Thursday, 26 July 2012

गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउने Software



आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल effect दिन मिल्ने यो software फ्रीमा उपलब्छ छ । full Stereo Sound मा भएको गीतको यो software को मद्घतले Vocal लाई Reduce गरेर
म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन
तर यस्ता केही software
हरुको मद्घतले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । software हरुको बजारमा यस्ता धेरै software उपलब्ध भए पनि फ्रीमा उपलब्ध AudioCity नामक software को मद्घत बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) सर्वप्रथम यो software आफ्नो कम्प्युटरमा download गरेर install गरौं ।
Software डाउनलोड गर्न
www.box.net/shared/dgugsly3z3
यहाँ क्लिक गर्नुहोला

२) अब Ctrl+I अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर
Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको location दिएर open मा क्लिक गरौ ।

३) तल देखिएको म्युजिक ट्र्याकको बाँया तिरको drop down list मा क्लिक गरेर "Split Stereo
Track" मा क्लिक गरौ ।

४) त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्र्याकहरु देखिन्छन त्यसमध्य तलको ट्र्याकलाई सेलेक्ट गरौ त्यसको लागि ट्र्याकको drop down list को तल क्लिक गरौ ।

५) तलको ट्र्याक सेलेक्ट भई सके पछि माथिको मेनु
बारमा भएको Effect मा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस्) ।

६) अब तल देखिएको दुबै ट्र्याकको drop down list मा क्लिक गरेर mono गरिदिनुहोस् ।

७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईंको गीतको भोकल
८०% देखी ९०% हटिसकेको हुनेछ ।

८) अब उक्त ट्र्याकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस् ।

(MP3 मा Export गर्दा software ले "Lame..." नामक codec माग्न सक्छ,
उक्त Codec download गर्न
www.box.net/shared/q1mxf0tbz1
यहाँ क्लिक गर्नुहोस्)

codec download गरिसकेपछि install गर्दा location program files भित्रको Audio City लाई दिनुहोस् । )

यस्तै गीतको Vocal Reduce गरेर सुन्न मिल्ने player हरु पनि पाईन्छन त्यस मध्य केही राम्रा player

१) KaraFun
Download Link:
www.karafun.com/down/karafun_setup.exe

२) Karoake Anything
Download Link:
www.karaokeanything.com/download/karaokeanythingSetup.exe

जमिनमा बसेर खाना खानुका फाइदाहरू

अहिलेको आधुनिक समयले हाम्रो दिनचर्यालाई धेरै नै परिवर्तन गरिसकेको छ । हामीले गर्ने हरेक कामको तरिकाहरू फरक हुँदै गएका छन् । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबलमा बसेर खाना खान रूचाउँछौ । हामी पहिले जमिनमा पलेटी कसेर खाना खाने गर्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् ।
यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने उनीहरूको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।
जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त:
- जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
- जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
- सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
- यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउछन्
- यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
- यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।











दिमागबारेका केही रोचक तथ्य







मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ ।
त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।१. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । सरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।

२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।

३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।

४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।

५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।

६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।

७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।

कन्ट्याक्ट लेन्स (Contact Lence) भनेको के हो ?





कन्ट्याक्ट लेन्स एक बाक्लो प्रकारको पारदर्शी प्लास्टिकको कप हो । यो 0.06 मिलि मिटरदेखि 0.15 मिलि मिटरसम्म बाक्लो हुन्छ । यसको डायमिटर 5.5 मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन आँखाको सिधै कर्निया (Cornea) को माथि राखिन्छ ।

कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्य चस्माको प्रयोग विना वस्तुलाई स्पष्ट तथा स्वाभाविक तरिकाले देख्न सकियोस भन्ने हो । खासगरी आँखामा हुने दुरदृष्टि तथा अदुरदृष्टिका समस्या हटाउनकालागी चस्माको प्रयोग गरिन्छ ।

कन्ट्याक्ट लेन्स जलविन्दु
जस्ता कतिपय आँखाको बिरामीका लागि त यो थेरापीको रूपमा पनि प्रयोग गरिन्छ । त्यस्तै खेलकुद, नृत्य, र चलचित्र
क्षेत्रमा सम्बद्ध मानिसहरूले लेन्सलाई चस्माको सजिलो वैकल्पिक साधनका रूपमा लिएका छन । यस प्रकारको लेन्सको प्रयोगले एथलेटहरुको प्रस्तुति राम्रो भएको प्रमाणित भइ सकेको छ ।

यसका अतिरिक्त कन्ट्याक्ट
लेन्सको प्रयोग सौन्दर्य बढाउन पनि गरिन्छ । विभिन्न प्रकारका लेन्स प्रयोग गरि आँखाको रुपनै परिवर्तन गर्न सकिन्छ । यसमा भएको पछिल्लो विकासले टाढाको वस्तु देख्न नसकिने आँखाको कमजोरीलाई विशेष प्रकारको कन्ट्याक्ट लेन्सको प्रयोगले कम गर्न सकिने भएको छ ।

अर्थोकार्टोलोजी नामक
यो प्रविधि तुलनात्मक रुपमा महँगो भएता पनि यसको प्रयोगबाट आशातित सुविधा पाउन सकिन्छ । आउदो वर्षहरुमा कन्ट्यक्ट
लेन्समा भारि परिवर्तन आउने वैज्ञानिकहरुको नितन्तरको प्रयाशले देखाउदछ ।

कृत्रिम जीवनको सम्भावना





जीवनको आधार स्तम्भ डीएनएलाई मानिन्छ । डीएनए संरचनाद्वारा नै एक सम्पूर्ण प्राणीको सिर्जना हुने गर्छ । नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म डीएनएमा प्राणीको र उसको पुर्खाको गुण लुकेको हुन्छ ।

आमाबाबुले आफ्नो सन्तानमा डीएनए सारेका हुन्छन् । शताब्दीयौँदेखि यो क्रम पुस्ता दरपुस्तासम्म चलिरहेको छ । यो प्राकृतिक जीव विकासको सत्य हो तर के कृत्रिम डीएनए बनाएर जीव विकास गर्न सकिन्छ ?

प्रकृतिको नियम विपरीत यस प्रकारको कार्यमा सफलता पाउन वैज्ञानिकहरू लागिपरेका छन् । वैज्ञानिक पूर्ण रूपमा सफल भएमा प्रयोगशालामा आफूले चाहेको जस्तो प्राणी उत्पादन गर्न सकिने छ। अहिलेलाई कृत्रिम डीएनए र आरएनएमा जीवनका लागि आवश्यक रासायनिक
प्रक्रियाको नक्कल गराउनमा वैज्ञानिकलाई सफलता मिलेको छ ।अर्थात् एक प्राणीको जीवनका लागि डीएनएमा जुन रासायनिक प्रक्रिया चल्छ, त्यसको नक्कल कृत्रिम डीएनएमा पनि सञ्चालन
गरिएको छ ।

साइन्स जर्नलमा प्रकाशित यससम्बन्धी अनुसन्धान विवरणमा वैज्ञानिकले सिन्थेटिक बायोलोजी र बायोटेक्नोलोजीमा प्राप्त उपलब्धिको यो एक कडी भएको उल्लेख गरेका छन् । पृथ्वी बाहेक अन्यत्र जीवन
अस्तित्वमा रहेको छ भने एक समानको रासायनिक प्रक्रियाबाट नभई उद्विकासद्वारा त्यो सञ्चालनमा रहेको सङ्केत
वैज्ञानिकहरूले दिएका छन्।

डीएनए र आरएनएको सहयोगमा कोषले प्रोटिन बनाउने गर्छन् । पृथ्वीमा जीवनको सुरुआत गर्न डीएनए र आरएनए कसरी सिर्जना भए भन्ने प्रश्नको उत्तर पाउन कृत्रिम डीएनए र आरएनएको परीक्षणबाट सहयोग पुग्ने विश्वास गरिएको छ । धेरैजसो वैज्ञानिक आरएनए पहिले विकास भएको मान्छन् ।

ब्रिटेनको युके मेडिकल रिसर्च काउन्सिलको मोलिक्युलर बायोलोजी प्रयोगशालाका फिलिप होलिन्जरको टोलीले कृत्रिम डीएनए र आरएनए बनाएर परीक्षण गरेको हो ।

स्लो भएर हैरान ! के गर्दा बढ्छ स्पिड कम्प्युटरको !





कम्प्युटरमा एक क्लिक गर्यो अनि पर्खेर बस्यो ।स्क्रिनबाट बिजीको संकेत हट्ने नाम लिदैन । चलिरहेको कम्प्युटर एक्कासी ह्याङ हुन थाल्छ ।
किनेको केही समय राम्ररी चलिरहेको कम्प्युटर विस्तारै स्लो, स्लो र अति स्लो हुन थाल्छ ।

सामान्यतया कम्प्युटरले दिने समस्या यस्तै हुन्छन् । वास्तवमा कम्प्युटर स्लो हुनु वा ह्याङ हुनु कुनै नौलो समस्या होइन । केही सामान्य होसियारीले तथा तरिका अपनाउँदा पनि कम्प्युटरको गति बढाउँ सकिन्छ । आउँनुहोस् आज कम्प्युटरको स्पिड बढाउँने बारे केही कुरा गरौं

१. भाइरस स्क्यान :
भाइरसले कम्प्युटरको स्पिड कम गराउँने मात्र होइन, कम्प्युटरमा सुरक्षित राखिएका आवश्यक डकुमेन्टहरु पनि नोक्सान गर्न सक्छन् । तपाईले कम्प्युटर चालु गर्दा भाइरसकै कारण अनावश्यक प्रोगामहरु चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन्छ ।

यसैले कम्प्युटर बेला बेला भाइरस स्क्यान गर्दा यस्ता अनावश्यक प्रोगामहरु निष्क्रिय हुन्छन् । भाइरसकै कारण कम्प्युटर स्लो भएको रहेछ भने भाइरस स्क्यान गरेपछि कम्प्युटर पहिले भन्दा छिटो चल्छ ।

यसका लागि विभिन्न एन्टिभाइरस प्रोगामहरु पाइन्छन् । हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन्:
1.AVG Free

http://free.avg.com/ww-en/download-avg-anti-virus-free-edition

2.Microsoft Security
Essentials
www.microsoft.com/security_essentials/

3.Avira AntiVirus Personal
www.avira.com/en/avira-free-antivirus

4.Avast! Free Antivirus

www.avast.com/free-antivirus-download

5.PC Tools AntiVirus
www.pctools.com/free-antivirus/download/


२. स्क्यान डिस्क प्रोगामलाई रन गर्नुहोस् :
कम्तिमा महिनाको एक चोटी स्क्यान डिस्क प्रोगामलाई रन गराउँनुहोस् । यसले हार्ड डिस्कमा भएका नचाहिदा फाइलहरु हटाउँछ । हार्ड डिस्कको स्पेस बढ्छ ।

३. टेम्पररी फाइललाई क्लिन गर्नुहोस् :
जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसले गर्दा कम्प्युटरको भर्च्युअल मेमोरी भरिन्छ जसको सिधा असर कम्प्युटरको स्पिडमा पर्छ । यसलाई डिलीट गर्न स्टार्ट बटन मा गएर रन प्यानल मा %temp% लेखि ओके बटन थिच्नुस तपाइको कम्प्युटरमा सेभ भएको सबै टेम्पररी फाइल देखिन्छ । जसलाई सेलेक्ट गरि डिलिट गर्नुस ।

४. रिसाइकल बिन खाली गर्नहोस् र सकेसम्म डेस्कटपलाई क्लिन राख्नुहोस् :
डिलिट गरेका फाइलहरु जम्मा भएर रिसाइकल बिनले पनि कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । यसैले बेला बेला रिसाइकल बिन खाली गर्नुहोस्। कम्प्युटरको डेस्कटप अपरेटिङ सिस्टम
भएकै ड्राइभमा हुन्छ । डेस्कटपमा बढी फाइलहरु राख्नाले हार्ड डिस्कमा स्पेस भरिन थाल्छ । यसैले डेस्कटपमा भएका कुरालाई
कम्प्युटरका अन्य ड्राइभमा सार्नुहोस् ।

५. डिक्स इरर क्लिन :
कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट गर्न सकिन्छ ।
यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ । डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस् । जुन डिक्स चेक
गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक गर्नुहोस् । प्रोपर्टिज डायलग
बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस् । इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस् । कम्प्युटरमा इरर चेक गर्न चेक डिक्स एक्सेस गर्नुहोस् । इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ । डिक्स चेक सातामा एकपटक गर्न
सकिन्छ ।

६. डाटा अर्गनाइज :
कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय
लगाइरहेको हुन्छ । यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन फायल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फायल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ । यसले कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-लग स्थानमा खोज्नुपर्ने हुन्छ । यसलाई ठीक गर्न डिक्स डिफ्राग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ । यसका लागि पनि माई कम्प्युटरमा गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ । प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्राग्मेन्टेसन सेक्सनमा गएर डफ्राग्मेन्टमा क्लिक गर्नुहोस् । कम्प्युटर डिफ्राग्मेन्ट गरेपछि त्यो फायलको प्रोगाम र साइजअनुसार पुनः अर्गनाइज हुन्छ ।

७. नचाहिदा सफ्टवेयर तथा प्रोगामहरुलाई हटाउँनुहोस् ।

८. तपाईको कम्प्युटरको माइक्रोसफ्ट वर्ड, एक्सल आदि प्रोगामहरु ढिलो खुल्छन् ? फन्टको कारणले हुन सक्छ । नचाहिदा फन्टहरु हटाईदिनुहोस् । यसो गर्दा फन्ट लोड हुने समय घट्छ ।

आफुलाई मन परेको मान्छे लाई मायालु बनाउन चाहानुहुन्छ ?



' 'Make Anyone Fall in Love With You''
तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ? चर्चित
लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन,"How to Make
Anyone Fall in Love with You" जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई
कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन।
ति मध्ये केही टिप्स हरु यस प्रकार छन:
- उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार
केही समयसम्म हेरीरहनु। यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ
किनकी दुवै चाहान्छन कि कोही आफु लाई राम्रो ठानेर हेरीरहोस र आफु
प्रती उसको ध्यान आओस।
- एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले
उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला।
- आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुन
तरिका उसलाई मन परोस। यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले
लगाएको कपडा बढी भल्गर छैन भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ।
- डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन
पर्दैन।
- तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई
राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस
प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास
गर्नुहोस।
- केटाहरुको लागी: कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाई लाई सकेसम्म
अगाडी ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास
गर्नुहोस किनकी केटीहरु चाहान्छन कि उसको कुरा कसैले सुनोस र
राम्रो मानोस।
- केटीहरुको लागी: केटाहरुको समुहमा हुँदा गरेको कुनै
रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्नेकाम गर्नुस
ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई
त्यस कार्य देखी खुसी हुनुहुन्छ।
- उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै
आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस।
- सकेसम्म उसको नजिक रहने प्रयास गर्नुसर केही समयको लागी उ बाट
टाढा जानुस। यसोगर्दा उसलाई लागोस कि तपाई सँग बिताएको क्षण निकै नै
स्पेशल थियो। याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँ बाट
तपाईको अनुपस्थिती बाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न
सकियोस।

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...