Wednesday 25 July 2012

कार्ल मार्क्स




जन्म: ५ मई १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु: १४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र: साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
उनलाई प्रभावित गर्नेहरु: हिगल, फ्युरब्याक, स्पिनोजा, क्यान्ट, स्टिरनर, स्मिथ्, भोल्टयर्, रिकार्डो, भिको, रुसो, गोथे, हेल्भिटस्, डि होल्ब्याक्,शेक्सपियर्, दाँते फ्युरियर्, ब्यल्सिस्को, हेस्, हुपे
उनीबाट प्रभावित हुनेहरु: लेनिन्, स्टालिन्, ट्रोटस्की, माओ, कस्ट्रो, कोस्मि, ग्वे वारा, सार्टर्,आदि
क्रान्तिको असर परेका देश: संसारका प्रायः सबै राष्ट्रहरु
क्रान्तिको क्षेत्र(विषय): साम्यवादी (Communist)
आन्दोलन: साम्यवादी (Communist)
क्रान्तिको परिणाम: साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य: एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य: अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा


कार्ल हेन्-रिक् मार्क्स
(५ मई १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री,साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो| कार्ल मार्क्सले १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन,वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ|

कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया(Prussia)राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर्(Trier) भन्ने ठाउँमा भएको हो| उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकिल थिए जसले प्रसिया(Prussia)को संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए| उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए|तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए|६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाइयो कार्ल मार्कसले प्रुसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित १९ जून १८४३ बिहे गरे| मार्क्स र जेनिका सात जना सन्तानहरु भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे| मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स् बाट पाएको सहयोग मात्र थियो| मार्क्स प्रायः हात-मुख जोड्ने समस्याका बीच बाचे, यसको कारण केही हदसम्म पत्नी र नानीहरुको विलासिता थियो जो मार्क्सले समाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरुरी सोचेका थिए|मार्क्सका जेनी पट्टि सात सन्तान भए भने एउटा अवैध सन्तान(छोरो)घरकी नोकरनी हेलेन डेमुट्बाट भएको थियो|
दिशम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई सर्दी-जुखामले पक्र्यो जसले बिस्तारै ब्रोन्क्राइटिस्ट् को ‍रुप लियो| यस कारण जिन्दगीका अन्तिम १५ महिना बिमारी अवस्थामा नै बिते र १४ मार्च १९८३ को दिन लन्दनमा देहावसान भयो| उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्दनमा नै गरे| मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite” सांस्कृतिक इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् |
शिक्षा
मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए| १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक बनेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भए| उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे तर उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनी जोर दिए| बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner) सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालय मा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions) को कारण कानून विषयको महत्व घट्यो| यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे| उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनें|
समाजवाद र साम्यवादका सन्दर्भमा केही प्रशंगहरु :- कार्ल मार्क्स:
साहित्यका बारेमा केही कुराहरु
पूँजीजीवीवर्गको एक हिस्साले पूँजीवादी समाजको अस्तित्व सुदृढ पार्नको लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ। अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गहरूको सुखसमृद्धिका समर्थक, दान–दातव्यका प्रबन्धक, पशु–रक्षा समितिहरूका सदस्य, मदिरानिषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यसै श्रेणीमा पर्न आउँछन् यो। पूँजीजीवी समाजवादले पूरै प्रणालीहरूसम्म पनि विकास गरेको थियो। उदाहरणको रूपमा प्रुडोनको “दरिद्रताको दर्शन” नै लिन सकिन्छ। सुरक्षा गर्न चाहन्छन् तर यसबाट अनिवार्यतः उत्पन्न हुने सङ्घर्ष र खतराहरूबाट टाढा रहेर मात्र। उनीहरू आधुनिक समाजलाई छोडेर पूँजीपतिवर्ग मात्र होस्, सर्वहारावर्ग नहोस् भन्ने उनीहरू चाहन्छन्। जुन संसारमा पूँजीपतिबर्गको प्रभुत्व छ, स्वभावतः त्यसै संसारलाई ऊ सर्वश्रेष्ठ मान्दछ। 

पूँजीजीवी समाजवादले यही सान्त्वनादायी धारणालाई कम वा बेशी मात्रामा पूरै प्रणालीका रूप दिन्छ। आफ्नो यस प्रणालीलाई कार्यन्वित गर्न र यसप्रकार नयाँ जेरुसलममा पस्न सर्वहारावर्गलाई आह्वान गर्दै वास्तवमा ऊ सर्वहारावर्ग वर्तमान समाजभित्र नै रहोस् तर उसले यस समाजसम्बन्धी आफ्ना समस्त घृणापूर्ण धारणालाई तिलांजली देओस् भन्ने मात्र माग गर्दछ। कुनै राजनैतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्काे कम व्यवस्थित तर बढी व्यावहारिकरूपले हरप्रकारको क्रान्तिकारी आन्दोलनप्रति मजदुरवर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ। किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पूँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन। यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ। तर उसको तात्पर्य चाहिं उत्पादनसम्बन्धहरूको आफसमा कार्यान्वित गरिने प्रशासनात्मक सुधारसँग छ अर्थात् यसले पूँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन। यस हुनसक्ने सबभन्दा बढी कुरा यत्तिकै मात्र हो कि यसले पूँजीजीवीवर्गवर्गको निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासन व्यवस्थालाई सरल पार्दछ। पूँजीजीवी समाजवादको आफ्नो निम्ति अति उपयुक्त अभिव्यक्ति त्यतिखेर प्राप्त गर्दछ जुन बेला त्यो केवल भाषाको अलंकार मात्र बन्न जान्छ।
स्वतन्त्र व्यापार – मजदुरवर्गको हितको लागि “संरक्षण शुल्क मजदुरवर्गको हितको लागि” “जेल सुधार मजदुरवर्गको हितको लागि” यही मात्र गम्भीरतापूर्वक भनिएको पूँजीजीवी समाजवादको अन्तिम शब्द हो। पूँजीजीवी यदि पूँजीजीवी छ भने मजदुरवर्गको हितको लागि नै छ भन्ने कथनमा मात्र पूँजीजीवीवर्गको समाजवाद सन्निहित रहेको छ।
आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवाद

हामी यहाँ त्यो साहित्यको चर्चा गर्दैनौं जसले आधुनिक युगका सबै महानतम् क्रान्तिहरूमा सर्वहारावर्गको मागलाई सधैं व्यक्त गरेको थियो। (बाब्योफ (३५) र अन्य लेखकहरूका कृतिहरू )। आफ्ना वर्गीय हितहरूको प्राप्तीको लागि सर्वहारावर्गका पहिला अत्यक्ष प्रयासहरू सार्वत्रिक उत्तेजनाको समयमा भएका थिए जुन बेला सामान्तवादी समाजलाई उल्टाइँदैथियो। स्वयं सर्वहारावर्गको अपरिपक्क अवस्थाहरूको साथै उसको मुक्तिको लागि भौतिक अवस्थाहरूको अभावले समेत गर्दा यी प्रयासहरूको असफलता अनिवार्य नै थियो, किनभने यी अवस्थाहरू पूँजीजीवी युगद्वारा मात्र उत्पन्न हुन सक्दथे। सर्वहारावर्गका प्रथम आन्दोलनहरूका साथै जुन क्रान्तिकारी साहित्यको सृजना भयो, त्यसको सार अनिवार्यतः प्रतिक्रियावादी छ। यसले आम वैराग्य र भद्दा किसिमको सामाजिक साभ्यताको उपदेश दिन्छ। सेन–सिमोन, फुरिए, ओवेन (३६) आदिद्वारा प्रतिपादित पद्धतिहरू, जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पूँजीजीवीवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए। यसको चर्चा हामीले माथि गरिसकेका छौं। (पूँजीजीवी र सर्वहारा)।
निस्सन्देह, यी पद्धति का प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताको साथसाथै विघटनशील तत्वहरूको प्रक्रिया पनि देखेका थिए। किन्तु उनीहरूले सर्वहारावर्गको पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसको निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनैतिक आन्दोलन देखेका थिएनन्।

वर्गीय अन्तरविरोधको विकास औद्योगिक विकाससँगसँगै हुन्छ। त्यसै कारण उनीहरू अझै सर्वहारावर्गको मुक्तिको लागि भौतिक अवस्थाहरू पाउन सक्दैनन्। तसर्थ उनीहरू यस्तो सामाजिक विज्ञान, यस्ता सामाजिक नियमहरूको खोजी गर्दछन्। जसले यी अवस्थाहरूलाई उन्नत गर्न सकुन्।

उनीहरूको विचारअनुसार सामाजिक क्रियाकलापको स्थान आफन्ा व्यक्तिगत आविष्कारसम्बन्धी क्रियाकलापले लिनुपर्छ, मुक्तिका ऐतिहासिक अवस्थाहरूको ठाउँ कपोल कल्पित अवस्थाहरूले ओगट्नु पर्छ, एक वर्गमा विस्तार विस्तार विकास गर्दै रहने सर्वहाराहरूको सङ्गठनको ठाउँ आफूले कल्पना गरेको खाकाअनुसारको समाजको सङ्गठनले ग्रहण गर्नुपर्छ। उनीहरूको दृष्टिमा समस्त संसारको भावी इतिहास उनीहरूकै सामाजिक योजनाहरूको प्रचार र व्यावहारिक क्रियान्वयनमा गएर टुड्डिन्छ। हुन त उनीहरू अवश्य बुझ्दछन् कि उनीहरूका यी योजनाहरूमा खास गरेर सर्वाधिक पीडितवर्ग हुनाले मजदुरवर्गका हितहरूको रक्षा गरिएको छ। उनीहरूको लागि सर्वहारावर्गको अस्तित्व नै सार्वधिक पीडितवर्गको रूपमा मात्र छ। किन्तु वर्गसङ्घर्षको अविकसित रूप र जीवनमा उनीहरूको आफ्नै स्थितिले गर्दा उनीहरू आफूलाई यी वर्गीय अन्तरविरोधहरूबाट धेरैमाथि रहेको ठान्छन्। उनीहरू समाजका सबै सदस्यहरूको, अझ सबभन्दा राम्रो स्थितिमा रहेका सदस्यहरूको समेत, अवस्था सुधार्न चाहन्छन्। त्यसैले उनीहरू वर्गभेद नगरीकन सम्पूर्ण समाजसँग, खासगरेर त अझ शासकवर्गसँग बारम्बार अपील गर्दछन्। उनीहरूको विचारअनुसार यथासम्भव सर्वश्रेष्ठ समाजको यो नै यथासम्भव सर्वश्रेष्ठ योजना हो भन्ने स्वीकार गर्न उनीहरूको प्रणालीलाई बुझ्नु मात्र पनि पर्याप्त छ। यसैउसले उनीहरू जुनसुकै राजनैतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन्। 

उनीहरू शान्तिमय तरिकाले आफ्नो उद्देश्य प्राप्ति गर्न चाहन्छन्। अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नविन सामाजिक दिव्यसन्देशको निम्ति बाटो प्रशस्त पार्ने कोसिस गर्दछन्। भावी समाजको यो काल्पनिक चित्र यस्तो समयमा प्रकट हुन्छ, जुन बेला सर्वहारावर्ग अझै अति अविकसित अवस्थामा रहेको हुन्छ र त्यसैले गर्दा उसलाई स्वयं आफ्नो स्थिति काल्पनिक लाग्दछ। त्यो चित्र समाजको आम परिवर्तनप्रति सर्वहारावर्गको प्रथम प्रस्फुरित मनोद्वेगको उपज हो। किन्तु यी समाजवादी र साम्यवादी रचनाहरूमा आलोचनाका तत्वहरू पनि समावेश छन्। यी रचनाहरूले वर्तमान समाजका सबै आधारहरूमाथि प्रहार गर्दछन्। त्यसैले गर्दा मजदुरहरूको प्रबोधनको लागि उनीहरूले अत्यन्त मूल्यवान सामग्रीहरू दिएका छन्। भावी समाजको बारेमा उनीहरूका सकारात्मक निष्कर्षहरू, उदाहरणस्वरूप, शहर र गाउँका बीचको प्रतिपक्षताको अन्त्य, परिवार, व्यक्तिगत शोषण, ज्यालादारी श्रमको उन्मूलन, सामाजिक समान्जस्यको घोषणा, मात्र उत्पादनको संचालनमा राज्यको रूपान्तरण यी सबै स्थितिहरूले यस्तो वर्गीय प्रतिपक्षताको निराकरणको मात्रै अभिव्यक्ति गर्दछन्, जुन त्यसबेला भर्खरै विकसित हुन थालेको थियो र प्रारम्भिक, अस्पष्ट तथा अपरिभाषित रूपमा मात्र उनीहरूलाई थाहा भएको थियो। त्यसैकारण यी स्थितिहरू अझ एकदमै काल्पनिक चरित्रका छन्। ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व वैपरित्य सम्बन्धमा रहेको हुन्छ। जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वंशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ। त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरू बनाएका छन्। 

सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन्। यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन्। उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मकरूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेशहरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया८ कायम गर्ने मीठो सपना देख्दछन् र यी सब हावाका महलहरू निर्माण गर्नको लागि उनीहरूलाई पूजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ। विस्तार विस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रियावादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन्। अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाडित्य ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन्। यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनैतिक आन्दोलनको उग्र विरोध गर्दछन्। उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो। इंग्ल्याण्डमा ओवेनवादीहरू चार्टिष्टहरूको र फ्रान्समा फुरिएवादीहरू रिफर्मिस्टहरूको विरोध गर्दछन्।” अव यो लामो उद्धरण पछि हामीले विषयवस्तुको ठोस विश्लेषण तर्फ आफ्नो ध्यान केन्द्रीत गर्दछौं।
* साभार :बिभिन्न पत्रपत्रीकाबाट

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...