Wednesday 25 July 2012

कार्ल मार्क्स




जन्म: ५ मई १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु: १४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र: साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
उनलाई प्रभावित गर्नेहरु: हिगल, फ्युरब्याक, स्पिनोजा, क्यान्ट, स्टिरनर, स्मिथ्, भोल्टयर्, रिकार्डो, भिको, रुसो, गोथे, हेल्भिटस्, डि होल्ब्याक्,शेक्सपियर्, दाँते फ्युरियर्, ब्यल्सिस्को, हेस्, हुपे
उनीबाट प्रभावित हुनेहरु: लेनिन्, स्टालिन्, ट्रोटस्की, माओ, कस्ट्रो, कोस्मि, ग्वे वारा, सार्टर्,आदि
क्रान्तिको असर परेका देश: संसारका प्रायः सबै राष्ट्रहरु
क्रान्तिको क्षेत्र(विषय): साम्यवादी (Communist)
आन्दोलन: साम्यवादी (Communist)
क्रान्तिको परिणाम: साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य: एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य: अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा


कार्ल हेन्-रिक् मार्क्स
(५ मई १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री,साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो| कार्ल मार्क्सले १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन,वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ|

कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया(Prussia)राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर्(Trier) भन्ने ठाउँमा भएको हो| उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकिल थिए जसले प्रसिया(Prussia)को संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए| उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए|तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए|६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाइयो कार्ल मार्कसले प्रुसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित १९ जून १८४३ बिहे गरे| मार्क्स र जेनिका सात जना सन्तानहरु भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे| मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स् बाट पाएको सहयोग मात्र थियो| मार्क्स प्रायः हात-मुख जोड्ने समस्याका बीच बाचे, यसको कारण केही हदसम्म पत्नी र नानीहरुको विलासिता थियो जो मार्क्सले समाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरुरी सोचेका थिए|मार्क्सका जेनी पट्टि सात सन्तान भए भने एउटा अवैध सन्तान(छोरो)घरकी नोकरनी हेलेन डेमुट्बाट भएको थियो|
दिशम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई सर्दी-जुखामले पक्र्यो जसले बिस्तारै ब्रोन्क्राइटिस्ट् को ‍रुप लियो| यस कारण जिन्दगीका अन्तिम १५ महिना बिमारी अवस्थामा नै बिते र १४ मार्च १९८३ को दिन लन्दनमा देहावसान भयो| उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्दनमा नै गरे| मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite” सांस्कृतिक इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् |
शिक्षा
मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए| १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक बनेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भए| उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे तर उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनी जोर दिए| बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner) सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालय मा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions) को कारण कानून विषयको महत्व घट्यो| यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे| उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनें|
समाजवाद र साम्यवादका सन्दर्भमा केही प्रशंगहरु :- कार्ल मार्क्स:
साहित्यका बारेमा केही कुराहरु
पूँजीजीवीवर्गको एक हिस्साले पूँजीवादी समाजको अस्तित्व सुदृढ पार्नको लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ। अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गहरूको सुखसमृद्धिका समर्थक, दान–दातव्यका प्रबन्धक, पशु–रक्षा समितिहरूका सदस्य, मदिरानिषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यसै श्रेणीमा पर्न आउँछन् यो। पूँजीजीवी समाजवादले पूरै प्रणालीहरूसम्म पनि विकास गरेको थियो। उदाहरणको रूपमा प्रुडोनको “दरिद्रताको दर्शन” नै लिन सकिन्छ। सुरक्षा गर्न चाहन्छन् तर यसबाट अनिवार्यतः उत्पन्न हुने सङ्घर्ष र खतराहरूबाट टाढा रहेर मात्र। उनीहरू आधुनिक समाजलाई छोडेर पूँजीपतिवर्ग मात्र होस्, सर्वहारावर्ग नहोस् भन्ने उनीहरू चाहन्छन्। जुन संसारमा पूँजीपतिबर्गको प्रभुत्व छ, स्वभावतः त्यसै संसारलाई ऊ सर्वश्रेष्ठ मान्दछ। 

पूँजीजीवी समाजवादले यही सान्त्वनादायी धारणालाई कम वा बेशी मात्रामा पूरै प्रणालीका रूप दिन्छ। आफ्नो यस प्रणालीलाई कार्यन्वित गर्न र यसप्रकार नयाँ जेरुसलममा पस्न सर्वहारावर्गलाई आह्वान गर्दै वास्तवमा ऊ सर्वहारावर्ग वर्तमान समाजभित्र नै रहोस् तर उसले यस समाजसम्बन्धी आफ्ना समस्त घृणापूर्ण धारणालाई तिलांजली देओस् भन्ने मात्र माग गर्दछ। कुनै राजनैतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्काे कम व्यवस्थित तर बढी व्यावहारिकरूपले हरप्रकारको क्रान्तिकारी आन्दोलनप्रति मजदुरवर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ। किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पूँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन। यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ। तर उसको तात्पर्य चाहिं उत्पादनसम्बन्धहरूको आफसमा कार्यान्वित गरिने प्रशासनात्मक सुधारसँग छ अर्थात् यसले पूँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन। यस हुनसक्ने सबभन्दा बढी कुरा यत्तिकै मात्र हो कि यसले पूँजीजीवीवर्गवर्गको निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासन व्यवस्थालाई सरल पार्दछ। पूँजीजीवी समाजवादको आफ्नो निम्ति अति उपयुक्त अभिव्यक्ति त्यतिखेर प्राप्त गर्दछ जुन बेला त्यो केवल भाषाको अलंकार मात्र बन्न जान्छ।
स्वतन्त्र व्यापार – मजदुरवर्गको हितको लागि “संरक्षण शुल्क मजदुरवर्गको हितको लागि” “जेल सुधार मजदुरवर्गको हितको लागि” यही मात्र गम्भीरतापूर्वक भनिएको पूँजीजीवी समाजवादको अन्तिम शब्द हो। पूँजीजीवी यदि पूँजीजीवी छ भने मजदुरवर्गको हितको लागि नै छ भन्ने कथनमा मात्र पूँजीजीवीवर्गको समाजवाद सन्निहित रहेको छ।
आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवाद

हामी यहाँ त्यो साहित्यको चर्चा गर्दैनौं जसले आधुनिक युगका सबै महानतम् क्रान्तिहरूमा सर्वहारावर्गको मागलाई सधैं व्यक्त गरेको थियो। (बाब्योफ (३५) र अन्य लेखकहरूका कृतिहरू )। आफ्ना वर्गीय हितहरूको प्राप्तीको लागि सर्वहारावर्गका पहिला अत्यक्ष प्रयासहरू सार्वत्रिक उत्तेजनाको समयमा भएका थिए जुन बेला सामान्तवादी समाजलाई उल्टाइँदैथियो। स्वयं सर्वहारावर्गको अपरिपक्क अवस्थाहरूको साथै उसको मुक्तिको लागि भौतिक अवस्थाहरूको अभावले समेत गर्दा यी प्रयासहरूको असफलता अनिवार्य नै थियो, किनभने यी अवस्थाहरू पूँजीजीवी युगद्वारा मात्र उत्पन्न हुन सक्दथे। सर्वहारावर्गका प्रथम आन्दोलनहरूका साथै जुन क्रान्तिकारी साहित्यको सृजना भयो, त्यसको सार अनिवार्यतः प्रतिक्रियावादी छ। यसले आम वैराग्य र भद्दा किसिमको सामाजिक साभ्यताको उपदेश दिन्छ। सेन–सिमोन, फुरिए, ओवेन (३६) आदिद्वारा प्रतिपादित पद्धतिहरू, जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पूँजीजीवीवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए। यसको चर्चा हामीले माथि गरिसकेका छौं। (पूँजीजीवी र सर्वहारा)।
निस्सन्देह, यी पद्धति का प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताको साथसाथै विघटनशील तत्वहरूको प्रक्रिया पनि देखेका थिए। किन्तु उनीहरूले सर्वहारावर्गको पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसको निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनैतिक आन्दोलन देखेका थिएनन्।

वर्गीय अन्तरविरोधको विकास औद्योगिक विकाससँगसँगै हुन्छ। त्यसै कारण उनीहरू अझै सर्वहारावर्गको मुक्तिको लागि भौतिक अवस्थाहरू पाउन सक्दैनन्। तसर्थ उनीहरू यस्तो सामाजिक विज्ञान, यस्ता सामाजिक नियमहरूको खोजी गर्दछन्। जसले यी अवस्थाहरूलाई उन्नत गर्न सकुन्।

उनीहरूको विचारअनुसार सामाजिक क्रियाकलापको स्थान आफन्ा व्यक्तिगत आविष्कारसम्बन्धी क्रियाकलापले लिनुपर्छ, मुक्तिका ऐतिहासिक अवस्थाहरूको ठाउँ कपोल कल्पित अवस्थाहरूले ओगट्नु पर्छ, एक वर्गमा विस्तार विस्तार विकास गर्दै रहने सर्वहाराहरूको सङ्गठनको ठाउँ आफूले कल्पना गरेको खाकाअनुसारको समाजको सङ्गठनले ग्रहण गर्नुपर्छ। उनीहरूको दृष्टिमा समस्त संसारको भावी इतिहास उनीहरूकै सामाजिक योजनाहरूको प्रचार र व्यावहारिक क्रियान्वयनमा गएर टुड्डिन्छ। हुन त उनीहरू अवश्य बुझ्दछन् कि उनीहरूका यी योजनाहरूमा खास गरेर सर्वाधिक पीडितवर्ग हुनाले मजदुरवर्गका हितहरूको रक्षा गरिएको छ। उनीहरूको लागि सर्वहारावर्गको अस्तित्व नै सार्वधिक पीडितवर्गको रूपमा मात्र छ। किन्तु वर्गसङ्घर्षको अविकसित रूप र जीवनमा उनीहरूको आफ्नै स्थितिले गर्दा उनीहरू आफूलाई यी वर्गीय अन्तरविरोधहरूबाट धेरैमाथि रहेको ठान्छन्। उनीहरू समाजका सबै सदस्यहरूको, अझ सबभन्दा राम्रो स्थितिमा रहेका सदस्यहरूको समेत, अवस्था सुधार्न चाहन्छन्। त्यसैले उनीहरू वर्गभेद नगरीकन सम्पूर्ण समाजसँग, खासगरेर त अझ शासकवर्गसँग बारम्बार अपील गर्दछन्। उनीहरूको विचारअनुसार यथासम्भव सर्वश्रेष्ठ समाजको यो नै यथासम्भव सर्वश्रेष्ठ योजना हो भन्ने स्वीकार गर्न उनीहरूको प्रणालीलाई बुझ्नु मात्र पनि पर्याप्त छ। यसैउसले उनीहरू जुनसुकै राजनैतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन्। 

उनीहरू शान्तिमय तरिकाले आफ्नो उद्देश्य प्राप्ति गर्न चाहन्छन्। अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नविन सामाजिक दिव्यसन्देशको निम्ति बाटो प्रशस्त पार्ने कोसिस गर्दछन्। भावी समाजको यो काल्पनिक चित्र यस्तो समयमा प्रकट हुन्छ, जुन बेला सर्वहारावर्ग अझै अति अविकसित अवस्थामा रहेको हुन्छ र त्यसैले गर्दा उसलाई स्वयं आफ्नो स्थिति काल्पनिक लाग्दछ। त्यो चित्र समाजको आम परिवर्तनप्रति सर्वहारावर्गको प्रथम प्रस्फुरित मनोद्वेगको उपज हो। किन्तु यी समाजवादी र साम्यवादी रचनाहरूमा आलोचनाका तत्वहरू पनि समावेश छन्। यी रचनाहरूले वर्तमान समाजका सबै आधारहरूमाथि प्रहार गर्दछन्। त्यसैले गर्दा मजदुरहरूको प्रबोधनको लागि उनीहरूले अत्यन्त मूल्यवान सामग्रीहरू दिएका छन्। भावी समाजको बारेमा उनीहरूका सकारात्मक निष्कर्षहरू, उदाहरणस्वरूप, शहर र गाउँका बीचको प्रतिपक्षताको अन्त्य, परिवार, व्यक्तिगत शोषण, ज्यालादारी श्रमको उन्मूलन, सामाजिक समान्जस्यको घोषणा, मात्र उत्पादनको संचालनमा राज्यको रूपान्तरण यी सबै स्थितिहरूले यस्तो वर्गीय प्रतिपक्षताको निराकरणको मात्रै अभिव्यक्ति गर्दछन्, जुन त्यसबेला भर्खरै विकसित हुन थालेको थियो र प्रारम्भिक, अस्पष्ट तथा अपरिभाषित रूपमा मात्र उनीहरूलाई थाहा भएको थियो। त्यसैकारण यी स्थितिहरू अझ एकदमै काल्पनिक चरित्रका छन्। ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व वैपरित्य सम्बन्धमा रहेको हुन्छ। जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वंशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ। त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरू बनाएका छन्। 

सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन्। यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन्। उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मकरूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेशहरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया८ कायम गर्ने मीठो सपना देख्दछन् र यी सब हावाका महलहरू निर्माण गर्नको लागि उनीहरूलाई पूजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ। विस्तार विस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रियावादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन्। अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाडित्य ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन्। यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनैतिक आन्दोलनको उग्र विरोध गर्दछन्। उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो। इंग्ल्याण्डमा ओवेनवादीहरू चार्टिष्टहरूको र फ्रान्समा फुरिएवादीहरू रिफर्मिस्टहरूको विरोध गर्दछन्।” अव यो लामो उद्धरण पछि हामीले विषयवस्तुको ठोस विश्लेषण तर्फ आफ्नो ध्यान केन्द्रीत गर्दछौं।
* साभार :बिभिन्न पत्रपत्रीकाबाट

हिटलरको जीवनी

हिटलर आफ्ना समयका एक डरलाग्दा र प्रसिद्ध तानाशाह हुन् उनी नै नाजीवादको प्रवर्तक हुन् । उनको जन्म सन् १८८९ अपि्रल २० मा जर्मनीमा भएको थियो भने आत्महत्या सन् १९४५ अपि्रल ३० भएको थियो । हिटलरले जीवनमा अकल्पनीय सफलता हात पारेका थिए । उनको बाल्यकाल र आरम्भिक युवा अवस्था निकै दुःख र अभावले भरिएको थियो । उनी १३ बर्षको हुँदै उनको बाबु जो भन्सारका हाकिम थिए को मृत्यु भयो परिवारको नाममा भएको थोरै सम्पति पनि उनको आमाको उपचारमा सकियो त्यसपछि उनले आफ्नो जीविका चलाउनका लागि ज्यादै कष्टपूर्ण र तल्लो स्तरको कामहरु गर्न पर् यो उनले हिउँ सोहोर्ने कार्पेट कुट्ने भारी बोक्ने पोष्टकार्डमा रङ्ग भरेर बेच्ने जस्ता कामहरु गरे ।
सन् १९१४ बाट दोस्रो विश्वयुद्ध शुरु भएपछि भने उनको जीवनमा नयाँ मोड शुरु भयो । त्यस विश्ययुद्धमा उनी सेनामा भर्ती भई बहादुरीपूर्वक लडे दुई पटक घाइते भए र दुई पटक नै आइरनक्रसद्वारा सम्मानित भए । त्यस विश्वयुद्धमा जर्मनीले नराम्रोसँग पराजित हुनुपर् यो जुन समाचार सुनेर उनी साह्रै दुःखी भए त्यसपछि उनले राजनीतिमा प्रवेश गर्ने निश्चय गरे । उनले शुरुमा विभिन्न नामका दलहरु निर्माण गरेर राजनीति गरे र पछि उनले नाजी पार्टी स्थापना गरी त्यसैबाट सफलताको चुचुरोमा पुगे । हिट्लरको नाजी पार्टीले सन् १९३० मा सम्पन्न लोकसभाको चुनावमा १०७ सिट जितेर लोकसभामा दोस्रो ठूलो पार्टी बन्न सफल भए भने सन् १९३२ मा सम्पन्न चुनावमा २३० सिट जितेर लोकसभामा बहुमत ल्याउन सफल नभए पनि सबभन्दा ठूलो पार्टी बन्न सफल भए त्यसपछि जर्मनीमा संयुक्त मन्त्रीमण्डल बन्यो र सन् १९३३ मा हिट्लर जर्मनीको चान्सलर बन्न पुगे । सन् १९९४ मा राष्ट्रपति हिडेनवर्गको मृत्यू भएपछि उनी जर्मनीको प्रधानमन्त्री र राष्ट्रपति दुवै भए । त्यतिमात्र होइन राज्यको सम्पूर्ण अधिकार र शक्ति आफ्नो हातमा लिएर उनी निरङ्कुश र तानाशाही शासक बने हतियार र सेनाका संख्या बढाएर सामरिक हिसाबले जर्मनीलाई शक्तिशाली बनाएर शत्रु राष्ट्र लगायत अन्य थुप्रै राष्ट्रहरुलाई घँुडा टेक्न बाध्य पारे एक जमानामा उनको नाम सुन्दा संसार थर्किन्थ्यो ।
उक्त भयो हिटलरको सफलता र जीतको कथा । तर उनको जीवनको अर्को पक्ष जो उनको परिचय नै बन्न पुगेको छ त्यो अति नकारात्मक कालो र घृणास्पद छ । उनले लोकतन्त्र मासे प्रेस स्वतन्त्रता खोसे विरोधीहरुलाई सफाई गर्ने अभियान चलाए विरोधीहरुलाई जेलमा कोचे यातना दिए नागरिकता खोसे चिसो हावापानीमा अभ्यस्त युद्धबन्दीहरुलाइ तातो घाममा उभ्याए डेड मार्च गरी घोडाको तबेलामा आठ हजारभन्दा बढी रुसी कैदीको हत्या गरे भनिन्छ उनले साठी लाखभन्दा बढी यहुदीहरुको हत्या गरे उनीहरुमध्ये अधिकाँशलाई ग्याँस च्याम्बरभित्र निस्सासिन बाध्य पारेर मारे यहुदीहरुको सम्पति जफत गरे यहुदीहरुको जागिर खोसे यहुदीहरुलाई मताधिकारबाट बिाचत गरे यहुदीहरुले अध्यापक डाक्टर वकिल हुन नपाउने कानुन बनाए । उनले जर्मनीलाई युद्धमा होमे खासगरी सन् १९३५-३६ को आसपास उनले विभिन्न युरोपेली मुलुकहरुमाथि धावा बोल्न थाले त्यसैको परिणाम स्वरुप दोस्रो युद्धको आरम्भ भयो जुन युद्धमा लेखाजोखा गर्न नसकिने गरी जनधनको क्षति भयो अनुमान गरिए अनुसार ५ करोडभन्दा बढी मानिसहरुले ज्यान गुमए ३ करोडभन्दा मानिसहरु घाइते र अपाङ्ग भए त्यसै युद्धमा जर्मनी युद्धमा नराम्ररी हार्न पुग्यो रुसी अमेरिकी बृटिश सेनाहरु बर्लिनसम्म आइपुगे तिनीहरुले बर्लिनलाई घेरा हाले शत्रु सेनाबाट निर्ममतापूर्वक मारिने डरले उनी महलभित्र लुके आफूले आत्महत्या गर्नु एक दिन अघि आफ्नो प्रेमिका इभासँग उनले बिहे गरे बिहेको उपहारको रुपमा उनले इभालाई क्या_िल्सयम साइनाइड नामक बिषको क्याप्सुल दिए मर्ने दिन उनले आफ्नो प्यारो कुकुर ब्लानडोलाई गोली ठोकेर मार्न लगाए आफ्नो दुई सेक्रेटरीलाई पनि बिषको गोली दिए र पछि श्रीमती इभासँगै कोठामा पसी आत्महत्या गरे उनले आफैलाई मुखभित्रबाट वा मुखको तालुमा गोली ठोके भने इभाले बिषको गोली खाइन् ।

यौनशक्ति बढाउन औषधी खान्थे हिटलर



जर्मनीका पूर्वतानाशाह तथा नाजी पार्टीका नेता एडोल्फ हिटलरले आफ्नो यौनशक्ति बढाउन यौनवर्द्धक औषधी खाने गरेको बीबीसीले  जनाएको छ। हिटलरले कोकिन प्रयोग गर्ने तथा राम्रो यौन जीवनका लागि यौनवर्द्धक औषधी खाने गरेको कुरा लिलामीका क्रममा रहेका  हिटलरका केही ऐतिहासिक दस्तावेजले सार्वनिक गरेको हो। दस्तावेजअनुसार हिटलरको स्वास्थ्य अवस्था राम्रो थिएन। दस्तावेजमा हिटलरका ६  जना चिकित्सकले तयार पारेको ४७ पृष्ठको प्रतिवेदन पनि समावेश छ। वायु र पिनासको समस्याबाट मुक्ति पाउन हिटलरले एकैपटकमा २८  औषधी खाने गरेको कुरा प्रतिवेदनमा उल्लेख छ। चिकित्सक थियोडोर मोरेलको प्रतिवेदनअनुसार हिटलर आफ्नो यौन क्षमता बढाउन साँढेको  वीर्यबाट बनेको औषधी सेवन गर्थे। सन् १८८९ मा अस्ट्रियामा जन्मिएका हिटलर १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर थिए। सन् १ ९४५ को अप्रिल ३० मा उनले आफ्नी श्रीमतीसहित आत्महत्या गरेका थिए।





अब्राहम लिंकन


सन् १८०९ को १२ फरवरी । अमेरिकी इतिहासको एक महìवपूर्ण दिन । यसै दिन त्यहाँको केन्टुकी राज्यमा दुई सय वर्षअघि एक बालक जन्मेको थियो । उक्त बालकको नाउँ थियो - अब्राहम लिंकन । जसले ठूलो भएर देशलाई नयाँ दिशा दियो । आˆनो यस कामले गर्दा इतिहासले उसलाई अमर बनायो । आज संसारभरि सर्वत्र उसको नाउँ श्रद्धा र सम्मानले लिइन्छ ।
एक गरिब परिवारमा उनको जन्म भएको थियो । गरिबी र रोजगारको खोजीमा बसाइँ सरी रहनुपर्दा बाबु थोमस लिंकनले उनलाई स्कुलमा भर्ना गर्न सकेनन् । यसरी बालक अब्राहमले बाल्यकालमा पाउनुपर्ने स्कुल शिक्षा पाउन सकेनन् तर उनमा पढ्ने एउटा उत्साह थियो । जहिले पनि उनको हातमा छापिएको कुनै कागत वा किताब पर्दथ्यो, त्यसलाई नपढी छाड्दैनथे । कहिलेकाहीँ त एउटै किताबलाई दुई पल्टसम्म पढ्दथे, किनभने उनीसित नयाँ किताब किन्न पैसा हुँदैनथ्यो । घरमा बत्ती नहुँदा कहिले उनी सडकको लैम्पपोस्टमुनि बसेर पढ्दथे त कहिले चुल्होमा बलिरहेको आगोको उज्यालोमा पढ्दथे । एवं रितले उनले आˆनो पढ्ने इच्छा पूरा गरिरहे । यता बाबु कामको खोजीमा बसाइँ सर्दै केन्टुकीबाट इन्डियाना राज्यमा पुगे । नौ वर्षको बालक अब्राहमलाई त्यतिबेला ठूलो चोट पुग्यो जब उनकी आमाले उनलाई टुहुरो बनाउँदै यस संसारलाई छाडिन् गरिबी, दुःख, अभाव र सङ्घर्ष उनको जीवनसाथी भए । बाबुले अर्को बिहे गरे । यता उनको उमेर बढ्दै गइरहेको
थियो ।
उनले पनि कतै कुनै काम गर्नुपर्‍यो तर पढाइ भने थिएन । नपढेकोले उनले राम्रो काम पाउन सकेनन् । यसो हुँदा कहिले कुनै मिलमा त कहिले पसलेको रूपमा काम गर्न थाले । दुःख पाएकोले होला उनी कसैको दुःख, पीरमर्का हेर्न र सहन सक्तैनथे । यसले गर्दा उनको पसल घाटामा
गयो । उनले पसलेको काम छाडे । अलि अलि पढेको आधारमा उनले एउटा गाउँको हुलाक अड्डामा पोस्टमास्टरको काम पाए । सर्भे विभागमा पनि केही समय काम गरे ।
यसरी दुःख भोग्दै युवावस्थामा पुगेको ६ फीट ४ इन्च अग्ला अब्राहम लिंकनले जिन्दगीमा अगाडि बढ्नु, पढ्नु, र औपचारिक शिक्षा पाउनु जरुरी रहेछ भन्ने बुझे । काम गर्दै विधिशास्त्रको अध्ययन गर्न थाले । यस निर्णयले उनको भाग्य बदलिनमा सहयोग पुर्‍यायो ।
यसपछि अब्राहम लिंकन इन्डियाना राज्यबाट इलिनाय राज्यमा गए । यो उनको तेस्रो बसाइँ सराई थियो ।
आˆनो लगन, चाहना र कठोर मिहिनेतबाट उनी सन् १८३६ मै अधिवक्ता बन्न सफल भए । उनको लागि यो जीवनको सबभन्दा ठूलो खुसीको दिन थियो ।
इलिनाय राज्यको 'न्यू सलेम' भन्ने एउटा साधारण गाउँमा पुगेपछि उनले त्यहाँ केही साथीहरूसित मिलेर कानुनी पेसा सुरु गरे । इमानदार, सबैप्रति दया, माया र सहानुभूति राख्ने स्वभाव र कुरा गर्नमा सिपालु भएकाले उनी त्यहाँका लोकपि्रय अधिवक्ता कहलाउन थाले । सन् १८३१ मा न्यूनिसलेम पुगेका अब्राहम लिंकनले त्यहाँ सन् १८३७ सम्म कानुनी पेशा चलाए । १८३४ मा उनी राज्य विधान सभाका सदस्य पनि निर्वाचित भए र सन् १८४१ सम्म त्यसको सदस्य रहे ।
उनी त्यहाँबाट स्पिं्रगफिल्ड गए । सन् १८३९ मा स्पि्रंगफिल्ड इलिनाय राज्यको राजधानी बन्यो । राजधानीको बसाइँ सराई उनका लागि हरेक दृष्टिले शुभ हुन थाल्यो । यहाँ आएर पनि उनले कानुनी पेसालाई जारी राखे । अधिवक्ताको रूपमा काम गरी यहाँ उनले नाउँ र धन दुबै कमाए । यसपछि उनले त्यहाँ आˆना लागि एउटा घर बनाए, जुन अहिले पनि लिंकन होमको नाउँले कायम छ । वास्तवमा अहिले त यसले राष्ट्रिय स्मारकको रूप नै लिएको छ । उनको यस घरले उनको सादा र सरल जीवन एवं उच्चविचारको चित्र छर्लङ्ग गर्दछ ।
सन् १८४२ मै उनले मेरी टाडसित बिहे गरे । चारजना छोराहरूका पिता लिंकनलाई राष्ट्रपति भएर पनि दुःखले छाडेन । सन् १८६२ मा उनका एकजना छोरा विलियमको मृत्यु लिंकन दम्पत्तिका लागि भयङ्कर दुःखको घटना थियो ।
अब्राहम लिंकनले राज्य विधानसभाका सदस्यको रूपमा कैपिटल हिलमा प्रवेश गरेपछि अनेक महìवपूर्ण भाषण दिए । भाषण दिनमा सिपालु अब्राहम लिंकनले त्यतिबेला अमेरिकामा रहेको दासप्रथाको विरोधमा बोल्न र त्यसलाई समाप्त गर्नुपर्ने कुराको वकालत गर्न थाले । यसरी एक सिनेटरका रूपमा उनी प्रसिद्ध भए । आˆना ऐतिहासिक भाषणहरूबाट लोकपि्रयता हासिल गरेका अब्राहम लिंकन नोभेम्बर ६, १८६० मा राष्ट्रपति पदका लागि चुनाउ हुँदा देशका १६ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भए ।
राष्ट्रपतिका रूपमा उनले गरेका ऐतिहासिक काम थियो । देशमा कलङ्कको रूपमा रहेको दासप्रथा हटाउनु । उनको यस कार्यबाट जहाँ हजारौँ लाखौँ मानिसहरू खुसीले नाच्न थाले उतै अनेक मानिसहरूलाई मर्का पनि पर्‍यो । धेरै मानिसहरू विरोधी पनि भए । एकदिन एउटा कार्यक्रम हेरिरहेका बखत एक अर्धसिल्ली मानिसले उनीमाथि गोली हान्यो । उनलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइयो । यो १४ अपि्रल सन् १८६५ को दिन थियो । गरिबीकोे सामना र अनेक सङ्घर्ष गर्दै राष्ट्रपतिको पदसम्म पुग्न सफल भएको व्यक्तिले यस आघातमाथि विजय पाउन सकेनन् र भोलिपल्टै अर्थात् १५ अपि्रल सन् १८६५ को दिन उनले अन्तिम सास फेरे । सम्पूर्ण देश शोकमा डुब्यो । सारा संसार स्तब्ध भयो ।
वाशिंगटनबाट उनको शव स्पि्रंगफिल्ड ल्याइयो र उनको पार्थिव शरीरलाई उनको निवास अर्थात् लिंकन होमदेखि केही टाढा रहेको ओक रिजमा समाधीस्थ गरियो ।
सन् १८६० मा राष्ट्रपति भएपछि अमेरिकीहरूको लागि आकर्षणको केन्द्र भएको स्पि्रंगफिल्डको उनको निवासस्थल उनको मृत्युपछि तीर्थस्थल बन्यो । अहिले त यो विश्वभरिका पर्यटकहरूको लागि नै एक दर्शनीयस्थल भएको छ । लिंकन होम घुम्न जाने पर्यटकहरूका सुविधाका लागि त्यहाँ सूचना केन्द्र बनाइएको छ । साथै घरभित्र घुमाउन र त्यहाँ भएका सरसामानहरूको जानकारी दिन गाइडको पनि व्यवस्था गरिएको छ ।
ओक रिजको उनको चिहानले त अहिले एक स्मारकको दर्जा पाएको छ । यो स्थान उनकी पत्नी र दुई छोराहरूको पनि चिहानस्थल भएको छ । एल जी मीड नाउँ गरेका एकजना शिल्पीले यसको डिजाइन बनाएका हुन् । यो स्मारकमा अहिले विश्वभरिका पर्यटकहरू उनीप्रति श्रद्धा सुमन अर्पित गर्न पुग्ने गर्दछन् । सयकडौँ मानिसहरूका बीच आफू पनि उनीप्रति श्रद्धाञ्जलि चढाउन पुग्दा यस लेखकले उनीप्रति विश्वको मानिसहरू र अमेरिकीहरूको श्रद्धालाई हेर्न पायो । ओक रिजको सुन्दरता पनि यो स्मारक बनेपछि बढेको हुनुपर्दछ । किनभने हरिला चौर, चारैतिर हरिया र ठूल्ठूला बोट, आकर्षक बगैँचा र लिंकनको आधा कदको सालिकले स्मारकभित्र पस्नुअघि नै पर्यटकहरूलाई मोहित गर्दछन् ।
स्पि्रंगफिल्डमा लिंकनको नाउँमा अनेक स्थलहरू छन् । यहाँ कलेजहरू, विश्वविद्यालय भवन, पुस्तकालय, ऐतिहासिक सङ्ग्रहालय, वन्यजीव, म्युजियम र मेमोरियल गार्डेनका अतिरिक्त अनेक संस्थाहरू उनको नाउँमा बनाइएका छन् । साथै उनको आवास नजिक विधान सभा भवन -कैपिटल हिल) को आकर्षक भवन छ । उनी प्रार्थनामा सरिक हुन पुग्ने लुथरन चर्च त झन् नजीक छ । यी सबै अहिले पर्यटकहरूका लागि आकर्षणका स्थलहरू भएका छन् ।
अब्राहम लिंकनले यस संसारलाई छाडेका लगभग साढे एक सय वर्ष हुन थालिसक्यो तर उनलाई सम्झने र उनीप्रति श्रद्धा व्यक्त गर्नेहरूको अहिले पनि कमी छैन ।

महात्मा गान्धी


मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।
उनी सत्याग्रह - व्यापक सविनय अवज्ञाको माध्यम बाट अत्याचार को प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनले भारतलाई स्वतन्त्रता दिएर जनताको नागरिक अधिकारहरू एवं स्वतन्त्रताको आन्दोलनको लागि सारा संसारलाई प्रेरित गरे। उनलाई मानिसहरू महात्मा गान्धी को नामले चिन्दछन्।
संस्कृत भाषामा महात्मा अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ टेगोरले महात्मा नामले सम्वोधित गरेका हुन्। महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा બાપુ बापूको अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमा भारतको 'राष्ट्रपिता' को सम्मान दिइएको छ २ अक्टोबर उनको जन्म दिन भारतमा विदा दिइन्छ। यो दिन 'गान्धी जयन्ती'को रूपमा मनाइन्छ र संसारभर यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस को रूपमा मनाइन्छ।
सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि संघर्षमा प्रयोग गरे। १९१५ मा उनको फिर्ती पछाडी उनले भारतमा किसानहरू, कृषि मजदुरहरू र शहरी श्रमिकहरूलाई अत्याधिक भूमि कर र भेदभावको विरूद्ध आवाज उठाउनको लागि एकजुट गरे। १९२१ मा भारतीय राष्ट्रिय कांग्रेसको बागडोर सम्हाले पछाडी गान्धीजीले देशभरमा गरीबी बाट राहत दिलाउने, महिलाहरूको अधिकारहरूको विस्तार, धार्मिक एवं जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए। तर यी सबैभन्दा विदेशी राज बाट मुक्ति दिलाउने स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो। गान्धीजीले ब्रिटिश सरकार द्वारा भारतीयहरू माथि लगाइएको नून करको विरोधमा १९३० मा दांडी मार्च र यस पछाडी १९४२ मा, ब्रिटिश भारत छोड आन्दोलन छेडेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता हासिल गरे। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं बर्षसम्म जेलमा बस्नुपर्यो। गान्धीजीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे। उनले साबरमती आश्रम आत्म-निर्भरता आवासीय समुदाय मा आफ्नो जीवन गुजारा गरे र परम्परागत भारतीय 'धोती र सूत बाट बनेको गम्छा लगाए जसलाई स्वयंले 'चर्खा ' मा सूत कातेर हातैले बनाएका थिए। उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामो-लामो उपवास पनि गरे।

Tuesday 24 July 2012

‘विवाह’ – व्यंग्य



यो त हामीले सुनीआएका छौ कि विवाह गरेको पहिलो वर्ष श्रीमानको लागि श्रीमती चन्द्रमुखी हुन्छिन् । दोस्रो वर्षमा श्रीमती सूर्यमुखी बन्छिन भने विवाहको तेस्रो वर्षदेखि श्रीमती ज्वालामुखी बन्छिन् । त्यस्तै हामीले सुन्न नछुटाएको अर्को कुरो के पनि हो भने विवाहको पहिलो वर्ष पति बोल्छन्, पत्नी सुन्छिन्, दोस्रो वर्ष पत्नी बोल्छिन, पति सुन्छन्ः अनि विवाहको तेस्रो वर्षदेखि पति, पत्नी दुवै बोल्छन् र छिमेकीहरू सुन्छन् । यी कुराहरू कति सत्य हुन् कति असत्य, त्यसको व्याख्या त व्यक्ति विशेषमा भर पर्छ, तर के चाहिँ सत्य हो भने प्रेम अन्धो हुन्छ अनि विवाहले केही वर्षमै आँखा खोलिदिन्छ । सायद, त्यसैले भनिएको होला – “प्रेम विवाहको उषा हो भने विवाह प्रेमको सूर्यास्त ।”

“के रे ? दुवैजना एक अर्कालाई औधि माया गर्छन् रे ! पख, यसको समाधान छ । तिनको विवाह गरिदेउ, कत्तिको माया गर्छन् सब प्रमाणित हुन्छ ।” यो भनाइ मेरो होइन प्रसिद्ध लेखक चार्ल्स रीडको हो । अर्का प्रसिद्ध लेखक रोबर्ट बेन्सनले विवाह गर्न आतुर पुरुषलाई भनेका छन्- “अरे मूर्ख ! अझै समय छ, चेतिहाल !”

मेरो एकजना काकाको छोरीले एउटा केटासँग प्रेम गरिछे र ती दुवैले विवाह गर्ने कसम खाएछन् तर मेरो काका भने त्यो विवाहको विपक्षमा हुनुहुन्थ्यो- “म मेरी छोरीलाई जस्तोसुकै कठोर सजाय दिन तयार छु तर त्यो विवाह हुनै दिन्न । सोझो मेरो काकालाई के थाहा ? विवाह भन्दा कठोर सजाय अरू के नै हुन सक्छ र बिचरीको लागि साँच्चै, विवाह अघि आकाशको तारा झारिदिने कुरा गर्ने प्रेमी प्रेमिकाहरू विवाह पछि एक अर्काको मुखको बङ्गारा झार्न पछि पर्दैनन्, आखिर किन त ?? प्रेम दर्शनमा यो एउटा गहकिलो प्रश्न हो ।
छिमेकीको छोरीले उनकै विवाहको निमन्त्रणा पत्र मलाई दिँदा मैले सोधेको थिएँ – “ए मूर्ख, किन यो उमेरमै आत्महत्या गर्ने विचार गरेको ?” त्यतिखेर उनको उत्तर थियो – हाम्रो प्रेमलाई साकार पार्न । उनको प्रेम साकार नहुँदै बेकारको आकारमा थन्कियो । जब उनलाई थाह भयो उनी त त्यो केटाको कान्छी श्रीमती पो बनिछन् । एकचोटी एक सज्जनकहाँ “श्रीमती पीडित समाजद्वारा प्रेसित निमन्त्रणा पत्र आइपुग्यो जसमा लेखिएको थियो – ‘के तपाईं श्रीमती पीडित श्रीमानहरूको वार्षिक भेलामा आउन इच्छुक हुनुहुन्छ ?’ केही दिन पश्चात ती सज्जनले पत्र मार्फत नै उत्तर पठाएछन् । उनको पत्रको केही अंश यस्तो थियो- “तपाईंको पत्र पाएँ, धेरै नै धन्यवाद .. । मलाई तपाईंहरूले आयोजना गर्नुभएको भेलामा आउन उत्कट इच्छा थियो तर के गर्ने म विवश छु । वास्तवमा यस्तो कुरा मेरी श्रीमतीलाई पटक्कै मन पर्दैन ।”

अङ्ग्रेजीमा एउटा भनाइ छ – Marriage is a word, but it is a sentence अर्थात् विवाह मात्र एउटा शब्द होइन, यो त सजाय हो । त्यो अपराधको सजाय जुन अपराध प्रेमीप्रेमिका दङ्ग परेर गर्छन अर्थात्- विवाह । कसले, कति सजाय, कसरी काट्छन् त्यसको ‘अन्दाजीफिकेसन’ कठिन छ तर एउटा शाश्वत सत्य के पनि हो भने जसरी विना प्रेम विवाह हुन सक्छ त्यसरी नै विना विवाह पनि प्रेम साकार हुनसक्छ । पिँजडा बाहिरको चरा पिँजडा भित्र जान जति उत्सुक हुन्छ, त्यसको दश गुणा बढी व्याकुल पिँजडा भित्रको चरा बाहिर आउनलाई हुन्छ । विवाह पनि लगभग त्यस्तै त्यस्तै हो ।

त्यो विवाह आदर्श विवाह थियो जसमा श्रीमती दृष्टिविहीन थिइन र श्रीमान श्रवणशक्तिविहीन थिए । अचेल त्यस्तो विवाहको कल्पना गर्न त के कथामा कोर्न पनि कठिन छ । ‘बिहे गरेँ हतारै हतारमा फुर्सदमै लाग्छ पछुतो’ यो गीतका गीतकारले सायद गीतकै लागि मात्र उक्त पङ्क्ति लेखेका होइनन् होला । उनको आशय जे भए पनि आफू त्यहाँ गएपछि मर्छु भन्ने थाह हुँदा हुँदै पनि पुतलीहरू आगोमा होमिन छाड्दैनन् किन त ?? यो विवाद दर्शनको एक अनुत्तरित प्रश्न हो । म अझै चित्तबुझ्दो उत्तरको खोजीमा छु ।
बिबाहमा बजाइने बाजाले सबैलाई फुरुङ्ग पार्छ तर, अहँ, म रमाउन कदापि सक्दिन किनकि मलाई त्यो धुन दुई स्वतन्त्र जीवनको अन्त्यमा बजाइएको शोकधुन झैँ लाग्दछ । मेरो घनिष्ठ भित्र केही समयपछि नै आत्महत्या गर्दै छन् .. मेरो मतलब उनी विहे गर्दै छन् । मैले केटीलाई पनि राम्ररी चिनेको छु । उनी शील स्वभावकी छैनन् र उनको व्यवहार पनि रूखो छ तर पनि म मेरो मित्रलाई यो विवाह गर्नबाट रोक्दिन । म किन रोकु ? के उसले मलाई रोकेको थियो र ?? उसको दाईको सालीसँग बिहे गर्दा !!!
प्रथम पटक प्रकाशित : गोरखापत्र

रातो खुर्सानीले घटाउँछ मोटोपन


खुर्सानी नभएपनि भान्सा अडि्कँदैन भन्ने उखान त छ तर पिरो खुर्सानी धेरैको भान्साको अनिवार्य परिकार हो । धेरै मानिसलाई खुर्सानी नभैकन खाना रुच्दैन । खुर्सानी पिरो भएपनि हामी धेरैजनाले यसको पिरोपन रुचाउँछौँ । हामीलाई यसको फाइदा थाहा नहुन पनि सक्छ तर फगत यसको स्वादका लागि हामी खाइरहेका हुन्छौँ । तर अब भने खुर्सानीको स्वाद मात्र नभएको यसको गुण पनि बुझिहालौँ ।

वास्तवमा खुर्सानी खाने मानिसले मोटोपनबाट छुटकारा पाउँछ । रातो-पिरो खुर्सानीले विभिन्न ३ तरिकाबाट सरीरको मोटोपन घटाउने बताइन्छ । सरीरको बोँसो दहन गर्ने, भोक घटाउने तथा सरीरको क्यालोरी खपत हुने दर बढाएर खुर्सानीले मोटोपन घटाउने पछिल्लो अध्ययनले देखाएको हो ।

बेलायतको म्यानचेष्टर विश्वविद्यालयका खाद्य विशेषज्ञ स्टेफेन हि्वटिङले खुर्सानीमा भएको क्याप्साइसिन नामको तत्वले व्यक्तिको मोटोपन नियन्त्रण गर्नमा सघाउ पुराउने तथ्य पुष्टि गरेका हुन् । यो तत्वले सरीरमा एडि्रनलिन हर्मोनको उत्सर्जन बढाउने र त्यसले सरीरमा बोसोका कोषको दहन गर्न मस्तिष्कलाई निर्देशन दिने उनको भनाइ छ । खुर्सानीले पेटमा जम्मा हुने बोँसोलाई पगाल्न ठूलो सहयोग पूराउने अध्ययनको ठहर छ ।

साथै खुर्सानीले भोक कम गर्ने तथा सरीरको उर्जा खपत हुने गतिलाई बढाउने हि्वटिङले बताएका छन् ।

‘ यदि तपाइँले आफ्नो भोजनमा खुर्सानी छुटाउनुभएन भने त्यसले तपाइँको तौल नियन्त्रण गर्न सघाउ पुग्नेछ’, अनुसन्धानकर्ता हि्वटिङले भनेका छन् ।

बढि सुत्ने

धेरै सुत्नेहरु होसियार
वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।

· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।

· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।



यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।



कति समय सुत्नु उपयुक्त ?

· नवजात शिशु दिनमा १८ घण्टासम्म

· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म

· किशोरकिशोरी १० घण्टा

· वयस्क ७ देखि ८ घण्टा

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...