Thursday 1 March 2012

इतिहासमा भएका रोचक कुरा


मार्च पच्चीस:
सन् 2002 मार्च महिनाको पचीस तारिख राति दश बजेर पन्ध्र मिनेट चीन आफैँले अध्ययन गरी बनाएको शन चौ नंबर तीन नामक अन्तरिक्ष-यानलाई सफलताका साथ प्रक्षेपण गरिएको थियो।
मार्च छबीस:
बीथोभनलाई विश्वप्रसिद्ध प्रस्तोता , योजनाकार तथा र रचनाकार मानिएको छ। तर सत्ताईस वर्षकै उमेरमा उहाँ बहिरा हुनुभयो र उहाँले माया गरेका महिलाहरुले एकपछि अर्को गरी आफूलाई छोडेर गए। त्यसबाट बीथोभनको सृजनात्मक आवेगलाई उत्तेजित भयो। त्यसपछि उहाँले अनेकौँ प्रसिद्ध गीत रचना गर्नुभयो। साथै बीथोभन संगीत सम्राट मानिएका थिए। सन् 1827 मार्च महिनाको छब्बीस तारिख बीथोभनको मृत्यु भयो।
मार्च सत्ताइस:
सन् 1987 मार्च महिनाको सत्ताईस तारिखदेखि उनान्तीस तारिखसम्म चीनको पहिलो विशेष ओलम्पिक खेलकुद शन चनमा आयोजना भयो। सारा चीनबाट आएका चौधवटा टीमका तीनसय चौध जना खेलाडीहरु उक्त खेलकुदका ट्रेक एण्ड फिल्ड, टेबल टेनिस, फुटबल तीन प्रतियोगितामा सहभागी भए।
मार्च अठाईस:
सन् 1868 मार्च महिनाको अठाईस तारिख रुसका प्रसिद्ध लेखक माक्सिम गोर्कीको जन्म भयो। आमा बाबु मरेकाले दश वर्षकै उमेरमा उहाँले काम गर्न शुरु गर्नुभयो। चिसो र भोकबाट पीडित भएका गोर्कीले सक्दो प्रयास गरी युरोप शास्त्रीय साहित्य, दर्शनशास्त्र र प्राकृतिक विज्ञान आदि क्षेत्रको ज्ञान सिक्नुभयो। 24 वर्षकै कलिलो उमेरमा उहाँले आफ्नो पहिलो लेख प्रकाशित गर्नुभयो। सन् 1906मा उहाँको प्रतिनिधि लेख एवम लामो उपन्यास 《आमf
》 प्रकाशित भयो।




(GMT+08:00) 2009-10-21 14:20:13    
 मार्च उनान्तीस:सन् 1965 मार्च महिनामा अमेरिकाले सेनालाई पठाएर भियतनाममाथि आक्रमण शुरु गर्‍यो। साथै भियतनामी जनताले चौतर्फी रुपमा अमेरिकाको विरोध गरी स्वदेशलाई बचाउने युद्ध शुरु गरे। सन् 1968 जनवरी महिनाको अन्तमा दक्षिणी भियतनामका सेनाले पैंतालीस दिनसम्म"वसन्त प्रहार"गरी एक लाख पचास हजार जना शत्रुलाई मारेका थिए। सन् 1969 मा असी प्रतिशत दक्षिणी भियतनामको मुक्ति भयो।
साथै अमेरिकामा युद्धविरोधी आन्दोलन पनि चर्कँदै आएको थियो। सन् 1973 जनवरी महिना अमेरिकाले युद्ध विराम गर्ने र भियतनाममा शान्ति स्थापना गर्ने"पेरिस सम्झौता"मा हस्ताक्षर भएको थियो। त्यसबाट भियतनामले अमेरिकाको विरोध गरी स्वदेश बचाउने युद्धमा निर्णायक विजय प्राप्त गरेको देखिएको छ। सन् 1973 मार्च महिनाको उनान्तीस तारिख अमेरिकाले दक्षिण भियतनामबाट आफ्नो अन्तिम खेपका सेना फिर्ता गरेर दश वर्षसम्मको आक्रमक युद्धलाई समाप्त गरेको थियो।
मार्च तीस तारिख:
सन् 1980 मा रोनाल्ड रेगन चालीसौँ अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभयो। उहाँ अमेरिकी इतिहासमा सबैभन्दा पामा उमेरका राष्ट्रपति मात्र नभई एक अभिनेता पनि हुनुहुन्छ। तर निर्वाचित हुनुभएको दुई महिनामा नै उहाँको दुर्भाग्य सुरु भयो। सन् 1981 मार्च महिनाको तीस तारिख उहाँले वाशिन्टनमा रहेको हिल्टोन होटेलमा सम्बोधन गर्न जानुभएको थियो। सम्बोधन सम्पन्न भएपछि होटेल बाहिर पत्रकारसँग कुराकानी गर्ने क्रममा अकस्मात उहाँलाई गोली काण्डमा पर्नुभयो। तर भाग्यवश उहाँका अंगरक्षकले आफ्नो शरिरले छेकेर राष्ट्रपतिलाई संरक्षण गरेका थिए। हत्याराले छ वटा गोली हानेको थियो। गोलीले प्रत्यक्ष रुपमा रेगनलाई नहानेको भए पनि बुलेट प्रुफ कारबाट ठोक्किएर उहाँको छातीमा लागेको थियो। तत्कालीन श्री रेगन सत्तरी वर्ष उमेरका पाका भएता पनि बाह्र दिनपछि उहाँ स्वास्थ्य भई ह्वाइट हाउस फर्कनुभयो। सन् 1984 नोभेम्बर महिना उहाँले राष्ट्रपतीय निर्वाचनमा पुनः विजय प्राप्त गर्नुभयो।
सन् 2002 मार्च महिनाको तीस तारिख विहान दश बजेर पचपन्न मिनेटमा थुँग आन नामक यात्रुवाहक जहाजले फु च्यान प्रान्तको फु चौ, स्या मन, छ्योन चौ, फु थ्यान र चाँग चौका एक सय बीसजना थाइवानी व्यापारी लिएर स्या मनको "शान्ति बन्दरगाह" छोडेर चिन मन पुग्यो। जल-डमरुका दुई किनारबीच बन्द भएको पचास वर्षभन्दा बढी समयदेखि यता थाइ वानी व्यापारीले छिँग मिन चे चाडका अवसरमा स्या मनबाट प्रत्यक्ष रुपमा चिन मन फर्केको यो पहिलो पटक हो।
मार्च एकतीस तारिख:
सन् 1889 मार्च महिनाको एकतीस तारिख एफिल टावर सफलताका साथ स्थापना भयो। त्यसबेला देखि एफिल टावर पेरिसको प्रतीक बन्यो। पेरिसमा उक्त टावरलाई फलामे महिला पनि भनिन्छ। एफिल टावर न्यूयोर्कको सम्राट राज्य भवन तथा टोकियोको टेलिभिजन टावरसमेत तीनवटा भवन प्रसिद्ध मानिएका छन्। सन् 1930 सम्म तीन सय मिटर उचाइको उक्त एफिल टावर सधैँ नै विश्वका सबैभन्दा अग्लो भवन थियो। हाल टावरमा रेडियो र टेलिभिजनको एरियल थपेर टावरको कूल उचाइ तीन सय बीस मिटर पुर्‍याएको छ। टावरबाट सारा पेरिस देख्नसकिन्छ। त्यसैगरी विश्वका पर्यटकहरु यहाँ आउन निकै मन गर्दछन्।










के छ त फेसबुकमा ?के छ त एघार रोचक कुरा फेसबुकमा ?

फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो । सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्मै गुगल पछि धेरै हेरिने साइटमा पर्छ ।
तपाईँले सधैँजसो हेर्ने फेसबुकका एघार रोचक कुरा यस्ता छन् । 
१. यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । 
२. एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन् । एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी  पेज, ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् । 
३. फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर अपलोड हुन्छन् । 
४. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ । भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् । 
५. ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य अमेरिका भन्दा बाहिरका छन् । 
६. फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु उपलब्ध छन् । 
७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् । 
८.यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई यसका नागरिक, यो चीन र भारत पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश हुन्थ्यो । 
९. एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन् । 
१०. फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६० अर्ब रुपैँया अर्थात २००० मिलियन डलर कमाएको थियो । 
११. फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान, पाकिस्तान र सिरियामा प्रतिबन्धित छ । बंगलादेशमा पनि यसमा अपलोड गर्ने सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ ।

रोचक ...


नेपालको राष्ट्रिय फूल लालीगुराँसको फुल्ने समय शुरु भएकोछ । लालीगुराँसको रुख १० सेमी देखि ३० मिटर सम्म अग्लो हुन्छ। अंग्रेजीमा रोडोडेनड्रन (Rhododendron) भनेर चिनिने यो मनमोहक फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन ।
lali_gurash_flower_and_leaf
संसारभरी १००० भन्दा बढी प्रजातीपाइनेमा  चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३००मीटर देखि ५६००मिटरको उचाइमा पाइन्छ। माघ देखि भाद्रसम्म फुल्ने यो फूलले डाँडाकाँडानै रंगिने गर्दछ ।
Hill_covered_by_Laligurans_near_poon_hill
लालीगुराँसका बारेमा केही रोचक तथ्य:
  • लालीगुराँसको फूल खान हुन्छ, अलीअली अमिलो स्वादको यो फूललाइ अचार बनाएर राखेमा लामो समय सम्म बिग्रदैन ।
  • लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने पनि गरिन्छ ।
  • लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ भन्ने बिस्वास गरिन्छ ।
  • लालीगुराँसलाइ रास्ट्रिय फूलको रुपम २०१९ सालमा मान्यता दिईएको हो ।
  • नेपाली रुपैया ५०० र १००० को नोटमा पनि लालीगुराँस अंकित गरिएको छ ।
Rs.500_note
लालीगुराँस नेपालमा मात्र नभएर बिदेशमा पनि त्यतिकै मनपराईएको फूल हो । लालीगुराँसका बारेका थप रोचक तथ्य:
  • लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको रास्ट्रिय रुख पनि हो ।
  • तेस्तै लालीगुराँसको फूल भारतीय राज्य कश्मिर र पाकिस्तान तर्फको कश्मिरको पनि रास्ट्रिय फूल हो ।
  • लालीगुराँसको फूल अमेरिकी राज्य वेस्ट भर्जिनियाको पनि प्रान्तीय फूल हो । साथै, वेस्ट भर्जिनियाको प्रान्तीय झन्डामा पनि यो फूल अंकित छ ।
Flag_of_West_Virginia_laliguras
lali_gurash_flower
lali_gurash
lali_gurash_jam






) प्रकृतिक थर्मोमिटर चरोः- स्ट्रेलीयामा पाइने मैली नामक चराको जिव्रोमा ताप नाप्ने प्रकृतिक थर्मोमिटर हुन्छ यसले आफ्ना फुल (अण्डम) पार्दा कुहिन लागेका पातपतिङ्गरहरुले भरिएको रुखको टोड्कामा लगेर पार्छ किनकि उक्त कुहिन लागेका वनस्पतिबाट तातो ताप निस्कने गर्छ सो मैली चराले अन्डाहरु कोरल्नलायक गरी तात्दै छन् कि छैनन् भनेर नियमित रुपमा आफ्नो जिव्रोले जाँच गरिरहन्छ  

) लासद्धारा कुस्तीमा जित हासिलः- एकजना प्रसिद्ध युनानी पहलमान्  एरैसियनको एउटा कुस्ती प्रतियोगितामा मृत्युपश्चात् उक्त लासलाई नै सो कुस्तीको विजयी मानिएको थियो उक्त कुस्तीमा नुनै पनि प्रकारको चाल कहीँ पनि समाउन मनाही थिएन त्यसमा प्रतिद्धन्द्धीद्धारा उसका घाँटीमा यति            बलियोसँग समाइएको थियो कि एरैसियनको सास च्यापिँदै गइरहेको थियो त्यसै समयमा एरैसियनले आफ्नो प्रतिस्प्रर्धीको खुट्टामा अन्तिमपटक यति जोडले हिर्कायो कि उसले त्यसबेल प्रचलित आत्मसमर्पणको परम्परागत तरिकाअनुसार एरैसियनको काँध थपथपायो तत्पश्चात् तुरुन्त नै एरैसियनको मृत्यु भयो ढल्यो तर जजहरुले उक्त मृत लासलाई नै सो कुस्तीको विजेता घोषित गरे

) एक घण्टामा १० पाउन्ड तौल बढ्ने प्राणीः- ब्लू ह्वेल नामक ह्वेल माछाको शिशुअवस्थामा १० पाउन्ड प्रतिघण्टाका दरले तौल बढ्छ यसरी सुरु अवस्थामा यसको तौल प्रतिदिन २४० पौन्ड जति बढ्दछ

)अकाट्य आदेशवाला उल्लूः- दक्षिण अमेरिकामा पाइने एउटा उल्लू (लाटोकोसेरो) को नाम क्याबुर हो यो उल्लूहरुमा सबभन्दा सानो जातिको हो यो उल्लू जतिसुकै सानो भए पनि यसको बोली अन्य पन्छीहरुका लागि नमानी नहुने आदेश हो यसको बोलीद्धारा गरिएको मुकार जुनसुकै पन्छीले सुने पनि      सुन्नेवाला प्रत्येक पन्छी उल्लूसँग आउन    पुग्छ उसको सिकार बन्दछ ।आयसक्रिम फल इक्वेडरमा पाइने एउटा फलको नाम   चिरिमोया हो यसलाई एउटा प्राकृतिक आइसक्रिमको कटौराका रुपमा पनि लिन सकिन्छ, त्यो पनि मिक्स फुट आइसक्रिमका रुपमा यसको गुदी चम्चाले निकालेर खाइन्छ, जुन तीन प्रकारको स्वादिस्ट एवम् गुगन्धित स्वादहरुको मिश्रण हुन्ट , पाइनापल, स्ट्राबरी केरा  

)छपटक मर्ने सैनिक जर्नेलः- फ्रान्सिसी सेनाका एकजना जर्नेल बैपतिस्ते डि मान्टमरिन थिए उनी पाँचपटकसम्म युद्धस्थलमा मृत घोषित गरिए तर अन्त्येष्टिका लागि गाड्न लाग्दा उनी प्रत्येकपटक ब्युँते उनले कुल ५५ वर्ष फ्रान्सिसी सेनामा सेवा गरे सन् १७०४ मा जन्मिएका उनी छैटौँ पटक साँच्चै मरे त्यस बखत उनको उमेर ७५ वर्ष थियो  









अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...