Sunday 29 July 2012

चट्याङ के हो

चट्याङ के हो ? मानिसहरू चट्याङ पर्दा फलाम जस्तो चीज झर्छ भन्छन् के यो सत्य हो ?(थाहा पाउन पुरा पढ्नुस् )

एड्मिन आर्डनिकेट/बिज्ञान तथा प्रविधी

चट्याङ भनेको एक प्रकारको विद्युतीय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरूबीचको घर्षण तथा तिनीहरूबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पत्र हुन्छ । जसबाट ताप, प्रकाश र ध्वनि वा गर्जन एकैसाथ निस्कन्छ । त्यसलाई हामी बिजुली चम्किएको, गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ ।तर यसरी एकैसाथ ताप,प्रकाश अनि ध्वनी निस्कने भएपनि बिजुली चम्किएको केही छिन पछि मात्र गर्जन सुनिन्छ । कारण प्रकाशको गति ध्वनीको गतिभन्दा बढी हुन्छ यानकी प्रकाश ध्वनीभन्दा चाँडो दुगुर्छ ।
उदाहरणको लागि यदी तपाई रुख काट्दाको समयमा रुख काटेको ठाँउ नजिकै हुनुहुन्छ भने बन्चरोले रुखमा हानेकै समयमा ठ्याङ गरेको आवाज सुन्न सक्नुहुन्छ तर यदी तपाई अर्को डाँडा जहाँबाट रुख काटेको देखिन्छ,अनि हेर्नुस् बन्चरोले रुखमा हानेको केही बेरमा मात्र ठ्याङ गरेको सुनिन्छ ।

अव फेरा चट्याङ तिरनै लागौँ ।यसरी विपरीत
चार्जभएका बादलहरूबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियससम्म ताप उत्पत्र हुन्छ । सामान्य चट्याङको विद्यु त्शक्तिसमेत एक अर्ब भोल्टसम्मको हुन्छ । बिजुली चम्कँदा उत्पत्र हुने ताप शक्ति सूर्यको सतहको तापक्रमभन्दा पाँच गुणा बढी हुन्छ । त्यो ठूलो तापीय र विद्युत् शक्तिको केही हिस्सा पृथ्वीसम्म आइपुग्यो भने पनि त्यसले ठूलो क्षति पुर्याउँछ ।

क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त बादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रसस्त मात्रामा विपरीत विद्युतीय ध्रुवको निर्माणमा भने हावाहुरी, सौर्य विकिरण, जलचक्रको प्रक्रिया, आद्रताजस्ता प्रक्रियाले सहयोग पुर्याउँछन् । वाष्पीकरणका कारण जब ऊष्ण र आद्र हावा जोडसाथ माथि जान्छ र सेलाउँदै क्युमुलोनिम्बस बादल बन्छ । चट्याङ यही बादलबाट निस्कने ऊर्जाको उपज हो । यो वायुमण्डलमा देखिने बिजुलीको धार हो ।

चट्याङका बेला फलाम, मुसल वा त्यस्तै कुनै पदार्थ (जसलाई सामान्य बोलीचालीमा 'बज्र' भनिन्छ।) आकाशबाट झर्छ भत्रे परम्परागत सोचाइ हाम्रो गाउँघरमा छ, तर त्यस्तो धारणा सत्य होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठूलो परिमाणको विद्युत् र तापशक्ति पृथ्वीमा आउँछ जसले सामुत्रेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ । मोर्डन इन्स्टिट्युसन अफ एस्ट्रोनोमिकल साइन्स एण्ड रिसर्च सेन्टरको अनुसार ठुलो परिमाणको बिद्यु त्बहन कुनै माध्यमको आवश्यकता पर्दैन तर बहनको क्रममा बाटोमा भेटीएका माध्यमको भने यसले उपयोग गर्छ ।फलस्वरुप यसको प्रत्यक्ष असर प्राय ठुलाठुला रुख
मा पर्छ। बिद्युत् बगेको रुखले ठुलो परिमाणको बिद्युत् परिबहन सहन नसक्ने हुनाले यो चिरा पर्छ वा फुट्छ । चट्याङले जमिन जोत्ने धारणा भने
केही हदसम्म सत्य हो । चट्याङ सँगै आएको बिद्युत् शक्ति जमिनमा प्रवेश गर्ने क्रममा जमिनको सतहमा पृथ्वीमा भएको चार्ज र चट्याङको बिद्युतीय चार्जसँग प्रतिक्रिया हुन्छ र जमिनको थोरै सतही क्षेत्रफलमा उथलपुथल मच्चिन्छ र जमिन च्यात्तिएर चिरा पर्छ ।

माथी मैले पृथ्वीमा पनि चार्ज हुन्छ भनें । अब तपाइको मनमा जिज्ञासा उठ्न सक्छकी कस्तो चार्ज हुन्छ भनेर । पृथ्वीको दुई चुम्वकीय ध्रुव, दक्षिणी र उत्तरी ध्रुवको कारणले चार्ज उत्पादन भईरहेको हुन्छ । जव बिजुली चम्कन्छ तब पृथ्वीमा बहिरहेको चार्ज र चट्याङको बिद्युतीय चार्जको बीचमा आकर्षण पैदा हुन्छ । यसैकारण चट्याङ पर्दाको बिजुली उँभो नगइ जमिन तिरनै
आउने गर्छ । सामान्यतया हावाहुरी, घना वर्षा वा हिमपातसँगै चट्याङ पर्छ,
तर पनि कहिलेकाही वर्षापूर्व वा वर्षा नभै पनि चट्याङ पर्छ 

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...