Thursday 26 July 2012

कृत्रिम जीवनको सम्भावना





जीवनको आधार स्तम्भ डीएनएलाई मानिन्छ । डीएनए संरचनाद्वारा नै एक सम्पूर्ण प्राणीको सिर्जना हुने गर्छ । नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म डीएनएमा प्राणीको र उसको पुर्खाको गुण लुकेको हुन्छ ।

आमाबाबुले आफ्नो सन्तानमा डीएनए सारेका हुन्छन् । शताब्दीयौँदेखि यो क्रम पुस्ता दरपुस्तासम्म चलिरहेको छ । यो प्राकृतिक जीव विकासको सत्य हो तर के कृत्रिम डीएनए बनाएर जीव विकास गर्न सकिन्छ ?

प्रकृतिको नियम विपरीत यस प्रकारको कार्यमा सफलता पाउन वैज्ञानिकहरू लागिपरेका छन् । वैज्ञानिक पूर्ण रूपमा सफल भएमा प्रयोगशालामा आफूले चाहेको जस्तो प्राणी उत्पादन गर्न सकिने छ। अहिलेलाई कृत्रिम डीएनए र आरएनएमा जीवनका लागि आवश्यक रासायनिक
प्रक्रियाको नक्कल गराउनमा वैज्ञानिकलाई सफलता मिलेको छ ।अर्थात् एक प्राणीको जीवनका लागि डीएनएमा जुन रासायनिक प्रक्रिया चल्छ, त्यसको नक्कल कृत्रिम डीएनएमा पनि सञ्चालन
गरिएको छ ।

साइन्स जर्नलमा प्रकाशित यससम्बन्धी अनुसन्धान विवरणमा वैज्ञानिकले सिन्थेटिक बायोलोजी र बायोटेक्नोलोजीमा प्राप्त उपलब्धिको यो एक कडी भएको उल्लेख गरेका छन् । पृथ्वी बाहेक अन्यत्र जीवन
अस्तित्वमा रहेको छ भने एक समानको रासायनिक प्रक्रियाबाट नभई उद्विकासद्वारा त्यो सञ्चालनमा रहेको सङ्केत
वैज्ञानिकहरूले दिएका छन्।

डीएनए र आरएनएको सहयोगमा कोषले प्रोटिन बनाउने गर्छन् । पृथ्वीमा जीवनको सुरुआत गर्न डीएनए र आरएनए कसरी सिर्जना भए भन्ने प्रश्नको उत्तर पाउन कृत्रिम डीएनए र आरएनएको परीक्षणबाट सहयोग पुग्ने विश्वास गरिएको छ । धेरैजसो वैज्ञानिक आरएनए पहिले विकास भएको मान्छन् ।

ब्रिटेनको युके मेडिकल रिसर्च काउन्सिलको मोलिक्युलर बायोलोजी प्रयोगशालाका फिलिप होलिन्जरको टोलीले कृत्रिम डीएनए र आरएनए बनाएर परीक्षण गरेको हो ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...