Wednesday, 25 July 2012

सर्वाङ्ग हुँदा जीवनदान पाएकी सुन्दरी

जिउस प्राचीन ग्रिसका राजा हुन् । आख्यानअनुसार उनी ईश्वरका पनि पिता हुन् । आकाश र चट्याङका पनि पिता मानिने उनले ओलम्पियामा शासन गरेका थिए । क्रोनर र रिह्याका पुत्र उनको बिहे आºनै बहिनी हेरास“ग भयो । आख्यानमा हेरालाई महिला र विवाहकी देवी मानिएको छ । जिउस उपद्रवी र कामुक थिए र थिए ६३ सन्तानका बाबु । रानी नेमेसिस तीमध्येकी एक हुन् । नेमेसिसलाई कसैले जिउस र उनकी पत्नी ओसियनासकी छोरी मानेका छन् भने कसैले इरेबक्स र निक्सकी छोरी ।
अन्धो ग्रिक महाकवि होमरद्वारा लिखित दुई महाकाव्य इलियाड र ओडिसीलगायत अन्य थुप्रै स्रोतमा स्पार्टा (प्राचीन ग्रिक नगर) की रानी हेलेन जिउस र राजा तिन्डारिउसकी पत्नी लेदाकी छोरी भएको उल्लेख छ । तर, कतिपयले हेलेनलाई जिउस र उनकी रानी नेमेसिसकी छोरी हुन् भनेका छन् । उनीहरूका अनुसार रानी नेमेसिसले दुइटा फुल पारेकी थिइन्, एउटाबाट हेलेन र ल्किटेम्नेस्त्रा तथा अर्कोबाट क्यास्तोर र पोलुक्सको जन्म भयो । हेलेन लेदाकी छोरी हुन् भन्नेहरूको तर्क छ, जिउस रानी नेमेसिसस“ग संसर्ग गर्न चाहन्थे तर रानी चाह“दैनथिन् । जिउसबाट बच्न उनले पशुपक्षीको भेष धारण गरिन् र भाग्दै हि“डिन् । अन्त्यमा हा“स बनिन् । पत्नी हा“स बनेको थाहा पाएपछि उनी पनि हास बने र संंसर्ग गरे । पछि उक्त संसर्गबाट नेमेसिसले दुइटा फुल पारिन् ।
एकजना गोठालोले ती फुल एतिकाको जंगलको एउटा बाटिकामा फेला पारे र लेदालाई दिए । तिनले अन्डा कोरल्ने समयसम्म हिफाजतसाथ छातीमा टा“सेर राखिन् । यसरी उनी हेलेनकी आमा कहलिइन् । उनी यसअघि नै तीन छोरी तिमान्द्रा, फोयबे र फिलोनिको आमा बनिसकेकी थिइन् । हेलेन सात वर्षको उमेरमा १० वर्षकी जस्ती देखिइसकेकी थिइन् । असाध्यै सुन्दरी थिइन् । तर, केटाकेटीसरह निर्वस्त्र बालुवामा कुस्ती खेल्थिन् । दाजुभाइस“ग सिकार खेल्न जान्थिन् । जुम्ल्याहा दाजुभाइ क्यास्टोर र पोलुक्सस“ग बक्सिङ र अन्यस“ग घोडादौडमा भाग लिएर जित्थिन् । रोमन लेखक स्टेसिकोरसका अनुसार निर्वस्त्र स्तन प्रदर्शन गरेर हतियार बोकी दौडिन्थिन् । आपूmलाई ईश्वरपुत्र ठान्ने एथेन्सका दुई युवक थेसियस र पिरिथोउस आºना पत्नी ईश्वरकै छोरी हुनुपर्ने ठान्थे । त्यसैले दुवै मिलेर जिउसकी दुइटी राजकुमारीलाई अपहरण गर्ने योजना बनाए । थेसियसले हेलेनलाई छाने भने पिरिथोउसले हाडेसकी पत्नी पर्सेफोनलाई ।
योजनाअनुरूप थेसियसले हेलेनलाई उठाएर लगे र आºनी आमा ऐथ्राकोमा छाडे । अनि दुवै दाजुभाइ मिलेर हाडेस नियन्त्रित क्षेत्रमा पुगे । योजना थाहा नपाएका हाडेसले दुवैलाई आदर, सत्कार र भोजसमेत ख्वाउने तयारीमा लागे । तर, खान बस्नेबित्तिकै दुवैको खुट्टामा सर्प बेरिए । योजना विफल भयो । अपहरित हु“दाताका हेलेन भर्खरकी थिइन् । तैपनि, उनले थेसियसको तर्फबाट छोरी ल्फिगेनियालाई जन्म दिइन् । पछि क्यास्टोर र पोलुक्सले एथेन्समा आक्रमण गरी बहिनी हेलेनलाई स्पार्टा फर्काए । उनीहरूले ऐथ्रालाई पनि बन्दी बनाए । हेलेनसँग विश्वभरिका राजा, महाराजा र राजकुमारहरू बिहे गर्न इच्छुक देखिए । उनीहरू मह“गा–मह“गा उपहार बोकेर ओलम्पिया पुगे । इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा गराउ“दा क्यास्टोर र पोलुक्सले महŒवपूर्ण भूमिका निभाए भने अन्तिम निर्णय गर्ने अधिकार हेलेनको सौतेनी पिता तिन्डामरेउसले राखे ।
पछि हेलेनका लोग्ने बनेका मेनेलाउस भने त्यहा“ उपस्थित थिएनन्, प्रतिनिधित्व उनका दाजु तथा मिसेनियनका राजा आगामेमनोनले गरेका थिए । प्रतिस्पर्धामा कुल ४५ जनाको सहभागिता थियो । राजा तिन्डारेउस छोरी गलत व्यक्तिको हातमा पर्ने त्रासमा थिए, त्यसैले उनले नियतवश नै प्रतिस्पर्धीबीच झगडा गर्न लगाए । तीमध्येका एकजना ओडिसिउस पनि थिए, उनी छनोट हुने कम सम्भावना देखेर उपहार नबोकीकनै पुगेका थिए । राजाले इकारियुसकी छोरी पेनेलोप दिने शर्तमा उनलाई हातमा लिए । सल्लाहमुताविक ओडिसिउसले प्रतिस्पर्धीलाई सोलोमनको शपथ खान भने । तर, प्रतिस्पर्धीहरू शपथ खान असफल भएपछि हेलेनको बिहे मेनेलाउसस“ग गरिदिने घोषणा राजाबाट भयो । यो खुशीमा राजाले एउटा घोडा बलि चढाए । पछि तिन्डारेउस गद्दीच्युत भएपछि हेलेन र मेनेलाउस स्पार्टाका राजा–रानी बने । यसैबीच, हेलेन ट्रोई (वर्तमान टर्कीमा पर्छ) को यात्रामा हि“डे । फ्रान्सिस्को प्रिमाटिकोबाट यात्राकै दौरान हेलेन बलात्कृत भइन् । केही वर्षपछि ट्रोइको युवराज घोषित पेरिसले हात समातेर हेलेनलाई ट्रोई पु¥याए । केही समयअघि मात्र राजा जिउसले सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी पेरिसलाई सुम्पिसकेका थिए । एकजना प्रतियोगी एफ्रोडितेको प्रभावमा परी उनले उनैलाई देवीहरूमध्येकी सुन्दरी घोषणा गरिदिए । अर्का दुई प्रतियोगी एथेना र हेरा उनीदेखि खुबै रिसाए ।
एफ्रोडितेले आफूलाई जिताइदिएमा विश्वकै सबैभन्दा सुन्दरी उनलाई दिलाइदिने वचन दिएकी थिइन् । परिणामतः पेरिसले हेलेनमाथि अधिकारको दाबी गरे । उता, हेलेन पनि पेरिसलाई मन पराउ“थिन् । पति मेनेलाउस र ९ वर्षीया छोरी हेर्मिनोयनीलाई छोडेर उनैस“ग भाग्न चाहन्थिन् । इतिहासकारत्रय युरिपिडेस, स्टेसिकोरस र हेबोडोतुसका अनुसार पेरिस र हेलेन ट्रोय जाने क्रममा बीच बाटोमै आ“धीबेहरी चलेपछि इजिप्टको मेम्फिसमा बास बसे । पाहुना बन्न आएकी हेलेनको सतीत्वमाथि धावा बोलेपछि इजिप्टका राजा प्रोतेउसले पेरिसलाई तर्साए । उता पत्नी हराएका मेनेलाउसले हेलेनको अपहरण पेरिसले गरेको बुझे । उनले हेलेनस“ग बिहे गर्न ओलम्पिया पुगेका सबै राजा, महाराजा र राजकुमारस“ग सहायता मागे र ट्रोई राज्यविरुद्ध युद्धको घोषणा गरे । तर, राजा–महाराजा युद्ध चाह“दैनथे । तैपनि, युद्धका लागि गएको ग्रिक जहाज मिसिया पुग्यो । हेलेनलाई तेउथ्रानियनमा राखेको आशंका मेनेलाउसको थियो । तर, त्यहा“का राजा तेलेफसले अस्वीकार गरेपछि जहाज ग्रिस फर्कियो । बेकारमा तेलेफस घाइते मात्र भए ।
यसपछि मेनेलाउसले ट्रोइमा राजदूत पठाए । राजदूतले हेलेन र लुटेर लगेको धन फिर्ता गर्न माग गरे । तर, ग्रिकदूतको मागलाई स्विकारिएन । त्यसपछि युद्ध गर्न ग्रिक जहाज अगलिसतर्फ बढ्यो । यस क्रममा ट्रोईलाई खाद्यान्नलगायत सामान उपलब्ध गराउ“दै आएका छिमेकी देशस“ग पनि ग्रिक सेना भिड्न पुग्यो । युद्धमा ग्रिकका ब्रिसियस, तेक्रमेसा, क्रिसियसलगायत थुप्रै वीरांगना मारिए । ग्रिक सेना ९ वर्षसम्म ट्रोय नगरलाई घेरा हालेर लड्यो तर अग्लो र बलियो पर्खाल नाघेर नगरभित्र पस्न सकेन । अन्त्यमा, ग्रिक सेनापति ओडिसियसले चाल चले । एउटा ठूलो काठेघोडा तयार पार्न लगाए, जसभित्र सय योद्धा अटे । त्यो नक्कली घोडालाई नगरको ढोकामा छाडेर सबै सेना पछि हट्यो र लुकेर बस्यो । ओडिसियसको चाल सफल भयो । शत्रुले उपहारस्वरूप ठूलो काष्ठघोडा आफूहरूका निम्ति छाडेर भागेको ट्रोयका सेना र जनताले सम्झे । त्यसैले सबै मिलेर घोडालाई तानी नगरभित्र ल्याए । उनीहरूले युद्ध जितेको सम्झी हर्षोल्लास मनाए ।
हतियार सिलखानामा बिसाएर मदिरा सेवन गर्दै विजयोत्सव मनाए र सुत्न गए । मध्यरात काठेघोडा (ट्रोजन हर्स) भित्र लुकेर बसेका ग्रिक सेना बाहिर निस्किए । नगरको ढोका खोले । बाहिर लुकी बसेका अन्य सेना पनि नगरभित्र पसे । घमासान युद्ध भयो । युद्धमा राजा मारिए भने उनका छोरा हेलेनस बन्दी बने । क्यासान्ड्रा बलात्कृत भइन् । यसबीच हेलेनले पेरिसको कमजोरी थाहा पाएर हेक्टरको पक्षमा आफूलाई उभ्याइन् । हेक्टर बहादुर राजकुमार थिए । हेलेनस“ग अवैध सम्बन्ध राख्ने गरेका उनले हेलेनका दाजु पोलुक्सलाई मारे । एकिलिस आºना साथी पोलुक्सको हत्याको बदला लिन हेक्टरस“ग जुधे । दुवैबीच घमासान युद्ध भयो । हेक्टर घाइते भए । ट्रोयवासी हेक्टरलाई देउतासरह पूजा गर्थे । एकिलिसले घाइते हेक्टरलाई डोरीले रथको पछाडि बा“धे र बेगले दौडाए । हेक्टर घिस्रिंदै रगतपच्छे भए । ट्रोयवासीले यस्तो दृश्य हेर्न सकेनन् । बूढी आमा हेकुबा छाती पिट्दै रोइन्–कराइन् । उनको मृत्युमा ट्रोयवासी शोकमा डुबे । महिलाहरू सबै राँको बाल्दै घरबाट निस्के । युद्ध चर्कियो । पछि एकिलिस पेरिसको हातबाट मारिए भने घाइते पेरिस इदा पहाडतर्फ लुक्न गए ।
हेलेनले पेरिसकी जेठीपत्नी केनोनलाई घाइते पतिको औषधोपचारको आग्रह गरिन् । तर, केनोनले नमानेपछि केहीदिनमै पेरिसको मृत्यु भयो । पेरिस र हेक्टरको मृत्युपछि हेलेन उनीहरूका कान्छो भाइ देइफोबुसको पत्नी बनिन् । तर, पछि मेनेलाउसबाट माफी पाउने आशामा उनले देइफोबुसको तरबार लुकाइदिइन् । उनकै कारण देइफोबुस मारिएपछि क्रुद्ध जनताले उनलाई लखेटे र ढुंगाले हानेर मार्न खोजे । उनी भाग्दै लुक्न पुगिन् । युद्धमा ट्रोयको पराजयपछि मेनेलाउस त्यहा“ पुगे र उनले पत्नी हेलेनलाई खोजेर निकाले । तर, फेला पर्ने बित्तिकै आपूmलाई धोका दिएको रिसमा तरबारले टाउको छिनाल्न खोजे । तर, चलाख हेलेनले लगाइराखेको लुगा भुइ“मा खसालिदिइन् । सौन्दर्यले भरपुर पत्नीको नांगो शरीर देखेपछि उनी टक्क रोकिए । युद्ध सकिएपछि राजकुमारी पोलिसेना र हेक्टरको छोरो अस्त्यानाक्सलाई फा“सी दिइयो । मारिनबाट बचेका एक मात्र राजकुमार एनियास भाग्न सफल भए । बा“चेका ट्रोयका सबै महिला ग्रिक सेनाले बा“डेर लिए । नगरको सबै घरमा आगो लगाइयो । मेनेलाउस हेलेनलाई लिएर स्पार्टा फर्के ।
उनीहरू केही समय स“गै बसे । महाकाव्य ओडिसीमा उल्लेख भएअनुसार पछि उनी तेलेमाचुसबाट मारिइन् । तर, कसै–कसैले मेनेलाउसको निधनपछि उनले ह्रोडसका राजा तेलेमोलेमसस“ग बिहे गरेर त्यहा“की रानी बनेको र लोग्ने खोसेको रिसमा रानी पोलिक्सोले नुहाइराखेकी उनलाई कब्जामा लिएर रूखमा झुन्ड्याई मारेको भनाइ राखेका छन् । उनीहरूको भनाइमा –ह्रोडसको गिर्जाघरनजिक पहिला ‘हेलेनको रूख’ थियो । इतिहासकारले रानी हेलेनको कारण भएको भनिएको ‘ट्रोयको युद्ध’ लाई महाकवि होमरको काल्पनिक घटना र मिथक मात्र भएको बताउने गरेका थिए । तर, जर्मन पुरातŒवविद हेनरिक स्लिमैनले होमरद्वारा वर्णित सो युद्ध इ.पू. ११९४ देखि ११८४ सम्म भएको सन् १८७० मा सिद्ध गरिसकेका छन् । उनले विद्वान्हरूले पौराणिक र काल्पनिक नगर मानिएको ट्रोय वर्तमान टर्कीको नगर रहेको पुष्टि गरिसकेका छन् ।

रेमले छेकेको त्यो मिसाइल प्रहार

मेरी पिन्चोट मेयेरको जन्म धनी परिवारमा सन् १९२० मा भयो । बाबु एमोस वकिल र सन् १९१२ मा गठित प्रोग्रेसिभ पार्टीका सदस्य थिए । एमोसले समाजवादी पत्रिका ‘दि मासेस’को प्रकाशनमा सहयोग गरेका थिए । मेरीकी आमा रुथ एमोसकी दोस्री पत्नी हुन्, जसले ‘दि नेसन’ र ‘दि रिपब्लिक’जस्ता लोकप्रिय पत्रिकामा काम गरेकी थिइन् । मेरी पेन्सिलभानियाको मिल्फोर्डमा हुर्किन्, बढिन् । बाल्यकालमै उनको भेटघाट माबेल डोड्ज, लुइस ब्रान्डिज, रोबर्ट ला फोलेटटे र ह्यारोल्ड इकेसजस्ता वामपन्थी बुद्धिजीवीसँग भयो । स्कुले शिक्षापछि भाषार कलेजमा पढ्न थालिन्, जहाँ उनको झुकाव साम्यवादतर्फ बढ्न थाल्यो ।
१८ वर्षको उमेरमा विलियम एटउडसँग प्रेम भयो । दुवै चाओटेस्थित रोजमेरी हलमा नाच्न थाले । एकदिन त्यहीँ जोन एफ केनेडीसँग उनको भेटघाट भयो । भेटघाटलगत्तै कलेज छाडिन् र पत्रकारिता सुरु गरिन् । युनाइटेड प्रेस र मेडमोइसेलेका लागि लेख्न थालिन् । लेबोर पार्टीको सदस्यता लिएर युद्धको विरोध गर्न थालिन् । परिणामतः संघीय जाँच ब्युरोले उनीमाथि निगरानी राख्न थाल्यो । दोस्रो विश्वयुद्ध उत्कर्षमा पुगेको समय सन् १९४४ मा कोर्ड मेयेरसँग भेट भयो । मेयेर युद्ध मोर्चामा सख्त घाइते भएर बायाँ आँखा गुमाइसकेका सैनिक लेफ्टिनेन्ट थिए । छोटो समयमै दुवै यति घुलमिल भए कि वर्षदिन नबित्दै सन् १९४५ को अप्रिल १९ मा बिहे गरे । युद्ध सकिएपछि गठित संयुक्त राष्ट्रसंघको सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनमा दुवै सहभागी भए । सम्मेलनमा कोर्ड ह्यारोल्ड स्टासेनको सहायक भएर र मेरी पत्रकार भएर छिरेका थिए । त्यसबेला उनी एटलान्टिक मासिक पत्रिकामा कार्यरत थिइन् ।
मेरी सन् १९४५ को अन्तिमतिर छोरो क्वेन्टिनको आमा बनिन् भने सन् १९४७ मा माइकलको । सोही साल कोर्ड संयुक्त विश्व महासंघको अध्यक्ष बने । यो महासंघका लागि कोष खडा गर्न लागि पर्नेमध्ये अल्बर्ट आइन्स्टाइन पनि थिए । मेरीले पनि सो संगठनको मुखपत्रका लागि लेख्न थालिन् । तीन वर्षपछि मेरीले तेस्रो छोरो मार्कलाई जन्माइन् र सपरिवार म्यासाचुसेट्सको क्याम्ब्रिजमा गएर बस्न थालिन् । ठीक त्यसैबेला आफ्नो संगठनभित्र अमेरिकी कम्युनिस्ट पार्टीले घुसपैठ गरिरहेको रहस्य कोर्डले थाहा पाए । गोप्य रुपमा अमेरिकी गुप्तचर संस्था सिआइएसँग नजिकिएर काम गर्दा उनले यो कुरा पत्ता लगाए । सिआइएका वरिष्ठ अधिकृत तथा वकिल एलन ड्युलेसले पछि उनलाई तलबी कर्मचारी बन्न आग्रह गरे । त्यसबेला छापा तथा प्रसारण माध्यममाथि निगरानी राख्न र आवश्यक कारबाही चलाउन सिआइएले ‘अपरेसन मेकिङबर्ड’ सञ्चालन गरिरहेको थियो । कोर्डले सो अपरेसन प्रमुखको जिम्मेवारी पाए । उनले मेरीलाई यो कुरो लुकाएनन् । उनीहरुको बसाइसराइ वासिंगटनमा भयो । सबैले देखिनेगरी कुलिनहरुको जर्जटाउन समाजिक समाजको सदस्य भए । समाजभित्र पनि जेम्स एंग्लेटोन, फ्रान्क बिस्नरजस्ता सिआइएका अधिकृतहरु थिए, दुवै कोर्डका हाकिम थिए ।
सन् १९५३ मा एलेन ड्युलेस सिआइएको निर्देशक बने । सोही बेला सिनेटर जोसेफ मैककार्थीले कोर्ड कम्युनिस्ट भएको आरोप लगाए । संघीय जाँच ब्युरोले उनको विगतबारे जाँचपड्ताल सुरु ग¥यो तर ड्युलेस र विस्नरले बचाए । जागिर जोगिए पनि कोर्डको मन खिन्न भयो । जागिर छाडेर पुनः पत्रिकामा काम गर्ने सोच बनाए तर न्युयोर्कका कुनै प्रकासकले काममा लगाउन चाहेनन् । सन् १९५५ को अन्त्यतिर जोन एफ. केनेडीकी पत्नी ज्याकलिनसहित उनीहरु बसिराखेको नजिकै घर किनेर बस्न आए । उनीहरु नवविवाहिता थिए । जाँडै ज्याकलिन र मेरी साथी भए । यसबीच कोर्ड युरोप पुगे र ‘रेडियो फ्रि युरोप’ चलाउन थाले । सिआइए द्वारा सञ्चालित यो रेडियोको उद्देश्य सोभियत संघविरुद्ध जनमत तयार गर्न प्रगतिशील संगठनहरु गठन गर्न लगाउने र तिनीहरुका लागि चन्दा उठाउने थियो । यसबीच कोर्ड र मेरीको सम्बन्ध बिग्रियो । छुट्टिन चाहे तर १९५६ को डिसेम्बरमा छोरो माइकल गाडी दुर्घटनामा मारिएपछि केही समयका लागि नजिकिए र दुई वर्षपछि कानुनी रुपमै अलग्गिए । कोर्डसँगको सम्बन्ध तोडिएपछि मेरीले पेन्टिङको काम सुरु गरिन् । बहिनी टोनीको घरमा आर्टग्यालरी खोलिन् । उनी र आर्टिस्ट केनेथ नोल्याफबीच सम्बन्ध अघि बढ्यो । केनेडीका भाइ रोबर्टसँग घनिष्ठता बढ्यो ।
कोर्डबाट टाढिएपछि सिआइए अधिकृत जेम्स एंग्लेटोनले मेरीको टेलिफोन वार्ता ‘ट्याप’ गर्न थाले । जेम्सलाई मेरीले कोर्डको हाकिमको नाताले मात्र होइन, कलेज पढ्दाको साथी सिसेरी डि आत्रोमोन्टको श्रीमान्को नाताले पनि चिन्थिन् । जेम्स घरमा आउँथे र मेरीका छोराहरुलाई माछा मार्न लैजान्थे । त्यसबेला केनेडी पामेला टर्नर भन्ने २१ वर्षीया केटीसँग प्रेम गर्थे । पामेलालाई उनले जर्ज टाउनस्थित लियोनार्ड केटरको घरमा कोठा लिएर राखेका थिए । लगभग तीन वर्षपछि केटर दम्पतीले पामेलालाई घरबाट निकालिदियो । केनेडीले त्यसपछि प्रेमिका पामेलालाई सन् १९६१ मा मेरीको घरमा राख्न लगे । स्मरणीय छ, केनेडी राष्ट्रपति बनिसकेका थिए । पामेलालाई भेट्न आउने क्रममै मेरीसँग पनि हिमचिम बढ्यो । ह्वाइट हाउसमै भेटघाट सुरु भयो । एकदिन केनेडीले रात सँगै बिताउन मेरीसँग आग्रह गरे तर केनेथलाई सम्झेर स्वीकार्न तयार भइनन् । पछि केनेथबाट निराश भएपछि भने कतिपय रात दुवैले सँगै बिताए । मेरीको जीवनी लेख्ने लेखिका निना बर्लेघका अनुसार उनीहरुको भेटघाट गर्ने गोप्य स्थान कम्तिमा ३० वटा थिए । केनेडीकी पत्नी राजनीतिक र सामाजिक काममा प्रायः घरबाहिर हुन्थिन् । उनको अनुपस्थितिमा केनेडीले मेरीलाई हप्तामा तीन–चार रात ह्वाइट हाउसमै सुत्न लगाउँथे ।
एकदिन मेरी गाँजा बोकेर ह्वाइट हाउस पुगिन् । गाँजा देखेपछि केनेडी प्रफुल्ल भएर भने, ‘ल्याऊ, यसको आनन्द लिउँं ।’ त्यो दिन उनले गाँजा राखिएको तीन खिल्ली चुरोट पिए । नशा लागेपछि भने, ‘यो त कोकिनजस्तो हुँदो रहेनछ, पख म तिमीलाई आज कोकिनको स्वाद चखाउँछु ।’ नीना दाबी गर्छिन्, ‘पछिल्लो दिन दुवै नशामा लठ्ठ हुन्थे ।’ यसबीच भर्खरै क्रान्ति सम्पन्न भई समाजवजादी मुलुक बनेको क्युबास्थित ‘बे अफ पिग’ लाई लिएर अमेरिकाको सोभियत संघ र क्युबासित मतभेद चर्कियो । क्षेप्यास्त्रसमेत तैनाथ हुन थालेपछि युद्धको सम्भावना बढ्यो । समाजवादी मुलुकहरुसित बढेको यो मतभेदलाई कम गर्न र समस्यालाई शान्तिपूर्ण ढंगबाट सुल्झाउन मेरीले केनेडीमाथि दबाव दिइन् । यसअघि अमेरिका–सोभियत संघ दुवै क्षेप्यास्त्र बनाउने होडमा थिए तर मेरीको संगतका कारण अमेरिकी नीतिमा एकाएक परिवर्तन आयो । शीतयुद्धलाई न्युनीकरण गरेर रुसी नेता निकिता ख्रुस्चेभसँग सम्झौता गर्न केनेडी तयार भए । अमेरिकी विश्वविद्यालयमा बोल्दै केनेडीले ‘शान्ति भाषण’ दिए, जसको प्रसार सोभियत सरकारले देशभरि ग¥यो । आणविक परीक्षण प्रतिबन्ध गर्ने सम्झौताको कुरा उठ्यो, भियतनाममा तैनाथ सेना फिर्ता गर्ने कुरा उठ्यो र अमेरिकी र रुसी राष्ट्रबीच सीधा टेलिफोन सम्पर्क (हटलाइन) स्थापना गरियो । फिडेल क्यास्त्रोसँग कुराकानी गर्न केनेडीले दूतलाई क्युबा पठाए ।
यी काम–कारबाहीले केनेडीले पेन्टागन (रक्षा) र सिआइए (गुप्तचर) को विश्वास गुमाए । मतभेद चर्किएपछि केनेडीले सिआइए प्रमुख एलन ड्युलेस र अर्का दुईजना वरिष्ठ अधिकृतलाई बर्खास्त गरिदिए । यसै सेरोफेरोमा सन् १९६३ को नोभेम्बर २२ मा डलासको भ्रमण गर्दैगर्दा केनेडीको रहस्यमय हत्या भयो । भर्खरै प्रकाशित पिटर जेनीको पुस्तक ‘मेरिज मोजाइक ः दि सिआइए कन्स्पिरेसी टु मर्डर जोन एफ केनेडी, मेरी पिन्चोट मेयेर एन्ड देयर भिजन अफ वल्र्ड पिस’मा उल्लेख गरिएअनुसार यो हत्याकाण्डबारे मेरीलाई धेरै कुरा थाहा थियो । उनको एउटा डायरी पनि थियो । जहाँ डायरी राख्ने गरिएको दराज थियो, त्यसैमा केनेडीको हत्यासम्बन्धी एउटा श्रव्यदृष्य थियो । राष्ट्रपतिको हत्याबारे छानबिन गर्न गठित आयोगको अनुसन्धानलाई मेरीले महत्वपूर्ण प्रभाव पार्न सक्थिन् । केनेडीको हत्या भएको ठीक ११ महिनापछि सन् १९६४ अक्टोबर १२ को दिन मेरी वासिंगटन डिसीको केय पुलनजिक नहर क्षेत्रमा डुल्दै थिइन् । उनी त्यहाँ दैनिक जान्थिन् । कसैले नजिकबाट हानेको गोली टाउकोको बायाँभागमा लाग्यो । उनी छट्पटाइन् । हत्याराले अर्को गोली हान्यो । गोली दायाँ काँधबाट छिरेर सिधै मुटुमा लाग्यो । तत्काल मृत्यु भयो । प्रत्यक्षदर्शी दुई जनाको बयानका आधारमा प्रहरीले अश्वेत व्यक्ति रे क्रम्पलाई पक्राउ ग¥यो । प्रमाणको अभावमा पछि उनी पनि रिहा भए । आज ४८ वर्षसम्म सो हत्या रहस्यमय नै छ तर लेखक पिटर जेनीले मेरीको हत्या सिआइएद्वारा गराइएको रहस्योद्घाटन गरेका छन् । सैनिक लेफ्टिनेन्ट तथा सिआइए एजेन्ट विलियम मिचेलले हत्या गरेका हुन् । मिचेलले खोजी पत्रकार तथा लेखक लियो डामोरलाई सन् १९९३ मा फोन गरी अपराध स्वीकारेको दाबी जेनीले गरेका छन् ।
मिचेलले मेरीको हत्या आफूले सिआइए रचित षड्यन्त्रअन्तर्गत गरेको स्वीकारेका थिए । स्मरणीय छ, मेरीद्वारा लिखित डायरी र श्रव्यदृश्य हत्यासँगै घरबाट गायब भएको थियो । डायरी गायब गर्नुमा सिआइएका वरिष्ठ अधिकृत जेम्स एंग्लेटोनको हात थियो । मेरीकी बहिनीज्वाइँ तथा न्युजविक पत्रिकाका ब्युरो प्रमुख ब्रेन ब्राड्ली घटनाको लगत्तै मेरीको घर पुग्दा त्यहाँ उनले एंग्लेटोनलाई देखेका थिए । जेनीको पुस्तकमा मेरी सिआइएको लागि खतरा बन्न पुगेको उल्लेख छ । मेरीका पूर्व पति कोर्ड मेयेरले पनि आफू मर्नुभन्दा केही अघि सन् २००१ मा भनेका थिए, ‘केनेडीलाई मार्ने कुकुरले नै मेरीलाई पनि मारेको हो ।’ यसबीच सिआइएका अवकाशप्राप्त अर्का एजेन्ट ब्रेन लातेलले केनेडीको हत्या हुँदैछ भन्ने जानकारी क्युबाली नेता फिडेल क्यास्त्रोलाई थियो भन्ने दाबी गरेका छन् । ब्रेन ६० को दसकमा सिआइएमा क्युबा हेर्ने अधिकृत हुन्, जो पछि ल्याटिन अमेरिका हेर्ने ब्युरो प्रमुख भए । पुस्तक ‘क्यास्त्रोज सेक्रेट ःदि सिआइए एन्ड क्युबाज इन्टेलिजेन्स मेसिन’मा उनले हत्यामा क्यास्त्रोको संलग्नता नभए पनि केनेडीले गोली हानेर मार्ने लि हार्भे ओस्वाल्डमार्फत् योजना थाहा पाएको दाबी गरेका छन् । उनले ओस्वाल्ड वामपन्थी भएको दाबी पनि गरेका छन् ।
FROM: Jana astha COPY AND PAST

माओ त्से-तुंग


माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो|उनी चीनी क्रान्तिकारीराजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियोउनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् मार्क्स वादीलेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ|
वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारीराजनैतिक रणनीतिकारसैनिक पुरोधा अनि देशरक्षक मानिन्छन्धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिकतकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन्उनी कविदार्शनिकदूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीतमाओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज,अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन्|[१] माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन्|[२]  टाइम मेगाजिनपत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन्|[३]


प्रारम्भिक जीवन
जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिएजब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गएसन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गएप्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरेमाओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । संघाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए|
माओ पुस्तक लेख्दै
सन् १९३८

लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० माकुओमिन्टांग (KMT)लेयांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्‍यो । (KMT)ले दुवैजनालाई बन्दी बनायोपछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे,[४] भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे। [५]
२३ जुलाई १९२१ का दिनमाओले२७ वर्षको उमेरमा संघाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय कांग्रेस मा भाग लिए । दुइ वर्षपछिउनी पार्टीको तेस्रो कांग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। [६]सन् १९२४ माउनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने,जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।

लेनिन


लेनिन

व्लादिमीर लेनिन:


व्लादिमीर इलीइच लेनिन (1870-1924) रूसमा बोल्शेविक क्रांतिको नेता एवं रूसमा साम्यवादी शासनको संस्थापक थिय ।

जीवनी



व्लादिमीर इलीइच लेनिनको जन्म सिंविर्स्क नामक स्थानमा भएको थियो र उनको वास्तविक नाम "उल्यानोव" थियो। त्यसका पिता विद्यालहरुको निरीक्षक थिय जसको झुकाव लोकतंत्रात्मक विचारहरुको तर्फ़ थियो। उनकी आमा, जो एक चिकित्सककी छोरी थिइन्, सुशिक्षित महिला थिइन्। सन् 1886मा पिताको मृत्यु भएपछि धेरै छोरा-छोरी भएको ठूलो परिवारको सारा बोझ लेनिनकी आमामाथि पर्‍यो। यी भाइ बहिनी प्रारम्भबाट नैं क्रांतिवादका अनुयायी बन्दै गए। ठूला भाइ अलेक्ज्याण्डरलाई ज़ारको हत्याको षडयंत्र रचेको आरोपमा फाँसी दिइयो।


उच्च योग्यताका साथ स्नातक बन्नमा लेनिनले 1887मा कज़ान विश्वविद्यालयका विधि विभागमा प्रवेश गरे किंतु शीघ्र नैं विद्यार्थीहरुका क्रांतिकारी प्रदर्शनमा हिस्सा लियको कारण विश्वविद्यालयले निष्कासित गरिदियो। सन् 1889मा उनी समारा गइरहेको बेला उनले स्थानीय मार्क्सवादीहरुको एक मण्डलीको संगटन गरे। 1891मा सहरुट पीटर्सबर्ग विश्वविद्यालयबाट विधि परीक्षामा उपाधि प्राप्त गरी लेनिनले समारामा नैं वकालत गर्नु आरभ गरी दिय। 1893मा त्यसले सहरुट पीटर्सबर्गलाई आफ्नो निवासस्थान बनाय। शीघ्र नैं उहाँका मार्क्सवादिहरुको बहुमान्य नेता बने। यहीं सुश्री क्रुप्सकायासित, जो श्रमिकहरुमा क्रांतिको प्रचार गर्नमा संलग्न थिईन, उनको परिचय भयो। यसका पछि लेनिनको क्रांतिकारी संघर्षमा जीवन पर्यंन्त उनको घनिष्ठ सहयोग प्राप्त भइरह्यो।

सन् 1895मा लेनिनलाई बन्दीगृहमा हालियो र 1897मा तीन वर्षका लागि पूर्वी साइबेरियाका एक स्थानमा निर्वासित गरियो। केही समय पछि क्रुप्सकायालाई पनि निर्वासित भएर वहाँ जानु पर्‍यो त्यसपछि लेनिनसित उनको विवाह भयो। निर्वासनमा रहँदा लेनिनले तीस पुस्तकहरु लेखे, जसमध्ये एक थियो "रूसमा पूँजीवादको विकास"। यसमा मार्क्सवादी सिद्धांतहरुका आधारमा रूसको आर्थिक उन्नतिका विश्लेषणको प्रयत्न गरिएको। यहीं उनले आफ्नो मनमा रूसका निर्धन श्रमिकहरु वा सर्वहारा वर्गको एक दल स्थापित गर्ने योजना बनाए।

सन् 1900मा निर्वासनबाट फर्की आउनमा एक समाचारपत्र स्थापित गर्नका उद्देश्यले उनले धेरै नगरहरुको यात्रा गरे ग्रीष्म ऋतुमा उनी रूसका बाहिर गए त्यहींबाट उनले "इस्क्रा" (झिल्को) नामक समाचारपत्रको सम्पादन आरम्भ गरे। यसमा त्यसको साथ "श्रमिकहरुको मुक्ति"का लागि प्रयत्न गरने भएका ती रूसी मार्क्सवादी पनि थिए जसलाई ज़ारशाहीका अत्याचारहरुबाट उत्पीड़ित भएर देशका बाहिर रहनु परेको थियो। 1902मा त्यसले "हमा के गर्नु छ" शीर्षक पुस्तक तैयारको जसमा यस कुरामा जोर दिय कि क्रांतिको नेतृत्व यस्ता अनुशासित दलका हाथमा हुनुपर्दछ जसको मुख्य कामकाज नैं क्रांतिका लागि उद्योग गर्नु छ। सन् 1903मा रूसी श्रमिकहरुका समाजवादी लोकतंत्र दलको अर्को सम्मेलन हुने भयो। यसमा लेनिन तथा त्यसको समर्थकहरुलाई अवसरवादी तत्वहरुबाट कड़ा । अंतमा क्रांतिकारी योजनाका प्रस्ताव बहुमतबाट मंजूर भयो र रूसी समाजवादी लोकतंत्र दल दुइ शाखाहरुमा विभक्त भयो - क्रांतिको वास्तविक समर्थक बोल्सेविक समूह र अवसरवादी मेन्सेविकहरुको गिरोह।

सन् 1905-07मा त्यसले रूसको प्रथम क्रातिका समय जनसाधारणलाई लक्ष्यमा अग्रसर गर्नमा बोल्सेविकहरुका कार्यको निदेशन गरे। अवसर मिल्ने बित्तिकै नोभेम्बर, 1905मा रूस फर्किए। सशस्त्र विद्रोहको तैयारी तथा केन्द्रीय समितिको गतिविधिको संचालन गर्नमा त्यसले पूर्ण शक्तिबाट हात फैलाए र कारखाना तथा मिलहरुमा काम गरने श्रमिकहरुको सभाहरुमा अनेक बार भाषण गरे।

प्रथम रूसी क्रांति असफल हुनाले लेनिनलाई फेरी देशबाट बाहिर जानु पर्यो । जनवरी, 1912मा सर्व रूसी दलको सम्मेलन प्रागमा हुने भयो। लेनिनका निदेशबाट सम्मेलनले क्रांतिकारी समाजवादी लोकतंत्र दलबाट मेनशेविकहरुलाई निकाल बाहर गरे। यसका पछि लेनिनका क्रैको नामक स्थानमा रहकर दलका पत्र "प्रावदा"को संचालन गरने, त्यसको लागि लेख लेखने र चौथो राज्य ड्यूमाका बोलशेविक दलको निदेशन गर्न लगाय।

सन् 1913-14मा लेनिनले दुइ पुस्तकहरु लेखीं - "राष्ट्रीयताका प्रश्नमा समीक्षात्मक "विचार" तथा (राष्ट्रो का) आत्मनिर्णय गर्ने अधिकार।" पहिलोमा त्यसले बूर्ज्वा मानिसहरुका राष्ट्रवादको तीव्र आलोचनाको र श्रमिकहरुको अंतरराष्ट्रीयताका सिद्धांतहरुको समर्थन गरे। अर्कोमा त्यसले यो माँगको कि आफ्नो भविष्यको निर्णय गर्ने राष्ट्रहरुको अधिकार मान्नु पर्ने । त्यसले यस कुरामा बल दियो कि गुलामीबाट छुटकारा पाने प्रयत्न गरनेभएका देशहरुको सहायता।

प्रथम महासमरका समयमा लेनिनका नेतृत्वमा रूसी साम्यवादिहरुले सर्वहारा वर्गको अंतरराष्ट्रीयता का, "साम्राज्यवादी" युद्धका विरोध का, झण्डा माथि उठाय। युद्धकालमा त्यसले मार्क्सवादको दार्शनिक विचारधारालाई र अघि बढ़ाउने प्रयत्न गरे। त्यसले आफ्नो पुस्तक "साम्राज्यवाद" (1916)मा साम्राज्यवादको विश्लेषण गर्दै बताय कि यो पूँजीवादका विकासको चरम र आखिरी मंजिल छ। त्यसले त्यो परिस्थितिहरुमा पनि प्रकाश दिन्छ जो साम्राज्यवादको विनाशको अनिवार्य बना दिन्छ । त्यसले यो स्पष्ट गरि दिन्छ कि साम्राज्यवादका युगमा पूँजीवादका आर्थिक एवं राजनीतिक विकासको गति सब देशहरुमा एक छैन। यसै आधारमा त्यसले यो निष्पत्ति निकाली कि शुरू शुरूमा समाजवादको विजय पृथक् रूपबाट केवल दुई तीन, वा मात्र एक, पूँजीवादी देशमा संभव छ। यसको प्रतिपादन त्यसले आफ्नो दुई पुस्तकहरुमा गरे - "दि यूनाइटेड स्टेट्स ऑफ यूरोप स्मानिसन" (1915) तथा "दि वार प्रोग्राम ऑफ दि पोलिटिकल रिवाल्यूशन" (1916)।

महासमरका समय लेनिनले स्विजरल्याण्डमा आफ्नो निवास बनाय। कठिनाइहरुका बावजूद आफ्नो दलका मानिसहरुको संघटन र एकसूत्रीकरण जारी राखे, रूसमा स्थित दलको संस्थाहरुबाट पुन: संपर्क स्थापित गरे र पनि अधिक उत्साह एवं साहसका साथ उनको कार्यको निदेशन गरे। फरवरी-मार्च, 1917मा रूसमा क्रांतिको आरंभ भएमा रूस आय। त्यसले क्रांतिको व्यापक तैयारिहरुको संचालन गरे र श्रमिकहरु तथा सैनिकहरुको बहुसंख्यक सभाहरुमा भाषण गर तिनको राजनीतिक चेतना बढ़ाउने र सन्तुष्ट गर्ने प्रयत्न गरे।

जुलाई, 1917मा क्रांतिविरोधिहरुका हाथमा सत्ता जानेमा बोलशेविक दलले आफ्नो नेताका अज्ञातवासको व्यवस्था गरे यसै सम त्यसले "दि स्टेट ऐंड रिवाल्यूशन" (राज्य तथा क्रांति) नामक पुस्तक लेखे र गुप्त रूपबाट दलका संघटन र क्रांतिको तैयारिहरुका निदेशनको कार्य जारी राखे। अक्टूबरमा विरोधिहरुको कामचलाऊ सरकारको तख़्ता उलट दिइएको र 7 नोभेम्बर, 1917लाई लेनिनको अध्यक्षतामा सोभियत सरकारको स्थापना गरियो। प्रारंभबाट नैं सोभियत शासनले शांतिस्थापनामा बल दिन शुरू गरे। जर्मनीका साथ त्यसले सन्धि गरे; जमींदारहरुबाट भूमि खोसेर सबै भूसम्पत्तिमा राष्ट्रको स्वामित्व स्थापित गर दिइएको, व्यवसाहरु तथा कारखानहरुमा श्रमिकहरुको नियंत्रण भयो र बैकहरु तथा परिवहन साधनहरुको राष्ट्रीकरण गर दिइएको। श्रमिकहरु तथा कुन ानहरुलाई पूँजीपतिहरु र जमींदारहरुबाट छुटकारा मिल्यो र समस्त देशका निवासिहरुमा पूर्ण समता स्थापित गरियो। नवस्थापित सोभियत प्रजातंत्रको रक्षाका लागि रातो सेनाको निर्माण गरिएको। लेनिनले अब मजदूरहरु र कुन ानहरुका संसारका यस प्रथम राज्यका निर्माणको कार्य आफ्नो हातमा लिय। त्यसले "दि इमीडिएट टास्क्स ऑफ दि सोभियत गवर्नमाट" तथा "दि प्रोले टेरियन रिवाल्यूशन ऐंड दि रेनीगेड कौत्स्की" नामक पुस्तकहरु लेखे (1918)। लेनिनले बतय कि मजदूरहरुको अधिनायकतंत्र वास्तवमा अधिकांश जनताका लागि सच्चा लोकतंत्र छ। त्यसका मुख्य काम दबाव वा जोर जबरदस्ती छैन वरन् संघटनात्मक तथा शिक्षण संबंधी कार्य छ।

बाहरी देशहरुका सैनिक हस्तक्षेपहरु तथा गृहकलहका तीन वर्षहरु 1928-20मा लेनिनले विदेशी आक्रमणकारिहरु तथा प्रतिक्रांतिकारिहरुबाट दृढ़तापूर्वक फलाम लिनको लागि सोभियत जनताको मार्ग दर्शन गरे। यस व्यापक अशांति र गृहयुद्धका समय पनि लेनिनले युद्ध कालबाट भएको देशको बर्बादीलाई टाड़ा गरे स्थिति सुधारने, विद्युतीकरणको विकास गरने, परिवहनका साधनहरुका विस्तार र छोटी छोटी जोतहरुलाई मिल्योएर सहयोग समितिहरुका आधारमा ठूला फारम स्थापित गर्ने योजनाहरु आरंभ गरे। त्यसले शासनिक यंत्रको आकार घटने, त्यसमा सुधार गरने तथा खर्चमा कमी गर्नमा बल दियो। त्यसले शिक्षित र मनीषी वर्गबाट कुन ानहरु, मजदूरहरुका साथ सहयोग गर्दै नयाँ समाजका निर्माणकार्यमा सक्रिय भाग लेने आग्रह गरे।

जहाँसम्म सोभियत शासनको विदेश नीतिको प्रश्न छ, लेनिनका अविकल रूपबाट शांति बनाई राख्नको निरंतर प्रयत्न गरे। त्यसले भन्यो कि "हाम्रो समस्त नीति र प्रचारको लक्ष्य यो हुनुपर्दछ कि चाहे केही पनि होस, हाम्रो देशवासिहरुलाई युद्धको आगोमा नझोकियोस । लड़ाईको खत्म गरने मा अग्रसर हुनुपर्दछ।" त्यसले साम्यवादका शत्रुहरुबाट देशको बचा गर्नका लागि प्रतिरक्षा व्यवस्थालाई सुदृढ़ बनाउनमा बल दियो र सोभियत नागरिकहरुबाट आग्रह गरे कि ती "वास्तविक" लोकतंत्र तथा समाजवादका स्थापनार्थ विश्वका अन्य सबै देशहरुमा रहनेभएका श्रमिकहरुका साथ अन्तर्राष्ट्रीय बंधुत्वको भावना बढ़ाउन अधिक ध्यान देउ ।
* साभार :


कार्ल मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य (१)

मार्क्सको शिक्षाको प्रमुख सार हो - समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसक्नुभएपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?
सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गर्नुभएको थियो । सन् १८४८ म प्रकाशित मार्क्स र एङ्गेल्सका कृति 'कम्युनिष्ट घोषणापत्र'ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि वहाँको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ । यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो : एक, सन् १८४८ को क्रान्तिदेखि (२) पेरिस कम्युन (१८७१), (३) सम्म, दुई, पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, तीन रुसी क्रान्तिपछिको अवधि । आउनुहोस्, अब हेरौं उपरोक्त प्रत्येक युगमा मार्क्सको शिक्षाको भवितव्य कस्तो रह्यो त ?

पहिलो युगको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन । समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो । त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग (४) धेरै मिल्दाजुल्दा थिए - ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई 'जनता', 'न्याय' र 'अधिकार' जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो ।
सन् १८४८ को क्रान्तिले प्राग्-मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो । विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए । सन् १८४८ को जूनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तिहरू खोक्रो वकवास सिद्ध हुन्छन् ।
पेरिस कम्युन (१८७१)ले यी बुर्जुवा सुधारहरूको विकास कत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।
अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पुर्व निर्धारित पुँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८-१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग्-मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४-१८७२) (५) र जर्मन सोसल-डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२-१९०४) आफ्नो 'शान्तिपूर्ण' चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ । पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए । पुर्व यस्ता क्रान्तिहरूको लागि अझ कलिलै थियो । पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नको लागि 'शान्तिपूर्ण' तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् । मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ । सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूको लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ ।
इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहारूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ । भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ । महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनको लागि पुँजीवादी दासताको विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक "सामाजिक शान्ति" (अर्थात् दास र मालिकहरूबीचको शान्ति) कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ति दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र "सहानुभूतिकर्ता" बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले "सामाजिक शान्ति" र "जनवाद"अन्तर्गत आँधीबेहरीको अनावश्यकता जस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंमा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ (६) क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको "विपरीत प्रतिछाँया"को युगमा बाँचिरहेका छौं । त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता "सभ्य" हिंस्रक जनावरहरू आफ्दा दाह्रा किट्दै छन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पुरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।
जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पुँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।
८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शाहरूको लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रो लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ ।
एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्त्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । युओप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।
एसियापछि युरोपमा पनि हलचल सुरु हुन थालेको छ, तर यो एसियाली हलचल होइन । सन् १८७२-१९०४ को 'शान्तिपूर्ण' युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रेष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षको लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनी जस्तो "कट्टर" बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनैतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो "सामाजिक शान्ति" ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।
मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादको लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर भावी ऐतिहासिक युगले सर्वहारवर्गको शिक्षाको रूपमा मार्क्सवादका लागि अझ महान् विजयहरू प्रस्तुत गर्नेछन् ।





Published: 'प्राभ्दा' अंक ५०, मार्च, सन् १९१३, खण्ड २३, पृष्ठ १-४
हस्ताक्षर: भ्ला.इ..

स्रोत: भ्ला. इ. लेनिन. संकलिन रचना / भाग १-४, काठमाडौं: ऐरावती प्रकाशन, २०६३
अनुवादक: राजेन्द्र मास्के (१९८१)
Fair Use: Nothing in this license is intended to reduce, limit, or restrict any rights arising from fair use, first sale or other limitations on the exclusive rights of the copyright owner under copyright law or other applicable laws.

कार्ल मार्क्स




जन्म: ५ मई १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु: १४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र: साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
उनलाई प्रभावित गर्नेहरु: हिगल, फ्युरब्याक, स्पिनोजा, क्यान्ट, स्टिरनर, स्मिथ्, भोल्टयर्, रिकार्डो, भिको, रुसो, गोथे, हेल्भिटस्, डि होल्ब्याक्,शेक्सपियर्, दाँते फ्युरियर्, ब्यल्सिस्को, हेस्, हुपे
उनीबाट प्रभावित हुनेहरु: लेनिन्, स्टालिन्, ट्रोटस्की, माओ, कस्ट्रो, कोस्मि, ग्वे वारा, सार्टर्,आदि
क्रान्तिको असर परेका देश: संसारका प्रायः सबै राष्ट्रहरु
क्रान्तिको क्षेत्र(विषय): साम्यवादी (Communist)
आन्दोलन: साम्यवादी (Communist)
क्रान्तिको परिणाम: साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य: एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य: अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा


कार्ल हेन्-रिक् मार्क्स
(५ मई १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री,साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो| कार्ल मार्क्सले १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन,वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ|

कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया(Prussia)राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर्(Trier) भन्ने ठाउँमा भएको हो| उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकिल थिए जसले प्रसिया(Prussia)को संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए| उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए|तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए|६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाइयो कार्ल मार्कसले प्रुसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित १९ जून १८४३ बिहे गरे| मार्क्स र जेनिका सात जना सन्तानहरु भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे| मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स् बाट पाएको सहयोग मात्र थियो| मार्क्स प्रायः हात-मुख जोड्ने समस्याका बीच बाचे, यसको कारण केही हदसम्म पत्नी र नानीहरुको विलासिता थियो जो मार्क्सले समाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरुरी सोचेका थिए|मार्क्सका जेनी पट्टि सात सन्तान भए भने एउटा अवैध सन्तान(छोरो)घरकी नोकरनी हेलेन डेमुट्बाट भएको थियो|
दिशम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई सर्दी-जुखामले पक्र्यो जसले बिस्तारै ब्रोन्क्राइटिस्ट् को ‍रुप लियो| यस कारण जिन्दगीका अन्तिम १५ महिना बिमारी अवस्थामा नै बिते र १४ मार्च १९८३ को दिन लन्दनमा देहावसान भयो| उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्दनमा नै गरे| मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite” सांस्कृतिक इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् |
शिक्षा
मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए| १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक बनेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भए| उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे तर उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनी जोर दिए| बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner) सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालय मा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions) को कारण कानून विषयको महत्व घट्यो| यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे| उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनें|
समाजवाद र साम्यवादका सन्दर्भमा केही प्रशंगहरु :- कार्ल मार्क्स:
साहित्यका बारेमा केही कुराहरु
पूँजीजीवीवर्गको एक हिस्साले पूँजीवादी समाजको अस्तित्व सुदृढ पार्नको लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ। अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गहरूको सुखसमृद्धिका समर्थक, दान–दातव्यका प्रबन्धक, पशु–रक्षा समितिहरूका सदस्य, मदिरानिषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यसै श्रेणीमा पर्न आउँछन् यो। पूँजीजीवी समाजवादले पूरै प्रणालीहरूसम्म पनि विकास गरेको थियो। उदाहरणको रूपमा प्रुडोनको “दरिद्रताको दर्शन” नै लिन सकिन्छ। सुरक्षा गर्न चाहन्छन् तर यसबाट अनिवार्यतः उत्पन्न हुने सङ्घर्ष र खतराहरूबाट टाढा रहेर मात्र। उनीहरू आधुनिक समाजलाई छोडेर पूँजीपतिवर्ग मात्र होस्, सर्वहारावर्ग नहोस् भन्ने उनीहरू चाहन्छन्। जुन संसारमा पूँजीपतिबर्गको प्रभुत्व छ, स्वभावतः त्यसै संसारलाई ऊ सर्वश्रेष्ठ मान्दछ। 

पूँजीजीवी समाजवादले यही सान्त्वनादायी धारणालाई कम वा बेशी मात्रामा पूरै प्रणालीका रूप दिन्छ। आफ्नो यस प्रणालीलाई कार्यन्वित गर्न र यसप्रकार नयाँ जेरुसलममा पस्न सर्वहारावर्गलाई आह्वान गर्दै वास्तवमा ऊ सर्वहारावर्ग वर्तमान समाजभित्र नै रहोस् तर उसले यस समाजसम्बन्धी आफ्ना समस्त घृणापूर्ण धारणालाई तिलांजली देओस् भन्ने मात्र माग गर्दछ। कुनै राजनैतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्काे कम व्यवस्थित तर बढी व्यावहारिकरूपले हरप्रकारको क्रान्तिकारी आन्दोलनप्रति मजदुरवर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ। किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पूँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन। यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ। तर उसको तात्पर्य चाहिं उत्पादनसम्बन्धहरूको आफसमा कार्यान्वित गरिने प्रशासनात्मक सुधारसँग छ अर्थात् यसले पूँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन। यस हुनसक्ने सबभन्दा बढी कुरा यत्तिकै मात्र हो कि यसले पूँजीजीवीवर्गवर्गको निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासन व्यवस्थालाई सरल पार्दछ। पूँजीजीवी समाजवादको आफ्नो निम्ति अति उपयुक्त अभिव्यक्ति त्यतिखेर प्राप्त गर्दछ जुन बेला त्यो केवल भाषाको अलंकार मात्र बन्न जान्छ।
स्वतन्त्र व्यापार – मजदुरवर्गको हितको लागि “संरक्षण शुल्क मजदुरवर्गको हितको लागि” “जेल सुधार मजदुरवर्गको हितको लागि” यही मात्र गम्भीरतापूर्वक भनिएको पूँजीजीवी समाजवादको अन्तिम शब्द हो। पूँजीजीवी यदि पूँजीजीवी छ भने मजदुरवर्गको हितको लागि नै छ भन्ने कथनमा मात्र पूँजीजीवीवर्गको समाजवाद सन्निहित रहेको छ।
आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवाद

हामी यहाँ त्यो साहित्यको चर्चा गर्दैनौं जसले आधुनिक युगका सबै महानतम् क्रान्तिहरूमा सर्वहारावर्गको मागलाई सधैं व्यक्त गरेको थियो। (बाब्योफ (३५) र अन्य लेखकहरूका कृतिहरू )। आफ्ना वर्गीय हितहरूको प्राप्तीको लागि सर्वहारावर्गका पहिला अत्यक्ष प्रयासहरू सार्वत्रिक उत्तेजनाको समयमा भएका थिए जुन बेला सामान्तवादी समाजलाई उल्टाइँदैथियो। स्वयं सर्वहारावर्गको अपरिपक्क अवस्थाहरूको साथै उसको मुक्तिको लागि भौतिक अवस्थाहरूको अभावले समेत गर्दा यी प्रयासहरूको असफलता अनिवार्य नै थियो, किनभने यी अवस्थाहरू पूँजीजीवी युगद्वारा मात्र उत्पन्न हुन सक्दथे। सर्वहारावर्गका प्रथम आन्दोलनहरूका साथै जुन क्रान्तिकारी साहित्यको सृजना भयो, त्यसको सार अनिवार्यतः प्रतिक्रियावादी छ। यसले आम वैराग्य र भद्दा किसिमको सामाजिक साभ्यताको उपदेश दिन्छ। सेन–सिमोन, फुरिए, ओवेन (३६) आदिद्वारा प्रतिपादित पद्धतिहरू, जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पूँजीजीवीवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए। यसको चर्चा हामीले माथि गरिसकेका छौं। (पूँजीजीवी र सर्वहारा)।
निस्सन्देह, यी पद्धति का प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताको साथसाथै विघटनशील तत्वहरूको प्रक्रिया पनि देखेका थिए। किन्तु उनीहरूले सर्वहारावर्गको पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसको निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनैतिक आन्दोलन देखेका थिएनन्।

वर्गीय अन्तरविरोधको विकास औद्योगिक विकाससँगसँगै हुन्छ। त्यसै कारण उनीहरू अझै सर्वहारावर्गको मुक्तिको लागि भौतिक अवस्थाहरू पाउन सक्दैनन्। तसर्थ उनीहरू यस्तो सामाजिक विज्ञान, यस्ता सामाजिक नियमहरूको खोजी गर्दछन्। जसले यी अवस्थाहरूलाई उन्नत गर्न सकुन्।

उनीहरूको विचारअनुसार सामाजिक क्रियाकलापको स्थान आफन्ा व्यक्तिगत आविष्कारसम्बन्धी क्रियाकलापले लिनुपर्छ, मुक्तिका ऐतिहासिक अवस्थाहरूको ठाउँ कपोल कल्पित अवस्थाहरूले ओगट्नु पर्छ, एक वर्गमा विस्तार विस्तार विकास गर्दै रहने सर्वहाराहरूको सङ्गठनको ठाउँ आफूले कल्पना गरेको खाकाअनुसारको समाजको सङ्गठनले ग्रहण गर्नुपर्छ। उनीहरूको दृष्टिमा समस्त संसारको भावी इतिहास उनीहरूकै सामाजिक योजनाहरूको प्रचार र व्यावहारिक क्रियान्वयनमा गएर टुड्डिन्छ। हुन त उनीहरू अवश्य बुझ्दछन् कि उनीहरूका यी योजनाहरूमा खास गरेर सर्वाधिक पीडितवर्ग हुनाले मजदुरवर्गका हितहरूको रक्षा गरिएको छ। उनीहरूको लागि सर्वहारावर्गको अस्तित्व नै सार्वधिक पीडितवर्गको रूपमा मात्र छ। किन्तु वर्गसङ्घर्षको अविकसित रूप र जीवनमा उनीहरूको आफ्नै स्थितिले गर्दा उनीहरू आफूलाई यी वर्गीय अन्तरविरोधहरूबाट धेरैमाथि रहेको ठान्छन्। उनीहरू समाजका सबै सदस्यहरूको, अझ सबभन्दा राम्रो स्थितिमा रहेका सदस्यहरूको समेत, अवस्था सुधार्न चाहन्छन्। त्यसैले उनीहरू वर्गभेद नगरीकन सम्पूर्ण समाजसँग, खासगरेर त अझ शासकवर्गसँग बारम्बार अपील गर्दछन्। उनीहरूको विचारअनुसार यथासम्भव सर्वश्रेष्ठ समाजको यो नै यथासम्भव सर्वश्रेष्ठ योजना हो भन्ने स्वीकार गर्न उनीहरूको प्रणालीलाई बुझ्नु मात्र पनि पर्याप्त छ। यसैउसले उनीहरू जुनसुकै राजनैतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन्। 

उनीहरू शान्तिमय तरिकाले आफ्नो उद्देश्य प्राप्ति गर्न चाहन्छन्। अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नविन सामाजिक दिव्यसन्देशको निम्ति बाटो प्रशस्त पार्ने कोसिस गर्दछन्। भावी समाजको यो काल्पनिक चित्र यस्तो समयमा प्रकट हुन्छ, जुन बेला सर्वहारावर्ग अझै अति अविकसित अवस्थामा रहेको हुन्छ र त्यसैले गर्दा उसलाई स्वयं आफ्नो स्थिति काल्पनिक लाग्दछ। त्यो चित्र समाजको आम परिवर्तनप्रति सर्वहारावर्गको प्रथम प्रस्फुरित मनोद्वेगको उपज हो। किन्तु यी समाजवादी र साम्यवादी रचनाहरूमा आलोचनाका तत्वहरू पनि समावेश छन्। यी रचनाहरूले वर्तमान समाजका सबै आधारहरूमाथि प्रहार गर्दछन्। त्यसैले गर्दा मजदुरहरूको प्रबोधनको लागि उनीहरूले अत्यन्त मूल्यवान सामग्रीहरू दिएका छन्। भावी समाजको बारेमा उनीहरूका सकारात्मक निष्कर्षहरू, उदाहरणस्वरूप, शहर र गाउँका बीचको प्रतिपक्षताको अन्त्य, परिवार, व्यक्तिगत शोषण, ज्यालादारी श्रमको उन्मूलन, सामाजिक समान्जस्यको घोषणा, मात्र उत्पादनको संचालनमा राज्यको रूपान्तरण यी सबै स्थितिहरूले यस्तो वर्गीय प्रतिपक्षताको निराकरणको मात्रै अभिव्यक्ति गर्दछन्, जुन त्यसबेला भर्खरै विकसित हुन थालेको थियो र प्रारम्भिक, अस्पष्ट तथा अपरिभाषित रूपमा मात्र उनीहरूलाई थाहा भएको थियो। त्यसैकारण यी स्थितिहरू अझ एकदमै काल्पनिक चरित्रका छन्। ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व वैपरित्य सम्बन्धमा रहेको हुन्छ। जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वंशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ। त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरू बनाएका छन्। 

सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन्। यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन्। उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मकरूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेशहरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया८ कायम गर्ने मीठो सपना देख्दछन् र यी सब हावाका महलहरू निर्माण गर्नको लागि उनीहरूलाई पूजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ। विस्तार विस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रियावादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन्। अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाडित्य ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन्। यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनैतिक आन्दोलनको उग्र विरोध गर्दछन्। उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो। इंग्ल्याण्डमा ओवेनवादीहरू चार्टिष्टहरूको र फ्रान्समा फुरिएवादीहरू रिफर्मिस्टहरूको विरोध गर्दछन्।” अव यो लामो उद्धरण पछि हामीले विषयवस्तुको ठोस विश्लेषण तर्फ आफ्नो ध्यान केन्द्रीत गर्दछौं।
* साभार :बिभिन्न पत्रपत्रीकाबाट

हिटलरको जीवनी

हिटलर आफ्ना समयका एक डरलाग्दा र प्रसिद्ध तानाशाह हुन् उनी नै नाजीवादको प्रवर्तक हुन् । उनको जन्म सन् १८८९ अपि्रल २० मा जर्मनीमा भएको थियो भने आत्महत्या सन् १९४५ अपि्रल ३० भएको थियो । हिटलरले जीवनमा अकल्पनीय सफलता हात पारेका थिए । उनको बाल्यकाल र आरम्भिक युवा अवस्था निकै दुःख र अभावले भरिएको थियो । उनी १३ बर्षको हुँदै उनको बाबु जो भन्सारका हाकिम थिए को मृत्यु भयो परिवारको नाममा भएको थोरै सम्पति पनि उनको आमाको उपचारमा सकियो त्यसपछि उनले आफ्नो जीविका चलाउनका लागि ज्यादै कष्टपूर्ण र तल्लो स्तरको कामहरु गर्न पर् यो उनले हिउँ सोहोर्ने कार्पेट कुट्ने भारी बोक्ने पोष्टकार्डमा रङ्ग भरेर बेच्ने जस्ता कामहरु गरे ।
सन् १९१४ बाट दोस्रो विश्वयुद्ध शुरु भएपछि भने उनको जीवनमा नयाँ मोड शुरु भयो । त्यस विश्ययुद्धमा उनी सेनामा भर्ती भई बहादुरीपूर्वक लडे दुई पटक घाइते भए र दुई पटक नै आइरनक्रसद्वारा सम्मानित भए । त्यस विश्वयुद्धमा जर्मनीले नराम्रोसँग पराजित हुनुपर् यो जुन समाचार सुनेर उनी साह्रै दुःखी भए त्यसपछि उनले राजनीतिमा प्रवेश गर्ने निश्चय गरे । उनले शुरुमा विभिन्न नामका दलहरु निर्माण गरेर राजनीति गरे र पछि उनले नाजी पार्टी स्थापना गरी त्यसैबाट सफलताको चुचुरोमा पुगे । हिट्लरको नाजी पार्टीले सन् १९३० मा सम्पन्न लोकसभाको चुनावमा १०७ सिट जितेर लोकसभामा दोस्रो ठूलो पार्टी बन्न सफल भए भने सन् १९३२ मा सम्पन्न चुनावमा २३० सिट जितेर लोकसभामा बहुमत ल्याउन सफल नभए पनि सबभन्दा ठूलो पार्टी बन्न सफल भए त्यसपछि जर्मनीमा संयुक्त मन्त्रीमण्डल बन्यो र सन् १९३३ मा हिट्लर जर्मनीको चान्सलर बन्न पुगे । सन् १९९४ मा राष्ट्रपति हिडेनवर्गको मृत्यू भएपछि उनी जर्मनीको प्रधानमन्त्री र राष्ट्रपति दुवै भए । त्यतिमात्र होइन राज्यको सम्पूर्ण अधिकार र शक्ति आफ्नो हातमा लिएर उनी निरङ्कुश र तानाशाही शासक बने हतियार र सेनाका संख्या बढाएर सामरिक हिसाबले जर्मनीलाई शक्तिशाली बनाएर शत्रु राष्ट्र लगायत अन्य थुप्रै राष्ट्रहरुलाई घँुडा टेक्न बाध्य पारे एक जमानामा उनको नाम सुन्दा संसार थर्किन्थ्यो ।
उक्त भयो हिटलरको सफलता र जीतको कथा । तर उनको जीवनको अर्को पक्ष जो उनको परिचय नै बन्न पुगेको छ त्यो अति नकारात्मक कालो र घृणास्पद छ । उनले लोकतन्त्र मासे प्रेस स्वतन्त्रता खोसे विरोधीहरुलाई सफाई गर्ने अभियान चलाए विरोधीहरुलाई जेलमा कोचे यातना दिए नागरिकता खोसे चिसो हावापानीमा अभ्यस्त युद्धबन्दीहरुलाइ तातो घाममा उभ्याए डेड मार्च गरी घोडाको तबेलामा आठ हजारभन्दा बढी रुसी कैदीको हत्या गरे भनिन्छ उनले साठी लाखभन्दा बढी यहुदीहरुको हत्या गरे उनीहरुमध्ये अधिकाँशलाई ग्याँस च्याम्बरभित्र निस्सासिन बाध्य पारेर मारे यहुदीहरुको सम्पति जफत गरे यहुदीहरुको जागिर खोसे यहुदीहरुलाई मताधिकारबाट बिाचत गरे यहुदीहरुले अध्यापक डाक्टर वकिल हुन नपाउने कानुन बनाए । उनले जर्मनीलाई युद्धमा होमे खासगरी सन् १९३५-३६ को आसपास उनले विभिन्न युरोपेली मुलुकहरुमाथि धावा बोल्न थाले त्यसैको परिणाम स्वरुप दोस्रो युद्धको आरम्भ भयो जुन युद्धमा लेखाजोखा गर्न नसकिने गरी जनधनको क्षति भयो अनुमान गरिए अनुसार ५ करोडभन्दा बढी मानिसहरुले ज्यान गुमए ३ करोडभन्दा मानिसहरु घाइते र अपाङ्ग भए त्यसै युद्धमा जर्मनी युद्धमा नराम्ररी हार्न पुग्यो रुसी अमेरिकी बृटिश सेनाहरु बर्लिनसम्म आइपुगे तिनीहरुले बर्लिनलाई घेरा हाले शत्रु सेनाबाट निर्ममतापूर्वक मारिने डरले उनी महलभित्र लुके आफूले आत्महत्या गर्नु एक दिन अघि आफ्नो प्रेमिका इभासँग उनले बिहे गरे बिहेको उपहारको रुपमा उनले इभालाई क्या_िल्सयम साइनाइड नामक बिषको क्याप्सुल दिए मर्ने दिन उनले आफ्नो प्यारो कुकुर ब्लानडोलाई गोली ठोकेर मार्न लगाए आफ्नो दुई सेक्रेटरीलाई पनि बिषको गोली दिए र पछि श्रीमती इभासँगै कोठामा पसी आत्महत्या गरे उनले आफैलाई मुखभित्रबाट वा मुखको तालुमा गोली ठोके भने इभाले बिषको गोली खाइन् ।

यौनशक्ति बढाउन औषधी खान्थे हिटलर



जर्मनीका पूर्वतानाशाह तथा नाजी पार्टीका नेता एडोल्फ हिटलरले आफ्नो यौनशक्ति बढाउन यौनवर्द्धक औषधी खाने गरेको बीबीसीले  जनाएको छ। हिटलरले कोकिन प्रयोग गर्ने तथा राम्रो यौन जीवनका लागि यौनवर्द्धक औषधी खाने गरेको कुरा लिलामीका क्रममा रहेका  हिटलरका केही ऐतिहासिक दस्तावेजले सार्वनिक गरेको हो। दस्तावेजअनुसार हिटलरको स्वास्थ्य अवस्था राम्रो थिएन। दस्तावेजमा हिटलरका ६  जना चिकित्सकले तयार पारेको ४७ पृष्ठको प्रतिवेदन पनि समावेश छ। वायु र पिनासको समस्याबाट मुक्ति पाउन हिटलरले एकैपटकमा २८  औषधी खाने गरेको कुरा प्रतिवेदनमा उल्लेख छ। चिकित्सक थियोडोर मोरेलको प्रतिवेदनअनुसार हिटलर आफ्नो यौन क्षमता बढाउन साँढेको  वीर्यबाट बनेको औषधी सेवन गर्थे। सन् १८८९ मा अस्ट्रियामा जन्मिएका हिटलर १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर थिए। सन् १ ९४५ को अप्रिल ३० मा उनले आफ्नी श्रीमतीसहित आत्महत्या गरेका थिए।





अब्राहम लिंकन


सन् १८०९ को १२ फरवरी । अमेरिकी इतिहासको एक महìवपूर्ण दिन । यसै दिन त्यहाँको केन्टुकी राज्यमा दुई सय वर्षअघि एक बालक जन्मेको थियो । उक्त बालकको नाउँ थियो - अब्राहम लिंकन । जसले ठूलो भएर देशलाई नयाँ दिशा दियो । आˆनो यस कामले गर्दा इतिहासले उसलाई अमर बनायो । आज संसारभरि सर्वत्र उसको नाउँ श्रद्धा र सम्मानले लिइन्छ ।
एक गरिब परिवारमा उनको जन्म भएको थियो । गरिबी र रोजगारको खोजीमा बसाइँ सरी रहनुपर्दा बाबु थोमस लिंकनले उनलाई स्कुलमा भर्ना गर्न सकेनन् । यसरी बालक अब्राहमले बाल्यकालमा पाउनुपर्ने स्कुल शिक्षा पाउन सकेनन् तर उनमा पढ्ने एउटा उत्साह थियो । जहिले पनि उनको हातमा छापिएको कुनै कागत वा किताब पर्दथ्यो, त्यसलाई नपढी छाड्दैनथे । कहिलेकाहीँ त एउटै किताबलाई दुई पल्टसम्म पढ्दथे, किनभने उनीसित नयाँ किताब किन्न पैसा हुँदैनथ्यो । घरमा बत्ती नहुँदा कहिले उनी सडकको लैम्पपोस्टमुनि बसेर पढ्दथे त कहिले चुल्होमा बलिरहेको आगोको उज्यालोमा पढ्दथे । एवं रितले उनले आˆनो पढ्ने इच्छा पूरा गरिरहे । यता बाबु कामको खोजीमा बसाइँ सर्दै केन्टुकीबाट इन्डियाना राज्यमा पुगे । नौ वर्षको बालक अब्राहमलाई त्यतिबेला ठूलो चोट पुग्यो जब उनकी आमाले उनलाई टुहुरो बनाउँदै यस संसारलाई छाडिन् गरिबी, दुःख, अभाव र सङ्घर्ष उनको जीवनसाथी भए । बाबुले अर्को बिहे गरे । यता उनको उमेर बढ्दै गइरहेको
थियो ।
उनले पनि कतै कुनै काम गर्नुपर्‍यो तर पढाइ भने थिएन । नपढेकोले उनले राम्रो काम पाउन सकेनन् । यसो हुँदा कहिले कुनै मिलमा त कहिले पसलेको रूपमा काम गर्न थाले । दुःख पाएकोले होला उनी कसैको दुःख, पीरमर्का हेर्न र सहन सक्तैनथे । यसले गर्दा उनको पसल घाटामा
गयो । उनले पसलेको काम छाडे । अलि अलि पढेको आधारमा उनले एउटा गाउँको हुलाक अड्डामा पोस्टमास्टरको काम पाए । सर्भे विभागमा पनि केही समय काम गरे ।
यसरी दुःख भोग्दै युवावस्थामा पुगेको ६ फीट ४ इन्च अग्ला अब्राहम लिंकनले जिन्दगीमा अगाडि बढ्नु, पढ्नु, र औपचारिक शिक्षा पाउनु जरुरी रहेछ भन्ने बुझे । काम गर्दै विधिशास्त्रको अध्ययन गर्न थाले । यस निर्णयले उनको भाग्य बदलिनमा सहयोग पुर्‍यायो ।
यसपछि अब्राहम लिंकन इन्डियाना राज्यबाट इलिनाय राज्यमा गए । यो उनको तेस्रो बसाइँ सराई थियो ।
आˆनो लगन, चाहना र कठोर मिहिनेतबाट उनी सन् १८३६ मै अधिवक्ता बन्न सफल भए । उनको लागि यो जीवनको सबभन्दा ठूलो खुसीको दिन थियो ।
इलिनाय राज्यको 'न्यू सलेम' भन्ने एउटा साधारण गाउँमा पुगेपछि उनले त्यहाँ केही साथीहरूसित मिलेर कानुनी पेसा सुरु गरे । इमानदार, सबैप्रति दया, माया र सहानुभूति राख्ने स्वभाव र कुरा गर्नमा सिपालु भएकाले उनी त्यहाँका लोकपि्रय अधिवक्ता कहलाउन थाले । सन् १८३१ मा न्यूनिसलेम पुगेका अब्राहम लिंकनले त्यहाँ सन् १८३७ सम्म कानुनी पेशा चलाए । १८३४ मा उनी राज्य विधान सभाका सदस्य पनि निर्वाचित भए र सन् १८४१ सम्म त्यसको सदस्य रहे ।
उनी त्यहाँबाट स्पिं्रगफिल्ड गए । सन् १८३९ मा स्पि्रंगफिल्ड इलिनाय राज्यको राजधानी बन्यो । राजधानीको बसाइँ सराई उनका लागि हरेक दृष्टिले शुभ हुन थाल्यो । यहाँ आएर पनि उनले कानुनी पेसालाई जारी राखे । अधिवक्ताको रूपमा काम गरी यहाँ उनले नाउँ र धन दुबै कमाए । यसपछि उनले त्यहाँ आˆना लागि एउटा घर बनाए, जुन अहिले पनि लिंकन होमको नाउँले कायम छ । वास्तवमा अहिले त यसले राष्ट्रिय स्मारकको रूप नै लिएको छ । उनको यस घरले उनको सादा र सरल जीवन एवं उच्चविचारको चित्र छर्लङ्ग गर्दछ ।
सन् १८४२ मै उनले मेरी टाडसित बिहे गरे । चारजना छोराहरूका पिता लिंकनलाई राष्ट्रपति भएर पनि दुःखले छाडेन । सन् १८६२ मा उनका एकजना छोरा विलियमको मृत्यु लिंकन दम्पत्तिका लागि भयङ्कर दुःखको घटना थियो ।
अब्राहम लिंकनले राज्य विधानसभाका सदस्यको रूपमा कैपिटल हिलमा प्रवेश गरेपछि अनेक महìवपूर्ण भाषण दिए । भाषण दिनमा सिपालु अब्राहम लिंकनले त्यतिबेला अमेरिकामा रहेको दासप्रथाको विरोधमा बोल्न र त्यसलाई समाप्त गर्नुपर्ने कुराको वकालत गर्न थाले । यसरी एक सिनेटरका रूपमा उनी प्रसिद्ध भए । आˆना ऐतिहासिक भाषणहरूबाट लोकपि्रयता हासिल गरेका अब्राहम लिंकन नोभेम्बर ६, १८६० मा राष्ट्रपति पदका लागि चुनाउ हुँदा देशका १६ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भए ।
राष्ट्रपतिका रूपमा उनले गरेका ऐतिहासिक काम थियो । देशमा कलङ्कको रूपमा रहेको दासप्रथा हटाउनु । उनको यस कार्यबाट जहाँ हजारौँ लाखौँ मानिसहरू खुसीले नाच्न थाले उतै अनेक मानिसहरूलाई मर्का पनि पर्‍यो । धेरै मानिसहरू विरोधी पनि भए । एकदिन एउटा कार्यक्रम हेरिरहेका बखत एक अर्धसिल्ली मानिसले उनीमाथि गोली हान्यो । उनलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइयो । यो १४ अपि्रल सन् १८६५ को दिन थियो । गरिबीकोे सामना र अनेक सङ्घर्ष गर्दै राष्ट्रपतिको पदसम्म पुग्न सफल भएको व्यक्तिले यस आघातमाथि विजय पाउन सकेनन् र भोलिपल्टै अर्थात् १५ अपि्रल सन् १८६५ को दिन उनले अन्तिम सास फेरे । सम्पूर्ण देश शोकमा डुब्यो । सारा संसार स्तब्ध भयो ।
वाशिंगटनबाट उनको शव स्पि्रंगफिल्ड ल्याइयो र उनको पार्थिव शरीरलाई उनको निवास अर्थात् लिंकन होमदेखि केही टाढा रहेको ओक रिजमा समाधीस्थ गरियो ।
सन् १८६० मा राष्ट्रपति भएपछि अमेरिकीहरूको लागि आकर्षणको केन्द्र भएको स्पि्रंगफिल्डको उनको निवासस्थल उनको मृत्युपछि तीर्थस्थल बन्यो । अहिले त यो विश्वभरिका पर्यटकहरूको लागि नै एक दर्शनीयस्थल भएको छ । लिंकन होम घुम्न जाने पर्यटकहरूका सुविधाका लागि त्यहाँ सूचना केन्द्र बनाइएको छ । साथै घरभित्र घुमाउन र त्यहाँ भएका सरसामानहरूको जानकारी दिन गाइडको पनि व्यवस्था गरिएको छ ।
ओक रिजको उनको चिहानले त अहिले एक स्मारकको दर्जा पाएको छ । यो स्थान उनकी पत्नी र दुई छोराहरूको पनि चिहानस्थल भएको छ । एल जी मीड नाउँ गरेका एकजना शिल्पीले यसको डिजाइन बनाएका हुन् । यो स्मारकमा अहिले विश्वभरिका पर्यटकहरू उनीप्रति श्रद्धा सुमन अर्पित गर्न पुग्ने गर्दछन् । सयकडौँ मानिसहरूका बीच आफू पनि उनीप्रति श्रद्धाञ्जलि चढाउन पुग्दा यस लेखकले उनीप्रति विश्वको मानिसहरू र अमेरिकीहरूको श्रद्धालाई हेर्न पायो । ओक रिजको सुन्दरता पनि यो स्मारक बनेपछि बढेको हुनुपर्दछ । किनभने हरिला चौर, चारैतिर हरिया र ठूल्ठूला बोट, आकर्षक बगैँचा र लिंकनको आधा कदको सालिकले स्मारकभित्र पस्नुअघि नै पर्यटकहरूलाई मोहित गर्दछन् ।
स्पि्रंगफिल्डमा लिंकनको नाउँमा अनेक स्थलहरू छन् । यहाँ कलेजहरू, विश्वविद्यालय भवन, पुस्तकालय, ऐतिहासिक सङ्ग्रहालय, वन्यजीव, म्युजियम र मेमोरियल गार्डेनका अतिरिक्त अनेक संस्थाहरू उनको नाउँमा बनाइएका छन् । साथै उनको आवास नजिक विधान सभा भवन -कैपिटल हिल) को आकर्षक भवन छ । उनी प्रार्थनामा सरिक हुन पुग्ने लुथरन चर्च त झन् नजीक छ । यी सबै अहिले पर्यटकहरूका लागि आकर्षणका स्थलहरू भएका छन् ।
अब्राहम लिंकनले यस संसारलाई छाडेका लगभग साढे एक सय वर्ष हुन थालिसक्यो तर उनलाई सम्झने र उनीप्रति श्रद्धा व्यक्त गर्नेहरूको अहिले पनि कमी छैन ।

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...