Thursday 26 July 2012

स्लो भएर हैरान ! के गर्दा बढ्छ स्पिड कम्प्युटरको !





कम्प्युटरमा एक क्लिक गर्यो अनि पर्खेर बस्यो ।स्क्रिनबाट बिजीको संकेत हट्ने नाम लिदैन । चलिरहेको कम्प्युटर एक्कासी ह्याङ हुन थाल्छ ।
किनेको केही समय राम्ररी चलिरहेको कम्प्युटर विस्तारै स्लो, स्लो र अति स्लो हुन थाल्छ ।

सामान्यतया कम्प्युटरले दिने समस्या यस्तै हुन्छन् । वास्तवमा कम्प्युटर स्लो हुनु वा ह्याङ हुनु कुनै नौलो समस्या होइन । केही सामान्य होसियारीले तथा तरिका अपनाउँदा पनि कम्प्युटरको गति बढाउँ सकिन्छ । आउँनुहोस् आज कम्प्युटरको स्पिड बढाउँने बारे केही कुरा गरौं

१. भाइरस स्क्यान :
भाइरसले कम्प्युटरको स्पिड कम गराउँने मात्र होइन, कम्प्युटरमा सुरक्षित राखिएका आवश्यक डकुमेन्टहरु पनि नोक्सान गर्न सक्छन् । तपाईले कम्प्युटर चालु गर्दा भाइरसकै कारण अनावश्यक प्रोगामहरु चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन्छ ।

यसैले कम्प्युटर बेला बेला भाइरस स्क्यान गर्दा यस्ता अनावश्यक प्रोगामहरु निष्क्रिय हुन्छन् । भाइरसकै कारण कम्प्युटर स्लो भएको रहेछ भने भाइरस स्क्यान गरेपछि कम्प्युटर पहिले भन्दा छिटो चल्छ ।

यसका लागि विभिन्न एन्टिभाइरस प्रोगामहरु पाइन्छन् । हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन्:
1.AVG Free

http://free.avg.com/ww-en/download-avg-anti-virus-free-edition

2.Microsoft Security
Essentials
www.microsoft.com/security_essentials/

3.Avira AntiVirus Personal
www.avira.com/en/avira-free-antivirus

4.Avast! Free Antivirus

www.avast.com/free-antivirus-download

5.PC Tools AntiVirus
www.pctools.com/free-antivirus/download/


२. स्क्यान डिस्क प्रोगामलाई रन गर्नुहोस् :
कम्तिमा महिनाको एक चोटी स्क्यान डिस्क प्रोगामलाई रन गराउँनुहोस् । यसले हार्ड डिस्कमा भएका नचाहिदा फाइलहरु हटाउँछ । हार्ड डिस्कको स्पेस बढ्छ ।

३. टेम्पररी फाइललाई क्लिन गर्नुहोस् :
जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसले गर्दा कम्प्युटरको भर्च्युअल मेमोरी भरिन्छ जसको सिधा असर कम्प्युटरको स्पिडमा पर्छ । यसलाई डिलीट गर्न स्टार्ट बटन मा गएर रन प्यानल मा %temp% लेखि ओके बटन थिच्नुस तपाइको कम्प्युटरमा सेभ भएको सबै टेम्पररी फाइल देखिन्छ । जसलाई सेलेक्ट गरि डिलिट गर्नुस ।

४. रिसाइकल बिन खाली गर्नहोस् र सकेसम्म डेस्कटपलाई क्लिन राख्नुहोस् :
डिलिट गरेका फाइलहरु जम्मा भएर रिसाइकल बिनले पनि कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । यसैले बेला बेला रिसाइकल बिन खाली गर्नुहोस्। कम्प्युटरको डेस्कटप अपरेटिङ सिस्टम
भएकै ड्राइभमा हुन्छ । डेस्कटपमा बढी फाइलहरु राख्नाले हार्ड डिस्कमा स्पेस भरिन थाल्छ । यसैले डेस्कटपमा भएका कुरालाई
कम्प्युटरका अन्य ड्राइभमा सार्नुहोस् ।

५. डिक्स इरर क्लिन :
कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट गर्न सकिन्छ ।
यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ । डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस् । जुन डिक्स चेक
गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक गर्नुहोस् । प्रोपर्टिज डायलग
बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस् । इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस् । कम्प्युटरमा इरर चेक गर्न चेक डिक्स एक्सेस गर्नुहोस् । इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ । डिक्स चेक सातामा एकपटक गर्न
सकिन्छ ।

६. डाटा अर्गनाइज :
कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय
लगाइरहेको हुन्छ । यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन फायल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फायल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ । यसले कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-लग स्थानमा खोज्नुपर्ने हुन्छ । यसलाई ठीक गर्न डिक्स डिफ्राग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ । यसका लागि पनि माई कम्प्युटरमा गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ । प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्राग्मेन्टेसन सेक्सनमा गएर डफ्राग्मेन्टमा क्लिक गर्नुहोस् । कम्प्युटर डिफ्राग्मेन्ट गरेपछि त्यो फायलको प्रोगाम र साइजअनुसार पुनः अर्गनाइज हुन्छ ।

७. नचाहिदा सफ्टवेयर तथा प्रोगामहरुलाई हटाउँनुहोस् ।

८. तपाईको कम्प्युटरको माइक्रोसफ्ट वर्ड, एक्सल आदि प्रोगामहरु ढिलो खुल्छन् ? फन्टको कारणले हुन सक्छ । नचाहिदा फन्टहरु हटाईदिनुहोस् । यसो गर्दा फन्ट लोड हुने समय घट्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...