Tuesday 24 July 2012

रातो खुर्सानीले घटाउँछ मोटोपन


खुर्सानी नभएपनि भान्सा अडि्कँदैन भन्ने उखान त छ तर पिरो खुर्सानी धेरैको भान्साको अनिवार्य परिकार हो । धेरै मानिसलाई खुर्सानी नभैकन खाना रुच्दैन । खुर्सानी पिरो भएपनि हामी धेरैजनाले यसको पिरोपन रुचाउँछौँ । हामीलाई यसको फाइदा थाहा नहुन पनि सक्छ तर फगत यसको स्वादका लागि हामी खाइरहेका हुन्छौँ । तर अब भने खुर्सानीको स्वाद मात्र नभएको यसको गुण पनि बुझिहालौँ ।

वास्तवमा खुर्सानी खाने मानिसले मोटोपनबाट छुटकारा पाउँछ । रातो-पिरो खुर्सानीले विभिन्न ३ तरिकाबाट सरीरको मोटोपन घटाउने बताइन्छ । सरीरको बोँसो दहन गर्ने, भोक घटाउने तथा सरीरको क्यालोरी खपत हुने दर बढाएर खुर्सानीले मोटोपन घटाउने पछिल्लो अध्ययनले देखाएको हो ।

बेलायतको म्यानचेष्टर विश्वविद्यालयका खाद्य विशेषज्ञ स्टेफेन हि्वटिङले खुर्सानीमा भएको क्याप्साइसिन नामको तत्वले व्यक्तिको मोटोपन नियन्त्रण गर्नमा सघाउ पुराउने तथ्य पुष्टि गरेका हुन् । यो तत्वले सरीरमा एडि्रनलिन हर्मोनको उत्सर्जन बढाउने र त्यसले सरीरमा बोसोका कोषको दहन गर्न मस्तिष्कलाई निर्देशन दिने उनको भनाइ छ । खुर्सानीले पेटमा जम्मा हुने बोँसोलाई पगाल्न ठूलो सहयोग पूराउने अध्ययनको ठहर छ ।

साथै खुर्सानीले भोक कम गर्ने तथा सरीरको उर्जा खपत हुने गतिलाई बढाउने हि्वटिङले बताएका छन् ।

‘ यदि तपाइँले आफ्नो भोजनमा खुर्सानी छुटाउनुभएन भने त्यसले तपाइँको तौल नियन्त्रण गर्न सघाउ पुग्नेछ’, अनुसन्धानकर्ता हि्वटिङले भनेका छन् ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...