Wednesday 28 March 2012

छाला सुन्दर र चम्किलो बनाउने ७ उपाय



मानिसको शरीरमा सबैभन्दा बढी बाहिर देखिने भाग नै छाला हो । त्यसकारणले पनि छालाको उचित स्याहार गर्नु आवश्यक छ । छालाले मानिसको रुप नै परिवर्तन गर्दछ । त्यसकारण समयमै छालाको उचित ख्याल राख्नुपर्छ । यसो गर्नाले मानिसको उमेर ढल्कने ‘ब्नभष्लन’ प्रक्रिया ढिलो हुने हुन्छ । तर पनि मानिसले विभिन्न कारणले गर्दा छालाको स्याहार तथा सम्भार गर्न सकिरहेका हुँदैनन्, जसले गर्दा मानिस समयभन्दा पहिले नै  उमेर ढल्केको  देखिने हुन्छ ।
छाला प्रायः बाहिर देखिने हुनाले घाम, वातावरणीय प्रदूषण, फोहोर आदिले यसलाई धेरै असर पार्ने हुन्छ । यसले मात्र नभई बढी काममा व्यस्त हुनु, खानाको कुनै ख्याल नराख्नु, निद्रा कम, पानीको सेवनमा कमी आदि कारणले गर्दा छाला चम्किलो नहुने, मरेको जस्तो ताजा नदेखिने हुन्छ । आफ्नो छालालाई ज्यान दिन तथा ताजा, चम्किलो, सफा स्वस्थ र  उज्यालो बनाउनको लागि यहाँ केही सरल उपायहरु प्रस्तुत गरिएको छ ।
१. सन्तुलित खाना: छालालाई स्वस्थ र ताजा राख्न सन्तुलित खाना नै सबैभन्दा उत्तम उपाय हो । सन्तुलित खाना खाने गर्नाले शरीर स्वस्थ हुन्छ । छाला ताजा हुन मद्दत पुर्‍याउँछ । यसले गर्दा आफ्नो रुपमा नै धेरै सकारात्मक परिवर्तन आउने हुन्छ । शरीरका कोषहरुमा बुढ्यौली हुने प्रक्रिया ढिलो हुन्छ । कार्बोहाइड्रेडयुक्त खाना सकभर कम मात्रामा खाने या सके नखानु नै उत्तम हुन्छ । जंक फूड खानाले पनि छालामा नकारात्मक असर पर्छ, जसले गर्दा छाला तेजिलो नहुने, निर्जीवजस्तो देखिने, ताजा नदेखिने तथा चम्किलो नहुने हुन्छ । खानामा आवश्यक पौष्टिक तत्त्व कमी भएमा छालामा तुरुन्त नराम्रो असर पर्न थालिहाल्छ । त्यसकारण सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने, प्रशस्त ताजा फलफूल खाने, हरियो तरकारी प्रशस्त खाने, आवश्यक भिटामिन तथा खनिज तत्त्वहरु पनि खाने गर्नाले छाला स्वस्थ, चम्किलो, ताजा र जीवन्त देखिने हुन्छ । साथै बुढ्यौलीपनको समस्या पनि कम हुने हुन्छ ।
२. पानी: पानी हाम्रो शरीरलाई नभई नहुने तरल पदार्थ हो । आवश्यक मात्रामा पानी सेवन गर्नाले स्वास्थ्यलाई धेरै लाभ पुग्छ । शरीरमा संकलन भई बसेका विषादीयुक्त तत्त्वहरु बाहिर फाल्न पानीको ठूलो भूमिका रहेको हुनाले दिनहुँ कम्तीमा ३-४ लिटर पानी पिउनु जरुरी छ । यसले छालामा तुरुन्त सकारात्मक असर देखाउँछ ।
३. तनाव: आजकल मानिसको दैनिक जीवन अति व्यस्त र तनावयुक्त हुन्छ । सधैँ व्यस्तताले गर्दा मानसिक तनावमा वृद्धि हुन्छ । यसको असर तुरुन्त छालामा देखा पर्ने हुन्छ । मानसिक तनावले केशलाई पनि धेरै हानि पुर्‍याउँछ । त्यसकारण कामको साथै आरामको पनि उत्तिकै जरुरी हुन्छ । पैदल हिँड्नु, योग गर्नु, केही समय ध्यानमा बिताउनु जस्ता कार्यले मानसिक तनाव कम गर्न मद्दत पुग्छ । फलस्वरुप छालामा यथेष्ट सुधार आउने हुन्छ । मानिसको सोच पनि राम्रो भएमा सधैँ प्रफुल्लित रहन सकिन्छ र छालामा पनि सुधार हुन्छ ।
४. निद्रा: मानिसलाई आवश्यक मात्रामा निद्रा नपुगेमा स्वास्थ्यमा तुरुन्त प्रभाव परिहाल्छ । आँखामुनि कालो गोलो-गोलो देखा पर्न थाल्छ, अल्छी महसुस हुन्छ, अनुहारको छाला मरेजस्तो फुस्रो तथा मलीन हुन्छ, एकदम थाकेको महसुस हुन्छ । आवश्यक मात्रामा निद्रा भएमा स्वास्थ्यमा फुर्ती आउँछ, ताजा महसुस हुन्छ । छालाले पुनर्जन्म पाएसरह हुन्छ । मानिसलाई दिनको ७-८ घण्टा निद्राको आवश्यक पर्छ । राम्रो निद्राले गर्दा छालामा तुरुन्त सकारात्मक असर प्राप्त हुन्छ । छाला ताजा, स्वस्थकर, तेजिलो तथा जीवनयुक्त हुन्छ । राम्रो निद्राको लागि सुत्नु अगाडि पूरा आराम लिनु जरुरी छ । खाना पनि सुत्नुभन्दा १ या २ घण्टाअगाडि खानु उत्तम हुन्छ ।
५. व्यायाम: नियमित व्यायाम गर्नाले स्वास्थ्यलाई राम्रो गर्दछ । स्वास्थ्य राम्रो भएपछि छाला पनि राम्रो हुन्छ । छालामा जीवन्तता आउने, चम्किलो, नरम, कलकलाउँदो हुने हुन्छ । व्यायामले गर्दा रक्तसञ्चारमा राम्रो प्रभाव हुने हुनाले प्रशस्त अक्सिजन शरीरमा प्रवेश गर्छ, जुन छालालाई स्वस्थ, ताजा तथा चम्किलो बनाउन अति आवश्यक छ । हप्तामा ४-५ दिन र दिनको ३०-४० मिनेट व्यायाम गरेमा छालालाई ताजा, नरम, तेजिलो, जीवन्त तथा स्वस्थ बनाउन धेरै मद्दत पुग्छ । व्यायाम गर्दा पसिना आउने भएकोले हल्का लुगा लगाएर गर्नु बेस हुन्छ । व्यायामपछि नुहाउनु राम्रो हुन्छ ।
६. घामबाट बच्ने: र्सूयको प्रकाशमा हानिकारक किरण ‘ग्ख्ब्रग्ख्द्य’ हुन्छन्, जसले छालालाई धेरै नराम्रो असर गर्छ । त्यसकारण बाहिर घाममा निस्कँदा अनुहारमा आफ्नो छालालाई मिल्ने खालको सन स्क्रिन क्रिम क्गल ‘कअचभभल अचभ’ राम्ररी दलेर निस्कनु राम्रो हुन्छ । यसले सुर्यको हानिकारक किरणबाट छालालाई बचाउन मद्दत गर्छ । पुरुषको भन्दा महिलाको छाला पातलो तथा नरम हुने भएकोले पुरुषभन्दा महिलाको उमेर चाँडो ढल्केको देखिने हुन्छ । त्यसकारण सुर्यको किरणको प्रभाव पनि महिलाको छालामा तुरुन्त पर्ने भएकोले सन स्क्रिन क्रिम लगाउने या सुर्यको किरणबाट बच्ने उपाय गर्नुपर्छ ।
७. शृङ्गार गरेको सबै हटाउने: सधैँ बेलुकी भएपछि दिनभरि गरेको शृङ्गार ‘बपभगउ’ हटाउनुपर्छ । शृङ्गार गरेको हटाउन कुनै पनि असल प्रकारको मेकअप रिमुभर ‘बपभगउ चझयखभच’ र कपासको सहायता लिनुपर्छ । मनतातो पानीले अनुहार पखाल्नुपर्छ । त्यसपछि फेसवास ‘बअभ धबकज’ ले पखाल्नुपर्छ । यसो गर्नाले छालामा कुनै प्रकारको वस्तु जम्मा नभई छालाका छिद्रहरु खुल्ला हुन्छन् र हावाको आगमन सही तरिकाले हुन गई छाला ताजा, नरम, स्वस्थ तथा चम्किलो राख्न मद्दत पुग्छ । अन्तिममा स्तरीय फाउन्डेसन लगाउने गर्नुपर्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...