Thursday 26 July 2012

कन्ट्याक्ट लेन्स (Contact Lence) भनेको के हो ?





कन्ट्याक्ट लेन्स एक बाक्लो प्रकारको पारदर्शी प्लास्टिकको कप हो । यो 0.06 मिलि मिटरदेखि 0.15 मिलि मिटरसम्म बाक्लो हुन्छ । यसको डायमिटर 5.5 मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन आँखाको सिधै कर्निया (Cornea) को माथि राखिन्छ ।

कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्य चस्माको प्रयोग विना वस्तुलाई स्पष्ट तथा स्वाभाविक तरिकाले देख्न सकियोस भन्ने हो । खासगरी आँखामा हुने दुरदृष्टि तथा अदुरदृष्टिका समस्या हटाउनकालागी चस्माको प्रयोग गरिन्छ ।

कन्ट्याक्ट लेन्स जलविन्दु
जस्ता कतिपय आँखाको बिरामीका लागि त यो थेरापीको रूपमा पनि प्रयोग गरिन्छ । त्यस्तै खेलकुद, नृत्य, र चलचित्र
क्षेत्रमा सम्बद्ध मानिसहरूले लेन्सलाई चस्माको सजिलो वैकल्पिक साधनका रूपमा लिएका छन । यस प्रकारको लेन्सको प्रयोगले एथलेटहरुको प्रस्तुति राम्रो भएको प्रमाणित भइ सकेको छ ।

यसका अतिरिक्त कन्ट्याक्ट
लेन्सको प्रयोग सौन्दर्य बढाउन पनि गरिन्छ । विभिन्न प्रकारका लेन्स प्रयोग गरि आँखाको रुपनै परिवर्तन गर्न सकिन्छ । यसमा भएको पछिल्लो विकासले टाढाको वस्तु देख्न नसकिने आँखाको कमजोरीलाई विशेष प्रकारको कन्ट्याक्ट लेन्सको प्रयोगले कम गर्न सकिने भएको छ ।

अर्थोकार्टोलोजी नामक
यो प्रविधि तुलनात्मक रुपमा महँगो भएता पनि यसको प्रयोगबाट आशातित सुविधा पाउन सकिन्छ । आउदो वर्षहरुमा कन्ट्यक्ट
लेन्समा भारि परिवर्तन आउने वैज्ञानिकहरुको नितन्तरको प्रयाशले देखाउदछ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...