Friday 27 July 2012

साथी जानी राखे आफ्नो लागि........................!



१. खाना खाँदै गरेको तस्वीरः खाना वा खाजा खाँदै गरेको तस्वीर फेसबुकमा राख्नु राम्रो होईन । किनकी यसले तपाईले खाने खानाका स्तर, तपाईको खाना खाने शैली र सम्बन्धलाई पर्दाफास गर्छ जुन आवश्यक छैन त्यो नितान्त तपाईको निजी कुरा हो ।
२. रिलेशनशिप स्टाटसः तपाई फेसबुकमा बारम्बार रिलेशनशिप स्टाटस नबदल्नुस् जसले तपाईलाई प्रत्यक्ष चिन्ने फेसबुकका साथीहरुले तपाईको छविमाथि प्रश्न चिन्ह खडा गर्न सक्छन् ।
३. जुत्ता, चप्पलको तस्वीरः साथीहरुलाई जुत्ता चप्पल हेर्ने रहर हुन्न यसले तपाईको व्यक्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्छ ।
४. कसैलाई तनाव दिने सन्देशः आम समस्याका सन्देश पनि फेसबुकमा दिनु राम्रो होईन । कतिपयले तनावबाट मुक्त हुन पनि फेसबुक प्रयोग गर्ने गर्छन् । तपाईको आम समस्याको सन्देशले झन उनीहरुलाई कमजोर बनाउँछ ।
५. शोक सन्देशः तपाई फेसबुकबाटै समवेदना दिन थाल्नु भयो भने तपाईको मानवीय संबेदना माथि प्रश्न उठाँछन साथिहरुले । किनकी जसलाई समवेदना दिनु पर्ने हो उसले यो फेसबुकको वाल हेरेर बसेको हुँदैन ।
६. इन्टरनेट भाषाः इन्टरनेटमा बढी प्रयोग हुने लोल, याप, जस्ता नबुझिने खालका भाषा प्रयोग नगर्नुस् तपाईका साथीहरुले यो भाषा बुझेनन् भने फेसबुकबाटै अनफ्रेन्ड गरि दिन्छन् तपाईलाई ।
७. धेरै तस्वीरः धेरै तस्वीरले तपाईलाई स्वेच्छाचारी सावित गर्न सक्छ र घमण्डी पनि त्यसैले धेरै तस्वीर नहाल्नुस ।
८. फेसबुकलाई व्यक्तिगत डायरीः फेसबुकमा म कहाँ छु, भात खाँदै छु, अहिले अफिस, अहिले रुम, म साथीको घरमा छु, बिहान देखी यो यो बस्तु खाएँ भने र फेसबुकमा अपलोड गरिरहनु राम्रो होईन ।
९. आफ्नो बारेमा बढाई चढाईः यसले तपाईलाई सिधै स्वघोशित घमण्डीको उपमा भिराउँछ ।
१०. ऐना अगाडीको तस्वीरः ऐना अगाडी उभिएर आँफै खिचेको तस्वीर फेसबुकमा नहाल्नुस यसले तपाईको पहुँच र हैसियतको खिल्ली उडाउँछ ।

मोबाइल बाट फ्री मा SMS पठाउने Software



एड्मिन आर्डनिकेट/साईबर संगम

एउटा मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश - (एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी
ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो।

सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर
भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल
बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ
क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो।

निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो।
यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ। ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन।

आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी जस्ता मोबाइल
प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।'

यो sotware download गर्न चाहनुहुन्छ भने
आफ्नो मोबाइलको internet browser मा गएर

http://www.jaxtrsms.com/download.html

type गरि download गर्न सक्नु हुनेछ |

Thursday 26 July 2012

गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउने Software



आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल effect दिन मिल्ने यो software फ्रीमा उपलब्छ छ । full Stereo Sound मा भएको गीतको यो software को मद्घतले Vocal लाई Reduce गरेर
म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन
तर यस्ता केही software
हरुको मद्घतले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । software हरुको बजारमा यस्ता धेरै software उपलब्ध भए पनि फ्रीमा उपलब्ध AudioCity नामक software को मद्घत बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) सर्वप्रथम यो software आफ्नो कम्प्युटरमा download गरेर install गरौं ।
Software डाउनलोड गर्न
www.box.net/shared/dgugsly3z3
यहाँ क्लिक गर्नुहोला

२) अब Ctrl+I अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर
Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको location दिएर open मा क्लिक गरौ ।

३) तल देखिएको म्युजिक ट्र्याकको बाँया तिरको drop down list मा क्लिक गरेर "Split Stereo
Track" मा क्लिक गरौ ।

४) त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्र्याकहरु देखिन्छन त्यसमध्य तलको ट्र्याकलाई सेलेक्ट गरौ त्यसको लागि ट्र्याकको drop down list को तल क्लिक गरौ ।

५) तलको ट्र्याक सेलेक्ट भई सके पछि माथिको मेनु
बारमा भएको Effect मा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस्) ।

६) अब तल देखिएको दुबै ट्र्याकको drop down list मा क्लिक गरेर mono गरिदिनुहोस् ।

७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईंको गीतको भोकल
८०% देखी ९०% हटिसकेको हुनेछ ।

८) अब उक्त ट्र्याकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस् ।

(MP3 मा Export गर्दा software ले "Lame..." नामक codec माग्न सक्छ,
उक्त Codec download गर्न
www.box.net/shared/q1mxf0tbz1
यहाँ क्लिक गर्नुहोस्)

codec download गरिसकेपछि install गर्दा location program files भित्रको Audio City लाई दिनुहोस् । )

यस्तै गीतको Vocal Reduce गरेर सुन्न मिल्ने player हरु पनि पाईन्छन त्यस मध्य केही राम्रा player

१) KaraFun
Download Link:
www.karafun.com/down/karafun_setup.exe

२) Karoake Anything
Download Link:
www.karaokeanything.com/download/karaokeanythingSetup.exe

जमिनमा बसेर खाना खानुका फाइदाहरू

अहिलेको आधुनिक समयले हाम्रो दिनचर्यालाई धेरै नै परिवर्तन गरिसकेको छ । हामीले गर्ने हरेक कामको तरिकाहरू फरक हुँदै गएका छन् । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबलमा बसेर खाना खान रूचाउँछौ । हामी पहिले जमिनमा पलेटी कसेर खाना खाने गर्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् ।
यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने उनीहरूको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।
जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त:
- जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
- जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
- सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
- यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउछन्
- यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
- यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।











दिमागबारेका केही रोचक तथ्य







मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ ।
त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।१. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । सरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।

२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।

३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।

४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।

५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।

६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।

७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।

कन्ट्याक्ट लेन्स (Contact Lence) भनेको के हो ?





कन्ट्याक्ट लेन्स एक बाक्लो प्रकारको पारदर्शी प्लास्टिकको कप हो । यो 0.06 मिलि मिटरदेखि 0.15 मिलि मिटरसम्म बाक्लो हुन्छ । यसको डायमिटर 5.5 मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन आँखाको सिधै कर्निया (Cornea) को माथि राखिन्छ ।

कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्य चस्माको प्रयोग विना वस्तुलाई स्पष्ट तथा स्वाभाविक तरिकाले देख्न सकियोस भन्ने हो । खासगरी आँखामा हुने दुरदृष्टि तथा अदुरदृष्टिका समस्या हटाउनकालागी चस्माको प्रयोग गरिन्छ ।

कन्ट्याक्ट लेन्स जलविन्दु
जस्ता कतिपय आँखाको बिरामीका लागि त यो थेरापीको रूपमा पनि प्रयोग गरिन्छ । त्यस्तै खेलकुद, नृत्य, र चलचित्र
क्षेत्रमा सम्बद्ध मानिसहरूले लेन्सलाई चस्माको सजिलो वैकल्पिक साधनका रूपमा लिएका छन । यस प्रकारको लेन्सको प्रयोगले एथलेटहरुको प्रस्तुति राम्रो भएको प्रमाणित भइ सकेको छ ।

यसका अतिरिक्त कन्ट्याक्ट
लेन्सको प्रयोग सौन्दर्य बढाउन पनि गरिन्छ । विभिन्न प्रकारका लेन्स प्रयोग गरि आँखाको रुपनै परिवर्तन गर्न सकिन्छ । यसमा भएको पछिल्लो विकासले टाढाको वस्तु देख्न नसकिने आँखाको कमजोरीलाई विशेष प्रकारको कन्ट्याक्ट लेन्सको प्रयोगले कम गर्न सकिने भएको छ ।

अर्थोकार्टोलोजी नामक
यो प्रविधि तुलनात्मक रुपमा महँगो भएता पनि यसको प्रयोगबाट आशातित सुविधा पाउन सकिन्छ । आउदो वर्षहरुमा कन्ट्यक्ट
लेन्समा भारि परिवर्तन आउने वैज्ञानिकहरुको नितन्तरको प्रयाशले देखाउदछ ।

कृत्रिम जीवनको सम्भावना





जीवनको आधार स्तम्भ डीएनएलाई मानिन्छ । डीएनए संरचनाद्वारा नै एक सम्पूर्ण प्राणीको सिर्जना हुने गर्छ । नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म डीएनएमा प्राणीको र उसको पुर्खाको गुण लुकेको हुन्छ ।

आमाबाबुले आफ्नो सन्तानमा डीएनए सारेका हुन्छन् । शताब्दीयौँदेखि यो क्रम पुस्ता दरपुस्तासम्म चलिरहेको छ । यो प्राकृतिक जीव विकासको सत्य हो तर के कृत्रिम डीएनए बनाएर जीव विकास गर्न सकिन्छ ?

प्रकृतिको नियम विपरीत यस प्रकारको कार्यमा सफलता पाउन वैज्ञानिकहरू लागिपरेका छन् । वैज्ञानिक पूर्ण रूपमा सफल भएमा प्रयोगशालामा आफूले चाहेको जस्तो प्राणी उत्पादन गर्न सकिने छ। अहिलेलाई कृत्रिम डीएनए र आरएनएमा जीवनका लागि आवश्यक रासायनिक
प्रक्रियाको नक्कल गराउनमा वैज्ञानिकलाई सफलता मिलेको छ ।अर्थात् एक प्राणीको जीवनका लागि डीएनएमा जुन रासायनिक प्रक्रिया चल्छ, त्यसको नक्कल कृत्रिम डीएनएमा पनि सञ्चालन
गरिएको छ ।

साइन्स जर्नलमा प्रकाशित यससम्बन्धी अनुसन्धान विवरणमा वैज्ञानिकले सिन्थेटिक बायोलोजी र बायोटेक्नोलोजीमा प्राप्त उपलब्धिको यो एक कडी भएको उल्लेख गरेका छन् । पृथ्वी बाहेक अन्यत्र जीवन
अस्तित्वमा रहेको छ भने एक समानको रासायनिक प्रक्रियाबाट नभई उद्विकासद्वारा त्यो सञ्चालनमा रहेको सङ्केत
वैज्ञानिकहरूले दिएका छन्।

डीएनए र आरएनएको सहयोगमा कोषले प्रोटिन बनाउने गर्छन् । पृथ्वीमा जीवनको सुरुआत गर्न डीएनए र आरएनए कसरी सिर्जना भए भन्ने प्रश्नको उत्तर पाउन कृत्रिम डीएनए र आरएनएको परीक्षणबाट सहयोग पुग्ने विश्वास गरिएको छ । धेरैजसो वैज्ञानिक आरएनए पहिले विकास भएको मान्छन् ।

ब्रिटेनको युके मेडिकल रिसर्च काउन्सिलको मोलिक्युलर बायोलोजी प्रयोगशालाका फिलिप होलिन्जरको टोलीले कृत्रिम डीएनए र आरएनए बनाएर परीक्षण गरेको हो ।

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...