Thursday 26 July 2012

यस्तो पनि हुनेछ.


.

(एजेन्सी)- आउँदा वर्षहरूमा हामीले विश्वमा के कस्ता नयाँ प्रविधि देख्न सकछौँ होला त? अहिलेलाई यो सूचि हेर्दा यस्तो पनि होला र जस्तो लाग्न सक्ला। तर हाम्रै जीवनका केही वर्ष पछाडि फर्केर हेरौँ न, तपाईँले १० वर्ष अघि कस्तो प्रविधि प्रयोग देख्नुभएको थियो, अहिले कति फड्को मारिसकेको छ? फेरि यो कसैले कल्पनाका आधारमा तयार पारेको सूचि पनि हैन। यो त प्रविधिसम्बन्धी म्यागेजिन माटाडोरले अहिले भइरहेका अनुसन्धानको आधारमा तयार पारेको सूचि पो त। त्यसैले यस्तो पनि हुनेछ।


सन् २०१३
विद्युतीय कागजको विकास
अहिलेसम्म विद्युतीय कागज अर्थात् इ पेपरको प्रयोग किन्डलमा मात्र भइरहेको छ। त्यो पनि ब्ल्याकएन्डह्वाइटमा मात्र। सन् २०१३ सम्ममा यसले किन्डलको सीमित घेरा तोडी व्यापकता पाउनेछ। नयाँ इपेपरमा रंगीन फोटोहरू र भिडियोसमेत हेर्न पाइनेछ। नेपाल जस्तो विकासोन्मुख देशमा त लामै समय लेला तर विकसित देशहरूमा ट्याब्लेटहरूको भाउ घटेसँगै पत्रिकाहरू कागज छापिन बन्द हुँदै जानेछन् र उनीहरूको उपस्थिति यस्तै इपेपरहरूमा देखिनेछ।

फोरजीको नयाँ स्वरुप
मोबाइल फोनका नेटवर्कहरूमा चौथो पुस्ताको यो प्रविधि भित्रिएपछि तपाईँको फोनले बढी गतिमा डाटा डाउनलोड गर्न सक्नेछ। इयुले सन् २०१३ सम्ममा थ्रीजी पूरै हटाउने लक्ष्य राखेको छ। यसको अर्थ मोबाइल फोनमा ब्रोडब्यान्ड स्तरको स्पिड हुनेछ।

ब्रम्हाण्डको नयाँ रहस्य खुल्ने
सन् २०१३ मा नै एक अर्ब पिक्सेलको टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरिनेछ। यसले ब्रम्हाण्डको अहिलेसम्म नदेखेको तस्बिर हामीलाई देखाइदिनेछ। मान्छेको आँखाले सफा खुला आकाशमा केही हजार ताराहरू देख्ला तर गाइया नामको यो टेलिस्कोपले अर्बको संख्यामा ताराहरू देख्नेछ। यसले हाम्रो ग्यालेक्सीभन्दा टाढाको कुरा पनि देख्नेछ।

सन् २०१४
टेराबाइट क्षमताको मेमोरी कार्ड
तपाईँहरूलाई कतिको याद छ, सुरुका म्याक कम्प्युटरको हार्ड डिस्क क्षमता मेगाबाइटमा हुन्थ्यो। अहिले त चार, आठ जीबीको पेन ड्राइभ, मेमोरी कार्ड सामान्य भइसक्यो। तर सन् २०१४ सम्मा भने एक टेराबाइट (१०२४ जीबी) को एसडी मेमोरी कार्ड आउनेछ। यत्रो क्षमता किन चाहियो र भन्ने अहिले हामीलाई लाग्न सक्ला। तर एक जीबीको पेन ड्राइभ पनि केही वर्षअघिसम्म हामीलाई त्यस्तै लाग्थ्यो।

सन् २०१५
सोलार सिटी
अबु धाबी नजिकैको मास्डार सहर विश्वकै पहिलो जेरो कार्बन सस्टिनेबल सिटी बन्नेछ। यो सहरमा सोलार र अन्य रिन्युएबल स्रोतहरूबाट मात्र विद्युत उत्पादन गरिनेछ र त्यहाँ भएका ५० हजारभन्दा बढी बासिन्दा बस्ने घरहरूमा वितरण गरिनेछ।

थ्रीडी प्रिन्टिङ
नेपालमा बल्ल केही हलहरूमा थ्रीडी फिल्म सुरु भएको छ। थ्रीडी टिभीहरू पनि बजारमा आइसकेका छन् तर यो साह्रै महँगो छ। थ्रीडी प्रिन्टिङ प्रविधि अहिले पनि उपलब्ध छ तर त्यो विकसित देशका सर्वसाधारणको गोजीले धान्न सक्ने स्थितिमा छैन। तर सन् २०१५ सम्ममा तीन आयाममा प्रिन्ट हुने प्रिन्टरहरू त्यहाँका घर र स्कूलहरूमा सामान्य कुरा भइसक्नेछ।

सन् २०१६
अन्तरिक्ष पर्यटन
पृथ्वी छाडेर अन्तरिक्षमा घुम्न अहिले पनि संभव छ। तर त्यसका लागि अहिले २ करोडदेखि ३ करोड अमेरिकी डलर खर्च गर्नुपर्छ। त्यति रकम खर्च गर्ने हो भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएर बस्न पाइन्छ। अथवा दुई लाख अमेरिकी डलर तिर्ने हो भने भर्जिन ग्यालेक्टिक कम्पनीले अन्तरिक्ष यात्रा गराइनेछ।
तर, सन् २०१६ सम्म अन्तरिक्ष पर्यटनको बजार यसरी बढ्नेछ कि अन्तरिक्षमा घुम्ने मात्र हैन, अन्तरिक्षको होटलमा पाँच रातको बसाइसम्मका प्याकेज बेच्न सुरु हुनेछ। स्पेस आइल्यान्ड, ग्यालेक्टिक सुट र अर्बिटल टेक्नोलोजिज जस्ता कम्पनीहरूले १० हजार अमेरिकी डलरदेखि १० लाख अमेरिकी डलरसम्ममै यस्ता प्याकेजहरू बेच्न सुरु हुनेछ।

सनस्त्रिकन पिल
सूर्यको अल्ट्रा भ्वाइलेट रेबाट बच्न अहिले गगल्स लाउने, सनस्त्रि्कन क्रिम दल्ने उपाय छन्। चार वर्षभित्र यसका लागि सनस्त्रि्कन चक्की औषधी बजारमा आउनेछ जसले आँखा र छाला दुवैलाई बचाउनेछ।

सन् २०१७
घाउमा टाँका लाउने लेजर पेन
मान्छेको बस्तीबाट टाढा भएको कुनै ठाउँमा हाइकिङ जानुभएको छ र लडेर घुँडामा चोट पर्‍यो भने अहिलेको समयमा निकै रगत बगेर खेर जाने स्थिति हुन्छ। तर, सन् २०१७ सम्ममा यस्तो एउटा बोकेर हिँड्न मिल्ने लेजर पेन बजारमा आइसकेको हुनेछ, जसले घाउमा टाँका लगाइदिनेछ।

सन् २०१८
सुपर हाइ डाटा ट्रान्सफर
छ वर्षसम्ममा लाइट पिक प्रविधि व्यापक भइसक्नेछ, जसबाट निकै तीब्र गतिमा डाटा ट्रान्सफर गर्न सकिनेछ, मतलब सय जीबी एक सेकेन्डमै। कम्प्युटरको पूरै हार्ड ड्राइभ कपी गर्न अहिले त धेरै बेर कुरेर बस्नु पर्छ। त्यतिबेला आँखा झिमिक्क गरुन्जेल कपी भइसक्छ। त्यसो त फेरि त्यतिबेलासम्ममा हार्ड डिस्कको साइज पनि त कम्तीमा २ टिबी भइसक्ने होला नि त।

सन् २०१९
फ्युजन रियाक्टरबाछ ऊर्जा
निकै सानो स्रोतबाट अनगिन्ती ऊर्जा निकाल्ने काम अहिले असंभव जस्तो लाग्न सक्छ। त्यसका लागि रियाक्सनबाट निस्कने साढे १२ करोड डिग्री ताप वहन गर्न सक्ने क्षमताको मेसिन चाहिन्छ। तर अहिले दक्षिणी फ्रान्समा यस्तै फ्युजन रियाक्टर बन्दै गरेको छ, जसले सन् २०१९ सम्म ऊर्जा निकाल्ने लक्ष्य राखेको छ।

सन् २०२०
दुर्घटना नहुने कार
अहिले त गोली नछिर्ने बुलेट प्रुफ कार मात्रै अस्तित्वमा छ, तर सन् २०२० सम्ममा भोल्भो कम्पनीले क्र्यास प्रुफ अर्थात् दुर्घटना नहुने कार बनाउने वाचा गरेको छ। राडार, सोनार र ड्राइभर अलर्ट सिस्टमका सहयोगले उसले यस्तो कार बनाउने लक्ष्य राखेको छ। like + share plz.

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...