जीवनी

कार्ल मार्क्स





जन्म: ५ मई १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु: १४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र: साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
उनलाई प्रभावित गर्नेहरु: हिगल, फ्युरब्याक, स्पिनोजा, क्यान्ट, स्टिरनर, स्मिथ्, भोल्टयर्, रिकार्डो, भिको, रुसो, गोथे, हेल्भिटस्, डि होल्ब्याक्,शेक्सपियर्, दाँते फ्युरियर्, ब्यल्सिस्को, हेस्, हुपे
उनीबाट प्रभावित हुनेहरु: लेनिन्, स्टालिन्, ट्रोटस्की, माओ, कस्ट्रो, कोस्मि, ग्वे वारा, सार्टर्,आदि
क्रान्तिको असर परेका देश: संसारका प्रायः सबै राष्ट्रहरु
क्रान्तिको क्षेत्र(विषय): साम्यवादी (Communist)
आन्दोलन: साम्यवादी (Communist)
क्रान्तिको परिणाम: साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य: एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य: अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा




कार्ल हेन्-रिक् मार्क्स


(५ मई १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री,साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो| कार्ल मार्क्सले १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन,वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ|

जीवनी
कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया(Prussia)राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर्(Trier) भन्ने ठाउँमा भएको हो| उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकिल थिए जसले प्रसिया(Prussia)को संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए| उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए|तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए|६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाइयो कार्ल मार्कसले प्रुसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित १९ जून १८४३ बिहे गरे| मार्क्स र जेनिका सात जना सन्तानहरु भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे| मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स् बाट पाएको सहयोग मात्र थियो| मार्क्स प्रायः हात-मुख जोड्ने समस्याका बीच बाचे, यसको कारण केही हदसम्म पत्नी र नानीहरुको विलासिता थियो जो मार्क्सले समाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरुरी सोचेका थिए|मार्क्सका जेनी पट्टि सात सन्तान भए भने एउटा अवैध सन्तान(छोरो)घरकी नोकरनी हेलेन डेमुट्बाट भएको थियो|
दिशम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई सर्दी-जुखामले पक्र्यो जसले बिस्तारै ब्रोन्क्राइटिस्ट् को ‍रुप लियो| यस कारण जिन्दगीका अन्तिम १५ महिना बिमारी अवस्थामा नै बिते र १४ मार्च १९८३ को दिन लन्दनमा देहावसान भयो| उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्दनमा नै गरे| मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite” सांस्कृतिक इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् |
शिक्षा
मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए| १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक बनेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भए| उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे तर उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनी जोर दिए| बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner) सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालय मा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions) को कारण कानून विषयको महत्व घट्यो| यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे| उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनें|
समाजवाद र साम्यवादका सन्दर्भमा केही प्रशंगहरु :- कार्ल मार्क्स:
साहित्यका बारेमा केही कुराहरु
पूँजीजीवीवर्गको एक हिस्साले पूँजीवादी समाजको अस्तित्व सुदृढ पार्नको लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ। अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गहरूको सुखसमृद्धिका समर्थक, दान–दातव्यका प्रबन्धक, पशु–रक्षा समितिहरूका सदस्य, मदिरानिषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यसै श्रेणीमा पर्न आउँछन् यो। पूँजीजीवी समाजवादले पूरै प्रणालीहरूसम्म पनि विकास गरेको थियो। उदाहरणको रूपमा प्रुडोनको “दरिद्रताको दर्शन” नै लिन सकिन्छ। सुरक्षा गर्न चाहन्छन् तर यसबाट अनिवार्यतः उत्पन्न हुने सङ्घर्ष र खतराहरूबाट टाढा रहेर मात्र। उनीहरू आधुनिक समाजलाई छोडेर पूँजीपतिवर्ग मात्र होस्, सर्वहारावर्ग नहोस् भन्ने उनीहरू चाहन्छन्। जुन संसारमा पूँजीपतिबर्गको प्रभुत्व छ, स्वभावतः त्यसै संसारलाई ऊ सर्वश्रेष्ठ मान्दछ। पूँजीजीवी समाजवादले यही सान्त्वनादायी धारणालाई कम वा बेशी मात्रामा पूरै प्रणालीका रूप दिन्छ। आफ्नो यस प्रणालीलाई कार्यन्वित गर्न र यसप्रकार नयाँ जेरुसलममा पस्न सर्वहारावर्गलाई आह्वान गर्दै वास्तवमा ऊ सर्वहारावर्ग वर्तमान समाजभित्र नै रहोस् तर उसले यस समाजसम्बन्धी आफ्ना समस्त घृणापूर्ण धारणालाई तिलांजली देओस् भन्ने मात्र माग गर्दछ। कुनै राजनैतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्काे कम व्यवस्थित तर बढी व्यावहारिकरूपले हरप्रकारको क्रान्तिकारी आन्दोलनप्रति मजदुरवर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ। किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पूँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन। यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ। तर उसको तात्पर्य चाहिं उत्पादनसम्बन्धहरूको आफसमा कार्यान्वित गरिने प्रशासनात्मक सुधारसँग छ अर्थात् यसले पूँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन। यस हुनसक्ने सबभन्दा बढी कुरा यत्तिकै मात्र हो कि यसले पूँजीजीवीवर्गवर्गको निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासन व्यवस्थालाई सरल पार्दछ। पूँजीजीवी समाजवादको आफ्नो निम्ति अति उपयुक्त अभिव्यक्ति त्यतिखेर प्राप्त गर्दछ जुन बेला त्यो केवल भाषाको अलंकार मात्र बन्न जान्छ।
स्वतन्त्र व्यापार – मजदुरवर्गको हितको लागि “संरक्षण शुल्क मजदुरवर्गको हितको लागि” “जेल सुधार मजदुरवर्गको हितको लागि” यही मात्र गम्भीरतापूर्वक भनिएको पूँजीजीवी समाजवादको अन्तिम शब्द हो। पूँजीजीवी यदि पूँजीजीवी छ भने मजदुरवर्गको हितको लागि नै छ भन्ने कथनमा मात्र पूँजीजीवीवर्गको समाजवाद सन्निहित रहेको छ।

आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवाद


हामी यहाँ त्यो साहित्यको चर्चा गर्दैनौं जसले आधुनिक युगका सबै महानतम् क्रान्तिहरूमा सर्वहारावर्गको मागलाई सधैं व्यक्त गरेको थियो। (बाब्योफ (३५) र अन्य लेखकहरूका कृतिहरू )। आफ्ना वर्गीय हितहरूको प्राप्तीको लागि सर्वहारावर्गका पहिला अत्यक्ष प्रयासहरू सार्वत्रिक उत्तेजनाको समयमा भएका थिए जुन बेला सामान्तवादी समाजलाई उल्टाइँदैथियो। स्वयं सर्वहारावर्गको अपरिपक्क अवस्थाहरूको साथै उसको मुक्तिको लागि भौतिक अवस्थाहरूको अभावले समेत गर्दा यी प्रयासहरूको असफलता अनिवार्य नै थियो, किनभने यी अवस्थाहरू पूँजीजीवी युगद्वारा मात्र उत्पन्न हुन सक्दथे। सर्वहारावर्गका प्रथम आन्दोलनहरूका साथै जुन क्रान्तिकारी साहित्यको सृजना भयो, त्यसको सार अनिवार्यतः प्रतिक्रियावादी छ। यसले आम वैराग्य र भद्दा किसिमको सामाजिक साभ्यताको उपदेश दिन्छ। सेन–सिमोन, फुरिए, ओवेन (३६) आदिद्वारा प्रतिपादित पद्धतिहरू, जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पूँजीजीवीवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए। यसको चर्चा हामीले माथि गरिसकेका छौं। (पूँजीजीवी र सर्वहारा)।
निस्सन्देह, यी पद्धति का प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताको साथसाथै विघटनशील तत्वहरूको प्रक्रिया पनि देखेका थिए। किन्तु उनीहरूले सर्वहारावर्गको पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसको निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनैतिक आन्दोलन देखेका थिएनन्।
वर्गीय अन्तरविरोधको विकास औद्योगिक विकाससँगसँगै हुन्छ। त्यसै कारण उनीहरू अझै सर्वहारावर्गको मुक्तिको लागि भौतिक अवस्थाहरू पाउन सक्दैनन्। तसर्थ उनीहरू यस्तो सामाजिक विज्ञान, यस्ता सामाजिक नियमहरूको खोजी गर्दछन्। जसले यी अवस्थाहरूलाई उन्नत गर्न सकुन्।
उनीहरूको विचारअनुसार सामाजिक क्रियाकलापको स्थान आफन्ा व्यक्तिगत आविष्कारसम्बन्धी क्रियाकलापले लिनुपर्छ, मुक्तिका ऐतिहासिक अवस्थाहरूको ठाउँ कपोल कल्पित अवस्थाहरूले ओगट्नु पर्छ, एक वर्गमा विस्तार विस्तार विकास गर्दै रहने सर्वहाराहरूको सङ्गठनको ठाउँ आफूले कल्पना गरेको खाकाअनुसारको समाजको सङ्गठनले ग्रहण गर्नुपर्छ। उनीहरूको दृष्टिमा समस्त संसारको भावी इतिहास उनीहरूकै सामाजिक योजनाहरूको प्रचार र व्यावहारिक क्रियान्वयनमा गएर टुड्डिन्छ। हुन त उनीहरू अवश्य बुझ्दछन् कि उनीहरूका यी योजनाहरूमा खास गरेर सर्वाधिक पीडितवर्ग हुनाले मजदुरवर्गका हितहरूको रक्षा गरिएको छ। उनीहरूको लागि सर्वहारावर्गको अस्तित्व नै सार्वधिक पीडितवर्गको रूपमा मात्र छ। किन्तु वर्गसङ्घर्षको अविकसित रूप र जीवनमा उनीहरूको आफ्नै स्थितिले गर्दा उनीहरू आफूलाई यी वर्गीय अन्तरविरोधहरूबाट धेरैमाथि रहेको ठान्छन्। उनीहरू समाजका सबै सदस्यहरूको, अझ सबभन्दा राम्रो स्थितिमा रहेका सदस्यहरूको समेत, अवस्था सुधार्न चाहन्छन्। त्यसैले उनीहरू वर्गभेद नगरीकन सम्पूर्ण समाजसँग, खासगरेर त अझ शासकवर्गसँग बारम्बार अपील गर्दछन्। उनीहरूको विचारअनुसार यथासम्भव सर्वश्रेष्ठ समाजको यो नै यथासम्भव सर्वश्रेष्ठ योजना हो भन्ने स्वीकार गर्न उनीहरूको प्रणालीलाई बुझ्नु मात्र पनि पर्याप्त छ। यसैउसले उनीहरू जुनसुकै राजनैतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन्। उनीहरू शान्तिमय तरिकाले आफ्नो उद्देश्य प्राप्ति गर्न चाहन्छन्। अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नविन सामाजिक दिव्यसन्देशको निम्ति बाटो प्रशस्त पार्ने कोसिस गर्दछन्। भावी समाजको यो काल्पनिक चित्र यस्तो समयमा प्रकट हुन्छ, जुन बेला सर्वहारावर्ग अझै अति अविकसित अवस्थामा रहेको हुन्छ र त्यसैले गर्दा उसलाई स्वयं आफ्नो स्थिति काल्पनिक लाग्दछ। त्यो चित्र समाजको आम परिवर्तनप्रति सर्वहारावर्गको प्रथम प्रस्फुरित मनोद्वेगको उपज हो। किन्तु यी समाजवादी र साम्यवादी रचनाहरूमा आलोचनाका तत्वहरू पनि समावेश छन्। यी रचनाहरूले वर्तमान समाजका सबै आधारहरूमाथि प्रहार गर्दछन्। त्यसैले गर्दा मजदुरहरूको प्रबोधनको लागि उनीहरूले अत्यन्त मूल्यवान सामग्रीहरू दिएका छन्। भावी समाजको बारेमा उनीहरूका सकारात्मक निष्कर्षहरू, उदाहरणस्वरूप, शहर र गाउँका बीचको प्रतिपक्षताको अन्त्य, परिवार, व्यक्तिगत शोषण, ज्यालादारी श्रमको उन्मूलन, सामाजिक समान्जस्यको घोषणा, मात्र उत्पादनको संचालनमा राज्यको रूपान्तरण यी सबै स्थितिहरूले यस्तो वर्गीय प्रतिपक्षताको निराकरणको मात्रै अभिव्यक्ति गर्दछन्, जुन त्यसबेला भर्खरै विकसित हुन थालेको थियो र प्रारम्भिक, अस्पष्ट तथा अपरिभाषित रूपमा मात्र उनीहरूलाई थाहा भएको थियो। त्यसैकारण यी स्थितिहरू अझ एकदमै काल्पनिक चरित्रका छन्। ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व वैपरित्य सम्बन्धमा रहेको हुन्छ। जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वंशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ। त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरू बनाएका छन्। सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन्। यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन्। उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मकरूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेशहरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया८ कायम गर्ने मीठो सपना देख्दछन् र यी सब हावाका महलहरू निर्माण गर्नको लागि उनीहरूलाई पूजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ। विस्तार विस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रियावादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन्। अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाडित्य ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन्। यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनैतिक आन्दोलनको उग्र विरोध गर्दछन्। उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो। इंग्ल्याण्डमा ओवेनवादीहरू चार्टिष्टहरूको र फ्रान्समा फुरिएवादीहरू रिफर्मिस्टहरूको विरोध गर्दछन्।” अव यो लामो उद्धरण पछि हामीले विषयवस्तुको ठोस विश्लेषण तर्फ आफ्नो ध्यान केन्द्रीत गर्दछौं।

कार्ल मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य (१)

मार्क्सको शिक्षाको प्रमुख सार हो - समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसक्नुभएपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?
सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गर्नुभएको थियो । सन् १८४८ म प्रकाशित मार्क्स र एङ्गेल्सका कृति 'कम्युनिष्ट घोषणापत्र'ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि वहाँको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ । यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो : एक, सन् १८४८ को क्रान्तिदेखि (२) पेरिस कम्युन (१८७१), (३) सम्म, दुई, पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, तीन रुसी क्रान्तिपछिको अवधि । आउनुहोस्, अब हेरौं उपरोक्त प्रत्येक युगमा मार्क्सको शिक्षाको भवितव्य कस्तो रह्यो त ?

पहिलो युगको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन । समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो । त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग (४) धेरै मिल्दाजुल्दा थिए - ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई 'जनता', 'न्याय' र 'अधिकार' जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो ।
सन् १८४८ को क्रान्तिले प्राग्-मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो । विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए । सन् १८४८ को जूनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तिहरू खोक्रो वकवास सिद्ध हुन्छन् ।
पेरिस कम्युन (१८७१)ले यी बुर्जुवा सुधारहरूको विकास कत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।
अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पुर्व निर्धारित पुँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८-१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग्-मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४-१८७२) (५) र जर्मन सोसल-डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२-१९०४) आफ्नो 'शान्तिपूर्ण' चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ । पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए । पुर्व यस्ता क्रान्तिहरूको लागि अझ कलिलै थियो । पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नको लागि 'शान्तिपूर्ण' तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् । मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ । सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूको लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ ।
इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहारूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ । भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ । महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनको लागि पुँजीवादी दासताको विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक "सामाजिक शान्ति" (अर्थात् दास र मालिकहरूबीचको शान्ति) कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ति दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र "सहानुभूतिकर्ता" बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले "सामाजिक शान्ति" र "जनवाद"अन्तर्गत आँधीबेहरीको अनावश्यकता जस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंमा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ (६) क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको "विपरीत प्रतिछाँया"को युगमा बाँचिरहेका छौं । त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता "सभ्य" हिंस्रक जनावरहरू आफ्दा दाह्रा किट्दै छन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पुरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।
जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पुँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।
८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शाहरूको लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रो लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ ।
एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्त्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । युओप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।
एसियापछि युरोपमा पनि हलचल सुरु हुन थालेको छ, तर यो एसियाली हलचल होइन । सन् १८७२-१९०४ को 'शान्तिपूर्ण' युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रेष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षको लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनी जस्तो "कट्टर" बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनैतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो "सामाजिक शान्ति" ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।
मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादको लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर भावी ऐतिहासिक युगले सर्वहारवर्गको शिक्षाको रूपमा मार्क्सवादका लागि अझ महान् विजयहरू प्रस्तुत गर्नेछन् ।
* साभार :बिभिन्न पत्रपत्रीकाबाट


महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।
उनी सत्याग्रह - व्यापक सविनय अवज्ञाको माध्यम बाट अत्याचार को प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनले भारतलाई स्वतन्त्रता दिएर जनताको नागरिक अधिकारहरू एवं स्वतन्त्रताको आन्दोलनको लागि सारा संसारलाई प्रेरित गरे। उनलाई मानिसहरू महात्मा गान्धी को नामले चिन्दछन्।
संस्कृत भाषामा महात्मा अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ टेगोरले महात्मा नामले सम्वोधित गरेका हुन्। महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा બાપુ बापूको अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमा भारतको 'राष्ट्रपिता' को सम्मान दिइएको छ २ अक्टोबर उनको जन्म दिन भारतमा विदा दिइन्छ। यो दिन 'गान्धी जयन्ती'को रूपमा मनाइन्छ र संसारभर यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस को रूपमा मनाइन्छ।
सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि संघर्षमा प्रयोग गरे। १९१५ मा उनको फिर्ती पछाडी उनले भारतमा किसानहरू, कृषि मजदुरहरू र शहरी श्रमिकहरूलाई अत्याधिक भूमि कर र भेदभावको विरूद्ध आवाज उठाउनको लागि एकजुट गरे। १९२१ मा भारतीय राष्ट्रिय कांग्रेसको बागडोर सम्हाले पछाडी गान्धीजीले देशभरमा गरीबी बाट राहत दिलाउने, महिलाहरूको अधिकारहरूको विस्तार, धार्मिक एवं जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए। तर यी सबैभन्दा विदेशी राज बाट मुक्ति दिलाउने स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो। गान्धीजीले ब्रिटिश सरकार द्वारा भारतीयहरू माथि लगाइएको नून करको विरोधमा १९३० मा दांडी मार्च र यस पछाडी १९४२ मा, ब्रिटिश भारत छोड आन्दोलन छेडेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता हासिल गरे। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं बर्षसम्म जेलमा बस्नुपर्यो। गान्धीजीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे। उनले साबरमती आश्रम आत्म-निर्भरता आवासीय समुदाय मा आफ्नो जीवन गुजारा गरे र परम्परागत भारतीय 'धोती र सूत बाट बनेको गम्छा लगाए जसलाई स्वयंले 'चर्खा ' मा सूत कातेर हातैले बनाएका थिए। उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामो-लामो उपवास पनि गरे।
* साभार :

हिटलरको जीवनी


हिटलर आफ्ना समयका एक डरलाग्दा र प्रसिद्ध तानाशाह हुन् उनी नै नाजीवादको प्रवर्तक हुन् । उनको जन्म सन् १८८९ अपि्रल २० मा जर्मनीमा भएको थियो भने आत्महत्या सन् १९४५ अपि्रल ३० भएको थियो । हिटलरले जीवनमा अकल्पनीय सफलता हात पारेका थिए । उनको बाल्यकाल र आरम्भिक युवा अवस्था निकै दुःख र अभावले भरिएको थियो । उनी १३ बर्षको हुँदै उनको बाबु जो भन्सारका हाकिम थिए को मृत्यु भयो परिवारको नाममा भएको थोरै सम्पति पनि उनको आमाको उपचारमा सकियो त्यसपछि उनले आफ्नो जीविका चलाउनका लागि ज्यादै कष्टपूर्ण र तल्लो स्तरको कामहरु गर्न पर् यो उनले हिउँ सोहोर्ने कार्पेट कुट्ने भारी बोक्ने पोष्टकार्डमा रङ्ग भरेर बेच्ने जस्ता कामहरु गरे ।
सन् १९१४ बाट दोस्रो विश्वयुद्ध शुरु भएपछि भने उनको जीवनमा नयाँ मोड शुरु भयो । त्यस विश्ययुद्धमा उनी सेनामा भर्ती भई बहादुरीपूर्वक लडे दुई पटक घाइते भए र दुई पटक नै आइरनक्रसद्वारा सम्मानित भए । त्यस विश्वयुद्धमा जर्मनीले नराम्रोसँग पराजित हुनुपर् यो जुन समाचार सुनेर उनी साह्रै दुःखी भए त्यसपछि उनले राजनीतिमा प्रवेश गर्ने निश्चय गरे । उनले शुरुमा विभिन्न नामका दलहरु निर्माण गरेर राजनीति गरे र पछि उनले नाजी पार्टी स्थापना गरी त्यसैबाट सफलताको चुचुरोमा पुगे । हिट्लरको नाजी पार्टीले सन् १९३० मा सम्पन्न लोकसभाको चुनावमा १०७ सिट जितेर लोकसभामा दोस्रो ठूलो पार्टी बन्न सफल भए भने सन् १९३२ मा सम्पन्न चुनावमा २३० सिट जितेर लोकसभामा बहुमत ल्याउन सफल नभए पनि सबभन्दा ठूलो पार्टी बन्न सफल भए त्यसपछि जर्मनीमा संयुक्त मन्त्रीमण्डल बन्यो र सन् १९३३ मा हिट्लर जर्मनीको चान्सलर बन्न पुगे । सन् १९९४ मा राष्ट्रपति हिडेनवर्गको मृत्यू भएपछि उनी जर्मनीको प्रधानमन्त्री र राष्ट्रपति दुवै भए । त्यतिमात्र होइन राज्यको सम्पूर्ण अधिकार र शक्ति आफ्नो हातमा लिएर उनी निरङ्कुश र तानाशाही शासक बने हतियार र सेनाका संख्या बढाएर सामरिक हिसाबले जर्मनीलाई शक्तिशाली बनाएर शत्रु राष्ट्र लगायत अन्य थुप्रै राष्ट्रहरुलाई घँुडा टेक्न बाध्य पारे एक जमानामा उनको नाम सुन्दा संसार थर्किन्थ्यो ।
उक्त भयो हिटलरको सफलता र जीतको कथा । तर उनको जीवनको अर्को पक्ष जो उनको परिचय नै बन्न पुगेको छ त्यो अति नकारात्मक कालो र घृणास्पद छ । उनले लोकतन्त्र मासे प्रेस स्वतन्त्रता खोसे विरोधीहरुलाई सफाई गर्ने अभियान चलाए विरोधीहरुलाई जेलमा कोचे यातना दिए नागरिकता खोसे चिसो हावापानीमा अभ्यस्त युद्धबन्दीहरुलाइ तातो घाममा उभ्याए डेड मार्च गरी घोडाको तबेलामा आठ हजारभन्दा बढी रुसी कैदीको हत्या गरे भनिन्छ उनले साठी लाखभन्दा बढी यहुदीहरुको हत्या गरे उनीहरुमध्ये अधिकाँशलाई ग्याँस च्याम्बरभित्र निस्सासिन बाध्य पारेर मारे यहुदीहरुको सम्पति जफत गरे यहुदीहरुको जागिर खोसे यहुदीहरुलाई मताधिकारबाट बिाचत गरे यहुदीहरुले अध्यापक डाक्टर वकिल हुन नपाउने कानुन बनाए । उनले जर्मनीलाई युद्धमा होमे खासगरी सन् १९३५-३६ को आसपास उनले विभिन्न युरोपेली मुलुकहरुमाथि धावा बोल्न थाले त्यसैको परिणाम स्वरुप दोस्रो युद्धको आरम्भ भयो जुन युद्धमा लेखाजोखा गर्न नसकिने गरी जनधनको क्षति भयो अनुमान गरिए अनुसार ५ करोडभन्दा बढी मानिसहरुले ज्यान गुमए ३ करोडभन्दा मानिसहरु घाइते र अपाङ्ग भए त्यसै युद्धमा जर्मनी युद्धमा नराम्ररी हार्न पुग्यो रुसी अमेरिकी बृटिश सेनाहरु बर्लिनसम्म आइपुगे तिनीहरुले बर्लिनलाई घेरा हाले शत्रु सेनाबाट निर्ममतापूर्वक मारिने डरले उनी महलभित्र लुके आफूले आत्महत्या गर्नु एक दिन अघि आफ्नो प्रेमिका इभासँग उनले बिहे गरे बिहेको उपहारको रुपमा उनले इभालाई क्या_िल्सयम साइनाइड नामक बिषको क्याप्सुल दिए मर्ने दिन उनले आफ्नो प्यारो कुकुर ब्लानडोलाई गोली ठोकेर मार्न लगाए आफ्नो दुई सेक्रेटरीलाई पनि बिषको गोली दिए र पछि श्रीमती इभासँगै कोठामा पसी आत्महत्या गरे उनले आफैलाई मुखभित्रबाट वा मुखको तालुमा गोली ठोके भने इभाले बिषको गोली खाइन् ।

यौनशक्ति बढाउन औषधी खान्थे हिटलर

जर्मनीका पूर्वतानाशाह तथा नाजी पार्टीका नेता एडोल्फ हिटलरले आफ्नो यौनशक्ति बढाउन यौनवर्द्धक औषधी खाने गरेको बीबीसीले  जनाएको छ। हिटलरले कोकिन प्रयोग गर्ने तथा राम्रो यौन जीवनका लागि यौनवर्द्धक औषधी खाने गरेको कुरा लिलामीका क्रममा रहेका  हिटलरका केही ऐतिहासिक दस्तावेजले सार्वनिक गरेको हो। दस्तावेजअनुसार हिटलरको स्वास्थ्य अवस्था राम्रो थिएन। दस्तावेजमा हिटलरका ६  जना चिकित्सकले तयार पारेको ४७ पृष्ठको प्रतिवेदन पनि समावेश छ। वायु र पिनासको समस्याबाट मुक्ति पाउन हिटलरले एकैपटकमा २८  औषधी खाने गरेको कुरा प्रतिवेदनमा उल्लेख छ। चिकित्सक थियोडोर मोरेलको प्रतिवेदनअनुसार हिटलर आफ्नो यौन क्षमता बढाउन साँढेको  वीर्यबाट बनेको औषधी सेवन गर्थे। सन् १८८९ मा अस्ट्रियामा जन्मिएका हिटलर १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर थिए। सन् १ ९४५ को अप्रिल ३० मा उनले आफ्नी श्रीमतीसहित आत्महत्या गरेका थिए।
* साभार :





माओ त्से-तुंग

माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो|उनी चीनी क्रान्तिकारीराजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियोउनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् मार्क्स वादीलेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ|
वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारीराजनैतिक रणनीतिकारसैनिक पुरोधा अनि देशरक्षक मानिन्छन्धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिकतकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन्उनी कविदार्शनिकदूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीतमाओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज,अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन्|माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन्|  टाइम मेगाजिनपत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन्|

प्रारम्भिक जीवन 
जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिएजब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गएसन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गएप्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरेमाओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । संघाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए|
माओ पुस्तक लेख्दै सन् १९३८
लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० माकुओमिन्टांग (KMT)लेयांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्‍यो । (KMT)ले दुवैजनालाई बन्दी बनायोपछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे, भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे। 
२३ जुलाई १९२१ का दिनमाओले२७ वर्षको उमेरमा संघाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय कांग्रेस मा भाग लिए । दुइ वर्षपछिउनी पार्टीको तेस्रो कांग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। सन् १९२४ माउनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने,जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।
* साभार :





अब्राहम लिंकन


सन् १८०९ को १२ फरवरी । अमेरिकी इतिहासको एक महìवपूर्ण दिन । यसै दिन त्यहाँको केन्टुकी राज्यमा दुई सय वर्षअघि एक बालक जन्मेको थियो । उक्त बालकको नाउँ थियो - अब्राहम लिंकन । जसले ठूलो भएर देशलाई नयाँ दिशा दियो । आˆनो यस कामले गर्दा इतिहासले उसलाई अमर बनायो । आज संसारभरि सर्वत्र उसको नाउँ श्रद्धा र सम्मानले लिइन्छ ।

एक गरिब परिवारमा उनको जन्म भएको थियो । गरिबी र रोजगारको खोजीमा बसाइँ सरी रहनुपर्दा बाबु थोमस लिंकनले उनलाई स्कुलमा भर्ना गर्न सकेनन् । यसरी बालक अब्राहमले बाल्यकालमा पाउनुपर्ने स्कुल शिक्षा पाउन सकेनन् तर उनमा पढ्ने एउटा उत्साह थियो । जहिले पनि उनको हातमा छापिएको कुनै कागत वा किताब पर्दथ्यो, त्यसलाई नपढी छाड्दैनथे । कहिलेकाहीँ त एउटै किताबलाई दुई पल्टसम्म पढ्दथे, किनभने उनीसित नयाँ किताब किन्न पैसा हुँदैनथ्यो । घरमा बत्ती नहुँदा कहिले उनी सडकको लैम्पपोस्टमुनि बसेर पढ्दथे त कहिले चुल्होमा बलिरहेको आगोको उज्यालोमा पढ्दथे । एवं रितले उनले आˆनो पढ्ने इच्छा पूरा गरिरहे । यता बाबु कामको खोजीमा बसाइँ सर्दै केन्टुकीबाट इन्डियाना राज्यमा पुगे । नौ वर्षको बालक अब्राहमलाई त्यतिबेला ठूलो चोट पुग्यो जब उनकी आमाले उनलाई टुहुरो बनाउँदै यस संसारलाई छाडिन् गरिबी, दुःख, अभाव र सङ्घर्ष उनको जीवनसाथी भए । बाबुले अर्को बिहे गरे । यता उनको उमेर बढ्दै गइरहेको
थियो ।
उनले पनि कतै कुनै काम गर्नुपर्‍यो तर पढाइ भने थिएन । नपढेकोले उनले राम्रो काम पाउन सकेनन् । यसो हुँदा कहिले कुनै मिलमा त कहिले पसलेको रूपमा काम गर्न थाले । दुःख पाएकोले होला उनी कसैको दुःख, पीरमर्का हेर्न र सहन सक्तैनथे । यसले गर्दा उनको पसल घाटामा
गयो । उनले पसलेको काम छाडे । अलि अलि पढेको आधारमा उनले एउटा गाउँको हुलाक अड्डामा पोस्टमास्टरको काम पाए । सर्भे विभागमा पनि केही समय काम गरे ।
यसरी दुःख भोग्दै युवावस्थामा पुगेको ६ फीट ४ इन्च अग्ला अब्राहम लिंकनले जिन्दगीमा अगाडि बढ्नु, पढ्नु, र औपचारिक शिक्षा पाउनु जरुरी रहेछ भन्ने बुझे । काम गर्दै विधिशास्त्रको अध्ययन गर्न थाले । यस निर्णयले उनको भाग्य बदलिनमा सहयोग पुर्‍यायो ।
यसपछि अब्राहम लिंकन इन्डियाना राज्यबाट इलिनाय राज्यमा गए । यो उनको तेस्रो बसाइँ सराई थियो ।
आˆनो लगन, चाहना र कठोर मिहिनेतबाट उनी सन् १८३६ मै अधिवक्ता बन्न सफल भए । उनको लागि यो जीवनको सबभन्दा ठूलो खुसीको दिन थियो ।
इलिनाय राज्यको 'न्यू सलेम' भन्ने एउटा साधारण गाउँमा पुगेपछि उनले त्यहाँ केही साथीहरूसित मिलेर कानुनी पेसा सुरु गरे । इमानदार, सबैप्रति दया, माया र सहानुभूति राख्ने स्वभाव र कुरा गर्नमा सिपालु भएकाले उनी त्यहाँका लोकपि्रय अधिवक्ता कहलाउन थाले । सन् १८३१ मा न्यूनिसलेम पुगेका अब्राहम लिंकनले त्यहाँ सन् १८३७ सम्म कानुनी पेशा चलाए । १८३४ मा उनी राज्य विधान सभाका सदस्य पनि निर्वाचित भए र सन् १८४१ सम्म त्यसको सदस्य रहे ।Lincoln-Sculpture-by-Kazuhiro-Tsuji-02-634x844.jpg (634×844)
उनी त्यहाँबाट स्पिं्रगफिल्ड गए । सन् १८३९ मा स्पि्रंगफिल्ड इलिनाय राज्यको राजधानी बन्यो । राजधानीको बसाइँ सराई उनका लागि हरेक दृष्टिले शुभ हुन थाल्यो । यहाँ आएर पनि उनले कानुनी पेसालाई जारी राखे । अधिवक्ताको रूपमा काम गरी यहाँ उनले नाउँ र धन दुबै कमाए । यसपछि उनले त्यहाँ आˆना लागि एउटा घर बनाए, जुन अहिले पनि लिंकन होमको नाउँले कायम छ । वास्तवमा अहिले त यसले राष्ट्रिय स्मारकको रूप नै लिएको छ । उनको यस घरले उनको सादा र सरल जीवन एवं उच्चविचारको चित्र छर्लङ्ग गर्दछ ।
सन् १८४२ मै उनले मेरी टाडसित बिहे गरे । चारजना छोराहरूका पिता लिंकनलाई राष्ट्रपति भएर पनि दुःखले छाडेन । सन् १८६२ मा उनका एकजना छोरा विलियमको मृत्यु लिंकन दम्पत्तिका लागि भयङ्कर दुःखको घटना थियो ।
अब्राहम लिंकनले राज्य विधानसभाका सदस्यको रूपमा कैपिटल हिलमा प्रवेश गरेपछि अनेक महìवपूर्ण भाषण दिए । भाषण दिनमा सिपालु अब्राहम लिंकनले त्यतिबेला अमेरिकामा रहेको दासप्रथाको विरोधमा बोल्न र त्यसलाई समाप्त गर्नुपर्ने कुराको वकालत गर्न थाले । यसरी एक सिनेटरका रूपमा उनी प्रसिद्ध भए । आˆना ऐतिहासिक भाषणहरूबाट लोकपि्रयता हासिल गरेका अब्राहम लिंकन नोभेम्बर ६, १८६० मा राष्ट्रपति पदका लागि चुनाउ हुँदा देशका १६ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भए ।
राष्ट्रपतिका रूपमा उनले गरेका ऐतिहासिक काम थियो । देशमा कलङ्कको रूपमा रहेको दासप्रथा हटाउनु । उनको यस कार्यबाट जहाँ हजारौँ लाखौँ मानिसहरू खुसीले नाच्न थाले उतै अनेक मानिसहरूलाई मर्का पनि पर्‍यो । धेरै मानिसहरू विरोधी पनि भए । एकदिन एउटा कार्यक्रम हेरिरहेका बखत एक अर्धसिल्ली मानिसले उनीमाथि गोली हान्यो । उनलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइयो । यो १४ अपि्रल सन् १८६५ को दिन थियो । गरिबीकोे सामना र अनेक सङ्घर्ष गर्दै राष्ट्रपतिको पदसम्म पुग्न सफल भएको व्यक्तिले यस आघातमाथि विजय पाउन सकेनन् र भोलिपल्टै अर्थात् १५ अपि्रल सन् १८६५ को दिन उनले अन्तिम सास फेरे । सम्पूर्ण देश शोकमा डुब्यो । सारा संसार स्तब्ध भयो ।
वाशिंगटनबाट उनको शव स्पि्रंगफिल्ड ल्याइयो र उनको पार्थिव शरीरलाई उनको निवास अर्थात् लिंकन होमदेखि केही टाढा रहेको ओक रिजमा समाधीस्थ गरियो ।
सन् १८६० मा राष्ट्रपति भएपछि अमेरिकीहरूको लागि आकर्षणको केन्द्र भएको स्पि्रंगफिल्डको उनको निवासस्थल उनको मृत्युपछि तीर्थस्थल बन्यो । अहिले त यो विश्वभरिका पर्यटकहरूको लागि नै एक दर्शनीयस्थल भएको छ । लिंकन होम घुम्न जाने पर्यटकहरूका सुविधाका लागि त्यहाँ सूचना केन्द्र बनाइएको छ । साथै घरभित्र घुमाउन र त्यहाँ भएका सरसामानहरूको जानकारी दिन गाइडको पनि व्यवस्था गरिएको छ ।
ओक रिजको उनको चिहानले त अहिले एक स्मारकको दर्जा पाएको छ । यो स्थान उनकी पत्नी र दुई छोराहरूको पनि चिहानस्थल भएको छ । एल जी मीड नाउँ गरेका एकजना शिल्पीले यसको डिजाइन बनाएका हुन् । यो स्मारकमा अहिले विश्वभरिका पर्यटकहरू उनीप्रति श्रद्धा सुमन अर्पित गर्न पुग्ने गर्दछन् । सयकडौँ मानिसहरूका बीच आफू पनि उनीप्रति श्रद्धाञ्जलि चढाउन पुग्दा यस लेखकले उनीप्रति विश्वको मानिसहरू र अमेरिकीहरूको श्रद्धालाई हेर्न पायो । ओक रिजको सुन्दरता पनि यो स्मारक बनेपछि बढेको हुनुपर्दछ । किनभने हरिला चौर, चारैतिर हरिया र ठूल्ठूला बोट, आकर्षक बगैँचा र लिंकनको आधा कदको सालिकले स्मारकभित्र पस्नुअघि नै पर्यटकहरूलाई मोहित गर्दछन् ।
स्पि्रंगफिल्डमा लिंकनको नाउँमा अनेक स्थलहरू छन् । यहाँ कलेजहरू, विश्वविद्यालय भवन, पुस्तकालय, ऐतिहासिक सङ्ग्रहालय, वन्यजीव, म्युजियम र मेमोरियल गार्डेनका अतिरिक्त अनेक संस्थाहरू उनको नाउँमा बनाइएका छन् । साथै उनको आवास नजिक विधान सभा भवन -कैपिटल हिल) को आकर्षक भवन छ । उनी प्रार्थनामा सरिक हुन पुग्ने लुथरन चर्च त झन् नजीक छ । यी सबै अहिले पर्यटकहरूका लागि आकर्षणका स्थलहरू भएका छन् ।
अब्राहम लिंकनले यस संसारलाई छाडेका लगभग साढे एक सय वर्ष हुन थालिसक्यो तर उनलाई सम्झने र उनीप्रति श्रद्धा व्यक्त गर्नेहरूको अहिले पनि कमी छैन ।

* साभार :



लेनिन



व्लादिमीर इलीइच लेनिन (1870-1924) रूसमा बोल्शेविक क्रांतिको नेता एवं रूसमा साम्यवादी शासनको संस्थापक थिय ।

जीवनी



व्लादिमीर इलीइच लेनिनको जन्म सिंविर्स्क नामक स्थानमा भएको थियो र उनको वास्तविक नाम "उल्यानोव" थियो। त्यसका पिता विद्यालहरुको निरीक्षक थिय जसको झुकाव लोकतंत्रात्मक विचारहरुको तर्फ़ थियो। उनकी आमा, जो एक चिकित्सककी छोरी थिइन्, सुशिक्षित महिला थिइन्। सन् 1886मा पिताको मृत्यु भएपछि धेरै छोरा-छोरी भएको ठूलो परिवारको सारा बोझ लेनिनकी आमामाथि पर्‍यो। यी भाइ बहिनी प्रारम्भबाट नैं क्रांतिवादका अनुयायी बन्दै गए। ठूला भाइ अलेक्ज्याण्डरलाई ज़ारको हत्याको षडयंत्र रचेको आरोपमा फाँसी दिइयो।



उच्च योग्यताका साथ स्नातक बन्नमा लेनिनले 1887मा कज़ान विश्वविद्यालयका विधि विभागमा प्रवेश गरे किंतु शीघ्र नैं विद्यार्थीहरुका क्रांतिकारी प्रदर्शनमा हिस्सा लियको कारण विश्वविद्यालयले निष्कासित गरिदियो। सन् 1889मा उनी समारा गइरहेको बेला उनले स्थानीय मार्क्सवादीहरुको एक मण्डलीको संगटन गरे। 1891मा सहरुट पीटर्सबर्ग विश्वविद्यालयबाट विधि परीक्षामा उपाधि प्राप्त गरी लेनिनले समारामा नैं वकालत गर्नु आरभ गरी दिय। 1893मा त्यसले सहरुट पीटर्सबर्गलाई आफ्नो निवासस्थान बनाय। शीघ्र नैं उहाँका मार्क्सवादिहरुको बहुमान्य नेता बने। यहीं सुश्री क्रुप्सकायासित, जो श्रमिकहरुमा क्रांतिको प्रचार गर्नमा संलग्न थिईन, उनको परिचय भयो। यसका पछि लेनिनको क्रांतिकारी संघर्षमा जीवन पर्यंन्त उनको घनिष्ठ सहयोग प्राप्त भइरह्यो।



सन् 1895मा लेनिनलाई बन्दीगृहमा हालियो र 1897मा तीन वर्षका लागि पूर्वी साइबेरियाका एक स्थानमा निर्वासित गरियो। केही समय पछि क्रुप्सकायालाई पनि निर्वासित भएर वहाँ जानु पर्‍यो त्यसपछि लेनिनसित उनको विवाह भयो। निर्वासनमा रहँदा लेनिनले तीस पुस्तकहरु लेखे, जसमध्ये एक थियो "रूसमा पूँजीवादको विकास"। यसमा मार्क्सवादी सिद्धांतहरुका आधारमा रूसको आर्थिक उन्नतिका विश्लेषणको प्रयत्न गरिएको। यहीं उनले आफ्नो मनमा रूसका निर्धन श्रमिकहरु वा सर्वहारा वर्गको एक दल स्थापित गर्ने योजना बनाए।



सन् 1900मा निर्वासनबाट फर्की आउनमा एक समाचारपत्र स्थापित गर्नका उद्देश्यले उनले धेरै नगरहरुको यात्रा गरे ग्रीष्म ऋतुमा उनी रूसका बाहिर गए त्यहींबाट उनले "इस्क्रा" (झिल्को) नामक समाचारपत्रको सम्पादन आरम्भ गरे। यसमा त्यसको साथ "श्रमिकहरुको मुक्ति"का लागि प्रयत्न गरने भएका ती रूसी मार्क्सवादी पनि थिए जसलाई ज़ारशाहीका अत्याचारहरुबाट उत्पीड़ित भएर देशका बाहिर रहनु परेको थियो। 1902मा त्यसले "हमा के गर्नु छ" शीर्षक पुस्तक तैयारको जसमा यस कुरामा जोर दिय कि क्रांतिको नेतृत्व यस्ता अनुशासित दलका हाथमा हुनुपर्दछ जसको मुख्य कामकाज नैं क्रांतिका लागि उद्योग गर्नु छ। सन् 1903मा रूसी श्रमिकहरुका समाजवादी लोकतंत्र दलको अर्को सम्मेलन हुने भयो। यसमा लेनिन तथा त्यसको समर्थकहरुलाई अवसरवादी तत्वहरुबाट कड़ा । अंतमा क्रांतिकारी योजनाका प्रस्ताव बहुमतबाट मंजूर भयो र रूसी समाजवादी लोकतंत्र दल दुइ शाखाहरुमा विभक्त भयो - क्रांतिको वास्तविक समर्थक बोल्सेविक समूह र अवसरवादी मेन्सेविकहरुको गिरोह।



सन् 1905-07मा त्यसले रूसको प्रथम क्रातिका समय जनसाधारणलाई लक्ष्यमा अग्रसर गर्नमा बोल्सेविकहरुका कार्यको निदेशन गरे। अवसर मिल्ने बित्तिकै नोभेम्बर, 1905मा रूस फर्किए। सशस्त्र विद्रोहको तैयारी तथा केन्द्रीय समितिको गतिविधिको संचालन गर्नमा त्यसले पूर्ण शक्तिबाट हात फैलाए र कारखाना तथा मिलहरुमा काम गरने श्रमिकहरुको सभाहरुमा अनेक बार भाषण गरे।



प्रथम रूसी क्रांति असफल हुनाले लेनिनलाई फेरी देशबाट बाहिर जानु पर्यो । जनवरी, 1912मा सर्व रूसी दलको सम्मेलन प्रागमा हुने भयो। लेनिनका निदेशबाट सम्मेलनले क्रांतिकारी समाजवादी लोकतंत्र दलबाट मेनशेविकहरुलाई निकाल बाहर गरे। यसका पछि लेनिनका क्रैको नामक स्थानमा रहकर दलका पत्र "प्रावदा"को संचालन गरने, त्यसको लागि लेख लेखने र चौथो राज्य ड्यूमाका बोलशेविक दलको निदेशन गर्न लगाय।



सन् 1913-14मा लेनिनले दुइ पुस्तकहरु लेखीं - "राष्ट्रीयताका प्रश्नमा समीक्षात्मक "विचार" तथा (राष्ट्रो का) आत्मनिर्णय गर्ने अधिकार।" पहिलोमा त्यसले बूर्ज्वा मानिसहरुका राष्ट्रवादको तीव्र आलोचनाको र श्रमिकहरुको अंतरराष्ट्रीयताका सिद्धांतहरुको समर्थन गरे। अर्कोमा त्यसले यो माँगको कि आफ्नो भविष्यको निर्णय गर्ने राष्ट्रहरुको अधिकार मान्नु पर्ने । त्यसले यस कुरामा बल दियो कि गुलामीबाट छुटकारा पाने प्रयत्न गरनेभएका देशहरुको सहायता।



प्रथम महासमरका समयमा लेनिनका नेतृत्वमा रूसी साम्यवादिहरुले सर्वहारा वर्गको अंतरराष्ट्रीयता का, "साम्राज्यवादी" युद्धका विरोध का, झण्डा माथि उठाय। युद्धकालमा त्यसले मार्क्सवादको दार्शनिक विचारधारालाई र अघि बढ़ाउने प्रयत्न गरे। त्यसले आफ्नो पुस्तक "साम्राज्यवाद" (1916)मा साम्राज्यवादको विश्लेषण गर्दै बताय कि यो पूँजीवादका विकासको चरम र आखिरी मंजिल छ। त्यसले त्यो परिस्थितिहरुमा पनि प्रकाश दिन्छ जो साम्राज्यवादको विनाशको अनिवार्य बना दिन्छ । त्यसले यो स्पष्ट गरि दिन्छ कि साम्राज्यवादका युगमा पूँजीवादका आर्थिक एवं राजनीतिक विकासको गति सब देशहरुमा एक छैन। यसै आधारमा त्यसले यो निष्पत्ति निकाली कि शुरू शुरूमा समाजवादको विजय पृथक् रूपबाट केवल दुई तीन, वा मात्र एक, पूँजीवादी देशमा संभव छ। यसको प्रतिपादन त्यसले आफ्नो दुई पुस्तकहरुमा गरे - "दि यूनाइटेड स्टेट्स ऑफ यूरोप स्मानिसन" (1915) तथा "दि वार प्रोग्राम ऑफ दि पोलिटिकल रिवाल्यूशन" (1916)।



महासमरका समय लेनिनले स्विजरल्याण्डमा आफ्नो निवास बनाय। कठिनाइहरुका बावजूद आफ्नो दलका मानिसहरुको संघटन र एकसूत्रीकरण जारी राखे, रूसमा स्थित दलको संस्थाहरुबाट पुन: संपर्क स्थापित गरे र पनि अधिक उत्साह एवं साहसका साथ उनको कार्यको निदेशन गरे। फरवरी-मार्च, 1917मा रूसमा क्रांतिको आरंभ भएमा रूस आय। त्यसले क्रांतिको व्यापक तैयारिहरुको संचालन गरे र श्रमिकहरु तथा सैनिकहरुको बहुसंख्यक सभाहरुमा भाषण गर तिनको राजनीतिक चेतना बढ़ाउने र सन्तुष्ट गर्ने प्रयत्न गरे।



जुलाई, 1917मा क्रांतिविरोधिहरुका हाथमा सत्ता जानेमा बोलशेविक दलले आफ्नो नेताका अज्ञातवासको व्यवस्था गरे यसै सम त्यसले "दि स्टेट ऐंड रिवाल्यूशन" (राज्य तथा क्रांति) नामक पुस्तक लेखे र गुप्त रूपबाट दलका संघटन र क्रांतिको तैयारिहरुका निदेशनको कार्य जारी राखे। अक्टूबरमा विरोधिहरुको कामचलाऊ सरकारको तख़्ता उलट दिइएको र 7 नोभेम्बर, 1917लाई लेनिनको अध्यक्षतामा सोभियत सरकारको स्थापना गरियो। प्रारंभबाट नैं सोभियत शासनले शांतिस्थापनामा बल दिन शुरू गरे। जर्मनीका साथ त्यसले सन्धि गरे; जमींदारहरुबाट भूमि खोसेर सबै भूसम्पत्तिमा राष्ट्रको स्वामित्व स्थापित गर दिइएको, व्यवसाहरु तथा कारखानहरुमा श्रमिकहरुको नियंत्रण भयो र बैकहरु तथा परिवहन साधनहरुको राष्ट्रीकरण गर दिइएको। श्रमिकहरु तथा कुन ानहरुलाई पूँजीपतिहरु र जमींदारहरुबाट छुटकारा मिल्यो र समस्त देशका निवासिहरुमा पूर्ण समता स्थापित गरियो। नवस्थापित सोभियत प्रजातंत्रको रक्षाका लागि रातो सेनाको निर्माण गरिएको। लेनिनले अब मजदूरहरु र कुन ानहरुका संसारका यस प्रथम राज्यका निर्माणको कार्य आफ्नो हातमा लिय। त्यसले "दि इमीडिएट टास्क्स ऑफ दि सोभियत गवर्नमाट" तथा "दि प्रोले टेरियन रिवाल्यूशन ऐंड दि रेनीगेड कौत्स्की" नामक पुस्तकहरु लेखे (1918)। लेनिनले बतय कि मजदूरहरुको अधिनायकतंत्र वास्तवमा अधिकांश जनताका लागि सच्चा लोकतंत्र छ। त्यसका मुख्य काम दबाव वा जोर जबरदस्ती छैन वरन् संघटनात्मक तथा शिक्षण संबंधी कार्य छ।



बाहरी देशहरुका सैनिक हस्तक्षेपहरु तथा गृहकलहका तीन वर्षहरु 1928-20मा लेनिनले विदेशी आक्रमणकारिहरु तथा प्रतिक्रांतिकारिहरुबाट दृढ़तापूर्वक फलाम लिनको लागि सोभियत जनताको मार्ग दर्शन गरे। यस व्यापक अशांति र गृहयुद्धका समय पनि लेनिनले युद्ध कालबाट भएको देशको बर्बादीलाई टाड़ा गरे स्थिति सुधारने, विद्युतीकरणको विकास गरने, परिवहनका साधनहरुका विस्तार र छोटी छोटी जोतहरुलाई मिल्योएर सहयोग समितिहरुका आधारमा ठूला फारम स्थापित गर्ने योजनाहरु आरंभ गरे। त्यसले शासनिक यंत्रको आकार घटने, त्यसमा सुधार गरने तथा खर्चमा कमी गर्नमा बल दियो। त्यसले शिक्षित र मनीषी वर्गबाट कुन ानहरु, मजदूरहरुका साथ सहयोग गर्दै नयाँ समाजका निर्माणकार्यमा सक्रिय भाग लेने आग्रह गरे।



जहाँसम्म सोभियत शासनको विदेश नीतिको प्रश्न छ, लेनिनका अविकल रूपबाट शांति बनाई राख्नको निरंतर प्रयत्न गरे। त्यसले भन्यो कि "हाम्रो समस्त नीति र प्रचारको लक्ष्य यो हुनुपर्दछ कि चाहे केही पनि होस, हाम्रो देशवासिहरुलाई युद्धको आगोमा नझोकियोस । लड़ाईको खत्म गरने मा अग्रसर हुनुपर्दछ।" त्यसले साम्यवादका शत्रुहरुबाट देशको बचा गर्नका लागि प्रतिरक्षा व्यवस्थालाई सुदृढ़ बनाउनमा बल दियो र सोभियत नागरिकहरुबाट आग्रह गरे कि ती "वास्तविक" लोकतंत्र तथा समाजवादका स्थापनार्थ विश्वका अन्य सबै देशहरुमा रहनेभएका श्रमिकहरुका साथ अन्तर्राष्ट्रीय बंधुत्वको भावना बढ़ाउन अधिक ध्यान देउ ।
* साभार :



नेपोलियन बोनापार्ट

फ़्रान्सका तत्कालिन चान्सलर तथा अठारौ शताब्दी का युरोप का महानायक नेपोलियन बोनापार्ट को जन्म १५ अगस्ट सन.१७६९ मा फ़्रान्समा एउटा सामन्य परिवारमा भएको थियो|सामान्य सिपाही बाट शैन्य क्षेत्रमा प्रबेश गरेका नेपोलियनले आफ़्नो जीवनको शब्दकोषमा असंभब भन्ने शब्द नरहेको र काम थालेमा सबै संभब हुने बताउदै शैन्य अभियान बिस्तार गरि युरोपका थुप्रै राष्ट्रहरुमा शैन्य हमला गरी बिजय प्राप्त गर्नुका साथै आफ़ुलाइ पनि फ़्रान्स को शासक को रुपमा उभ्याएका थिए| नेपोलियन २६ बर्ष का हुदा जब उनी सेनाका सामन्य अधिक्रित मात्र थिए त्यतिनै बेला उनको सामाजिक कार्यकर्ता जोसेफाइन संग भेट भयो|पहिलो भेट मै जोसेफाइनलाइ मन पराएका नेपोलियन बिस्तारै मायामा डुब्दै गए,दुबैको प्रेम निकै प्रगाढ भएर एक अर्का बिना बाच्न नसक्ने भए पछि नेपोलियन ले ९ मार्च सन.१७९६ मा दुइ छोरा छोरी कि आमा समेत रहेकी आफ़ु भंदा ६ बर्ष जेठी ३२ बर्षिया बिधवा महिला तिनै जोसेफाइन संग बिबाहा गरे|बिहे गरेको २ दिन पछि नै नेपोलियनलाइ एउटा युद्धमा सहभागी हुनु पर्ने भएकाले जोसेफाइनलाइ घरमा एक्लै छडी उनी संग बिदा भएर युद्ध मैदान तर्फ़ लागे|पत्नी संग टाढा भै युद्ध मा होमिनु पर्दा उनी निकै दुःखी भए र त्यहा बाट उनले आफ़्नी प्यरी लाइ "तिमी मेरा लागि अतुलनिय छौ, तिमी बाट टाढा रहदा जीवन को कुनै आनंद ले मलाइ छुदैन,तिमी बाट अलग रहदा सारा संसार मेरा लागि बिशाल मरभुमी बनि दिंछ! मेरो प्राण जोसेफाइन कै लागि हो तिमी बाट म टाढा रहनु पर्यो भने त्यो मेर लागि असहनिय हुनेछ,मेरो बिरता ले पनि त्यस समय मलाइ साहारा दिने छैन,माया रुपी हजारौ चुंबन तिमीलाइ जोसेफाइन मात्र तिमीलाइ भंदै चिट्‌ठी लेख्थे| माहान कार्य र माहान युद्ध मा होमिएका नेपोलियन आफ़्नो शैन्य बिस्तार र शैन्य युद्ध मा धेरै समय बेस्त रहेर बाहिरै रहन थाले सो क्रममा एता जोसेफाइन ले सेना र अन्य परपुरुष संग लहसिएर यौनलीला गर्न थालिन सामान्य सिपाही हरु संग समेत यौनलीला गरेका कारण शैन्यबल भित्रै सो कुराले चर्चा बटुलेपछि नेपोलियनले आफ़्नो बेइजती महसुश ग़री रिसले आगो भै जोसेफाइन संग संबंध बिछेदको प्रस्ताब राखे तर नेपोलियन बिना बाच्न नसक्ने कुरा गरि जोसेफाइनले आफ़्नो गल्ति स्वीकार गरि अब कहिल्यै यस्तो नगर्ने भंदै माफ़ी मागेपछि नेपोलियनले पनि माफ़ी दिएका कारण संबंध पुनह कायम भएको थियो|नेपोलियन बाहिर हूँदा उनको पत्रको जवाफ़ जोसेफाइनले दिन ढिला गरे पछि नेपोलियनले "मेरि प्राण जोसेफाइन तिमीले आफ़्नो पति लाइ माय गर्दिनौ जस्तो लाग्छ दिन भरि क गरी बस्छ्यौ मलाइ एउटा पत्र पनि लेख्न सक्दिनौ तिमीलाइ थाहा छैन मैले तिम्रो पत्र नपाउदा म कति आत्तिंछु, तडपिंछु भन्ने कुरा तिमीले अर्को मेरो पत्र मा तिम्रो पत्र र खबर नपाएकोले तिम्रो पति बिरामी भयो भन्ने थाहा पाउनेछौ ! 
लाखौ चुंबन मेरी जोसेफाइन तिमी लाइ" भनि पत्र लेख्दथे. जब सन.१८०४ मा नेपोलियन फ़्रान्स का चान्सलर बने तब उनलाइ पुत्र मोहले छोयो र एउटा छोरो जन्माएर त्यसलाइ नै फ़्रान्स को शासक बनाएर राख्ने सोचे तर बिडंबना के भने जोसेफाइन बाट संतान हुने थिएनन| पुत्र मोहकै कारणले नेपोलियन ले सन.१८०९ मा जोसेफाइन संग संबंध बिछेद गरी सन.१८१० मा म्यारी संग दोश्रो बिहे गरे र म्यारी को कोख बाट पुत्र पनि जन्मियो तर दुर्भाग्य भनौ य बिडंबना जोसेफाइन संग संबंध बिछेद भएकै दिन बाट बिस्तारै उनको शैन्यवलले थुप्रै ठाउ हरु बाट पराजय बेहोर्नु पर्यो फ़लसोरुप नेपोलियन को सत्ता पनि डगमगाउन थाल्यो|यस्तै क्रममा उनी सन. १८१४ मा सत्ताच्युत भएर इलवा टापुमा बसाइ सरे यता नेपोलियन संग को बिछोड पछि छेद बिछेद भएकी जोसेफाइन ले उनी इलवा टापु मा भएको कुरा थाहा पाइ नेपोलियन लाइ 'आफ़ु नेपोलियन बाट छुट्टिएर बाच्न नसक्ने भएकाले आफ़ु लाइ संगै राख्न साथै उनको नया जीवनको 
श्रीमती र छोरा लाइ कुनै अबरोध नगर्ने गरी आफ़ु संगै बस्न चाहेको भंदै' पत्र लेखिन दोश्रो श्रीमती र छोरा का साथ रहेका नेपोलियनले 'जे नहुनु भैसक्यो अब बेग्ला बेग्लै जिउनु पर्ने र मिलन असंभब रहेको भनि' पत्रको जबाफ तर बिडंबना वस पत्र हातमा नपर्दै नेपोलियन संगको बीछोडमा तडपिएकी जोसेफाइनले प्राण त्याग गरिन| नेपोलियनले आफ़्नो जीवन अबधिभर करिब ७५,००० प्रेम पत्रहरु जोसेफाइनलाइ लेखेका थिए र उक्त पत्रहरु केही बर्ष अगाडी मात्र रुसको मस्कोमा लिलामी मा राखिएको थियो|नेपोलियन र जोसेफाइनको प्रेम लाइ संसारकै उत्क्रिष्ट सच्चा प्रेम का रुपमा पनि लिने गरिंछ|यता पत्नी म्यारी र छोरा का साथ बस्दै आएका नेपोलियनको 5 मे सन. १८२१ मा पेटको क्यान्सर बाट ज्यान गयो 


अलवर्ट आईन्सटाइन

एकजना पत्रकारले विश्वप्रसिद्घ महान् वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनलाई सोधे "तपाईको सफलताको रहस्य के हो -" उनले पनि मुस्कुराउँदै दूइ शव्दमा उत्तर दिए "परिश्रम र धैर्ताय" । उनको जीवनीलाई नियालेर हर्दा जीवनको शुरुका दिनहरु राम्रा थिएनन् । स्कूललाई एउटा जेलजस्तै सम्झने उनलाई गुरु तथा साथीहरुले 'मन्दबुद्घि उपनाम दिएका थिए । 


अझ गणित शिक्षकले त उनले सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए । तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै र्व्यर्थ भयो । परिश्रम र धैर्यताको कारणले त्यस्तो 'मन्दवुद्घि भएका बालक १२ वर्षो उमेरमा 'युग्लिडको ज्यामिति' र १६ वर्षो उमेर सम्म 'इन्टिगे्रट क्याल्कुलस ' को ज्ञाता भइसकेका थिए । निरन्तर परिश्रम र धैर्यताको कारणले गर्दा नै उनले सन् १९०५ मा “Photo Electric Effect” प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाउन सफल भए । 


उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्घान्त The Theory of relativity ले संसारभर तहलका मच्चायो । यसले भौतिक विज्ञानमा ठूलो परिवर्तन ल्याइदियो । यसरी उनी परिश्रम र धैर्यताको कारणले वीसौ शताब्दीकै सबैभन्दा सफल र चर्चित व्यक्तित्व हुन सफल भए ।

अर्का विश्वप्रसिद्घ आविष्कारक थोमस एल्वा एडिसनले औपचारिक शिक्षालाई पूरा गर्न नसके पनि अथक परिश्रम र धैर्यताको साथ स्वअध्ययन बाट १०९३ वटा आविष्कार गरी सबैभन्दा बढी आविष्कार गर्ने आविष्कारकको रुपमा चिनिन सफल भए । १२ वर्षो कलिलो उमेर मै रेलवे स्टेशनमा पत्रिका बेचेर पेट पाल्न बाध्य एडिसन परिश्रम कै कारण The herald नामक पत्रिकाको सम्पादकसमेत भएका थिए । गरिबीले उनको लक्ष्यलाई असर गर्न सकेन । विज्ञानमा रुचि भएको कारणले रेलको डिब्बामा नै उनले आफ्नो प्रयोगशाला बनाए ।


उनी यति परिश्रम गर्दथे कि कति पटक त आफ्नो नाम समेत विर्सन्थे । Electric Lamp बनाउँदा उनी ९९९ पटक असफल भएका थिए । तर उनी त्यस असफलताबाट नहड्बर्डाई धैर्यताको साथ आफ्नो काममा लागि नै रहे र आखिरमा हजारौं पटकको प्रयासमा सफल भई 
छाडे । यस्तै परिश्रम र धैर्यताको परिणाम स्वरुप सन् १९७३ मा Electric Lamp को लागि नोबेल परुस्कार पाउन सफल भए ।

त्यसै गरी अर्का बैज्ञानिक म्याडम म्यारी क्युरी पनि परिश्रम र धैर्यताको कारण सफल ब्यक्तित्वमा गनिन्छिन् । महिला भएकै कारण पोल्याण्डमा उच्चशिक्षा अध्ययनबाट बञ्चित हुनु परेकोले क्युरीले बिदेशमा गइ उच्च शिक्षा हाँसिल गरिन् ।उनको जीवन गरिबीमा वितेको थियो । तर गरिबीले उनको लक्ष्यलाई छुन सकेन । कति दिन र रात गरिबीकै कारणले पानीको साहाराले आफ्नो लक्ष्यमा अडिग रही निरन्तर परिश्रम गर्दै गइन् उनी । फलस्वरुप उनले सन् १९०३ मा Radioactivity मा अनुसन्धान गरेवापत भौतिक शास्त्रमा नोवेल पुरस्कार जितिन् । 


जीवनभरी साथ दिने उनका पतिको मृत्युले पनि उनको काममा बाधा पुर्याएन । त्यस्तो अवस्थामा पनि धैर्यताको साथ परिश्रम गर्दै गइन् र सन् १९११ मा Radium and polonium पत्ता लगाए वापत फेरि रसायन शास्त्रमा नोवेल पुरस्कार पाउन सफल भइन् । यस्तै परिश्रम र धैर्यताको कारणले उनी दुइ विधामा नोवेल पुरस्कार पाउने पहिलो महिला हुन पुगिन् ।


अमेरिकाका जर्ज वाशिङ्गटन, अब्राहम लिकंन एवं रुजवेल्ट, चीनका सन् यात्सेन फ्रान्सका नेपोलियन बोनापार्ट पनि परिश्रम र धैर्यताको कारण राष्ट्रपति बन्न सफल भए । सफल खेलाडीहरु पेले, म्यारोडोना, माइकल जोर्डन, माइकल जोनसन पनि मिहिनेत कै कारण सफल भएका हुन् । विलियम शेक्सपियर, रविन्द्रनाथ टैगोर, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम पनि परिश्रम र धैर्यताको कारण सफल साहित्यकार बन्न सफल भए ।


अमेरिकाको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स् पहिले कलेज ड्रपआउट भएर पनि परिश्रम र धैर्यताको कारण गत पाँच वर्षेखि लगातार रुपमा संसारकै सबैभन्दा धनाढ्य हुन सफल भएका छन् । यसरी संसारका सफल र चर्चित वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, साहित्यकार खेलाडी, व्यापारी, कलाकारहरु जीवनका पुर्वाद्दामा अभाव, गरिवी, असफल भएपनि कडा परिश्रम र धैर्यताको कारण उनीहरु सफल हुन सकेका हुन । अत: यी सफल व्यक्तित्वबाट हामीले पनि सफलताको रहस्य किन नसिक्ने?

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...