Friday 17 August 2012

रक्त समुह र ब्यक्तित्व)


(के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह (blood group) कुन हो भन्ने? यदी थाहाछ भने आउनुहोस् तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ?
समुह 'ओ': यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। इनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ। र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो। यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।
समुह 'ए': यो रक्त समुहका मानिसहरु सद्भभाब, शान्ती र संगठन मन पराउछन। अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ। यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यक्तित्वका हुन्छन। यो रक्त समुहका मानिस हरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो।
समुह 'बी': यो रक्त समुहका मानिसहरु केही फरक ब्यक्तित्वका हुन्छन। जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन्। यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन। र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन। तर यो समुहका मानिसको स्वोतन्त्र ब्यक्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउछ र यो नै कमजोरी बन्छ।
समुह 'एबी': यो रक्त समुहका मानिसहरुको ब्यक्तित्व निकै शान्त र नियन्त्रित हुन्छ। सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन। बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यक्तित्वको प्राकृतिक हो। तर यो रक्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रक्रितीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्नु इनीहरुको कमजोरी हो।)

स्मरणशक्ति बढाउने विधि




२०६८ पुस १२ गते, मंगलवार १२:२३:२३ बजे
सबैले आ-आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।

मनको कल्पना र पुनः स्मरण गर्ने शैली ः
स्मरणमा शक्ति राम्रो भएका व्यक्तिहरूमा यो गुण हुन्छ, यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषयसँग वा घटनासँग अन्तरसम्बन्ध कायम गरिन्छ । जस्तै- शरीरका भागहरू बाटो, रूखका भागहरू आदिसँग स्मरण गर्नुपर्ने कुराका बुँदाहरू अन्तरसम्बन्ध गराइन्छ । मानौं एउटा पाठमा भएका दसवटा चीजको नाम घोक्नुपर्ने छ । यस्तो अवस्थामा ती दसवटा नाम शरीरका अङ्गहरूमध्ये दसवटा नामाकरण गर्ने ?आँखा- न्युटन, मुख- हेनरी, अनि शरीरका अङ्गहरूको नाम अनुसार ती चीजहरूको नाम स्मरण गर्न सकिन्छ ।

रुसमा एक जना सम्वाददाता थिए जसले यो विधिअनुसार हजारौं संख्यात्मक सूत्रहरू वषार्ंैसम्म कन्ठ भन्न सक्थे । आफूलाई सजिलो हुने प्रकारले यो विविधअनुसार स्मरण राम्रो बनाउँदै जानुपर्छ ।
सुसंगठन गर्ने वानी, स्मरण प्रक्रिया, एउटा लुगा बुन्ने तानझैं हुन्छ । यसलाई जति राम्रो बुन्यो, मिलायो, खाँद्यो, कपडा त्यति नै राम्रो र बलियो हुन्छ । स्मरण पनि ठीक त्यस्तै हो । यसलाई मिलाउने र खाँद्ने काम विद्यार्थीको हो । जस्तै- ३० प्रकारका नाम घोक्नु वा स्मरण गर्नु छ भने ती नामहरू लहरै घोक्नुभन्दा सुसंगठन गरेर जस्तै- धातु एकातिर, पशु एकातिर, पक्षी एकातिर छुटयाएर घोकेमा स्मरण राख्न सजिलो हुन्छ ।
धेरै बुँदा स्मरण गर्नुपर्दा तिनीहरूको अघिल्लो अक्षरबाट आफूलाई मन पर्ने गीत, नक्सा कविता वा कुनै नौलो नाम बनाई पढे स्मरण दीर्घ हुन्छ ।

कन्ठाग्र गर्ने र अभ्यास गर्ने ः
यो विधि अनुसार पढ्दा ८० प्रतिशतसम्म स्मरण भएको कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । स्मरण बढाउन यो एउटा राम्रो विधि हो । कुनै कुरा पढ्दै जाँदा वा पढिसकेपछि त्यसलाई कन्ठ भन्ने र अभ्यास गर्ने काम गर्नुपर्छ । जति धेरै अभ्यास गर्‍यो स्मरण त्यति नै बलियो हुँदैजान्छ । कतिपय विद्यार्थीले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्छन् । यो पनि राम्रो विधि हो ।
बढी सिकाइ ः कुनै पनि कुराको दीर्घकालीन स्मरण राख्न त्यसलाई पटक-पटक पढ्नु र दोहोर्‍याइरहनुपर्छ । बिनापरिश्रम जान्ने बन्न खोज्नु मूर्खता हो । जहाँ मानिसको बल, बुद्धि, परिश्रम र रुपैयाँ-पैसाको लगानी हुन्छ, त्यहाँ अवश्य सफलता मिल्छ ।

अभिरुचि र सकारात्मक धारणा ः
आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन र परिमार्जन गरी जुनसुकै विषय पनि सुरुचिका साथ पढनुपर्छ । यसका साथै आफूमा भएका नकारात्मक धारणाहरू जस्तै- म कमजोर छु, मेरो स्मरण शक्ति राम्रो छैन, पढेर पनि बुभि+mदैन, पढ्न सक्दिन जस्ता विचारहरू हटाई म केही गर्न सक्छु र ममा त्यो खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नुपर्छ । यसले स्मरण शक्ति बढ्दै जान्छ । जुनसुकै विषय पढ्दा पनि सुरुचि र सकारात्मक धारणा हुनु आवश्यक छ ।

प्रतिफल वा इनाम ः मानिसले गर्ने हरेक काममा स्वार्थ जोडिएको हुन्छ । जुन काम गरेर राम्रो र बढी प्रतिफल पाइन्छ, मानिसले त्यही काम गर्छ वा गर्न चाहन्छ । इनामले केटाकेटीहरूलाई मात्र होइन सबै उमेरका व्यक्तिलाई आकर्षण गर्छ । इनाम उमेरअनुसार फरक-फरक हुन्छन् । जस्तै- खेलौना, बिस्कुट, राम्रो कलम, लुगा, घर-जग्गा, सम्पत्ति, राम्रो नाम, इज्जत, परोपकार, सेवा आदि तर उमेर पुगेपछि आफै प्रेरित भै असल र सत्य कुरा पाउनेछु भन्ने विचारका साथ अघि बढ्नुपर्छ ।

शारीरिक स्वास्थ्य ः स्मरण शक्ति बढाउन शरीर स्वस्थ राख्नुपर्छ । शरीर स्वस्थ राख्न खानपान, बानी-व्यवहार तथा रहनसहनले पनि ठूलो भूमिका खेल्छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ । ध्यान दिन सक्छ र बुद्धि प्रयोग गर्न सक्छ, एउटा रोगी, अस्वस्थ र कमजोर व्यक्तिले परिश्रम गर्न सक्दैन, साथै उसको ध्यान अध्ययनमा भन्दा शरीरमै केन्दि्रत हुन्छ ।

अठोट ः यो एउटा मनोवैज्ञानिक बल हो । जहाँ मनोबल र दृढ इच्छा हुन्छ त्यहाँ सफलता पनि हुन्छ । किनभने दृढ इच्छा भएका व्यक्तिहरूले त्यसैअनुसार मेहनत पनि गर्छन् । तर यस्तो लक्ष्य वा अठोट धेरै व्यक्तिमा हुँदैन । प्रेरणा पाएका वा चोट परेका व्यक्तिहरूले यस्तो निर्दिष्ट अठोट लिएका हुन्छन् तर पनि अन्त्यसम्म थोरै व्यक्ति मात्र स्थिर रहन्छन् । किनभने धेरैले बीचमा पुगेर हरेस खान्छन् । बाटो छोड्छन् र लड्छन् । यदि तपाईंमा स्मरण बढाउँछु भन्ने अठोट छैन भने अब यसका निम्ति पनि अठोट गर्नुहोस् ।

लक्ष्य ः जीवनमा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरू थुप्रै कुराहरूमा पनि ध्यान दिनुपर्छ, जस्तै- आफ्नो खुबी, समय, परिस्थिति र कमजोरीहरू, जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पूरा पनि गर्नुहोस् । किनभने कुनै पनि काम प्रारम्भ गरेर पूरा नगर्नुभन्दा गर्दै नगर्नु असल हो ।


C&P

Tuesday 14 August 2012

महान् सर्जकको कमलो मन

साहित्यमा नोबेल पुरस्कारप्राप्त प्रथम भारतीय कवि रवीन्द्रनाथ टैगोरको जन्म गरिब र वेश्याहरूको बस्ती उत्तरी कोलकाताको जोरासन्कोमा भयो । त्यही“ उनीहरूको ठूलो हवेली (भवन) थियो । उनी देवेन्द्रनाथ र शारदादेवीका कान्छा छोरा अर्थात् १४औ“ सन्तान थिए । त्यहा“का आमजनता निर्धन भए पनि त्यस ठाउ“बाट साहित्यिक पत्रिका प्रकाशित हुन्थे । शास्त्रीय संगीत र नाट्यकलाको बोलवाला थियो ।हवेलीमा दार्शनिक र समाजसेवीको आवतजावत बाक्लै हुन्थ्यो । रवीन्द्रका जेठा दाजु द्विजेन्द्रनाथ आफै“ पनि दार्शनिक र कवि थिए । अर्का दाजु सत्येन्द्रनाथ सरकारी नोकरी पाउने पहिलो भारतीय थिए भने ज्योतीन्द्रनाथ संगीतकार, कम्पोजिटर र नाटककार थिए । दिदी स्वर्णकुमारी पनि कथाकार थिइन् । रवीन्द्र उर्फ रवि घरमै पढ्थे, दाजु हेमेन्द्रनाथबाट । रविले आठ वर्षकै उमेरमा कविता लेख्न थाले । हवेलीमा आएका पाहुनालाई पढेर सुनाउ“थे । ११ वर्षको उमेरमा व्रतबन्ध गरियो । कपाल खौरेर आश्रम पठाइयो, जहा“ उनले श्लोक घोके, ध्यान गरे । १२ वर्षको उमेरमा बल्ल बाबुस“ग समय बिताउन पाए । कहिले कता–कहिले कता हि“ड्ने देवेन्द्रनाथ एक महिना छुट्टी मनाउन घर पुगेका थिए । बाबुस“गै अमृतसर घुम्न निस्के । गुरुद्वारा गई पूजा गरे । अंगे्रजी र संस्कृत भाषाका पुस्तक पढे । यसै क्रममा ज्योतिष विद्या, बेन्जामिन फ्रेन्कलिन र एडवर्ड गिबनको जीवन, रोमन साम्राज्यको पतनबारेको इतिहास पढ्न भ्याए । त्यसपछि उनीहरू कास्मिरको सीमासित जोडिएको हिमाञ्चल प्रदेशको ७ हजार ५ सय फुटको उचाइमा अवस्थित पहाडी इलाका पुगे । २ महिनापछि कोलकाता फर्के । सन् १८७८ मा रवि १७ वर्षका भए । देवेन्द्रनाथले छोरालाई वकिल बनाउने सोच बनाए र इंग्ल्यान्ड पठाउन खोजे ।
इंग्ल्यान्ड जाने क्रममा रवि मुम्बई गए । त्यहा“ दाजु सत्येन्द्रनाथका साथी दादोबा पांडुरंगकोमा बसे । दादोबाकी छोरी अन्ना तारखड भर्खरै इंग्ल्यान्डबाट फर्केकी थिइन् । उनी रविभन्दा एक वर्षले जेठी अर्थात् १८ वर्षकी थिइन् । प्रगतिशील स्वभावकी मात्र होइन, रूपवती पनि थिइन् । समवर्ती उमेरका दुवैजना चा“डै घनिष्ट बने । रवि उनलाई कविता सुनाउ“थे । उनकै बारेमा कविता रच्थे । अनुभूतिशील अन्ना कविता सुनेर मख्ख पर्थिन् । पछि रविद्वारा रचिएका कविताको अंग्रेजीमा अनुवाद गर्न थालिन् । रविलाई बोलीचालीको अंग्रेजी सिकाउन थालेकी उनलाई आºनो अंग्रेजी नाउ“ ‘अन्ना’ मन पर्दैनथ्यो । एक दिन यसै विषयमा कुरा चल्दै गर्दा रविले उनको नाउ“ अन्नाको हिन्दीकरण गरिदिए– नलिनी (कमल पोखरी) । अन्ना निकै खुसी भइन् । रवि अब नलिनीलाई लिएर गीत रच्न थाले । ‘सुनो नलिनी, खोलो गो आ“खी’ ‘काहे री नलिनी, तु कुम्हलनी’ यसका उदाहरण हुन् । अन्ना उर्फ नलिनी राति पञ्जा लगाएर सुत्थिन् । एक दिन उज्यालो हुन नपाउ“दै रवि उनको शयनकक्षमा कसैले थाहा नपाउनेगरी पसे । नलिनी मस्त निद्रामा थिइन् । उनले नलिनीले चाल नपाउने गरी पञ्जा फुकालेर लुकाइदिए । अनि गीत गुनगुनाउ“दै उठाउन थाले ।
आ“खा उघार्नेबित्तिकै रविलाई सामुन्ने देखिन् । रिसाउनुको साटो मुसुक्क हा“सिन् आङ तन्काइन् । नलिनीको समर्पणभावले कविको मनलाई ब्याकुल बनायो । दुवै हातले अनुहार च्याप्प समाएर नलिनीको ओठ चुमे । नलिनी झन् खुसी भइन् र भनिन्, ‘आजबाट मलाई चुम्ने अधिकार तिमीले पायौ ।’ सोही दिन नलिनीलाई लक्ष्य गरी बंगाली भाषामा कविता लेखे । कविताको भावनानुवाद यस्तो छ, ‘ओई, मेरी नलिनी, लाज–भीनी नलिनी † धेरै नवयुवतीको आ“खामा सौन्दर्य बस्छ, तर तिम्रो आ“खा प्रेमको रंगमा रंगिएको छ । ओई, सुकोमल नलिनी † जहा“ कतै पनि रूपको माधुरी टल्किन्छ, त्यही“ प्रकृतिको सुवास मग्मगाइरहन्छ । त्यही सुगन्ध तिम्रो शरीरको नशा–नशामा डुलिरहेको छ ।’ अर्को एउटा गीतमा उनले लेखे, ‘हे संगीनी, म यसबेला सपनामा हराइरहेको छु, मलाई नब्यु““झाऊ †’ नलिनीसितको प्रेमलाई स्थायित्व दिन ‘नलिनी’ नाटक पनि लेखे । बुढेशकालमा नलिनी प्रकरणको चर्चा गर्ने क्रममा मित्र दिलीपकुमार रायलाई उनले भने, ‘अन्ना, जस्ती केटीलाई मैले जीवनमा कहिल्यै बिर्सन सकिन“ न कहिल्यै उनको आकर्षणलाई उपेक्षाको दृष्टिले हेर्न सक“े । यसपछिको दिन मेरो जीवनमा अनेक खालका घटना घटे, विभिन्न खाले अनुभव बटुले“ तर एउटा कुरा गर्वका साथ भन्न सक्छु, कुनै केटीको प्रेमलाई मैले अवज्ञा गर्ने दृष्टिले हेरिन“–त्यो प्रेमको रूप जस्तोसुकै किन नहोस् ?’ रवि र नलिनीको प्रेम सफल भएन । उनी त्यहा“ करिब ६ महिना बसे । नचाह“दा–नचाह“दै पनि नलिनीलाई छाडेर पानीजहाज चढी लन्डन गए । ब्राइटन स्कुलमा कानुन पढे । त्यहा“ बस्दा अंग्रेजी साहित्यतर्फ रुचि बढ्यो ।
सेक्सपियरको साहित्यबारे मनग्ये अध्ययन गरे । डिग्री नलिईकनै २ वर्षपछि स्वदेश फर्के । ज्योतीन्द्रनाथ (रविका दाजु)ले १९ वर्षको उमेरमा ९ वर्षकी बालिका कादम्बरीदेवीस“ग बिहे गरेका थिए । उनी रविभन्दा २ वर्षले जेठी थिइन् । केटाकेटी उमेरमा बिहे गरेर टैगोर परिवारमा भित्रिएकीले उनी (रवीन्द्र)स“ग खेल्थिन् । उनको साहित्य सिर्जनामा कादम्बरीस“गको बाल्य–प्रेमले ठूलो भूमिका खेलेको छ । कादम्बरी निःसन्तान थिइन् । एकपटक कादम्बरीलाई लिएर ज्योतीन्द्रनाथ कोलकाताबाहिर हि“डे । रविले एकांकीपन महसुस गरे । सा“झपख छतमा ओहोर–दोहोर गर्न थाले । व्याकुल मनमा उनले लेखे, ‘गयो, सबै गयो † हृदयलाई चोट पु¥याएर, कुल्चेर गयो । अब कुरा गर्न, गीत गाउन कोही रहेन । म त्रसित आ“खाले उसलाई हेरिरहे“ तर उसले आफूस“गै लगेन । पुरानो, च्यातिएको र मैलो लुगासरह मलाई ºया“केर गयो ।’ उनले दुःख र निराश मनले अर्को कविता लेखे– ‘असहनीय प्रेम ।’ कविताको भाव थियो, ‘जब शरीरको ढोकामा तिम्रो रूपसित मन जुध्न पुग्छ, तब तिमी मुन्टो बटारिदिन्छौ ।
यति ठूलो ज्यादती (अनुचित व्यवहार) सायद तिमीलाई मन पर्दैन होला । तिमीलाई मेरो त्यो प्रेम मन पर्दैन होला, जुन सम्पूर्ण रूपमा आफूमा हराएर तिमीमा विलीन हुन चाहन्छ । जुन अनन्त र अतृप्त प्यासले मरुभूमिमा डुलिरहेको छ, जहा“ आ“खाबाट अनन्त जलधारा बगिरहेको हुन्छ र दुःखले भरिएको ‘आह’ (व्यथा) खैलाबैला मच्चिरहेको हुन्छ ।’ निकै समयपछि कादम्बरी घर फर्किइन् । रविले उनलाई कविता पढ्न दिए । कविता पढ्दै कादम्बरी धुरुधुरु रोइन् । सन् १८८३ को डिसेम्बर ९ मा रविको बिहे मृणालिनीदेवीस“ग भयो । त्यसबेला उनी २२ वर्षका थिए, तर मृणालिनी ११ वर्षकी मात्र थिइन् । बिहेपछि उनीहरूलाई सत्येन्द्रनाथको घरबाट अन्तै लगेर राखियो । मृणालिनी निकै दुब्ली थिइन्, रूपरंग पनि खासै राम्रो थिएन । निरक्षर थिइन्, लुगा पनि पुरानै खालको लगाउ“थिन् । विवाहपछि भने उनलाई स्कुलमा पढ्न पठाइयो । घरमा पनि रवि आफै“ले पढाउन थाले । पछि मृणालिनी पा“च सन्तानकी आमा बनिन् । दुई सन्तानको भने बाल्यकालमै मृत्यु भयो । कादम्बरीका निम्ति रविको बिहे अप्रत्यासित थियो । अधिकांश समय रविले घरभित्रै बिताउन थालेका कारण आºनो व्यथा सुनिदिने ‘असल साथी’ गुमेको महसुस गरिन् । यसबीच, रविको बिहेको ४ महिनापछि २४ वर्षको उमेरमा सन् १९८४ को अप्रिलमा आत्महत्या गरिन् ।
उनले किन आत्महत्या गरिन्, परिवारका कुनै सदस्यले थाहा पाएनन्, रविलेबाहेक । तर, उनले पनि कारण कसैलाई भनेनन् । कादम्बरीको निधनले रविको मन छियाछिया भयो । निराश र एकान्तप्रिय बने । धेरै समयसम्म साहित्य सिर्जना ठप्प भयो । पछि उनलाई सम्झ“दै ‘पुष्पाञ्जली’ मा लेखे, ‘ऊस“ग मेरो जीवनको कैयौ“ बिहानी, दिवा, सा“झ एकात्मकभावले बितेको छ । कैयौ“ वसन्त, वर्षा र शरद ऋतु दुवैको आत्माको अकाट्य साक्षी बनेका छन् । कैयौ“ स्नेह उसबाट पाएको छु, कैयौ“ खेल हामीले मिलेर खेलेका छौ“, मेरो जीवनको सयौ“ घटनाको साझेदार बनेर हरेक पल ऊ मस“ग रहेकी छ । फेरि पनि मेरो जीवनमा कतिपय दिन, कतिपय रात विचित्र रहस्य लिएर आउनेछ, तर अहो † ऊविना आएका सबै शून्यमा सुस्केरा हालेर बस्नेछन् ।’ २३ वर्षपछि उनले एकपटक कादम्बरीलाई सम्झेर आºनो साथी अभिया चक्रवर्तीलाई लेखे, ‘त्यो बेला म तिम्रै उमेरको थिए“ । मैले बज्रपात सहनुप¥यो । म निकै दुःखी भए“ । मेरो एकदम नजिकको नातेदारले आत्महत्या ग¥यो । बाल्यकालदेखि नै ऊ मेरो जीवनको आधार बन्दै आइरहेको थियो । उसको अप्रत्यासित मृत्युले म उभिएको जमिन धसियो र आकाश पूर्णतः अ“ध्यारो भयो । मेरो ब्रह्माण्ड पूर्णरूपमा रित्तियो, जीवन खल्लो बन्यो ।’ रविले कादम्बरीलाई सम्झेर थुप्रै साहित्य सिर्जना गरेका छन् । ‘चुन्दुलाल’ कथामा पनि मुख्य पात्र चारुलतालाई एक्लो विवाहिता बुद्धिमानी नारी देखाइएको छ ।
चलचित्र जगत्का महान् निर्देशक सत्यजित रायले सोही कथामा आधारित रहेर पछि चलचित्र ‘चारुलता’ बनाए । ऋतुपर्ण घोषद्वारा निर्मित ‘चा“दनीबार’ कादम्बरीमा आधारित रवीन्द्रनाथ टैगोरको कथानक चलचित्र हो । स्वामी विवेकानन्दले समेत रवीन्द्रनाथको भाउजूसितको सम्बन्धलाई स्विकारेका छन् । प्रायः सबै भारतीय साहित्यिक समालोचकले उनको साहित्य सिर्जना कादम्बरीद्वारा पे्ररित भएको बताउने गरेका छन् । उनले जीवनको उत्तराद्र्धमा फेरि पनि मर्मस्पर्शी भावले लेखेका छन्, ‘म लामो–लामो घा“से मैदानबाट हि“ड्दै थिए“ । कसैको आवाज पछाडिबाट सुने“ । ऊ भन्दै थियो, ‘हेर, मलाई चिन्छौ ?’ मैले फर्केर जवाफ दिए“, ‘अह“, मलाई सम्झना छैन ।’ उसले फेरि भन्यो, ‘म तिम्रो पहिलो दुःख हु“, जोस“ग तिमीले युवाकालमा भेट्यौ ।’ उसको आ“खा बिहानीको किरणजस्तो चम्किरहेको थियो । मैले सोधे“–‘के तिमीले तिम्रो आ“सुबाट मुक्ति पाइसकेको हो ?’ ऊ मुसुक्क हा“स्यो मात्र, केही बोलेन । उसले फुसफुसाएर भन्यो, ‘एकपटक तिमीले भनेका थियौ, आºनो दुःखलाई सदा हृदयमा सजाएर राख्नेछु ।’ मैले लाज मान्दै जवाफ फर्काए“, ‘हो, समय बित्दै गएपछि मैले बिर्सिन थाले“ ।’ मैले उसको हात समाए“ र भने“, ‘तर, तिमी निकै बदलिसकेका छौ ।’ उसले अन्त्यमा भन्यो, ‘त्यो कस्तो दुःख हो, जुन अहिले शान्तिमा फेरिएको छ ।’ कादम्बरीको असामयिक निधनपछि दुःखी मन बोकेर रवीन्द्र लन्डन गए । पत्नी, छोराछोरीलाई पनि त्यही“ बोलाए । ४ वर्षपछि स्वदेश फर्के । महाराष्ट्रको शोलापुरमा गई जमिनदारी गरे । त्यही“ बसेरै धेरै कविता, लघु कथा लेखे । यसअवधिका प्रायः सबै लेखनमा बंगाली जनजीवनको झा“की प्रस्तुत गरिएका छन् । सन् १८९१ मा शान्ति निकेतनमा गई बस्न थाले । सन् १९१२ मा नोबेल पुरस्कार ग्रहण गरे । त्यसपछि उनका धेरै जीवन विदेशमै घुमेर बित्यो । जापान, अमेरिका, थाइल्यान्ड, डेनमार्क, जर्मनी, स्विटजरल्यान्ड, पेरु, अर्जेन्टिना, मेक्सिको, इटली, इन्डोनेसिया, सिंगापुर र मलेसिया घुमे । मुसोलिनी, अल्वर्ट आइन्स्टाइन, रोबर्ट फ्रस्ट, थोमसमान, एचजी वेल्स आदिलाई भेटे । साम्राज्यवाद, फासीवाद, र छुवाछूत प्रथाको विरोध गरे । सन् १९३७ आइपुग्दानपुग्दै बिरामी परे । सालको अन्तिम पुग्दा होस गुम्यो । ८० वर्षको उमेरमा सन् १९४१ को अगस्त ७ मा जन्मेकै घरमा प्राण त्यागे ।

Sunday 29 July 2012

चट्याङ के हो

चट्याङ के हो ? मानिसहरू चट्याङ पर्दा फलाम जस्तो चीज झर्छ भन्छन् के यो सत्य हो ?(थाहा पाउन पुरा पढ्नुस् )

एड्मिन आर्डनिकेट/बिज्ञान तथा प्रविधी

चट्याङ भनेको एक प्रकारको विद्युतीय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरूबीचको घर्षण तथा तिनीहरूबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पत्र हुन्छ । जसबाट ताप, प्रकाश र ध्वनि वा गर्जन एकैसाथ निस्कन्छ । त्यसलाई हामी बिजुली चम्किएको, गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ ।तर यसरी एकैसाथ ताप,प्रकाश अनि ध्वनी निस्कने भएपनि बिजुली चम्किएको केही छिन पछि मात्र गर्जन सुनिन्छ । कारण प्रकाशको गति ध्वनीको गतिभन्दा बढी हुन्छ यानकी प्रकाश ध्वनीभन्दा चाँडो दुगुर्छ ।
उदाहरणको लागि यदी तपाई रुख काट्दाको समयमा रुख काटेको ठाँउ नजिकै हुनुहुन्छ भने बन्चरोले रुखमा हानेकै समयमा ठ्याङ गरेको आवाज सुन्न सक्नुहुन्छ तर यदी तपाई अर्को डाँडा जहाँबाट रुख काटेको देखिन्छ,अनि हेर्नुस् बन्चरोले रुखमा हानेको केही बेरमा मात्र ठ्याङ गरेको सुनिन्छ ।

अव फेरा चट्याङ तिरनै लागौँ ।यसरी विपरीत
चार्जभएका बादलहरूबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियससम्म ताप उत्पत्र हुन्छ । सामान्य चट्याङको विद्यु त्शक्तिसमेत एक अर्ब भोल्टसम्मको हुन्छ । बिजुली चम्कँदा उत्पत्र हुने ताप शक्ति सूर्यको सतहको तापक्रमभन्दा पाँच गुणा बढी हुन्छ । त्यो ठूलो तापीय र विद्युत् शक्तिको केही हिस्सा पृथ्वीसम्म आइपुग्यो भने पनि त्यसले ठूलो क्षति पुर्याउँछ ।

क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त बादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रसस्त मात्रामा विपरीत विद्युतीय ध्रुवको निर्माणमा भने हावाहुरी, सौर्य विकिरण, जलचक्रको प्रक्रिया, आद्रताजस्ता प्रक्रियाले सहयोग पुर्याउँछन् । वाष्पीकरणका कारण जब ऊष्ण र आद्र हावा जोडसाथ माथि जान्छ र सेलाउँदै क्युमुलोनिम्बस बादल बन्छ । चट्याङ यही बादलबाट निस्कने ऊर्जाको उपज हो । यो वायुमण्डलमा देखिने बिजुलीको धार हो ।

चट्याङका बेला फलाम, मुसल वा त्यस्तै कुनै पदार्थ (जसलाई सामान्य बोलीचालीमा 'बज्र' भनिन्छ।) आकाशबाट झर्छ भत्रे परम्परागत सोचाइ हाम्रो गाउँघरमा छ, तर त्यस्तो धारणा सत्य होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठूलो परिमाणको विद्युत् र तापशक्ति पृथ्वीमा आउँछ जसले सामुत्रेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ । मोर्डन इन्स्टिट्युसन अफ एस्ट्रोनोमिकल साइन्स एण्ड रिसर्च सेन्टरको अनुसार ठुलो परिमाणको बिद्यु त्बहन कुनै माध्यमको आवश्यकता पर्दैन तर बहनको क्रममा बाटोमा भेटीएका माध्यमको भने यसले उपयोग गर्छ ।फलस्वरुप यसको प्रत्यक्ष असर प्राय ठुलाठुला रुख
मा पर्छ। बिद्युत् बगेको रुखले ठुलो परिमाणको बिद्युत् परिबहन सहन नसक्ने हुनाले यो चिरा पर्छ वा फुट्छ । चट्याङले जमिन जोत्ने धारणा भने
केही हदसम्म सत्य हो । चट्याङ सँगै आएको बिद्युत् शक्ति जमिनमा प्रवेश गर्ने क्रममा जमिनको सतहमा पृथ्वीमा भएको चार्ज र चट्याङको बिद्युतीय चार्जसँग प्रतिक्रिया हुन्छ र जमिनको थोरै सतही क्षेत्रफलमा उथलपुथल मच्चिन्छ र जमिन च्यात्तिएर चिरा पर्छ ।

माथी मैले पृथ्वीमा पनि चार्ज हुन्छ भनें । अब तपाइको मनमा जिज्ञासा उठ्न सक्छकी कस्तो चार्ज हुन्छ भनेर । पृथ्वीको दुई चुम्वकीय ध्रुव, दक्षिणी र उत्तरी ध्रुवको कारणले चार्ज उत्पादन भईरहेको हुन्छ । जव बिजुली चम्कन्छ तब पृथ्वीमा बहिरहेको चार्ज र चट्याङको बिद्युतीय चार्जको बीचमा आकर्षण पैदा हुन्छ । यसैकारण चट्याङ पर्दाको बिजुली उँभो नगइ जमिन तिरनै
आउने गर्छ । सामान्यतया हावाहुरी, घना वर्षा वा हिमपातसँगै चट्याङ पर्छ,
तर पनि कहिलेकाही वर्षापूर्व वा वर्षा नभै पनि चट्याङ पर्छ 

Friday 27 July 2012

साथी जानी राखे आफ्नो लागि........................!



१. खाना खाँदै गरेको तस्वीरः खाना वा खाजा खाँदै गरेको तस्वीर फेसबुकमा राख्नु राम्रो होईन । किनकी यसले तपाईले खाने खानाका स्तर, तपाईको खाना खाने शैली र सम्बन्धलाई पर्दाफास गर्छ जुन आवश्यक छैन त्यो नितान्त तपाईको निजी कुरा हो ।
२. रिलेशनशिप स्टाटसः तपाई फेसबुकमा बारम्बार रिलेशनशिप स्टाटस नबदल्नुस् जसले तपाईलाई प्रत्यक्ष चिन्ने फेसबुकका साथीहरुले तपाईको छविमाथि प्रश्न चिन्ह खडा गर्न सक्छन् ।
३. जुत्ता, चप्पलको तस्वीरः साथीहरुलाई जुत्ता चप्पल हेर्ने रहर हुन्न यसले तपाईको व्यक्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्छ ।
४. कसैलाई तनाव दिने सन्देशः आम समस्याका सन्देश पनि फेसबुकमा दिनु राम्रो होईन । कतिपयले तनावबाट मुक्त हुन पनि फेसबुक प्रयोग गर्ने गर्छन् । तपाईको आम समस्याको सन्देशले झन उनीहरुलाई कमजोर बनाउँछ ।
५. शोक सन्देशः तपाई फेसबुकबाटै समवेदना दिन थाल्नु भयो भने तपाईको मानवीय संबेदना माथि प्रश्न उठाँछन साथिहरुले । किनकी जसलाई समवेदना दिनु पर्ने हो उसले यो फेसबुकको वाल हेरेर बसेको हुँदैन ।
६. इन्टरनेट भाषाः इन्टरनेटमा बढी प्रयोग हुने लोल, याप, जस्ता नबुझिने खालका भाषा प्रयोग नगर्नुस् तपाईका साथीहरुले यो भाषा बुझेनन् भने फेसबुकबाटै अनफ्रेन्ड गरि दिन्छन् तपाईलाई ।
७. धेरै तस्वीरः धेरै तस्वीरले तपाईलाई स्वेच्छाचारी सावित गर्न सक्छ र घमण्डी पनि त्यसैले धेरै तस्वीर नहाल्नुस ।
८. फेसबुकलाई व्यक्तिगत डायरीः फेसबुकमा म कहाँ छु, भात खाँदै छु, अहिले अफिस, अहिले रुम, म साथीको घरमा छु, बिहान देखी यो यो बस्तु खाएँ भने र फेसबुकमा अपलोड गरिरहनु राम्रो होईन ।
९. आफ्नो बारेमा बढाई चढाईः यसले तपाईलाई सिधै स्वघोशित घमण्डीको उपमा भिराउँछ ।
१०. ऐना अगाडीको तस्वीरः ऐना अगाडी उभिएर आँफै खिचेको तस्वीर फेसबुकमा नहाल्नुस यसले तपाईको पहुँच र हैसियतको खिल्ली उडाउँछ ।

मोबाइल बाट फ्री मा SMS पठाउने Software



एड्मिन आर्डनिकेट/साईबर संगम

एउटा मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश - (एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी
ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो।

सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर
भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल
बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ
क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो।

निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो।
यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ। ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन।

आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी जस्ता मोबाइल
प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।'

यो sotware download गर्न चाहनुहुन्छ भने
आफ्नो मोबाइलको internet browser मा गएर

http://www.jaxtrsms.com/download.html

type गरि download गर्न सक्नु हुनेछ |

Thursday 26 July 2012

गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउने Software



आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल effect दिन मिल्ने यो software फ्रीमा उपलब्छ छ । full Stereo Sound मा भएको गीतको यो software को मद्घतले Vocal लाई Reduce गरेर
म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन
तर यस्ता केही software
हरुको मद्घतले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । software हरुको बजारमा यस्ता धेरै software उपलब्ध भए पनि फ्रीमा उपलब्ध AudioCity नामक software को मद्घत बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) सर्वप्रथम यो software आफ्नो कम्प्युटरमा download गरेर install गरौं ।
Software डाउनलोड गर्न
www.box.net/shared/dgugsly3z3
यहाँ क्लिक गर्नुहोला

२) अब Ctrl+I अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर
Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको location दिएर open मा क्लिक गरौ ।

३) तल देखिएको म्युजिक ट्र्याकको बाँया तिरको drop down list मा क्लिक गरेर "Split Stereo
Track" मा क्लिक गरौ ।

४) त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्र्याकहरु देखिन्छन त्यसमध्य तलको ट्र्याकलाई सेलेक्ट गरौ त्यसको लागि ट्र्याकको drop down list को तल क्लिक गरौ ।

५) तलको ट्र्याक सेलेक्ट भई सके पछि माथिको मेनु
बारमा भएको Effect मा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस्) ।

६) अब तल देखिएको दुबै ट्र्याकको drop down list मा क्लिक गरेर mono गरिदिनुहोस् ।

७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईंको गीतको भोकल
८०% देखी ९०% हटिसकेको हुनेछ ।

८) अब उक्त ट्र्याकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस् ।

(MP3 मा Export गर्दा software ले "Lame..." नामक codec माग्न सक्छ,
उक्त Codec download गर्न
www.box.net/shared/q1mxf0tbz1
यहाँ क्लिक गर्नुहोस्)

codec download गरिसकेपछि install गर्दा location program files भित्रको Audio City लाई दिनुहोस् । )

यस्तै गीतको Vocal Reduce गरेर सुन्न मिल्ने player हरु पनि पाईन्छन त्यस मध्य केही राम्रा player

१) KaraFun
Download Link:
www.karafun.com/down/karafun_setup.exe

२) Karoake Anything
Download Link:
www.karaokeanything.com/download/karaokeanythingSetup.exe

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...