Tuesday 17 July 2012

चर्चित ५ प्रेम


भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-
एन्टोनी र क्लियोपेट्रा
इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँग मिलेर सासन चलाउन थाले । सत्ताका सर्वेसर्वा रहेका एन्टोनीले इशापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे । आखिर क्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल बने कीउनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए ।
एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी विवाह गरिसकेका थिए । त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्रा विरुद्ध युद्ध घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रुपमा अघि बढ्यो र त्यसमा इजिप्टले हार्यो र एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे । उनीहरुलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोँचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेलमालगियो जहाँक्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमाअन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन् । उक्त सर्पलाई आफ्नो छातिमा राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडेको ठाउँमै लगेर गाडियो ।
नेपोलियन र जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट र एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२ वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् । श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए र डिभोर्सको प्रस्ता गरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन् र तत्कालकालागि सम्बन्ध विच्छेद हुनपाएन ।
जब नेपोलियन सन् १८०४ मा प|mान्सको सर्वोच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्टि्रयाकी म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्यो । जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।
जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैप्रेम गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन् १८९३ माइन्गेेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रुसका राजा बने । राजगद्धी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्धितियको विवाह भयो । तर विवाहपछि जार निकोलस रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे । फलतःजनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्तीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जार निकोलस र रानीअलेक्जेन्ड्रा लगायतअन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।
राजकुमार इडवार्ड र वालिस
बेलायती वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनि निकै चर्चित छ । इडवार्डले वालिसको प्रेमकालागि राजगद्धी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहितसँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम प्रसँगले बेलायती संसदमै ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहनको लागि उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियोमार्फत राजगद्धी त्यागेको घोषणा गरे ।
भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक र दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...