Thursday 1 March 2012

‘भेलेन्टाइन डे’ का केहि रोचक प्रसंग .................


-सन १७०० मा भेलेन्टाइन डे का दिन अंगे्रज अविवाहित युवतीहरुले कागजको टुक्रामा अविवाहित युवकहरुको नाम लेखेर त्यस कागजलाई पटाईवरी पानीले भरिएको बाल्टीमा हाल्थे या बगाई दिन्थे । जुन नाम पानीमा सबभन्दा पहिले तैरन्थ्यो या माथि आउथ्यो त्यही युवकलाई सच्चा पे्रमी मानिन्थ्यो ।



-बेलायतमा यस दिन मानिसहरु उपहार स्वरुप एकार्कामा फल र क्यान्डी दिन्छन् । विशेषरुपको किसमिस अजवाइन या केक बनाइन्छ । बच्चाहरु मिलेर भेलेन्टाइन डेको गीत गाउछन् ।


-इटलीमा यस दिन अविवाहित युवतीहरु भुयालमा बसेर आपुनो भावी जीवन साथीको प्रतिक्षा गर्छन । जुन युवकमाथि उनको दृष्टि पर्छ उसै संग उनको एक वर्ष भित्र विवाह हुन्छ । यस चलनका बारेमा शेक्सपियरले उनको नाटक हेलमेटमा पनि गरेका छन् ।

-जर्मनमा भेलेन्टाइन डे का दिन युवतीहरु गमलामा प्याज रोप्छन र प्रत्यकलाई कुनै पुरुषको नाम दिएर बाहिर राख्छन् जुन सबभन्दा पहिले अंकुरित या उम्रन्छ उही त्यस युवतीको सच्चा पे्रमी हुन्छ ।

 -एउटा यस्तो अनौठो चलनपनि रहेको छ । युवतीहरु भेलेन्टाइन डेको एक दिन पहिलेको रातमा सिरानीको चारैतिर तेजपत्ता सियोले सिउरिएर सुत्दथे । उनिहरुको विश्वास थियो कि यसरी सुतेपछि सपनामा भावी पतिको दर्शन मिल्छ ।

-कैयौं देशहरुमा यस्तो मान्यता थियो कि भेलेन्टाइन डे का दिन कुनै युवतीले रबिन चरा उडेको देखे उनको विवाह कुनै नाविक संग गोल्डफिन्च चरा उडेको देखे उनको विवाह धनी व्यक्तिसंग र गौरैया चरा देखे गरीब व्यक्तिसंग विवाह हुन्छ ।

-अमेरिकीहरु आपुना साथीहरुलाई भेलेन्टाइन कार्ड चकलेट या उपहार दिन्छन् । यस दिन हरसाल चकलेटका करोडौं डब्बाहरु बिक्छन् । केहि बिद्यालयहरुमा विविध समारोह मनाइन्छ यसतो मान्यता छ कि सन्त भेलेन्टाइन बच्चाहरुलाई निकै पे्रम गर्थे ।

अचम्मको कुरा






.भाले आमा
जन्तु जगतमा समुद्री घोडा एक यस्तो प्रजाती होजसमा भालेले वँच्चा जन्माउँछ वास्तवमा भालेको पेटमा एक प्रकारको थैली हुन्छ  जहाँ पोथिले निकालेको अण्डा भालेले राख्दछ  जव ति अण्डाहरुबाट वच्चा निस्कन्छ्न तव यस्तो लाग्छ कि भालेले वच्चा जन्माउँदो रहेछ 


.कछुवलाई मृत्युदण्ड
हत्याको अभियोगमा जुलाई 1981 मा एक कछुवालाई मृत्युदण्ड्को सजाए सुनाइएको थियो  द्क्षीणि अफ्रीका को क्यासिनको एक गाउँमा त्यहाँका आदिवासिहरुको  जना मानिसको हत्याको शंकामा एक कछुवालाई दोषी ठहप्याएको थियो  उनिहरुको विश्वास थियो कि कुनै जादुद्रारा कछुवाले नै ति मानिस हरुलाई मारेको हुनु पर्दछ  त्यो कछुवालाई साङ्लोद्रारा रुखमा बाँधियो पछी सरकारले त्यो मृत्युको जाँच गर्ने कसम खाएपछी मात्र उक्त कछुवालाई मुक्त गराइ जीवनदान दिएको थियो 




.सुन्ने शक्ति
यस पृथ्वीमा भएका प्राय सबै प्राणिहरु कानले सुन्ने गर्दछन तर कृकेट्स नामक जिव घुडाले सुन्द्छ भन्ने सिकडा नामक समुन्द्री जिव पेट्ले सुन्ने गर्दछ
___________________________________________________

___________________________________________________

.दुई प्रकार को दुध
पोथी रातो कंङगारू एकै समयमा आफ्नो स्तन वाट दुइ प्रकारको दुध दिने गर्दछ यस्तो प्रकारको कंङगारू प्राय अष्ट्रेलियामा पाइन्छ
___________________________________________________

___________________________________________________
. सर्वाधिक टाटु
न्युजिल्यान्डका लक्की डाइमण्ड रिच को शरिरमा सर्वाधिक टाटु भएका व्यक्ती हुन उनको शरिर मा छाला देखिने भागभरी टाटु उनको आफ्नो शरिरमा सय भन्दा बढी टाटु आटिस्ट्को सहयोगमा हजार भन्दा बढी घन्टा खर्चेर टाटु खोपाएका हुन
___________________________________________________
.सबैभन्दा लामो रोष्ट
मेक्सिकोमा वार्षिक रुपमा आयोजना हुने रोष्ट डि रियास महोत्सवमा यो वर्ष तयार पारिएको रोष्ट अहिले सम्मकै सवार्धिक लामो मानियो सय २० मिटर लामो रोष्ट १२ हजार किलोग्रामको थियो उक्त परिकार लाख ५० हजार व्यक्तिलाई खान दिइएको थियो
___________________________________________________
.तिब्र गतिको पौडि
सबैभन्दा तिब्र गतिले पौडी खेल्न सक्ने मनिसले प्रतिघन्टा सढे किलोमिटर दुरी पार गर्न सक्छ भने सोही समयमा डल्फिन्ले ५६ किलोमिटर दुरी पार गर्न सक्छ
___________________________________________________
.मुसा
पानी नपिई लामो समय सम्मा वाँच्चने प्राणी उटँलाई मनिए पनि अनुसन्धानले उटँभन्दा मुसा लामो समय सम्म पानी नपिई वाँच्न सक्ने देखाएको
___________________________________________________
.बढी तौलको मस्तिष्क
मनिसको मस्तिष्कको तौल सरदर हजार सय ७५ ग्राम हुन्छ रुसका उपन्यासकार तुर्गनेमको मस्तिष्कको तौल हजार २१ ग्राम थियो  
___________________________________________________

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...