Friday 2 March 2012

अलवर्ट आईन्सटाइन

एकजना पत्रकारले विश्वप्रसिद्घ महान् वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनलाई सोधे "तपाईको सफलताको रहस्य के हो -" उनले पनि मुस्कुराउँदै दूइ शव्दमा उत्तर दिए "परिश्रम र धैर्ताय" । उनको जीवनीलाई नियालेर हर्दा जीवनको शुरुका दिनहरु राम्रा थिएनन् । स्कूललाई एउटा जेलजस्तै सम्झने उनलाई गुरु तथा साथीहरुले 'मन्दबुद्घि उपनाम दिएका थिए । 


अझ गणित शिक्षकले त उनले सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए । तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै र्व्यर्थ भयो । परिश्रम र धैर्यताको कारणले त्यस्तो 'मन्दवुद्घि भएका बालक १२ वर्षो उमेरमा 'युग्लिडको ज्यामिति' र १६ वर्षो उमेर सम्म 'इन्टिगे्रट क्याल्कुलस ' को ज्ञाता भइसकेका थिए । निरन्तर परिश्रम र धैर्यताको कारणले गर्दा नै उनले सन् १९०५ मा “Photo Electric Effect” प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाउन सफल भए । 


उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्घान्त The Theory of relativity ले संसारभर तहलका मच्चायो । यसले भौतिक विज्ञानमा ठूलो परिवर्तन ल्याइदियो । यसरी उनी परिश्रम र धैर्यताको कारणले वीसौ शताब्दीकै सबैभन्दा सफल र चर्चित व्यक्तित्व हुन सफल भए ।

अर्का विश्वप्रसिद्घ आविष्कारक थोमस एल्वा एडिसनले औपचारिक शिक्षालाई पूरा गर्न नसके पनि अथक परिश्रम र धैर्यताको साथ स्वअध्ययन बाट १०९३ वटा आविष्कार गरी सबैभन्दा बढी आविष्कार गर्ने आविष्कारकको रुपमा चिनिन सफल भए । १२ वर्षो कलिलो उमेर मै रेलवे स्टेशनमा पत्रिका बेचेर पेट पाल्न बाध्य एडिसन परिश्रम कै कारण The herald नामक पत्रिकाको सम्पादकसमेत भएका थिए । गरिबीले उनको लक्ष्यलाई असर गर्न सकेन । विज्ञानमा रुचि भएको कारणले रेलको डिब्बामा नै उनले आफ्नो प्रयोगशाला बनाए ।


उनी यति परिश्रम गर्दथे कि कति पटक त आफ्नो नाम समेत विर्सन्थे । Electric Lamp बनाउँदा उनी ९९९ पटक असफल भएका थिए । तर उनी त्यस असफलताबाट नहड्बर्डाई धैर्यताको साथ आफ्नो काममा लागि नै रहे र आखिरमा हजारौं पटकको प्रयासमा सफल भई 
छाडे । यस्तै परिश्रम र धैर्यताको परिणाम स्वरुप सन् १९७३ मा Electric Lamp को लागि नोबेल परुस्कार पाउन सफल भए ।

त्यसै गरी अर्का बैज्ञानिक म्याडम म्यारी क्युरी पनि परिश्रम र धैर्यताको कारण सफल ब्यक्तित्वमा गनिन्छिन् । महिला भएकै कारण पोल्याण्डमा उच्चशिक्षा अध्ययनबाट बञ्चित हुनु परेकोले क्युरीले बिदेशमा गइ उच्च शिक्षा हाँसिल गरिन् ।उनको जीवन गरिबीमा वितेको थियो । तर गरिबीले उनको लक्ष्यलाई छुन सकेन । कति दिन र रात गरिबीकै कारणले पानीको साहाराले आफ्नो लक्ष्यमा अडिग रही निरन्तर परिश्रम गर्दै गइन् उनी । फलस्वरुप उनले सन् १९०३ मा Radioactivity मा अनुसन्धान गरेवापत भौतिक शास्त्रमा नोवेल पुरस्कार जितिन् । 


जीवनभरी साथ दिने उनका पतिको मृत्युले पनि उनको काममा बाधा पुर्याएन । त्यस्तो अवस्थामा पनि धैर्यताको साथ परिश्रम गर्दै गइन् र सन् १९११ मा Radium and polonium पत्ता लगाए वापत फेरि रसायन शास्त्रमा नोवेल पुरस्कार पाउन सफल भइन् । यस्तै परिश्रम र धैर्यताको कारणले उनी दुइ विधामा नोवेल पुरस्कार पाउने पहिलो महिला हुन पुगिन् ।


अमेरिकाका जर्ज वाशिङ्गटन, अब्राहम लिकंन एवं रुजवेल्ट, चीनका सन् यात्सेन फ्रान्सका नेपोलियन बोनापार्ट पनि परिश्रम र धैर्यताको कारण राष्ट्रपति बन्न सफल भए । सफल खेलाडीहरु पेले, म्यारोडोना, माइकल जोर्डन, माइकल जोनसन पनि मिहिनेत कै कारण सफल भएका हुन् । विलियम शेक्सपियर, रविन्द्रनाथ टैगोर, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम पनि परिश्रम र धैर्यताको कारण सफल साहित्यकार बन्न सफल भए ।


अमेरिकाको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स् पहिले कलेज ड्रपआउट भएर पनि परिश्रम र धैर्यताको कारण गत पाँच वर्षेखि लगातार रुपमा संसारकै सबैभन्दा धनाढ्य हुन सफल भएका छन् । यसरी संसारका सफल र चर्चित वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, साहित्यकार खेलाडी, व्यापारी, कलाकारहरु जीवनका पुर्वाद्दामा अभाव, गरिवी, असफल भएपनि कडा परिश्रम र धैर्यताको कारण उनीहरु सफल हुन सकेका हुन । अत: यी सफल व्यक्तित्वबाट हामीले पनि सफलताको रहस्य किन नसिक्ने?

पत्याउन गाह्रो


ईश्वरको अस्तित्वमा विश्वास गर्नु युक्तिहीन, अतार्किक वा अवैज्ञानिक हो? हुनत, अहिलेका धेरैजसा प्रसिद्ध वैज्ञानिक निरीश्वरवादका समर्थक छन् तर विगतमा, र आज पनि, धेरै वैज्ञानिक ईश्वरको अस्तित्वमा विश्वास गर्छन् ।

निकोलस कोपर्निकस (१४७३-१५४३) पोल्यान्डका खगोलशास्त्री थिए। उनले पहिलोपल्ट ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भन्ने गणितमा आधारित सिद्धान्त प्रस्तुत गरेका थिए। उनी सन् १४९७ मा क्याथलिक चर्चको पादरी बनेका थिए। कोपर्निकसले आफ्नो नयाँ सिद्धान्त पहिलोपल्ट सन् १५३३ मा इसाई धर्मगुरु पोप क्लिमेन्ट सातौँको उपस्थितिमा पोपको निवास भाटिकनको उद्यानमा प्रस्तुत गरेका थिए। पोपले कोपर्निकसको सिद्धान्तलाई स्वीकृति प्रदान गरेका थिए। कोपर्निकसले आफ्नो प्रस्तुतिमा ईश्वरको बारम्बार उल्लेख गरेका थिए। उनी आफ्नो सिद्धान्त र बाइबलबीच कुनै असहमति नभएको बताउँथे।
फ्रान्सिस बेकन (१५६१-१६२७) पहिलोपल्ट प्रयोगमा आधारित वैज्ञानिक खोजको विधि स्थापित गर्ने दार्शनिक हुन्। उनको जीवनको लक्ष्य सत्यको खोज र चर्चको सेवा थियो। उनले निरीश्वरवादलाई ठाडै अस्वीकार गरेका थिए। उनी निरीश्वरवादीहरूमा दर्शनको गहिरो अध्ययनको अभाव भएको आरोप लगाउँथे।
योहानेस केप्लर (१५७१-१६३०) उत्कृष्ट गणितज्ञ र खगोलशास्त्री थिए। उनले ग्रहहरूले सूर्यलाई परिक्रमा गर्नेबारे नियम स्थापित गरेका थिए। न्युटन जन्मनुअघि नै उनी गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउने कार्यमा सफलताको नजिक पुगिसकेका थिए। उनले आधुनिक खगोलशास्त्रको विकासमा ठुलो योगदान पुर्‍याएका थिए। उनी प्रोटेस्टान्ट इसाई धर्मका अनुयायी थिए। ईश्वरप्रति उनको ठूलो विश्वास थियो। केप्लर ईश्वरले ब्रáाण्ड कुनै उत्कृष्ट गणितीय सिद्धान्तअनुसार निर्माण गरेकोमा विश्वस्त थिए।
ग्यालिलियो ग्यालिलि (१५६४-१६५०) लाई सामान्यतः रोमन क्याथ्योलिक चर्चसँग उनको द्वन्द्वका सन्दर्भमा सम्झिने गरिन्छ। उनको सौर्यमण्डलबारेको सन् १६३३ मा प्रकाशित कृतिमा सूर्य केन्द्रित सिद्धान्तको बयान गरिएको थियो। उक्त सिद्धान्तको प्रमुख निष्कर्ष पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने थियो। तर त्यस सिद्धान्त पर्याप्त प्रमाणबीनाको र बाइबलविरुद्ध भएको ग्यालिलियोका विरोधीले आरोप लगाएका थिए। उक्त प्रस्तुतिमा उल्लेख गरिएका केही विवरणबाट ग्यालिलियो र उनका मित्र तत्कालीन पोपबीच ठुलो वैमनस्य पैदा भएको थियो र पोप ग्यालिलियोप्रति निकै आक्रोशित भएका थिए। यसै विषयलाई लिएर ग्यालिलियोमाथि चर्चले मुद्दा चलाएर दोष ठहर्‍याएको थियो। उनलाई सूर्य केन्द्रित सिद्धान्तको प्रचार र अध्यापन गर्न निषेध गरिएको थियो। जीवनको उत्तरार्धमा उनलाई आफ्नै घरमा नजरबन्द गरिएको थियो। नजरबन्दमै उनको देहान्त भएको थियो। चर्चले उनीमाथि अन्याय गरे पनि इसाई धर्ममा उनको अटल विश्वास थियो। उनी भन्थे, बाइबल कहिल्यै गलत हुन सक्तैन।
रेने देकार्ट (१५९६-१६५०) महान् फ्रान्सेली गणितिज्ञ, वैज्ञानिक र दार्शनिक थिए। देकार्ट र फ्रान्सिस बेकनलाई पहिलोपल्ट प्रयोगमा आधारित वैज्ञानिक खोजको विधि स्थापित गरेको श्रेय दिइन्छ। रोमन क्याथोलिक देकार्टमा धार्मिक आस्था निकै प्रबल थियो। उनले ईश्वरको अस्तित्वको पक्षमा अकाट्य प्रमाण जुटाउन ठुलो प्रयास गरेका थिए। उनका सबै दर्शनको केन्द्र ईश्वर नै हुन्थे। देकार्तका अनुसार ईश्वरले नै प्रकृतिका नियम बनाएका थिए र एकपल्ट नियम बनाएपछि संसारलाई आफ्नै भाग्यमा छोडिदिएका थिए।
ब्लेज पास्कल (१६२३-१६६२) पनि महान् फ्रान्सेली गणितिज्ञ, भौतिकशास्त्री, आविष्कारक, लेखक र धर्मशास्त्री थिए। उनले गणितको ज्यामिति विषयमा ठूलो योगदान पुर्‍याएका थिए। यसैगरी पास्कलले वायु र वायु-शून्यता (भ्याक्युम)को महत्वपूर्ण सिद्धान्त स्थापना गरेका थिए। उनी रोमन क्याथोलिक थिए। भनिन्छ, सन् १६५४ मा उनलाई ईश्वरको दृष्टि प्राप्त भएको थियो। त्यसपछि उनी विज्ञानलाई त्यागेर धर्मशास्त्रको अध्ययनमा लागे। मर्नुअघि उनका अन्तिम वाक्य थिए, 'ईश्वरले मेरो साथ कहिल्यै नत्यागुन्'।
आइजक न्युटन (१६४२-१७२७) विज्ञानकै इतिहासमा महान् वैज्ञानिकमध्ये एक गनिन्छन्। उनी गुरुत्वाकर्षण र गतिको सिद्धान्तका लागि प्रसिद्ध छन्। उनी अत्यन्त धार्मिक व्यक्ति थिए भन्नेबारे धेरैलाई कम थाहा छ। उनले आफ्नो प्रसिद्ध कृति 'प्रिन्सिपियामा' उल्लेख गरेका थिए्, 'सूर्य, ग्रह र पुच्छ्रेतारोजस्ता आकाशीय पिण्डको सुन्दर र नियमित सञ्चालन कुनै सर्वज्ञानी र शक्तिशाली ईश्वरको परामर्श र प्रभुत्वले मात्र अघि बढ्न सक्छ'। उनका अनुसार रंग छुट्ट्याउन नसक्ने (कलर ब्लाइन्ड) व्यक्ति विभिन्न रंगबारे अनभिज्ञ रहेजस्तै सर्वज्ञ ईश्वरले कसरी सोच्छन्, सबै कुरा बु‰छन् र ब्रáाण्ड सञ्चालन गर्छन् भन्नेबारे हामी पनि अनभिज्ञ रहन्छौँ।
रबर्ट ब्वायल (१७९१-१८६७) बेलायतका प्रसिद्ध रोयल सोसाइटीका संस्थापक सदस्य र वायुसम्बन्धी अध्ययनका लागि प्रसिद्ध वैज्ञानिक हुन्। वायुका लागि प्रसिद्ध नियम 'ब्यायलस ल' उनकै नामबाट नामाकरण गरिएको हो। समर्पित प्रोटेस्टेन्ट ब्यायल विदेशमा इसाई धर्मको प्रचारप्रसार गर्नसमेत निकै सक्रिय थिए। उनी आफ्नो समयमा निरीश्वरवादका विरोधमा कलम पनि चलाउने गर्थे।
माइकल फारादे (१७९१-१८६७) उन्नाइसौँ शताब्दीको सबैभन्दा महान् वैज्ञानिकमध्ये एक मानिन्छ। विद्युत् र चुम्बकत्वबारेको उनको कामले भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याएको मात्र नभई आजको हाम्रो जीवनशैलीलाई समेत ठुलो प्रभाव पारेकोछ। उनको योगदानबीना आजको कम्प्युटर, टेलिफोन, इन्टरनेटआदिको आविष्कार सम्भव हुने थिएन। उनी पनि समर्पित इसाई धर्मालम्बी थिए। प्रकृतिको अध्ययन र व्याख्यानमा फारादेको धार्मिक विश्वासले ठुलो प्रभाव पारेको थियो।
ग्रेगोर मेन्डल (१८२२-१८८४) लाई अणुवांशिक विज्ञान (जेनेटिक्स)का पिता मानिन्छ। उनी अस्ट्रियाको एउटा गिरिजाघरमा पादरी थिए। उनले सन् १८५६ मा गिरिजाघरको उद्यानमा विभिन्न जातका केराउको फूलमा सुरु गरेका अनुसन्धानबाट पहिलोपल्ट अणुवांशिक विज्ञानको गणितीय आधार स्थापना भएको थियो। डीएनएलगायत जैविक प्रविधिको क्षेत्रमा पछिल्लो समयमा भएको अभूतपूर्व विकासको जग उनैले स्थापित गरेका थिए।

विलियम थोमस केल्भिन (१८२४-१९०७)ले आधुनिक भौतिकशास्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनी अति समर्पित इसाई धर्मावलम्बी थिए। त्यतिबेलाका उनका सहकर्मी भौतिकशास्त्री जेम्स म्याक्सवेल (१८३१-१८७९) पनि इसाई धर्ममा ठुलो विश्वास राख्थे। म्याक्सवेललाई बीसौँ शताब्दीमा भौतिकशास्त्रमा भएको विकासमा सबैभन्दा बढी प्रभाव पार्ने उन्नाइसौँ शताब्दीका भौतिकशास्त्री मानिन्छ। उनलाई न्युटन र आइन्स्टाइनका तहको वैज्ञानिक मानिन्छ।
म्याक्स प्ल्याङ्क (१८५८-१९४७) 'क्वान्टम थ्योरी'का लागि प्रसिद्ध भौतिकशास्त्री हुन्। 'क्वान्टम थ्योरी'ले परमाणुको संसार बु‰न क्रान्तिकारी योगदान पुर्‍याएको थियो। उनका अनुसार ईश्वर सर्वत्र उपस्थित छन्। उनी सर्वज्ञानी, उपकारी र शक्तिशाली ईश्वरमा विश्वास गर्थे। उनी सन् १९२० देखि चर्चका वार्डेनसमेत रहेका थिए। उनको प्रयोगशालाको ढोकामा लेखिएको हुन्थ्यो, 'ईश्वरमा आस्था नभएका व्यक्तिले मेरो प्रयोगशालामा प्रवेश नगरे हुन्छ।'

अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५)लाई बीसौँ शताब्दीका सबैभन्दा महान् र प्रतिष्ठित वैज्ञानिक मानिन्छ। उनले समय, गुरुत्वाकर्षण र पदार्थ तथा ऊर्जाबीचको सम्बन्धबारे क्रान्तिकारी योगदान पुर्‍याएका थिए। व्यक्तिगत ईश्वरमा कहिल्यै विश्वास नगरे पनि उनी निरीश्वरवादलाई अस्वीकार गर्थे। उनी कुनै सृष्टिकर्ताबिना ब्रáाण्डको उत्पत्ति असम्भव भएको विश्वास गर्थे। कुनै बेला उनले भनेका थिए, विज्ञानप्रति उनी आकर्षित हुनुको प्रमुख कारण उनको ईश्वरबारेको जिज्ञासा पनि थियो। सृष्टिमा ईश्वरको सम्भावित भूमिकाको व्याख्या गर्दै उनले भनेका थिए, 'ईश्वरले पासा खेल्दैन' (गड डज नट् प्ले डाइस)।

विगतका कतिपय प्रसिद्ध वैज्ञानिक ईश्वरमा विश्वास गर्थे भने विज्ञानको विकाससँगै ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्यामा आज क्रमशः कमी आउन थालेको छ। उदाहरणका लागि आज अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानका सदस्य वैज्ञानिकमध्ये सात प्रतिशतमात्र ईश्वरमा विश्वास गर्छन्, ७३ प्रतिशत विश्वास गर्दैनन् र बाँकी २० प्रतिशतको कुनै मत छैन। यसैगरी सन् २००५ देखि २००७ सम्म अमेरिकाको २१ वटा प्रतिष्ठित विश्वविद्यालयमा गरिएको सर्भेक्षणअनुसार ३४ प्रतिशत वैज्ञानिक अनुसन्धानकर्ता ईश्वरमा विश्वास गर्दैनन्। अर्काे ३४ प्रतिशत वैज्ञानिक ईश्वर छ वा छैन भन्ने जान्ने कुनै उपाय नभएको बताउँछन्। बाँकी अरूको कुनै मत छैन। सायद आफूले बाँच्ला भनेर आशा मारिसकेका कैयौँ विरामी अचानक निको भएको 'चमत्कार' अनुभव गरेकाले होला अमेरिकामा धेरै चिकित्सक ईश्वर र पुनर्जन्ममा विश्वास गर्ने एउटा अध्ययनले देखाएको छ। नेपालका अधिकांश चिकित्सकले ईश्वरमा विश्वास गरेको देखिन्छ। काठमाडौंका प्रायः हरेक अस्पतालको परिसरमा कुनै न कुनै देवी देउताको मन्दिर स्थापना गरिएको पाइन्छ।

प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङका अनुसार ईश्वर छ वा छैन भन्ने प्रश्नको जबाफ विज्ञानले दिन सक्तैन। उनी यो जान्नु आवश्यक पनि ठान्दैनन्। उनी विज्ञानका भौतिक नियमानुसार ब्रáाण्डको उत्पत्ति शून्यताबाट भएको र प्रकृतिमा हुने सम्पूर्ण घटना विज्ञानका नियमानुसार सञ्चालन हुनेमा विश्वास गर्छन्। त्यसको लागि उनी कुनै सृष्टिकर्ताको आवश्यकता देख्दैनन्। त्यसैले उनको लागि ईश्वरको अस्तित्व गौण विषय हो।
यसरी विज्ञानको आधुनिक विकाससँगै ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्यामा उल्लेखनीय कमी आएको देखिन्छ। तर आज पनि ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्या नगण्य भने छैन भन्ने निष्कर्ष माथि उल्लेखित कतिपय अध्ययनले देखाउँछ। कतिपय देशमा वैज्ञानिकको ईश्वरमाथिको विश्वास उनको पारिवारिक धार्मिक पृष्ठभूमिमा निर्भर हुनेगरेको पनि पाइएको छ। उदाहरणका लागि भारतका अधिकांश प्रतिष्ठित वैज्ञानिक ईश्वरमा विश्वास गर्छन् र दैनिक पूजापाठमा संलग्न हुन्छन्।
सायद, वैज्ञानिक भएकाले होला मलाई केही पत्रकार तथा पाठकले कहिलेकाहीँ ईश्वर र धर्मबारे मेरो व्यक्तिगत धारणा सोध्छन्। वज्राचार्य थरको मेरो परिवारको पृष्ठभूमि धार्मिक नै थियो। धर्मले हामी बौद्धमार्गी र पुरोहित वर्गका हौँ। बुबा निकै धार्मिक व्यक्ति हुनुहुन्थ्यो। आफ्ना सबै सन्तानलाई बिहान पूजापाठ गर्ने नियम लागु गर्नुभएको थियो। हामी सबै सँधै नियम पालना गथ्यौँ। म पनि हरेक बिहान पूजापाठ गर्थें।
मेरो पूजापाठ गर्ने नित्य कार्य सन् १९६९ मा जर्मनीमा उच्च अध्ययन गर्न गएपछि टुट्यो। जर्मनीको लामो बसाइ र अध्ययन पुरा गरेर नेपाल फर्केपछि पूजापाठमा मेरो ध्यान गएन। कुनै मठ मन्दिरमा गएर आफ्नो कुनै आकांक्षा पूरा होस् भनेर कहिल्यै पूजा वा प्रार्थना पनि गरिन। हिजोआज मेरो 'धार्मिक' क्रियाकलाप दिवंगत आमा र बुबाको सम्झनामा हरेक बिहान दुईवटा धुप बत्ती बाल्नेमा सीमित छ।

नेपालमा हुने चाडपर्वलाई धार्मिक कार्यकारूपमा भन्दापनि हाम्रो संस्कृति र परम्पराका रूपमा लिन्छु। तर कुनै निश्चित धार्मिक दिनमा सम्बन्धित धार्मिक स्थल जाने बानी छैन। हुनत, म पनि कहिलेकाहीँ धार्मिकस्थल जाने गर्छु तर, धार्मिक उद्देश्यबाट प्रेरित भएर होइन। मलाई स्वयम्भु, बौद्ध, लुम्बिनी, चाँगुनारायणजस्ता कतिपय धार्मिक स्थलका वास्तुकला र वातावरण मनपर्छ।

मेरो कुनै व्यक्तिगत ईश्वर छैन। ईश्वरको अस्तित्वबारे मेरो ठोस व्यक्तिगत धारणा पनि छैन। मलाई लाग्छ, यस्तो ठोस धारणा बनाउन यस गहन विषयमा मेरो अध्ययन र ज्ञान अपूर्ण छ। सामान्यतया अप्रमाणित र अतार्किक तथ्य स्वीकार्न मलाई संकोच लाग्छ।

यसैगरी धर्मको परिभाषा पनि व्यक्ति विशेषमा भरपर्छ। कतिपय व्यक्ति देवी देउताको पुजापाठ गर्नुलाई धर्म मान्छन्। मेरा लागि धर्म मूलतः नैतिकता, निस्वार्थता र आफ्नो कर्तव्यप्रतिको इमानदारी हो। उदाहरणका लागि शिक्षकको धर्म नियमित कक्षा लिने हो, चिकित्सकको धर्म बिरामीको निस्वार्थ सेवा गर्नु हो, सञ्चारकर्मीको धर्म निष्पक्ष सूचना प्रदान गर्नु हो, बुद्धिजीवीको धर्म आफ्नो ब्रáले देखेको भन्ने हो, वैज्ञानिकको धर्म आफ्नो खोज नतिजालाई नबंग्याउनु हो र राजनीतिज्ञको धर्म आफू र आफ्नो दलभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नु हो।

सफलताका रहस्यहरु


सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

भाग्य बिधाता को ?

भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
-वर्डसवर्थ
हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ ।
-अरस्तु


प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।
यो फरक किन ?
यसको एउटै जवाब आउछ - आफ्नो आफ्नो भाग्य !
भाग्य !!!
यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।
यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।
जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।
वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।
जसको भाग्य तपाईं प्रबल मान्छौ त्यसको भित्री कुराहरु सबै बुझेर हेर्ने कोशीस गरौ , उसलाई सोधौ दिनचर्या हेरौ । के उसले यस्तो सफलता त्यतिकै केही नगरेर पाएको हो त ? उसले पनि रात दिन कठोर मेहनत परिश्रम गरेरै यस्तो सफलता हासिल गरेको हो । तब तपाईंलाई थाहा हुनेछ कि मानिस आफ्नो भाग्य आँफै बनाउन सक्षम छ । जे जती पनि आफु सँग छ त्यो सबै आफ्नो कर्म र सुझबुझको फल हुन्छ । हामीले उसको जस्तो कर्म र जुझबुझ सँग काम गर्न सकेनौ र हामी दशाहिन छौ । यो एक यस्तो सत्य हो कि यो कुरा इमान्दारीका साथ हामी स्विकार्न वाध्य छौ । त्यसैले सुझ बुझ र कर्मको सफलताको कुरा लाई अकर्मण्य - इर्श्यालु मानिसहरुले भाग्यको नाम दिएर राखेको छ । यसरी भाग्यको प्रचलन हुन भएको हो ।
भाग्यलाई यसरी रचना गरी सके पछि उसको जन्मदाता ईश्वर लाई बनाइयो र यो तर्क दिन थालियो कि जे जती ईश्वरले भाग्यमा लेखी दिएको छ त्यो मात्रै पाईन्छ । मानिसको आफ्नो भाग्यको अगाडि केही चल्दैन र यसको प्रमाणमा नाना प्रकारको तर्क दिन थालियो । यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्‍यो ।
मनुस्य नै संसारको सबै प्राणी मध्य एक यस्तो प्राणी हो जसलाई ईश्वरले सबै थोक दिएको छ । मनुस्यले प्रक्रिती गुणको अलावा आफ्नो कौशल द्वारा अफु प्राणीहरुको गुण पनि अपनाउन सक्छ । उदहरणको लागि केवल माछाहरु नै पानीमा तैरिन सक्छ मानिसहरुमा यो गुण जन्मजात हुँदैन तर उसले तैरिन सिक्न सक्छ , उड्नु पंक्षिहरुको धर्म हो तर मनुस्य हबाईजहाज बनाएर उड्न सिकी सक्यो । यसरी मानिसलाई प्रक्रितीले यसरी बनाएको छ कि उसले जे पनि गर्न सक्छ । अत: जब प्रक्रिती बाट पाएको सुबिधाको हामी लाभ हामी उठाउन सक्दैनौ त हामी भन्दा मुर्ख अरु को हुन सक्छ । प्रक्रितीले हामीलाई सबै दिएको छ यो हाम्रै कम्जोरी हो कि हामी त्यसलाई चिन्न सक्दैनौ नत्र हामी जे जती पनि चाहन्छौ त्यो हाम्रै अगाडि चारैतिर घुमिरहेको छ ।
हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।
आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।
हामी सबै थोक पाउन सक्छौ ।
सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

सफलताका रहस्यहरु (स्वेट मार्डेन)

जे चाहिन्छ त्यो कसरी पाउने ?
_____________एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन ... तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् ... के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।

यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।

यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।

यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार... त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।

कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।

उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

आफुलाई चिन्नुस् 

यस्तो ब्यक्ती शायदै कोही होला जसले आफ्नो अनुहार ऐनामा नहेरेको होस् । ऐना सँग मनिसको सम्बन्ध सधैं जसो भई रहन्छ । हामी त्यस्मा आफ्नो अनुहार हेर्छौ, श्रिङ्गार गर्छौ, आफुले आफुलाई चिन्छौ कि हाम्रो अनुहार यस्तो छ तर हामीले कहिले ऐनामा हेरेर यो प्रश्न गरेका छौ कि हामी को हौ ? के हौ ? के यि प्रश्न हामीले आफ्नो मन लाई कहिले सोधेका छौ ?

आफुले आफुलाई चिन्ने कोशीस गरेका छौ ? अनुहार बाट त आफुलाई चिनेका छौ यो अर्कै कुरा भयो तर आफ्नो वास्तविक रुपलाई चिन्नु अर्कै कुरा हो । दर्शनिकहरु भन्छन कि मानिसले आफुले आफुलाई चिन्नु सब भन्दा काठिन कार्य हो । जो कोहि मनुस्यले आफुले आफुलाई चिन्न सक्दैन । मानिसहरु सधैं आफ्नो बाहिरी रुप को भ्रममा रहन्छ । वास्तवमा जती खेर जसले आफुले आफुलाई चिन्छ त्यती खेर मात्र उ मनुस्य ठहरिन्छ । त्यती खेर उसले आफ्नो सम्पूर्ण गुण, शक्ती थाहा पाउछ । आफ्नो आत्मा बोध हुने बित्तिकै उ तुरुन्तै उन्नती प्रगती तिर लम्किन्छ ।
( More Click Here... अरु पनि छन यहाँ क्लिक गर्नुस् )

सफलताको रहस्यहरु ( स्वेट मार्डेन )

शँका र अबिश्वास

शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ ।

आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।

आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

सपना र इच्छाहरु
यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।

यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।

बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।

तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।

त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

आत्म विश्वासको फल 

सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नकोफल हो  जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजकोरकेट्को युग सम्म लिएर आएको   यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको  जे समस्याभोगेको  , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुलेहामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुपहुन्थ्यो  ?

सफलता घर बसेर पाइदैन  सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनैरुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक  , त्यसै गरी सफलता पाउनको लागि पहिलात्यस्को बिउ छर्न आवश्यक   हाम्रो सम्पूर्ण ज्ञानयोग्यता यदी हामीमा आत्मबिश्वासछैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता  ज्ञानले कहिले साथपाइदैन 

यो कुरालाई अबस्य मनन गर्नु आवश्यक  कि छोरी भएको धन पाउन सकिन्छ , कठिनदेखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइनेछैन  आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो 

संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौतब  यो सम्भब हुन्छ  यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती  भने जे पनि गर्न सक्छ संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन  मानिसले सबै गर्न सक्छ त्यसकोयथेस्ट प्रमाणहरु हाम्रो सामु  

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

मनको सँकल्प 

आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।

धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?

सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

विश्वासको चमत्कार
मह बनाउने माहुरीसँग जो पनि परिचीत छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरिले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कही बाट एकै चोटि मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परीणाम हो । त्यसै गरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन । मह बनाउने माहुरीले झै परीश्रम गर्ने बारे सोच्नुस् सफलताले तपाईंको कदम अबस्य चुम्नेछ परीश्रम कसरी र कती गर्ने त्यो तपाईं आफुमा भर पर्छ , जती धेरै परीश्रम त्यती धेरै सफलता हात पर्ने निशित छ । परीश्रमको साथ साथमा आफुमा आफ्नो परीश्रम प्रती विश्वाश हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।

विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरो सँग आफ्नो मनमा बस्छ तब अबस्य फलदायी नतिजा निस्किन्छ । जब सम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनी मनमा प्रशन्नता लिएर परीश्रम गरौ ।

प्रशन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त सक्ती प्रदान गर्छ । प्रशन्नतालाई जब विश्वासको साहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पती हुन्छ । विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इछ्या पुरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदी आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अबस्य पुरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ती दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदी आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इछ्या हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पुरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।

भुगोल (Geography) सम्बन्धी केही रोचक तथ्य



@ अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
@ यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
@ अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
@ एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
@ विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
@ टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
@ समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
@ संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
@ अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
@ अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ ।
@ इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ ।
@ युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
@ चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
@ एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
@ Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट (१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो ।
@ विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
@ विश्वको सबै भन्दा ठुलो Island Greenland हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।

Thursday 1 March 2012

पेले..............


'पेले' फुटबल जगत्को एउटा यस्तो नाम हो जुन बिना आधुनिक फुटबल जगत्को चर्चा नै अधुरो हुन्छ । प्रकृतिको वरदान पाएका यी फुटबल खेलाडी विश्वमा सबैभन्दा लोकपि्रय खेलाडी हुन् । उनको प्रशंसामा असङ्ख्य कविता र उपन्यासहरू समेत लेखिएका छन् । खेलकुद जगत्मा पेले जति लोकपि्रय, चर्चित र प्रख्यात छन् त्यति आजसम्म कोही पनि हुनसकेका छैनन् । उनको नसा-नसामा फुटबल भरिएको छ । उनी फुटबल खेल्नकै लागि जन्मिएका हुन् जस्तो लाग्छ ।
यस्ता महान् खेलाडीको जीवनसाग जोडिएका धेरै रमाइलो प्रसङ्गहरू छन् । तीमध्ये कही यस्ता छन् :
पेले सानोमा खाली खुट्टै फुटबल खेल्थे । त्यसैले सबैले उनलाई 'पेलेदास' भनी बोलाउथे । उनीपछि 'पेले' नामबाट चर्चित भए । उनको वास्तविक नाम भने एड्सन अरान्तेस दो नासिमेन्टो -भ्मकयल ब्चबलतभक मय ल्बकimभलतय) हो ।







पेलेको परिवार गरिब भएको कारण उनले आˆनो फुटबल किन्ने रहर पूरा गर्न हलमा चना बेचेर र जुत्ता पालिस गरेर पैसा बटुलेका थिए ।
पेलेले १७ वर्षको उमेरमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए भने १८ वर्षमा विश्वकप फुटबल प्रतियोगितामा भाग लिएका थिए । यसमा उनी सर्वश्रेष्ठ खेलाडी घोषित भए र ब्राजिलले पनि पहिलोपटक विश्वकप जित्यो ।







सन् १९७० को विश्वकपमा पेलेले इङ्ल्यान्ड विरुद्ध गरेको प्रहार रोक्न खोज्दा इङ्ल्यान्डका गोलकिपर गोर्डन व्याङ्कसको हात नौ ठाउमा भाच्चिएको थियो ।
फुटबलप्रेमीहरूले पेलेलाई माया गरी करिब एक दर्जनभन्दा बढी उपनाम दिएका छन् तीमध्ये 'बादशाह', 'कालो मोती', 'फुटबलका जादुगर' बढी प्रख्यात छन् ।



पेलेको आत्मकथा 'माइ लाइफ एण्ड द ब्युटिफूल गेम' को प्रथम संस्करणमा हस्ताक्षर गर्न जादा त्यहा भेला भएका उनका प्रशंसकहरूले उनको लुगा टुक्राटुक्रा पारेर चिनो स्वरूप लगेका थिए । लुगा नपाउनेले उनको कारको पार्टपूर्जासमेत बााकी राखेनन् । भनिन्छ त्यो दिन पेले लगभग नाङ्गै हिडेर घर पुगेका थिए ।

पेलेलाई भेट्दा बेलायतकी महारानी एलिजावेथ द्वितीयाले आˆनो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका शाहले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घण्टाभन्दा बढी समयसम्म प्रतीक्षा गरेर बसेका थिए ।
पेलेले पनि एकपटक रातो कार्ड पाएका थिए तर पछि उनले त्योविरुद्ध फिफामा उजुरी गरी सुनुवाई गर्न लगाए । त्यसपछि उल्टै त्यो कार्ड दिने रेप|mीलाई एक महिना लामो निलम्बनको सजाय दिइयो ।
पेलेले आˆनो हजारौ गोल पेनाल्टी प्रहारबाट गरेका थिए ।
पेलेले ९९९ गोल गरिसकेको तथ्य थाहा पाएका दर्शकहरूले त्यो पेनाल्टी पेलेबाहेक अरूलाई हान्न दिएनन् । फलस्वरूप त्यो प्रहार पेलेले नै हाने र गोलमा परिणत गरे । पेले विश्व फुटबलको इतिहासमा १००० गोल गर्ने पहिलो खेलाडी पनि बने ।


पेलेले सन् १९५७ देखि १९७७ सम्म फुटबल खेलेर अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए । उनले आˆनो लामो व्यावसायिक खेल जीवनमा कुल १३६३ वटा अन्तर्राटि्रय खेल खेले र कुल १२८१ वटा अन्तर्राष्ट्रिय गोल गरे ।

महापुरुषहरुका कथन :



मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ ।
-कार्लाईल
जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन ।
- ब्रर्टेण्ड रसेल
इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो ।
- स्टेनबैक
मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो - रुजवेल्ट
उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन ।
- अरस्तु
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर ।
- रिचर्ड जानसन
पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ ।
- जर्ज वर्नार्ड शा
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ?
- सैमुअल वोन
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ?
- माइकल फराडे
हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ ।
- अरस्तु
.


तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर ।
- अल्वा एडिसन
मर्नु भन्दा अगाडि केही गरेर देखाउ ।
- अरस्तु
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ ।
- टिंगसन
आफ्नो जीवनको यि शत्रुहरुलाई चिन
१) अल्छिपना
२) चिन्ता
३) अरुको भर
४) समयको दुरुपयोग
यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ ।
- सँत पितर
तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु ।
- अरस्तु
जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ ।
- एड्गर एलन पो
के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
- वर्डसवर्थ
मनको भावनाको दशाको नामनै सुख र दु:ख हो ।
- ईबने बतुता
दु:ख के सुख के सबै तिम्रै हातमा छ ।
- शेक्सपियर
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन ।
- लाँगफेलो
स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ ।
- डाक्टर हार्मोन






  1. प्रत्येक महान र प्रेरणादायी कुरा, स्वतन्त्रता पूर्वक काम  गर्न पाएको ब्यक्तिले सृजना गरेको हुन्छ ।  – Albert Einstein
  2. स्वतन्त्रता भनेको उत्तरदायित्व हो । तेही भएर प्राय मान्छे यस देखी डर मान्छन ।   –George Bernard Shaw
  3. सम्विधान सरकारले जनतालाई नियन्त्रण गर्नको लागी बनाइएको उपकरण होईन । यो त सरकारलाई जनताले नियन्त्रण गर्न बनाइएको उपकरण हो ताकी एस्ले हाम्रो जिवन र हीतमाथी दमन गर्न नआओस ।   – Patrick Henry
  4. यदी हामी आफूले घृणा गर्ने ब्यक्तिको वाक स्वतन्त्रतामा बिश्वास गर्दैनौ भने हामी वाक स्वतन्त्रतामा नै बिश्वास गर्दैनौ ।   – Noam Chomsky
  5. तपाईको जिवनमा सधै नै कोही न कोही यस्तो ब्यक्ती अवश्य हुन्छ जस्ले तपाईलाई  केहि नगर नगर भनिरहेको हुन्छ । मुख्य कुरा के हो भने , तपाई उसलाई ध्यानै नदिनोस ।  – Tim Robbins
  6.  राजनितिमा सम्लग्न हुन नचाहनुले तपाईले पाउने एउटा सजाय हो, निम्न स्तरकाहरुबाट शासित हुन पुग्नु ।  – Plato
  7. जब सामानहरुले सीमा पार गर्दैनन तब सेनाले सीमा पार गर्छन ।   – Fredric Bastiat
  8. प्राय: जस्तो दासताको बाटो कस्तो हुन्छ भने, पहिले उनिहरुले तपाईको बन्दुक खोस्छन्, तेसपछी तपाईको सम्पती खोस्छन र अन्तिममा तपाईलाई चुप लाग्न र रमाइलो भैरहेको छ भन्न आदेश दिन्छन ।   – James A. Donald
  9. प्रत्येक मान्छेसँग आफैंमा एउटा यस्तो सम्पती हुन्छ जसमाथी उस्को बहेक अरु कसैको हक लाग्दैन । त्यो हो उस्को शरीरको श्रम र उस्को हातको काम ।    – John Locke
  10. म राजनितिमा चाख यसकारण राख्छु ताकी मैले कुनै दिन यसमाथि चाख राख्नु नपरोस ।   – Ayn Rand



* मानबको श्रेणी जन्मले होइना कर्मले छूटीन्छ | 
* बिद्या नै यस्तो धन हो जो जति बढ्यो उती नै बढ्छ | 
* बस्तुहरु परिबर्तित हुदैनन तर हामी परिबर्तित हुन्छौ | 
* कसैको अधिक प्रशंसा गर्नु वस्ताब मा उसलाइ धोका दिनु हो | 
* कुनै पनी इमानदार ब्यक्ति एका एक कहिल्याई धनि बन्न सक्दैना | 
* ठुला मनिसलाई जेल बनाउनु भन्दा सनालाई पाठशाला बनाउनु बेश | 
* शुख चाहनेलाई बिद्या र बिद्या चाहने शुख कहिल्याई मिल्दैना | 
* अध्ययन अकशामा चम्केको सूर्य झै चम्केको हुन्छ | 
* आत्मा शान्त भए संसार स्वत शान्त हुन्छ | 
* परिश्रम गर्न र धर्य गर्न सिक | 
* क्रांति सानो चीज होइना तर सानो चीज बाट नै क्रांतिको जन्म हुन्छ | 
* मलाई अशल आमा देऊ म तिमीलाई अशल राष्ट्र दिन्छु | 
* मलाई रगत देऊ म तिमीलाई स्वतंत्रता दिन्छु | 
* फुलको संगतले गर्दा धगोले पनी शिरमा चढ़ने मौका पाउछ | 
* तिम्रो शरीर पबित्र आत्माको मन्दिर हो | 
* जहा कनुनको अन्त हुन्छ त्याहा कुशासनको प्ररारम्भ हुन्छ | 
* मानब को सबै भन्दा ठुलो हथियार आत्म विश्वास हो | 
* मानबको सबै भन्दा निकट मित्र र कठोर दुश्मन सर्ब प्रथम उ स्वयं हो














अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...