौँलाई कलिजोको ढोका पनि भनिन्छ । धेरै मादक पदार्थ तथा कुनै पनि कुराको अत्यधिक सेवनको नतिजा यसमा पर्दछ । प्राचिन चिनिया औषधि विज्ञानले रिसको सिधा सम्बन्ध कलेजोसँग हुन्छ भन्ने मान्यता राख्दछ । त्यसैले यदि तपाई धेरै रिसाउनु हुन्छ भने यसलाई शान्त पार्ने विधि पनि जानु पर्दछ । यदि तपाईको दाहिने आँखि भौँ गाढा छ भने तपाईको रिस बाहिरी तवरबाट बढी आउँदछ । ठिक यसको विपरित देब्रे आँखि भौँ गाढा छ भने तपाईले आफ्नो रिसलाई बाँडेर राख्न सक्नुहुन्छ ।३) मुख : मुखको सिधा सम्बन्ध पेटसँग हुन्छ । मुखमा पनि ओठको सम्बन्ध पेट र सानो आन्द्रासँग हुन्छ भने त्यसका वरिपरिका भागहरु पेटमा हुने गढबढीसँग सम्बन्ध राख्दछ । ओठको छाला बिग्रने, फुस्रो हुने, फुट्ने तथा कलेटी पर्ने जस्ता लक्षणहरुले पेट खराबी छ भन्ने कुरा बुझाउँछ । पेट सुन्निने, पेट फुल्ने, बेला बेलामा दुख्ने, धेरै भोक लाग्ने वा लाग्दै नलाग्ने जस्ताहरुको सिधा असर ओठमा पर्दछ । साथै गिजाबाट रगत आउने लक्षण पेटमा एसिडको मात्रा बढेको भन्ने बुझाउँछ । त्यस्तै सुख्खा ओठले शरीरमा पानीको मात्रा कम छ भन्ने जानकारी दिन्छ । ४) गाला : गालामा हुने हल्का राता दागहरु शरीरमा अक्सिजनको मात्रा कमि छ भन्नेको सूचक हो । साथै श्वास प्रश्वास सम्बन्धि समस्यालाई पनि इङ्गित गर्दछ । यस्तो व्यक्तिले लामो लामो श्वास फेर्ने गर्नुपर्छ । धुम्रपान गर्नेले धुम्रपान त्याग्नु पर्छ । यदि रातो धेरै भएर चिलाउन थालेको छ भने कफि, अल्कोहल तथा कोला पिउन छोड्नुपर्छ । ५) चिँउडो : चिँउडोको सम्बन्ध मृगौला र मूत्र थैलिसँग हुन्छ । साथै शरीरमा हुने हर्मोनको गढबढी पनि यहाँ देखिन्छ । चिँउडोमा ज्यादा कालोपना अथवा धब्बाहरु देखिन थालेको छ भने यो बुझ्नुपर्छ कि मृगौलामा ज्यादा दवाव पुग्दैछ । त्यस्तै गरेर अत्यधिक बोझ र चिन्ताको प्रभाव पनि चिँउडोमा पर्दछ 

Sunday 16 September 2012

एउटी महिलाले श्रीमानसंग भन्न नहुने १० कुरा



साइकोथेरापिस्ट ‘एबरि डे लव’ का लेखक जुडी फोर्डले एउटा रिपोर्ट
बनाएका छन् । यस रिपोर्टमा उनले श्रीमतिले श्रीमानलाई भन्नै नहुने
कुराको सुची नै तयार पारेका छन् । सूचीमा श्रीमानसंग गर्न नहुने १० वटा कुराहरु

उल्लेख गरिएको छ ।फोर्डका अनुसार यस्ता छन् एउटी महिलाले श्रीमान संग
गर्न नहुने १० कुरा..

१.’म आज शारिरीकरुपमा पुर्ण रुपमा सन्तुष्ट भए’- भन्न नहुने

२. ‘तिमी त ठ्याक्कै तिम्रो बाउ जस्तै छौ’ – भन्नबाट बच्नु पर्ने

३.’तिमी नयाँ जागिर खोज’- यसले पनि पुरुषको चित्त दुखाउन सक्छ ।

४.’मलाई मेरो आमा ले त पहिलै भनेको हो नि तिमिले यसो गर्छौ भनेर..’-
भन्न नहुने

५.’भैहाल्यो मै गर्छु अव’- यसले पनि पतिको चित्त दुखाउन सक्छ ।

६. ‘तिमि जहिले पनि… ‘ (यतिमै रोकिने) र ‘तिमी कहिले
पनि ….’ (यतिमै रोकिने)

७.’ के तिमिलाई लाग्छ यो लुगा तिमिलाई राम्रो देखिएको छ र’ यसले
पनि पतिलाई अपमानित बनाउन सक्छ ।

८.’ओ हो, तिमि फेरी तिनिहरु संगै बाहिर गयौ है’ यसले
पनि समस्या ल्याउन सक्दछ ।

९.’ वच्चालाई राम्रो संग हेर्नु, ..त्यो नगर्नु , ..यो गर्नु,.. यस्तो मात्र
हो, ..यस्तो होइन’ यस्ता कुराले पनि पतिको चित्त दुख्न सक्छ ।

१०. `फलानो आइमाईसंग तपाइको कस्तो सम्बन्ध छ ?

Sunday 9 September 2012

जानी राखे राम्रो ( Amazing but Useless Facts )

@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

Tuesday 4 September 2012

गौतम बुद्


लोक सेवा आयोग


  • 1.डा फुहररले लुम्बिनीको उत्खनन् गरेपछि १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
  • 2.लिच्छवीकालमा राजकीय भाषा संस्कृत थियो।
  • 3.हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ।
  • 4.गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन।
  • 5.गंगटोको दाँत पेटमा हुन्छ भनें मिनोज माछाको दाँत घाँटीमा हुन्छ।
  • 6.धनुषा, भक्तपुर र बार
    ा जिल्लामा एउटा पनि कारागार छैन।
  • 7.इकेवाना शब्द फूलको उत्पादन, सजावट, प्रदर्शनी र बिक्री सँग सम्बन्धित छ। इकेवाना शब्द जापानी शब्द हो ।
  • 8.नेपाली र रसियन दुवै भाषाका वर्णमालामा बराबर ३६-३६ अक्षर रहेका छन्। यी दुवै भाषामा अक्षरको लेखाई र उच्चारण एउटै हुन्छ।
  • 9.आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५ राजेन्द्र हुन्।
  • 10.राजा अंशुवर्माले ‘शब्द विद्या’ नामक ग्रन्थको रचना गरेका थिए।
  • 11.राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए।
  • 12.लिम्बू भाषाको लिपीलाई सिरिजंगा लिपी भनिन्छ।
  • 13.राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
  • 1.सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो।
  • 2.हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
  • 3.वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ।
  • 4.पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
  • 5.हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
  • 6."दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
  • 7.भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६०० मा भएको थियो।
  • 8.सगरमाथा (Mount Everest) मा सन् १९५३ मे ९ मा पहिलो पटक मानव पाइला परेको थियो।
  • 9.प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो

लोक सेवा आयोग


१)       राजनैतिक विभाजनका महत्त्वहरू उल्लेख गर्नुहोस् ।
  • विकास निर्माण कार्यमा सहजता ल्याउने
  • विकेन्द्रीकरणको प्रवर्द्धन गर्ने
  • जनताको पहुँचमा सेवा सुविधा पुर्‍याउने
  • राज्यका हरेक क्षेत्रमा समता मूलक पहुँच पुर्‍याउने
  • क्षेत्रीय सन्तुलन कायम गर्ने
  • आर्थिक¸ सामाजिक असमानता हटाउने
  • स्रोतको प्रतिफलको न्यायोचित वितरण गर्ने¸ सदुपयोग गर्ने
  • प्रशासनिक कार्यमा सघाउ पुर्‍याउने¸ जटिलता न्यून गर्ने
  • राज्यको उपस्थिति जनाउने
२)      जैविक विविधता भन्नाले के बुझिन्छ ?
  • संसारको जल¸ स्थल¸ समुद्र तथा सिमसार सबै क्षेत्रमा रहेका जीवित प्राणी तथा वनस्पतिहरू बीच पाइने भिन्नतालाई नै जैविक विविधता भनिन्छ ।
  • वातावरण संरक्षण ऐन¸ २०५३ अनुसार जैविक विविधता अन्तर्गत ३ प्रकारका चरण बद्ध श्रेणीहरू पर्छन् :
  1.                                                                            i.      पारिस्थितिकीय प्रणाली
  2.                                                                          ii.      प्रजाति विविधता
  3.                                                                        iii.      आनुवंशिक विविधता/वंशाणु गत विविधता
  • जैविक विविधताको सम्पन्नताको दुष्‍टिकोणले नेपाल विश्वमा २५औँ र महाद्विपीय मानचित्रमा ११औँ स्थानमा पर्छ ।
  • जैविक विविधता शब्दको प्रयोग सन् १९८० को दशकमा भएको पाइन्छ ।
३)      संसदीय शासन प्रणालीको बारेमा लेख्‍नुहोस् ।
  • व्यवस्थापिका संसद् प्रधान रहने प्रणाली संसदीय शासन प्रणाली हो ।
  • कार्यपालिका प्रत्यक्ष वा परोक्ष रूपामा व्यवस्थापिकाको समर्थन माथि निर्भर रहन्छ ।
  • यस प्रकारको शासन पद्धतिमा राष्‍ट्र प्रमुख र सरकार प्रमुख बेग्लाबेग्लै व्यक्ति हुन्छन् ।
  • राष्‍ट्रको सम्पूर्ण कार्यकारी अधिकार खासगरी सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीमा निहित रहेको हुन्छ भने राष्‍ट्र प्रमुख नामको मात्र हुन्छ (Figure head)।
  • मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरू आफ्नो नीति¸ कार्यक्रम तथा काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा व्यवस्थापिका प्रति तथा व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रति समेत उत्तरदायी रहन्छन् र सामूहिक जिम्मेवारीको सिद्धान्त अङ्गीकार गरिएको हुन्छ ।
४)      संसदीय शासन प्रणालीका विशेषताहरू के-के हुन् ?
  1. प्रतीकात्मक आदर्श राष्ट्राध्यक्ष¸
  2. प्रधानमन्त्रीको नेतृत्व¸
  3. बहुमत प्राप्त राजनीतिक दलको सदस्यको नेतृत्वमा सरकारको गठन हुने¸
  4. प्रभावकारी एवं सशक्त प्रतिपक्षी उपस्थित हुने¸
  5. कार्यपालिका व्यवस्थापिका प्रति उत्तरदायी हुने¸
  6. व्यवस्थापिका र कार्यपालिका बीच घनिष्ठ सम्बन्ध हुने¸
  7. सामूहिक उत्तरदायित्व¸
  8. कानुनको शासन अर्थात् कानुनी राज्य¸
  9. प्रतिनिधि मूलक शासन प्रणाली¸
  10. बहुदलीय शासन पद्धति र जन निर्वाचित सरकार¸
  11. संसद् र सरकार बीच शक्ति सन्तुलन र नियन्त्रण¸
  12. संसदीय सर्वोच्चता¸
  13. जनतालाई राजनैतिक दलहरूको सदस्य हुने र मतदान गर्ने स्वतन्त्रताको निश्चितता
५)     न्याय परिषद्को गठन कसरी हुन्छ? लेख्नुहोस् ।
  • नेपालको अन्तरिम संविधान¸ २०६३ को भाग १० को धारा ११३ मा न्यायाधीशहरूको नियुक्ति¸ सरुवा¸  अनुशासनसम्बन्धी कारबाही¸ बर्खासी र न्याय प्रशासनसम्बन्धी अन्य कुराहरूको सिफारिस गर्न वा परामर्श दिन न्याय परिषद् रहने व्यवस्था छ ।
  • न्याय परिषद्‍मा देहायबमोजिम अध्यक्ष र सदस्यहरू रहने छन्
क)     प्रधान न्यायाधीश                                                                            - अध्यक्ष
ख)    न्याय मन्त्री                                     - सदस्य
ग)     नेपाल बार एसोसिएसनको सिफारिसमा प्रधान न्यायाधीश द्वारा नियुक्त वरिष्ठ‍ अधिवक्ता वा कम्तीमा २० वर्षको अनुभव प्राप्‍त अधिवक्ता       - सदस्य      
घ)     कानुनवीद्‍मध्येबाट प्रधानमन्त्रीबाट मनोनीत १ जना - सदस्य
ङ)      सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश १ जना          - सदस्य
ग) र घ) बमोजिमका सदस्यको पदावधि ४ वर्षको र पारिश्रमिक तथा सुविधा सर्वोच्च अदालतको न्यायाधीश सरह हुनेछ ।
६)      राष्ट्रिय सुरक्षा परिषद्को गठन कसरी हुन्छ ? लेख्‍नुहोस् ।
  • नेपाली सेनाको परिचालन¸ सञ्चालन र प्रयोग गर्नका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्न नेपालमा एक राष्‍ट्रिय सुरक्षा परिषद् रहनेछ ।
  • जसमा देहायबमोजिम अध्यक्ष र सदस्यहरू रहने छन्
क)     प्रधानमन्त्री                                            -अध्यक्ष
ख)    रक्षा मन्त्री                                             -सदस्य
ग)     गृहमन्त्री                                              -सदस्य
घ)     प्रधानमन्त्रीले मन्त्रिपरिषदमा रहेका राजनैतिक दलहरूमध्ये फरक-फरक दलको प्रतिनिधित्व हुने गरी तोकेको ३ जना मन्त्री                 -सदस्य
  • प्रधानमन्त्री र रक्षा मन्त्री एकै व्यक्ति रहेको अवस्थामा मन्त्रिपरिषदको वरिष्ठतम सदस्य यसको सदस्य रहनेछ ।
७)     संवैधानिक परिषद्को गठन बारे लेख्नुहोस् ।
  • नेपालको अन्तरिम संविधान¸ २०६३ को भाग २२ को धारा १४९ मा संवैधानिक परिषद्को गठन गरेको छ ।
  • संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न एउटा संवैधानिक परिषद् रहनेछ ।
  • जसमा देहायबमोजिमका पदाधिकारीहरूको व्यवस्था रहेको छ :
क)     प्रधानमन्त्री
ख)    प्रधान न्यायाधीश
ग)     व्यवस्थापिका-संसद्को सभामुख
घ)     मन्त्रिपरिषद्‍मा रहेका राजनैतिक दलहरूमध्ये फरक-फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेका ३ जना मन्त्री
ङ)      व्यवस्थापिका-संसद्‍मा विपक्षी दलको नेता
तर प्रधान न्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्दा संवैधानिक परिषद्‍मा न्याय मन्त्री पनि सदस्य हुने छन् ।
८)      सार्वजनिक सेवा प्रवाह भनेको के हो ?
  • सरकार वा यसका आधिकारिक संगठनले जनसाधरणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ ।
  • सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ । सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजनिक सेवा भनिन्छ ।
  • औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९औँ शताब्दीतिर सार्वजनिक सेवाको अवधारणाको विकास भएको हो ।
  • सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत् सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं छिटो जनतासमक्ष पुर्‍याउनु सार्वजनिक सेवा प्रवाह हो ।
९)      के गरेमा सार्वजनिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त)
  • सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ¸ जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं ।
  1. सेवाको गुणस्तर निर्धारण (Set standard of services)
  2. खुला र पूर्ण सूचनाको प्रवाह (Be open and provide full information)
  3. छलफल र संलग्नता विस्तार (Consult and involve)
  4. निष्पक्ष व्यवहार (Treat all fairly)
  5. पहुँच र चयन विस्तार (Encourage Access and Promote Choices)
  6. गल्ती कमजोरीको शीघ्र सुधार (Put thing right when they go wrong)
  7. साधन स्रोतको अत्युत्तम प्रयोग (Use Resource Wisely)
  8. सुधार र अग्रसरता विस्तार (Innovate & Improve)
  9. अरू प्रदायकसँग सिक्ने र साझेदारी गर्ने (Work with Other Providers)
१०)    सरकारले के कस्ता प्रकारका सार्वजनिक सेवा प्रवाह गर्दछ ?
  • आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू
  • क्षमता अभिवृद्धिसम्बन्धी सेवाहरू
  • कल्याणकारी सेवाहरू
  • मनोरञ्जनसम्बन्धी सेवाहरू
  • पूर्वाधार विकास सम्बन्धी सेवाहरू

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...