Monday 11 June 2012

केही घरेलु उपाय--.

============================
हाम्रो जीवनमा अनेकौं समस्या उत्पन्न भैरहेका हुन्छन् तर त्यस्ता समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा हामीले ध्यान दिएका हुँदैनौं । यस्ता स-साना कुरामा जानकारी भयो भने आफूलाई त सजिलो हुन्छ नै, अरूलाई पनि सिकाएर लाभ लिन सकिन्छ ।

1.-मैनबत्तीलाई रेफ्रिजेरेटरमा राखेर चिसो बनाई बाल्दा धेरै समयसम्म बलिरहन्छ ।

2.-शरीरको कुनै ठाउँमा आगोले पोलेको छ भने त्यो ठाउँमा महको लेप लगाउनाले जलन कम हुन्छ भने नियमित रूपमा महको पट्टी बाँधे आगोले पोलेको ठाउँमा हुने सेतो दाग पनि हटेर जान्छ ।

3.-गमलाको फूललाई कीराले हैरान पारेको छ भने निमको पातलाई पानीमा उमाली रातभर ित्यो पानीलाई निमको पातमै छाडिदिनुहोस् र भोलिपल्ट पानीलाई गमलाको फूलमा छर्किनुहोस्, कीरा लाग्दैन ।

4.-हात-खुट्टा आगोले पोलेको छ भने तत्काल काँचो आलु पिसेर लेप लगाउनाले जलन कम हुन्छ र फोका पनि उठ्दैन ।

5.-निम र पुदिनाको पातलाई पिसेर लगाएको २५ मिनेटपछि पखाले केश पखाले चम्किलो र स्वस्थ रहन्छ ।

6.-भाँडाहरू धुँदा एउटा बाल्टिनमा पानी राख्नुहोस्, त्यसमा ब्लिचिङ पाउडर मिसाउनुहोस् र भाँडालाई डुबाइदिनुहोस् । केही समयपछि भाँडा निकालेर सफा पानीले धुनुहोस्, भाँडा चम्किलो बन्छ ।

7.-कपडामा कुनै दाग लागेको छ भने दाग भएको ठाउँमा काटेको टमाटर रगड्नुहोस् र आधा घण्टापछि कपडा धुनुहोस्, कपडाको दाग हटेर जान्छ ।
8.-लसुन छोडाउँदै हुनुहुन्छ भने लसुनलाई दुई-तीन घण्टा पानीमा भिजाएर राख्नुहोस् लसुनको बोक्रा सजिलै निस्कन्छ ।

9.-साबुन प्रयोग गर्दागर्दै सानो भएको छ भने त्यसलाई नफाल्नुहोस्, बरु त्यसलाई तातोपानीमा उमालेर -लिक्विड) झोल बनाएर एउटा सिसीमा राख्नुहोस् ।

10-.करेलाको तीतोपन हटाउन करेलालाई चिरेर चामल धोएको पानीमा आधा घण्टा भिजाउनुहोस्, करेलाको तीतोपन कम हुन्छ ।

11.-महलाई स्वच्छ र सुरक्षित राख्न एउटा सफा बोतलमा दुई वा तीनवटा ल्वाङ राखेर बन्द गर्नुहोस्, मह चार-पाँच महिनासम्म सुरक्षित रहन्छ ।
12.-छालाको सामानमा अलिकति भ्यासलिन लगाएर कपास वा कपडाले पुछ्नुहोस्, चम्किलो देखिन्छ ।

13.-मासु वा माछा धोएको पानीले गुलाबको बिरुवामा मलको काम गर्छ ।
14.-यदि नाक बन्द भएको छ भने सस्र्युंको तेलमा एउटा लसुनको टुक्रा राखेर तताउनुहोस् र सुत्ने बेलामा छातीमा दलेर सुत्नुहोस् ।

15.-कुनै गिलासभित्र अर्का गिलास टाँसिएर बसेको छ भने उक्त गिलासलाई रातभर िफ्रिजमा राख्नुहोस् र बिहान बिनाझन्झट आफैं निस्कन्छ ।
16.-यदि फ्रिजबाट अण्डा निकालेर तुरुन्त उमाल्नु छ भने पानीमा एक चम्चा अमिलो र नुन मिसाउनुहोस् अन्डा फुट्दैन ।

17.-सफा र चम्किलो बनाउनु छ भने सातामा एक दिन नुनले दाँत सफा गर्नुपर्छ ।

18.-सिसाको कुनै सामानमा टाँसिएको लेबलमा अलिकति अल्कोहल वा नेलपोलिसको रमिुभर लगाएर केही बेर रगडे दाग सजिलै सफा हुन्छ ।

19.-ऊनी कपडामा चिया, कफीको दाग लागेको छ भने धुनुभन्दा पहिले त्यसमा ग्लिसरनि रगड्नुहोस् ।

20.-करेलाको बोक्रा ताछेर सुकाई बेसन वा मैदामा मिसाएर राखे मैदा वा बेसनमा कीरा लाग्दैन ।

21.-प्याज काट्नुभन्दा पहिले करबि पाँच मिनेट चिसो पानीमा भिजाए आँसु आउँदैन ।

22.-काँचो आँपलाई नुनपानीमा राख्दा चाँडै बिग्रँदैन ।

23.-यदि फ्रिजमा कुनै खाद्यवस्तु कुहिएर गन्ध आएको छ भने कागतीको टुक्रा काटेर फ्रिजमा राखिदिनुहोस्, फ्रिजको गन्ध हटेर जान्छ

24.-दाल पाकिसकेपछि मात्र हिङ हाल्नुहोस् अन्यथा दाल गल्दैन ।

25.-लसुन-प्याज काटिसकेपछि चक्कुलाई धोएर राख्नुहोस् ।

26.-फ्रिजमा लसुन-प्याज नराख्नुहोस् ।

27.-धेरै चामल ल्याउनुभएको छ भने त्यसमा बोरकि पाउडर मिसाएर राख्नुहोस्, चामलमा कीरा लाग्दैन ।

28.-प्याज काट्नुभन्दा पहिले चक्कुको टुप्पामा एउटा काँचो आलु दल्नुहोस्, आँखाबाट आँसु आउँदैन ।

29.-जिरा-धनियाँ भुटेपछि राम्रोसँग पिसिन्छ ।

30.-काउलीमा कीरा लागेको छ भने पकाउनुपूर्व हल्का मनतातो नुनपानीमा केही बेर डुबाइदिनुहोस् कीरा आफैं निस्कन्छ ।

31.-कटहर काट्दै हुनुहुन्छ भने पहिले हातमा तेल लगाउनुहोस्, जसले गर्दा कटहरको चोप लाग्दैन ।

32.-पाकेको कटहर वा कटहरको तरकारी खाइसकेपछि मदिरा सेवन नगर्नुहोस्, त्यस्तै चुना, सुर्ती, पान, कोकोकोला आदिको सेवन पनि गर्नुहुँदैन ।

33.-चामलमा कीरा लागेको छ भने चुनालाई एउटा कपडामा बाँधेर चामलमा राखिदिनुहोस्, कीरा लाग्दैन ।

34.-यदि गहुँ स्टोर गर्न चाहनुहुन्छ भने पहिले निमको पात सुकाएर गहुँमा मिसाउनुहोस् अथवा पातलाई जलाएर त्यसको खरानी गहुँमा मिसाइदिनुहोस् गहुँमा घुन लाग्दैन ।
 

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...