Wednesday 25 July 2012

महात्मा गान्धी


मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।
उनी सत्याग्रह - व्यापक सविनय अवज्ञाको माध्यम बाट अत्याचार को प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनले भारतलाई स्वतन्त्रता दिएर जनताको नागरिक अधिकारहरू एवं स्वतन्त्रताको आन्दोलनको लागि सारा संसारलाई प्रेरित गरे। उनलाई मानिसहरू महात्मा गान्धी को नामले चिन्दछन्।
संस्कृत भाषामा महात्मा अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ टेगोरले महात्मा नामले सम्वोधित गरेका हुन्। महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा બાપુ बापूको अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमा भारतको 'राष्ट्रपिता' को सम्मान दिइएको छ २ अक्टोबर उनको जन्म दिन भारतमा विदा दिइन्छ। यो दिन 'गान्धी जयन्ती'को रूपमा मनाइन्छ र संसारभर यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस को रूपमा मनाइन्छ।
सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि संघर्षमा प्रयोग गरे। १९१५ मा उनको फिर्ती पछाडी उनले भारतमा किसानहरू, कृषि मजदुरहरू र शहरी श्रमिकहरूलाई अत्याधिक भूमि कर र भेदभावको विरूद्ध आवाज उठाउनको लागि एकजुट गरे। १९२१ मा भारतीय राष्ट्रिय कांग्रेसको बागडोर सम्हाले पछाडी गान्धीजीले देशभरमा गरीबी बाट राहत दिलाउने, महिलाहरूको अधिकारहरूको विस्तार, धार्मिक एवं जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए। तर यी सबैभन्दा विदेशी राज बाट मुक्ति दिलाउने स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो। गान्धीजीले ब्रिटिश सरकार द्वारा भारतीयहरू माथि लगाइएको नून करको विरोधमा १९३० मा दांडी मार्च र यस पछाडी १९४२ मा, ब्रिटिश भारत छोड आन्दोलन छेडेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता हासिल गरे। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं बर्षसम्म जेलमा बस्नुपर्यो। गान्धीजीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे। उनले साबरमती आश्रम आत्म-निर्भरता आवासीय समुदाय मा आफ्नो जीवन गुजारा गरे र परम्परागत भारतीय 'धोती र सूत बाट बनेको गम्छा लगाए जसलाई स्वयंले 'चर्खा ' मा सूत कातेर हातैले बनाएका थिए। उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामो-लामो उपवास पनि गरे।

Tuesday 24 July 2012

‘विवाह’ – व्यंग्य



यो त हामीले सुनीआएका छौ कि विवाह गरेको पहिलो वर्ष श्रीमानको लागि श्रीमती चन्द्रमुखी हुन्छिन् । दोस्रो वर्षमा श्रीमती सूर्यमुखी बन्छिन भने विवाहको तेस्रो वर्षदेखि श्रीमती ज्वालामुखी बन्छिन् । त्यस्तै हामीले सुन्न नछुटाएको अर्को कुरो के पनि हो भने विवाहको पहिलो वर्ष पति बोल्छन्, पत्नी सुन्छिन्, दोस्रो वर्ष पत्नी बोल्छिन, पति सुन्छन्ः अनि विवाहको तेस्रो वर्षदेखि पति, पत्नी दुवै बोल्छन् र छिमेकीहरू सुन्छन् । यी कुराहरू कति सत्य हुन् कति असत्य, त्यसको व्याख्या त व्यक्ति विशेषमा भर पर्छ, तर के चाहिँ सत्य हो भने प्रेम अन्धो हुन्छ अनि विवाहले केही वर्षमै आँखा खोलिदिन्छ । सायद, त्यसैले भनिएको होला – “प्रेम विवाहको उषा हो भने विवाह प्रेमको सूर्यास्त ।”

“के रे ? दुवैजना एक अर्कालाई औधि माया गर्छन् रे ! पख, यसको समाधान छ । तिनको विवाह गरिदेउ, कत्तिको माया गर्छन् सब प्रमाणित हुन्छ ।” यो भनाइ मेरो होइन प्रसिद्ध लेखक चार्ल्स रीडको हो । अर्का प्रसिद्ध लेखक रोबर्ट बेन्सनले विवाह गर्न आतुर पुरुषलाई भनेका छन्- “अरे मूर्ख ! अझै समय छ, चेतिहाल !”

मेरो एकजना काकाको छोरीले एउटा केटासँग प्रेम गरिछे र ती दुवैले विवाह गर्ने कसम खाएछन् तर मेरो काका भने त्यो विवाहको विपक्षमा हुनुहुन्थ्यो- “म मेरी छोरीलाई जस्तोसुकै कठोर सजाय दिन तयार छु तर त्यो विवाह हुनै दिन्न । सोझो मेरो काकालाई के थाहा ? विवाह भन्दा कठोर सजाय अरू के नै हुन सक्छ र बिचरीको लागि साँच्चै, विवाह अघि आकाशको तारा झारिदिने कुरा गर्ने प्रेमी प्रेमिकाहरू विवाह पछि एक अर्काको मुखको बङ्गारा झार्न पछि पर्दैनन्, आखिर किन त ?? प्रेम दर्शनमा यो एउटा गहकिलो प्रश्न हो ।
छिमेकीको छोरीले उनकै विवाहको निमन्त्रणा पत्र मलाई दिँदा मैले सोधेको थिएँ – “ए मूर्ख, किन यो उमेरमै आत्महत्या गर्ने विचार गरेको ?” त्यतिखेर उनको उत्तर थियो – हाम्रो प्रेमलाई साकार पार्न । उनको प्रेम साकार नहुँदै बेकारको आकारमा थन्कियो । जब उनलाई थाह भयो उनी त त्यो केटाको कान्छी श्रीमती पो बनिछन् । एकचोटी एक सज्जनकहाँ “श्रीमती पीडित समाजद्वारा प्रेसित निमन्त्रणा पत्र आइपुग्यो जसमा लेखिएको थियो – ‘के तपाईं श्रीमती पीडित श्रीमानहरूको वार्षिक भेलामा आउन इच्छुक हुनुहुन्छ ?’ केही दिन पश्चात ती सज्जनले पत्र मार्फत नै उत्तर पठाएछन् । उनको पत्रको केही अंश यस्तो थियो- “तपाईंको पत्र पाएँ, धेरै नै धन्यवाद .. । मलाई तपाईंहरूले आयोजना गर्नुभएको भेलामा आउन उत्कट इच्छा थियो तर के गर्ने म विवश छु । वास्तवमा यस्तो कुरा मेरी श्रीमतीलाई पटक्कै मन पर्दैन ।”

अङ्ग्रेजीमा एउटा भनाइ छ – Marriage is a word, but it is a sentence अर्थात् विवाह मात्र एउटा शब्द होइन, यो त सजाय हो । त्यो अपराधको सजाय जुन अपराध प्रेमीप्रेमिका दङ्ग परेर गर्छन अर्थात्- विवाह । कसले, कति सजाय, कसरी काट्छन् त्यसको ‘अन्दाजीफिकेसन’ कठिन छ तर एउटा शाश्वत सत्य के पनि हो भने जसरी विना प्रेम विवाह हुन सक्छ त्यसरी नै विना विवाह पनि प्रेम साकार हुनसक्छ । पिँजडा बाहिरको चरा पिँजडा भित्र जान जति उत्सुक हुन्छ, त्यसको दश गुणा बढी व्याकुल पिँजडा भित्रको चरा बाहिर आउनलाई हुन्छ । विवाह पनि लगभग त्यस्तै त्यस्तै हो ।

त्यो विवाह आदर्श विवाह थियो जसमा श्रीमती दृष्टिविहीन थिइन र श्रीमान श्रवणशक्तिविहीन थिए । अचेल त्यस्तो विवाहको कल्पना गर्न त के कथामा कोर्न पनि कठिन छ । ‘बिहे गरेँ हतारै हतारमा फुर्सदमै लाग्छ पछुतो’ यो गीतका गीतकारले सायद गीतकै लागि मात्र उक्त पङ्क्ति लेखेका होइनन् होला । उनको आशय जे भए पनि आफू त्यहाँ गएपछि मर्छु भन्ने थाह हुँदा हुँदै पनि पुतलीहरू आगोमा होमिन छाड्दैनन् किन त ?? यो विवाद दर्शनको एक अनुत्तरित प्रश्न हो । म अझै चित्तबुझ्दो उत्तरको खोजीमा छु ।
बिबाहमा बजाइने बाजाले सबैलाई फुरुङ्ग पार्छ तर, अहँ, म रमाउन कदापि सक्दिन किनकि मलाई त्यो धुन दुई स्वतन्त्र जीवनको अन्त्यमा बजाइएको शोकधुन झैँ लाग्दछ । मेरो घनिष्ठ भित्र केही समयपछि नै आत्महत्या गर्दै छन् .. मेरो मतलब उनी विहे गर्दै छन् । मैले केटीलाई पनि राम्ररी चिनेको छु । उनी शील स्वभावकी छैनन् र उनको व्यवहार पनि रूखो छ तर पनि म मेरो मित्रलाई यो विवाह गर्नबाट रोक्दिन । म किन रोकु ? के उसले मलाई रोकेको थियो र ?? उसको दाईको सालीसँग बिहे गर्दा !!!
प्रथम पटक प्रकाशित : गोरखापत्र

रातो खुर्सानीले घटाउँछ मोटोपन


खुर्सानी नभएपनि भान्सा अडि्कँदैन भन्ने उखान त छ तर पिरो खुर्सानी धेरैको भान्साको अनिवार्य परिकार हो । धेरै मानिसलाई खुर्सानी नभैकन खाना रुच्दैन । खुर्सानी पिरो भएपनि हामी धेरैजनाले यसको पिरोपन रुचाउँछौँ । हामीलाई यसको फाइदा थाहा नहुन पनि सक्छ तर फगत यसको स्वादका लागि हामी खाइरहेका हुन्छौँ । तर अब भने खुर्सानीको स्वाद मात्र नभएको यसको गुण पनि बुझिहालौँ ।

वास्तवमा खुर्सानी खाने मानिसले मोटोपनबाट छुटकारा पाउँछ । रातो-पिरो खुर्सानीले विभिन्न ३ तरिकाबाट सरीरको मोटोपन घटाउने बताइन्छ । सरीरको बोँसो दहन गर्ने, भोक घटाउने तथा सरीरको क्यालोरी खपत हुने दर बढाएर खुर्सानीले मोटोपन घटाउने पछिल्लो अध्ययनले देखाएको हो ।

बेलायतको म्यानचेष्टर विश्वविद्यालयका खाद्य विशेषज्ञ स्टेफेन हि्वटिङले खुर्सानीमा भएको क्याप्साइसिन नामको तत्वले व्यक्तिको मोटोपन नियन्त्रण गर्नमा सघाउ पुराउने तथ्य पुष्टि गरेका हुन् । यो तत्वले सरीरमा एडि्रनलिन हर्मोनको उत्सर्जन बढाउने र त्यसले सरीरमा बोसोका कोषको दहन गर्न मस्तिष्कलाई निर्देशन दिने उनको भनाइ छ । खुर्सानीले पेटमा जम्मा हुने बोँसोलाई पगाल्न ठूलो सहयोग पूराउने अध्ययनको ठहर छ ।

साथै खुर्सानीले भोक कम गर्ने तथा सरीरको उर्जा खपत हुने गतिलाई बढाउने हि्वटिङले बताएका छन् ।

‘ यदि तपाइँले आफ्नो भोजनमा खुर्सानी छुटाउनुभएन भने त्यसले तपाइँको तौल नियन्त्रण गर्न सघाउ पुग्नेछ’, अनुसन्धानकर्ता हि्वटिङले भनेका छन् ।

बढि सुत्ने

धेरै सुत्नेहरु होसियार
वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।

· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।

· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।



यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।



कति समय सुत्नु उपयुक्त ?

· नवजात शिशु दिनमा १८ घण्टासम्म

· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म

· किशोरकिशोरी १० घण्टा

· वयस्क ७ देखि ८ घण्टा

Friday 20 July 2012

निराशाबाट बच्ने २० उपाय

असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट खुशी हुन् सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।

२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।

३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।

४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।

६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ अग्रसर हुन सकिन्छ।

७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो डरभन्दा ठूलो बनाउनुपर्छ, जसले गर्दा विश्वास डरमाथि हावी होस्।

८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र उत्साह र जोशको सञ्चार भैरहोस्।

९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।

१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।

११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।

१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ र सकारात्मक

विचार भर्नुपर्छ।

१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ, त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।

१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ। आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले लक्ष्य मात्र देखापर्छ।

१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।

१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।

१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।

१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।

१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ।

२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न 

Tuesday 17 July 2012

नेपोलियन बोनापार्ट


युद्धनायकका रूपमा ख्याति कमाएका नेपोलियन बोनापार्टको जन्म सन१९६९ अगस्त १५ मा पर्न्सको कोर्सिकको एउटा गरिब परिवारमा भएको थियो 
|mान्सलाई समानताको सिद्धान्त प्रदान गर्दै समाजमा ठूलो देन दिन समर्थ बोनापार्ट 'कर्म नै पूजा होभन्ने दर्शनका ज्वलन्त उदाहरण हुनुहुन्थ्यो  उहााले विश्व इतिहासमा युद्धकला क्षेत्रमा प्रदर्शन गर्नुभएको अद्वितीय क्षमता वास्तवमै अविस्मरणीय   सानैदेखि लडाकु प्रवृत्तिका बोनापार्टले सैनिक सेवामा प्रवेश गर्नुभएपछि सन१९७२ मा भएको टूलोको विद्रोह सफलतापूर्वक दबाई ˆनो कुशल क्षमताको परिचय दिनुभएको थियो 
'असम्भवभन्ने कुरा ˆनो जीवनको शब्दकोशमा नरहेको कुरा बताउनुहुने बोनापार्टले एक ज्योतिषीलाई ˆनो हात देखाउादा ज्योतिषीले 'यो रेखा यहीा टुङ्गएिकोले तिम्रो सपना पूरा हुादैनभनेपछि उहााले त्यो रेखालाई चक्कुले चिरेर लम्बाउनुभएको कुरा हामीले सुनेका छौा  वास्तवमा यही एकोहोरो  सङ्घर्षशील  स्वभावका कारण आज बोनापार्ट विश्व इतिहासका चर्चित पात्र बन्नुभएको  
जीवनको एक समय पूरै युरोपको शासक बन्न समर्थ बोनापार्टले युरोपको नक्सा नै बदल्नुभएको थियो  |mान्समा जन्मिएको क्रान्ति  अस्थिरताको फाइदा उठाउादै बोनापार्ट जस्तो सामान्य व्यक्ति ˆनै विलक्षण क्षमता  रणनीतिक कौशलताका कारण ऐतिहासिक उचाइमा पुग्नुभयो 
सन१९७५ मा |mान्स सरकारको इसारामा आन्दोलनकारीहरूलाई तहसनहस गरी सन१९७६ को इटालीविरुद्धको युद्धमा ज्वालाका रूपमा प्रस्तुत भई |mान्सलाई विजयको उमङ्ग प्रदान गर्ने युद्धनायक बोनापार्टको युद्धनायकीको जीवनकथा यहीाबाट सुरु भएको थियो 
|mान्समा बढ!दै गएको बोनापार्टको लोकपि्रयता  शक्तिबाट आशङ्कति भई तत्कालीन सरकारले उहाालाई सन१९७८ मा मिश्रमा पठाएको थियो तर उहाा सन१७९९ मा |mान्स फर्किनेबित्तिकै तीन सदस्यीय मन्त्रिमण्डलको अभिन्न अङ्ग बन्न पुग्नुभयो  फलस्वरूप ˆनो विलक्षण क्षमता  रणनीतिक कौशलका कारण सन१८०४ मा बोनापार्टले आफूलाई सम्राटका रूपमा स्थापित गर्न सफल हुनुभयो 
यसरी |mान्सको सम्राटबन्नुपूर्व उहाा थुप्रै युद्धहरूमा विजयी भइसक्नुभएको थियो  उहााको डरलाग्दो युद्धकलादेखि विश्व नै थर्कमान थियो  सम्राटहुनुभएपछि उहााले |mान्समा थुप्रै सुधारका कार्यहरू गर्नुभयो  उहााले 'महाद्विपीय मैत्री सङ्घस्थापना गरी बि्रटेनलाई व्यापारमा हानि पुर्याएर हराउने रणनीति लिनुभएको थियो  तत्कालीन रुसले त्यसको विरोध गरेपछि बोनापार्टले सन१८१२ मा रुसमाथि आक्रमण गर्नुभयो  रुसमाथिको आक्रमण उहाालाई निकै भारी सावित भयो  यस आक्रमणमा बोनापार्ट विजयी हुनुभए पनि उहााको सैन्य शक्ति नराम्ररी नष्ट हुनपुग्यो  यही मौकामा युरोपका अन्य देशहरूले बोनापार्टको विरोधमा सैन्य शक्ति मजबुत पार्न थाले  फलतः सन१८१३ को लिपजिङ्गको युद्धमा बोनापार्टले निकै नराम्रो पराजय भोग्नुपर्यो 
त्यसपछि उहाा |mान्स छोडी इल्बा टापुमा बस्न थाल्नुभयो  उहाा इल्बा टापुमा बस्न थाल्नुभएको दोस्रो वर्षमै फेरि सत्तामा र्फकनुभयो तर त्यतिबेला उहााको स्वास्थ्यस्थिति कमजोर भइसकेको थियो  यसरी अन्त्यमा वाटरलुको युद्धमा बहुराष्ट्रिय सेनाले उहाालाई पराजित गरी सेन्ट हेलोना टापुतर्फ लखेट!यो  त्यहाा पुगेको केही दिनपछि नै उहाा क्यान्सर रोगबाट ग्रस्त हुनुभयो  सन१८२१ मई  का दिन महानयोद्धा बोनापार्टले यस संसारबाट बिदा लिनुभयो 
महानलडाकु बोनापार्टले हामीबाट बिदा लिनुभएको थुप्रै वर्ष भइसकेको  तर उहाले जीवनमा कर्म गर्न सिकाउनुभएको पाठ हाम्रालागि सधै प्रेरणादायी बनेर रहिरहनेछ  साथै मानिसले शक्ति  भन्दैमा मात्तिनु हुदैनत्यसले  स्वयंलाई पतन गराउछ भन्ने सार्थक सन्देश पनि हामी बोनापार्टको जीवनीबाट लिन सक्छौ 

चर्चित ५ प्रेम


भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-
एन्टोनी र क्लियोपेट्रा
इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँग मिलेर सासन चलाउन थाले । सत्ताका सर्वेसर्वा रहेका एन्टोनीले इशापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे । आखिर क्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल बने कीउनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए ।
एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी विवाह गरिसकेका थिए । त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्रा विरुद्ध युद्ध घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रुपमा अघि बढ्यो र त्यसमा इजिप्टले हार्यो र एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे । उनीहरुलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोँचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेलमालगियो जहाँक्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमाअन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन् । उक्त सर्पलाई आफ्नो छातिमा राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडेको ठाउँमै लगेर गाडियो ।
नेपोलियन र जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट र एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२ वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् । श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए र डिभोर्सको प्रस्ता गरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन् र तत्कालकालागि सम्बन्ध विच्छेद हुनपाएन ।
जब नेपोलियन सन् १८०४ मा प|mान्सको सर्वोच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्टि्रयाकी म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्यो । जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।
जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैप्रेम गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन् १८९३ माइन्गेेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रुसका राजा बने । राजगद्धी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्धितियको विवाह भयो । तर विवाहपछि जार निकोलस रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे । फलतःजनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्तीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जार निकोलस र रानीअलेक्जेन्ड्रा लगायतअन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।
राजकुमार इडवार्ड र वालिस
बेलायती वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनि निकै चर्चित छ । इडवार्डले वालिसको प्रेमकालागि राजगद्धी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहितसँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम प्रसँगले बेलायती संसदमै ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहनको लागि उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियोमार्फत राजगद्धी त्यागेको घोषणा गरे ।
भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक र दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...