Tuesday 1 May 2012

यसरी बन्यो मेरो ब्लु फिल्म

यो अगाडिको घटना हो जसको सजाय गायक प्रकाश ओझाले पाइसकेक छन् । तर अहिलेपनि प्रकाशको कारण ज्योतिको जीवन भने अहिलेसम्म सहज बन्न सकेको छैन । केही दिन अगाडि माओवादी निकट योङ्ग कम्युनिष्ट लिगले प्रकाश र ज्योतिको ब्लु फिल्मको सिडि फेल पारेपछि कर्वाही गर्न थालेपछि उनी मर्ने कि बांच्ने भन्ने दोधारकाविच भौतारिएर काठमाडौं आइपुगेकी छिन् । प्रकाश आफ्ना काला दिन समजवाट मेट्न चलचित्रमा नायक भएर आउने तयारीमा रहेका छन् । तर ज्योतिलाई बांच्नपनि हम्मे परिरहेको छ । आखिर के भएको रहेछ । ज्योति र प्रकाशमा विच । पढ्नुहोस् ज्योति आफैंले दिएको सनसनीखोज बयान ।

ज्योति खड्का

इटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।

गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले ुहुँदैनु भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए ुयो घमण्डको जवाफ म एक दिन दिउँला ।
मलाई प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन ।


प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरेंँ ।
लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।
प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।
प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर्यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन ।
सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।

शिशिरले इमेदलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ुज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु ।ु उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन ।

यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु । तर राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो …त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।




from.........
Filmy Box Office

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...