Tuesday 28 February 2012

विश्व विख्यात साहित्यकारहरूको लेख्ने अनौठो स्वभाव


( रुसका प्रसिद्ध उपन्यासकार फिदिन समुद्रको किनारमा बसी लहरहरूको मधुरो आवाज सुन्दै लेख्ने गर्दथे । उनले समुद्रको किनारमा बसेर थुप्रै कृति सिर्जना गरेका छन्, जसमध्ये असाधारण ग्रीष्म ऋतु नामक उपन्यास १० दिनमा पूरा गरेका थिए ।

( भिक्टर हृयुगो फ्रान्सका एक महान क्रान्तिकारी लेखक हुन् । उनी साहित्य सिर्जना गर्ने बेलामा उभिएर मात्र गर्दथे । आफू बराबरको अग्लो टेबुल बनाएका थिए । उनी सो टेबुलमा कागजका पाना राख्दै लेख्थे भने लेखेका पानाहरू भुइँमा फ्याँक्थे र पछि जम्मा गरेर पानाहरू मिलाउँथे ।

( थकाइले चूर नभएसम्म लेख्न नसक्ने प्रसिद्ध उपन्यासकार एमिल जोला हुन् । थकाइका लागि उनी घरबाट निस्किएर सडकको छेउ रहेका बत्तीहरूको लट्ठाहरूको चीमहरूको गन्ति गर्दागर्दै थाकेपछि मात्र लेख्नका लागि घर र्फकथे ।

( मार्क ट्वेनको लेख्ने बानी अनौठो थियो । उनलाई बसेर लेख्दा निद्राले छोपी हाल्थ्यो । त्यसैले उनले सधैँ घोप्टो सुतेर नै लेख्दथे ।

( प्रायः साहित्यकारहरू शान्त र एकान्तमय स्थानमा बसेर साहित्य सिर्जना गर्थे तर यसको ठीक विपरीत लेखक साहित्यकार बेज बुडको बानी थियो । उनी लेख्ने समयमा ठूलो आवाजले रेडियो बजाउँथे । कलह र हो(हल्लाको वातारण नभै उनी लेख्नै सक्दैनथे । कहिलेकाहीँ भिडभाड भएको ठाउँमा बसेर पनि लेख्ने गर्दथे ।

( फ्रेन्च कवि सिलरको लेख्ने बानी अन्य साहित्यकारहरूको भन्दा भिन्न छ । सुरूमा टेबुलमा राखेका फूलहरूको बास्ना नभै सडेको गन्ध सुघ्न पाएपछि मात्र लेख्न तम्तयार हुन्थ्यो । अर्को अनौठो बानी त उनी लेखुन्जेल आफ्नो दुवै खुट्टा पानीले भरिएको बाल्टिनमा डुबाई राख्थे ।

( लियो टाल्स्टाय बिहान ३ बजे उठेर लेख्न बस्दथे भने लेख्ने कार्य कहिलेकाहीँ दिनभरि पनि जारी राख्थे । जब साँझ पर्न थाल्छ लेख्ने कार्यलाई समाप्त गरेर रक्सी पिउन सुरू गर्थे । राति लेखेको रचना राम्रो र स्तरीय हुँदैन भन्ने उनको धारणा थियो ।

( यसको ठीक विपरीत सर आर्थर पेनेरी सधैँ राति लेख्दथे । यसैगरी बिलियम ली कैक्स ३ चरणमा लेख्ने गर्दथे – बिहान, साँझ र राति । अर्का लेखक गार्डन सैल्पिmन शनिबार बाहेक अरूदिन राति लेख्थे भने शनिबार दिनभरि लेख्न बस्थे ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...