Tuesday 14 August 2012

महान् सर्जकको कमलो मन

साहित्यमा नोबेल पुरस्कारप्राप्त प्रथम भारतीय कवि रवीन्द्रनाथ टैगोरको जन्म गरिब र वेश्याहरूको बस्ती उत्तरी कोलकाताको जोरासन्कोमा भयो । त्यही“ उनीहरूको ठूलो हवेली (भवन) थियो । उनी देवेन्द्रनाथ र शारदादेवीका कान्छा छोरा अर्थात् १४औ“ सन्तान थिए । त्यहा“का आमजनता निर्धन भए पनि त्यस ठाउ“बाट साहित्यिक पत्रिका प्रकाशित हुन्थे । शास्त्रीय संगीत र नाट्यकलाको बोलवाला थियो ।हवेलीमा दार्शनिक र समाजसेवीको आवतजावत बाक्लै हुन्थ्यो । रवीन्द्रका जेठा दाजु द्विजेन्द्रनाथ आफै“ पनि दार्शनिक र कवि थिए । अर्का दाजु सत्येन्द्रनाथ सरकारी नोकरी पाउने पहिलो भारतीय थिए भने ज्योतीन्द्रनाथ संगीतकार, कम्पोजिटर र नाटककार थिए । दिदी स्वर्णकुमारी पनि कथाकार थिइन् । रवीन्द्र उर्फ रवि घरमै पढ्थे, दाजु हेमेन्द्रनाथबाट । रविले आठ वर्षकै उमेरमा कविता लेख्न थाले । हवेलीमा आएका पाहुनालाई पढेर सुनाउ“थे । ११ वर्षको उमेरमा व्रतबन्ध गरियो । कपाल खौरेर आश्रम पठाइयो, जहा“ उनले श्लोक घोके, ध्यान गरे । १२ वर्षको उमेरमा बल्ल बाबुस“ग समय बिताउन पाए । कहिले कता–कहिले कता हि“ड्ने देवेन्द्रनाथ एक महिना छुट्टी मनाउन घर पुगेका थिए । बाबुस“गै अमृतसर घुम्न निस्के । गुरुद्वारा गई पूजा गरे । अंगे्रजी र संस्कृत भाषाका पुस्तक पढे । यसै क्रममा ज्योतिष विद्या, बेन्जामिन फ्रेन्कलिन र एडवर्ड गिबनको जीवन, रोमन साम्राज्यको पतनबारेको इतिहास पढ्न भ्याए । त्यसपछि उनीहरू कास्मिरको सीमासित जोडिएको हिमाञ्चल प्रदेशको ७ हजार ५ सय फुटको उचाइमा अवस्थित पहाडी इलाका पुगे । २ महिनापछि कोलकाता फर्के । सन् १८७८ मा रवि १७ वर्षका भए । देवेन्द्रनाथले छोरालाई वकिल बनाउने सोच बनाए र इंग्ल्यान्ड पठाउन खोजे ।
इंग्ल्यान्ड जाने क्रममा रवि मुम्बई गए । त्यहा“ दाजु सत्येन्द्रनाथका साथी दादोबा पांडुरंगकोमा बसे । दादोबाकी छोरी अन्ना तारखड भर्खरै इंग्ल्यान्डबाट फर्केकी थिइन् । उनी रविभन्दा एक वर्षले जेठी अर्थात् १८ वर्षकी थिइन् । प्रगतिशील स्वभावकी मात्र होइन, रूपवती पनि थिइन् । समवर्ती उमेरका दुवैजना चा“डै घनिष्ट बने । रवि उनलाई कविता सुनाउ“थे । उनकै बारेमा कविता रच्थे । अनुभूतिशील अन्ना कविता सुनेर मख्ख पर्थिन् । पछि रविद्वारा रचिएका कविताको अंग्रेजीमा अनुवाद गर्न थालिन् । रविलाई बोलीचालीको अंग्रेजी सिकाउन थालेकी उनलाई आºनो अंग्रेजी नाउ“ ‘अन्ना’ मन पर्दैनथ्यो । एक दिन यसै विषयमा कुरा चल्दै गर्दा रविले उनको नाउ“ अन्नाको हिन्दीकरण गरिदिए– नलिनी (कमल पोखरी) । अन्ना निकै खुसी भइन् । रवि अब नलिनीलाई लिएर गीत रच्न थाले । ‘सुनो नलिनी, खोलो गो आ“खी’ ‘काहे री नलिनी, तु कुम्हलनी’ यसका उदाहरण हुन् । अन्ना उर्फ नलिनी राति पञ्जा लगाएर सुत्थिन् । एक दिन उज्यालो हुन नपाउ“दै रवि उनको शयनकक्षमा कसैले थाहा नपाउनेगरी पसे । नलिनी मस्त निद्रामा थिइन् । उनले नलिनीले चाल नपाउने गरी पञ्जा फुकालेर लुकाइदिए । अनि गीत गुनगुनाउ“दै उठाउन थाले ।
आ“खा उघार्नेबित्तिकै रविलाई सामुन्ने देखिन् । रिसाउनुको साटो मुसुक्क हा“सिन् आङ तन्काइन् । नलिनीको समर्पणभावले कविको मनलाई ब्याकुल बनायो । दुवै हातले अनुहार च्याप्प समाएर नलिनीको ओठ चुमे । नलिनी झन् खुसी भइन् र भनिन्, ‘आजबाट मलाई चुम्ने अधिकार तिमीले पायौ ।’ सोही दिन नलिनीलाई लक्ष्य गरी बंगाली भाषामा कविता लेखे । कविताको भावनानुवाद यस्तो छ, ‘ओई, मेरी नलिनी, लाज–भीनी नलिनी † धेरै नवयुवतीको आ“खामा सौन्दर्य बस्छ, तर तिम्रो आ“खा प्रेमको रंगमा रंगिएको छ । ओई, सुकोमल नलिनी † जहा“ कतै पनि रूपको माधुरी टल्किन्छ, त्यही“ प्रकृतिको सुवास मग्मगाइरहन्छ । त्यही सुगन्ध तिम्रो शरीरको नशा–नशामा डुलिरहेको छ ।’ अर्को एउटा गीतमा उनले लेखे, ‘हे संगीनी, म यसबेला सपनामा हराइरहेको छु, मलाई नब्यु““झाऊ †’ नलिनीसितको प्रेमलाई स्थायित्व दिन ‘नलिनी’ नाटक पनि लेखे । बुढेशकालमा नलिनी प्रकरणको चर्चा गर्ने क्रममा मित्र दिलीपकुमार रायलाई उनले भने, ‘अन्ना, जस्ती केटीलाई मैले जीवनमा कहिल्यै बिर्सन सकिन“ न कहिल्यै उनको आकर्षणलाई उपेक्षाको दृष्टिले हेर्न सक“े । यसपछिको दिन मेरो जीवनमा अनेक खालका घटना घटे, विभिन्न खाले अनुभव बटुले“ तर एउटा कुरा गर्वका साथ भन्न सक्छु, कुनै केटीको प्रेमलाई मैले अवज्ञा गर्ने दृष्टिले हेरिन“–त्यो प्रेमको रूप जस्तोसुकै किन नहोस् ?’ रवि र नलिनीको प्रेम सफल भएन । उनी त्यहा“ करिब ६ महिना बसे । नचाह“दा–नचाह“दै पनि नलिनीलाई छाडेर पानीजहाज चढी लन्डन गए । ब्राइटन स्कुलमा कानुन पढे । त्यहा“ बस्दा अंग्रेजी साहित्यतर्फ रुचि बढ्यो ।
सेक्सपियरको साहित्यबारे मनग्ये अध्ययन गरे । डिग्री नलिईकनै २ वर्षपछि स्वदेश फर्के । ज्योतीन्द्रनाथ (रविका दाजु)ले १९ वर्षको उमेरमा ९ वर्षकी बालिका कादम्बरीदेवीस“ग बिहे गरेका थिए । उनी रविभन्दा २ वर्षले जेठी थिइन् । केटाकेटी उमेरमा बिहे गरेर टैगोर परिवारमा भित्रिएकीले उनी (रवीन्द्र)स“ग खेल्थिन् । उनको साहित्य सिर्जनामा कादम्बरीस“गको बाल्य–प्रेमले ठूलो भूमिका खेलेको छ । कादम्बरी निःसन्तान थिइन् । एकपटक कादम्बरीलाई लिएर ज्योतीन्द्रनाथ कोलकाताबाहिर हि“डे । रविले एकांकीपन महसुस गरे । सा“झपख छतमा ओहोर–दोहोर गर्न थाले । व्याकुल मनमा उनले लेखे, ‘गयो, सबै गयो † हृदयलाई चोट पु¥याएर, कुल्चेर गयो । अब कुरा गर्न, गीत गाउन कोही रहेन । म त्रसित आ“खाले उसलाई हेरिरहे“ तर उसले आफूस“गै लगेन । पुरानो, च्यातिएको र मैलो लुगासरह मलाई ºया“केर गयो ।’ उनले दुःख र निराश मनले अर्को कविता लेखे– ‘असहनीय प्रेम ।’ कविताको भाव थियो, ‘जब शरीरको ढोकामा तिम्रो रूपसित मन जुध्न पुग्छ, तब तिमी मुन्टो बटारिदिन्छौ ।
यति ठूलो ज्यादती (अनुचित व्यवहार) सायद तिमीलाई मन पर्दैन होला । तिमीलाई मेरो त्यो प्रेम मन पर्दैन होला, जुन सम्पूर्ण रूपमा आफूमा हराएर तिमीमा विलीन हुन चाहन्छ । जुन अनन्त र अतृप्त प्यासले मरुभूमिमा डुलिरहेको छ, जहा“ आ“खाबाट अनन्त जलधारा बगिरहेको हुन्छ र दुःखले भरिएको ‘आह’ (व्यथा) खैलाबैला मच्चिरहेको हुन्छ ।’ निकै समयपछि कादम्बरी घर फर्किइन् । रविले उनलाई कविता पढ्न दिए । कविता पढ्दै कादम्बरी धुरुधुरु रोइन् । सन् १८८३ को डिसेम्बर ९ मा रविको बिहे मृणालिनीदेवीस“ग भयो । त्यसबेला उनी २२ वर्षका थिए, तर मृणालिनी ११ वर्षकी मात्र थिइन् । बिहेपछि उनीहरूलाई सत्येन्द्रनाथको घरबाट अन्तै लगेर राखियो । मृणालिनी निकै दुब्ली थिइन्, रूपरंग पनि खासै राम्रो थिएन । निरक्षर थिइन्, लुगा पनि पुरानै खालको लगाउ“थिन् । विवाहपछि भने उनलाई स्कुलमा पढ्न पठाइयो । घरमा पनि रवि आफै“ले पढाउन थाले । पछि मृणालिनी पा“च सन्तानकी आमा बनिन् । दुई सन्तानको भने बाल्यकालमै मृत्यु भयो । कादम्बरीका निम्ति रविको बिहे अप्रत्यासित थियो । अधिकांश समय रविले घरभित्रै बिताउन थालेका कारण आºनो व्यथा सुनिदिने ‘असल साथी’ गुमेको महसुस गरिन् । यसबीच, रविको बिहेको ४ महिनापछि २४ वर्षको उमेरमा सन् १९८४ को अप्रिलमा आत्महत्या गरिन् ।
उनले किन आत्महत्या गरिन्, परिवारका कुनै सदस्यले थाहा पाएनन्, रविलेबाहेक । तर, उनले पनि कारण कसैलाई भनेनन् । कादम्बरीको निधनले रविको मन छियाछिया भयो । निराश र एकान्तप्रिय बने । धेरै समयसम्म साहित्य सिर्जना ठप्प भयो । पछि उनलाई सम्झ“दै ‘पुष्पाञ्जली’ मा लेखे, ‘ऊस“ग मेरो जीवनको कैयौ“ बिहानी, दिवा, सा“झ एकात्मकभावले बितेको छ । कैयौ“ वसन्त, वर्षा र शरद ऋतु दुवैको आत्माको अकाट्य साक्षी बनेका छन् । कैयौ“ स्नेह उसबाट पाएको छु, कैयौ“ खेल हामीले मिलेर खेलेका छौ“, मेरो जीवनको सयौ“ घटनाको साझेदार बनेर हरेक पल ऊ मस“ग रहेकी छ । फेरि पनि मेरो जीवनमा कतिपय दिन, कतिपय रात विचित्र रहस्य लिएर आउनेछ, तर अहो † ऊविना आएका सबै शून्यमा सुस्केरा हालेर बस्नेछन् ।’ २३ वर्षपछि उनले एकपटक कादम्बरीलाई सम्झेर आºनो साथी अभिया चक्रवर्तीलाई लेखे, ‘त्यो बेला म तिम्रै उमेरको थिए“ । मैले बज्रपात सहनुप¥यो । म निकै दुःखी भए“ । मेरो एकदम नजिकको नातेदारले आत्महत्या ग¥यो । बाल्यकालदेखि नै ऊ मेरो जीवनको आधार बन्दै आइरहेको थियो । उसको अप्रत्यासित मृत्युले म उभिएको जमिन धसियो र आकाश पूर्णतः अ“ध्यारो भयो । मेरो ब्रह्माण्ड पूर्णरूपमा रित्तियो, जीवन खल्लो बन्यो ।’ रविले कादम्बरीलाई सम्झेर थुप्रै साहित्य सिर्जना गरेका छन् । ‘चुन्दुलाल’ कथामा पनि मुख्य पात्र चारुलतालाई एक्लो विवाहिता बुद्धिमानी नारी देखाइएको छ ।
चलचित्र जगत्का महान् निर्देशक सत्यजित रायले सोही कथामा आधारित रहेर पछि चलचित्र ‘चारुलता’ बनाए । ऋतुपर्ण घोषद्वारा निर्मित ‘चा“दनीबार’ कादम्बरीमा आधारित रवीन्द्रनाथ टैगोरको कथानक चलचित्र हो । स्वामी विवेकानन्दले समेत रवीन्द्रनाथको भाउजूसितको सम्बन्धलाई स्विकारेका छन् । प्रायः सबै भारतीय साहित्यिक समालोचकले उनको साहित्य सिर्जना कादम्बरीद्वारा पे्ररित भएको बताउने गरेका छन् । उनले जीवनको उत्तराद्र्धमा फेरि पनि मर्मस्पर्शी भावले लेखेका छन्, ‘म लामो–लामो घा“से मैदानबाट हि“ड्दै थिए“ । कसैको आवाज पछाडिबाट सुने“ । ऊ भन्दै थियो, ‘हेर, मलाई चिन्छौ ?’ मैले फर्केर जवाफ दिए“, ‘अह“, मलाई सम्झना छैन ।’ उसले फेरि भन्यो, ‘म तिम्रो पहिलो दुःख हु“, जोस“ग तिमीले युवाकालमा भेट्यौ ।’ उसको आ“खा बिहानीको किरणजस्तो चम्किरहेको थियो । मैले सोधे“–‘के तिमीले तिम्रो आ“सुबाट मुक्ति पाइसकेको हो ?’ ऊ मुसुक्क हा“स्यो मात्र, केही बोलेन । उसले फुसफुसाएर भन्यो, ‘एकपटक तिमीले भनेका थियौ, आºनो दुःखलाई सदा हृदयमा सजाएर राख्नेछु ।’ मैले लाज मान्दै जवाफ फर्काए“, ‘हो, समय बित्दै गएपछि मैले बिर्सिन थाले“ ।’ मैले उसको हात समाए“ र भने“, ‘तर, तिमी निकै बदलिसकेका छौ ।’ उसले अन्त्यमा भन्यो, ‘त्यो कस्तो दुःख हो, जुन अहिले शान्तिमा फेरिएको छ ।’ कादम्बरीको असामयिक निधनपछि दुःखी मन बोकेर रवीन्द्र लन्डन गए । पत्नी, छोराछोरीलाई पनि त्यही“ बोलाए । ४ वर्षपछि स्वदेश फर्के । महाराष्ट्रको शोलापुरमा गई जमिनदारी गरे । त्यही“ बसेरै धेरै कविता, लघु कथा लेखे । यसअवधिका प्रायः सबै लेखनमा बंगाली जनजीवनको झा“की प्रस्तुत गरिएका छन् । सन् १८९१ मा शान्ति निकेतनमा गई बस्न थाले । सन् १९१२ मा नोबेल पुरस्कार ग्रहण गरे । त्यसपछि उनका धेरै जीवन विदेशमै घुमेर बित्यो । जापान, अमेरिका, थाइल्यान्ड, डेनमार्क, जर्मनी, स्विटजरल्यान्ड, पेरु, अर्जेन्टिना, मेक्सिको, इटली, इन्डोनेसिया, सिंगापुर र मलेसिया घुमे । मुसोलिनी, अल्वर्ट आइन्स्टाइन, रोबर्ट फ्रस्ट, थोमसमान, एचजी वेल्स आदिलाई भेटे । साम्राज्यवाद, फासीवाद, र छुवाछूत प्रथाको विरोध गरे । सन् १९३७ आइपुग्दानपुग्दै बिरामी परे । सालको अन्तिम पुग्दा होस गुम्यो । ८० वर्षको उमेरमा सन् १९४१ को अगस्त ७ मा जन्मेकै घरमा प्राण त्यागे ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...