Friday 27 July 2012

साथी जानी राखे आफ्नो लागि........................!



१. खाना खाँदै गरेको तस्वीरः खाना वा खाजा खाँदै गरेको तस्वीर फेसबुकमा राख्नु राम्रो होईन । किनकी यसले तपाईले खाने खानाका स्तर, तपाईको खाना खाने शैली र सम्बन्धलाई पर्दाफास गर्छ जुन आवश्यक छैन त्यो नितान्त तपाईको निजी कुरा हो ।
२. रिलेशनशिप स्टाटसः तपाई फेसबुकमा बारम्बार रिलेशनशिप स्टाटस नबदल्नुस् जसले तपाईलाई प्रत्यक्ष चिन्ने फेसबुकका साथीहरुले तपाईको छविमाथि प्रश्न चिन्ह खडा गर्न सक्छन् ।
३. जुत्ता, चप्पलको तस्वीरः साथीहरुलाई जुत्ता चप्पल हेर्ने रहर हुन्न यसले तपाईको व्यक्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्छ ।
४. कसैलाई तनाव दिने सन्देशः आम समस्याका सन्देश पनि फेसबुकमा दिनु राम्रो होईन । कतिपयले तनावबाट मुक्त हुन पनि फेसबुक प्रयोग गर्ने गर्छन् । तपाईको आम समस्याको सन्देशले झन उनीहरुलाई कमजोर बनाउँछ ।
५. शोक सन्देशः तपाई फेसबुकबाटै समवेदना दिन थाल्नु भयो भने तपाईको मानवीय संबेदना माथि प्रश्न उठाँछन साथिहरुले । किनकी जसलाई समवेदना दिनु पर्ने हो उसले यो फेसबुकको वाल हेरेर बसेको हुँदैन ।
६. इन्टरनेट भाषाः इन्टरनेटमा बढी प्रयोग हुने लोल, याप, जस्ता नबुझिने खालका भाषा प्रयोग नगर्नुस् तपाईका साथीहरुले यो भाषा बुझेनन् भने फेसबुकबाटै अनफ्रेन्ड गरि दिन्छन् तपाईलाई ।
७. धेरै तस्वीरः धेरै तस्वीरले तपाईलाई स्वेच्छाचारी सावित गर्न सक्छ र घमण्डी पनि त्यसैले धेरै तस्वीर नहाल्नुस ।
८. फेसबुकलाई व्यक्तिगत डायरीः फेसबुकमा म कहाँ छु, भात खाँदै छु, अहिले अफिस, अहिले रुम, म साथीको घरमा छु, बिहान देखी यो यो बस्तु खाएँ भने र फेसबुकमा अपलोड गरिरहनु राम्रो होईन ।
९. आफ्नो बारेमा बढाई चढाईः यसले तपाईलाई सिधै स्वघोशित घमण्डीको उपमा भिराउँछ ।
१०. ऐना अगाडीको तस्वीरः ऐना अगाडी उभिएर आँफै खिचेको तस्वीर फेसबुकमा नहाल्नुस यसले तपाईको पहुँच र हैसियतको खिल्ली उडाउँछ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...