Wednesday 25 July 2012

अब्राहम लिंकन


सन् १८०९ को १२ फरवरी । अमेरिकी इतिहासको एक महìवपूर्ण दिन । यसै दिन त्यहाँको केन्टुकी राज्यमा दुई सय वर्षअघि एक बालक जन्मेको थियो । उक्त बालकको नाउँ थियो - अब्राहम लिंकन । जसले ठूलो भएर देशलाई नयाँ दिशा दियो । आˆनो यस कामले गर्दा इतिहासले उसलाई अमर बनायो । आज संसारभरि सर्वत्र उसको नाउँ श्रद्धा र सम्मानले लिइन्छ ।
एक गरिब परिवारमा उनको जन्म भएको थियो । गरिबी र रोजगारको खोजीमा बसाइँ सरी रहनुपर्दा बाबु थोमस लिंकनले उनलाई स्कुलमा भर्ना गर्न सकेनन् । यसरी बालक अब्राहमले बाल्यकालमा पाउनुपर्ने स्कुल शिक्षा पाउन सकेनन् तर उनमा पढ्ने एउटा उत्साह थियो । जहिले पनि उनको हातमा छापिएको कुनै कागत वा किताब पर्दथ्यो, त्यसलाई नपढी छाड्दैनथे । कहिलेकाहीँ त एउटै किताबलाई दुई पल्टसम्म पढ्दथे, किनभने उनीसित नयाँ किताब किन्न पैसा हुँदैनथ्यो । घरमा बत्ती नहुँदा कहिले उनी सडकको लैम्पपोस्टमुनि बसेर पढ्दथे त कहिले चुल्होमा बलिरहेको आगोको उज्यालोमा पढ्दथे । एवं रितले उनले आˆनो पढ्ने इच्छा पूरा गरिरहे । यता बाबु कामको खोजीमा बसाइँ सर्दै केन्टुकीबाट इन्डियाना राज्यमा पुगे । नौ वर्षको बालक अब्राहमलाई त्यतिबेला ठूलो चोट पुग्यो जब उनकी आमाले उनलाई टुहुरो बनाउँदै यस संसारलाई छाडिन् गरिबी, दुःख, अभाव र सङ्घर्ष उनको जीवनसाथी भए । बाबुले अर्को बिहे गरे । यता उनको उमेर बढ्दै गइरहेको
थियो ।
उनले पनि कतै कुनै काम गर्नुपर्‍यो तर पढाइ भने थिएन । नपढेकोले उनले राम्रो काम पाउन सकेनन् । यसो हुँदा कहिले कुनै मिलमा त कहिले पसलेको रूपमा काम गर्न थाले । दुःख पाएकोले होला उनी कसैको दुःख, पीरमर्का हेर्न र सहन सक्तैनथे । यसले गर्दा उनको पसल घाटामा
गयो । उनले पसलेको काम छाडे । अलि अलि पढेको आधारमा उनले एउटा गाउँको हुलाक अड्डामा पोस्टमास्टरको काम पाए । सर्भे विभागमा पनि केही समय काम गरे ।
यसरी दुःख भोग्दै युवावस्थामा पुगेको ६ फीट ४ इन्च अग्ला अब्राहम लिंकनले जिन्दगीमा अगाडि बढ्नु, पढ्नु, र औपचारिक शिक्षा पाउनु जरुरी रहेछ भन्ने बुझे । काम गर्दै विधिशास्त्रको अध्ययन गर्न थाले । यस निर्णयले उनको भाग्य बदलिनमा सहयोग पुर्‍यायो ।
यसपछि अब्राहम लिंकन इन्डियाना राज्यबाट इलिनाय राज्यमा गए । यो उनको तेस्रो बसाइँ सराई थियो ।
आˆनो लगन, चाहना र कठोर मिहिनेतबाट उनी सन् १८३६ मै अधिवक्ता बन्न सफल भए । उनको लागि यो जीवनको सबभन्दा ठूलो खुसीको दिन थियो ।
इलिनाय राज्यको 'न्यू सलेम' भन्ने एउटा साधारण गाउँमा पुगेपछि उनले त्यहाँ केही साथीहरूसित मिलेर कानुनी पेसा सुरु गरे । इमानदार, सबैप्रति दया, माया र सहानुभूति राख्ने स्वभाव र कुरा गर्नमा सिपालु भएकाले उनी त्यहाँका लोकपि्रय अधिवक्ता कहलाउन थाले । सन् १८३१ मा न्यूनिसलेम पुगेका अब्राहम लिंकनले त्यहाँ सन् १८३७ सम्म कानुनी पेशा चलाए । १८३४ मा उनी राज्य विधान सभाका सदस्य पनि निर्वाचित भए र सन् १८४१ सम्म त्यसको सदस्य रहे ।
उनी त्यहाँबाट स्पिं्रगफिल्ड गए । सन् १८३९ मा स्पि्रंगफिल्ड इलिनाय राज्यको राजधानी बन्यो । राजधानीको बसाइँ सराई उनका लागि हरेक दृष्टिले शुभ हुन थाल्यो । यहाँ आएर पनि उनले कानुनी पेसालाई जारी राखे । अधिवक्ताको रूपमा काम गरी यहाँ उनले नाउँ र धन दुबै कमाए । यसपछि उनले त्यहाँ आˆना लागि एउटा घर बनाए, जुन अहिले पनि लिंकन होमको नाउँले कायम छ । वास्तवमा अहिले त यसले राष्ट्रिय स्मारकको रूप नै लिएको छ । उनको यस घरले उनको सादा र सरल जीवन एवं उच्चविचारको चित्र छर्लङ्ग गर्दछ ।
सन् १८४२ मै उनले मेरी टाडसित बिहे गरे । चारजना छोराहरूका पिता लिंकनलाई राष्ट्रपति भएर पनि दुःखले छाडेन । सन् १८६२ मा उनका एकजना छोरा विलियमको मृत्यु लिंकन दम्पत्तिका लागि भयङ्कर दुःखको घटना थियो ।
अब्राहम लिंकनले राज्य विधानसभाका सदस्यको रूपमा कैपिटल हिलमा प्रवेश गरेपछि अनेक महìवपूर्ण भाषण दिए । भाषण दिनमा सिपालु अब्राहम लिंकनले त्यतिबेला अमेरिकामा रहेको दासप्रथाको विरोधमा बोल्न र त्यसलाई समाप्त गर्नुपर्ने कुराको वकालत गर्न थाले । यसरी एक सिनेटरका रूपमा उनी प्रसिद्ध भए । आˆना ऐतिहासिक भाषणहरूबाट लोकपि्रयता हासिल गरेका अब्राहम लिंकन नोभेम्बर ६, १८६० मा राष्ट्रपति पदका लागि चुनाउ हुँदा देशका १६ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भए ।
राष्ट्रपतिका रूपमा उनले गरेका ऐतिहासिक काम थियो । देशमा कलङ्कको रूपमा रहेको दासप्रथा हटाउनु । उनको यस कार्यबाट जहाँ हजारौँ लाखौँ मानिसहरू खुसीले नाच्न थाले उतै अनेक मानिसहरूलाई मर्का पनि पर्‍यो । धेरै मानिसहरू विरोधी पनि भए । एकदिन एउटा कार्यक्रम हेरिरहेका बखत एक अर्धसिल्ली मानिसले उनीमाथि गोली हान्यो । उनलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइयो । यो १४ अपि्रल सन् १८६५ को दिन थियो । गरिबीकोे सामना र अनेक सङ्घर्ष गर्दै राष्ट्रपतिको पदसम्म पुग्न सफल भएको व्यक्तिले यस आघातमाथि विजय पाउन सकेनन् र भोलिपल्टै अर्थात् १५ अपि्रल सन् १८६५ को दिन उनले अन्तिम सास फेरे । सम्पूर्ण देश शोकमा डुब्यो । सारा संसार स्तब्ध भयो ।
वाशिंगटनबाट उनको शव स्पि्रंगफिल्ड ल्याइयो र उनको पार्थिव शरीरलाई उनको निवास अर्थात् लिंकन होमदेखि केही टाढा रहेको ओक रिजमा समाधीस्थ गरियो ।
सन् १८६० मा राष्ट्रपति भएपछि अमेरिकीहरूको लागि आकर्षणको केन्द्र भएको स्पि्रंगफिल्डको उनको निवासस्थल उनको मृत्युपछि तीर्थस्थल बन्यो । अहिले त यो विश्वभरिका पर्यटकहरूको लागि नै एक दर्शनीयस्थल भएको छ । लिंकन होम घुम्न जाने पर्यटकहरूका सुविधाका लागि त्यहाँ सूचना केन्द्र बनाइएको छ । साथै घरभित्र घुमाउन र त्यहाँ भएका सरसामानहरूको जानकारी दिन गाइडको पनि व्यवस्था गरिएको छ ।
ओक रिजको उनको चिहानले त अहिले एक स्मारकको दर्जा पाएको छ । यो स्थान उनकी पत्नी र दुई छोराहरूको पनि चिहानस्थल भएको छ । एल जी मीड नाउँ गरेका एकजना शिल्पीले यसको डिजाइन बनाएका हुन् । यो स्मारकमा अहिले विश्वभरिका पर्यटकहरू उनीप्रति श्रद्धा सुमन अर्पित गर्न पुग्ने गर्दछन् । सयकडौँ मानिसहरूका बीच आफू पनि उनीप्रति श्रद्धाञ्जलि चढाउन पुग्दा यस लेखकले उनीप्रति विश्वको मानिसहरू र अमेरिकीहरूको श्रद्धालाई हेर्न पायो । ओक रिजको सुन्दरता पनि यो स्मारक बनेपछि बढेको हुनुपर्दछ । किनभने हरिला चौर, चारैतिर हरिया र ठूल्ठूला बोट, आकर्षक बगैँचा र लिंकनको आधा कदको सालिकले स्मारकभित्र पस्नुअघि नै पर्यटकहरूलाई मोहित गर्दछन् ।
स्पि्रंगफिल्डमा लिंकनको नाउँमा अनेक स्थलहरू छन् । यहाँ कलेजहरू, विश्वविद्यालय भवन, पुस्तकालय, ऐतिहासिक सङ्ग्रहालय, वन्यजीव, म्युजियम र मेमोरियल गार्डेनका अतिरिक्त अनेक संस्थाहरू उनको नाउँमा बनाइएका छन् । साथै उनको आवास नजिक विधान सभा भवन -कैपिटल हिल) को आकर्षक भवन छ । उनी प्रार्थनामा सरिक हुन पुग्ने लुथरन चर्च त झन् नजीक छ । यी सबै अहिले पर्यटकहरूका लागि आकर्षणका स्थलहरू भएका छन् ।
अब्राहम लिंकनले यस संसारलाई छाडेका लगभग साढे एक सय वर्ष हुन थालिसक्यो तर उनलाई सम्झने र उनीप्रति श्रद्धा व्यक्त गर्नेहरूको अहिले पनि कमी छैन ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...