Friday 2 March 2012

अलवर्ट आईन्सटाइन

एकजना पत्रकारले विश्वप्रसिद्घ महान् वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनलाई सोधे "तपाईको सफलताको रहस्य के हो -" उनले पनि मुस्कुराउँदै दूइ शव्दमा उत्तर दिए "परिश्रम र धैर्ताय" । उनको जीवनीलाई नियालेर हर्दा जीवनको शुरुका दिनहरु राम्रा थिएनन् । स्कूललाई एउटा जेलजस्तै सम्झने उनलाई गुरु तथा साथीहरुले 'मन्दबुद्घि उपनाम दिएका थिए । 


अझ गणित शिक्षकले त उनले सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए । तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै र्व्यर्थ भयो । परिश्रम र धैर्यताको कारणले त्यस्तो 'मन्दवुद्घि भएका बालक १२ वर्षो उमेरमा 'युग्लिडको ज्यामिति' र १६ वर्षो उमेर सम्म 'इन्टिगे्रट क्याल्कुलस ' को ज्ञाता भइसकेका थिए । निरन्तर परिश्रम र धैर्यताको कारणले गर्दा नै उनले सन् १९०५ मा “Photo Electric Effect” प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाउन सफल भए । 


उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्घान्त The Theory of relativity ले संसारभर तहलका मच्चायो । यसले भौतिक विज्ञानमा ठूलो परिवर्तन ल्याइदियो । यसरी उनी परिश्रम र धैर्यताको कारणले वीसौ शताब्दीकै सबैभन्दा सफल र चर्चित व्यक्तित्व हुन सफल भए ।

अर्का विश्वप्रसिद्घ आविष्कारक थोमस एल्वा एडिसनले औपचारिक शिक्षालाई पूरा गर्न नसके पनि अथक परिश्रम र धैर्यताको साथ स्वअध्ययन बाट १०९३ वटा आविष्कार गरी सबैभन्दा बढी आविष्कार गर्ने आविष्कारकको रुपमा चिनिन सफल भए । १२ वर्षो कलिलो उमेर मै रेलवे स्टेशनमा पत्रिका बेचेर पेट पाल्न बाध्य एडिसन परिश्रम कै कारण The herald नामक पत्रिकाको सम्पादकसमेत भएका थिए । गरिबीले उनको लक्ष्यलाई असर गर्न सकेन । विज्ञानमा रुचि भएको कारणले रेलको डिब्बामा नै उनले आफ्नो प्रयोगशाला बनाए ।


उनी यति परिश्रम गर्दथे कि कति पटक त आफ्नो नाम समेत विर्सन्थे । Electric Lamp बनाउँदा उनी ९९९ पटक असफल भएका थिए । तर उनी त्यस असफलताबाट नहड्बर्डाई धैर्यताको साथ आफ्नो काममा लागि नै रहे र आखिरमा हजारौं पटकको प्रयासमा सफल भई 
छाडे । यस्तै परिश्रम र धैर्यताको परिणाम स्वरुप सन् १९७३ मा Electric Lamp को लागि नोबेल परुस्कार पाउन सफल भए ।

त्यसै गरी अर्का बैज्ञानिक म्याडम म्यारी क्युरी पनि परिश्रम र धैर्यताको कारण सफल ब्यक्तित्वमा गनिन्छिन् । महिला भएकै कारण पोल्याण्डमा उच्चशिक्षा अध्ययनबाट बञ्चित हुनु परेकोले क्युरीले बिदेशमा गइ उच्च शिक्षा हाँसिल गरिन् ।उनको जीवन गरिबीमा वितेको थियो । तर गरिबीले उनको लक्ष्यलाई छुन सकेन । कति दिन र रात गरिबीकै कारणले पानीको साहाराले आफ्नो लक्ष्यमा अडिग रही निरन्तर परिश्रम गर्दै गइन् उनी । फलस्वरुप उनले सन् १९०३ मा Radioactivity मा अनुसन्धान गरेवापत भौतिक शास्त्रमा नोवेल पुरस्कार जितिन् । 


जीवनभरी साथ दिने उनका पतिको मृत्युले पनि उनको काममा बाधा पुर्याएन । त्यस्तो अवस्थामा पनि धैर्यताको साथ परिश्रम गर्दै गइन् र सन् १९११ मा Radium and polonium पत्ता लगाए वापत फेरि रसायन शास्त्रमा नोवेल पुरस्कार पाउन सफल भइन् । यस्तै परिश्रम र धैर्यताको कारणले उनी दुइ विधामा नोवेल पुरस्कार पाउने पहिलो महिला हुन पुगिन् ।


अमेरिकाका जर्ज वाशिङ्गटन, अब्राहम लिकंन एवं रुजवेल्ट, चीनका सन् यात्सेन फ्रान्सका नेपोलियन बोनापार्ट पनि परिश्रम र धैर्यताको कारण राष्ट्रपति बन्न सफल भए । सफल खेलाडीहरु पेले, म्यारोडोना, माइकल जोर्डन, माइकल जोनसन पनि मिहिनेत कै कारण सफल भएका हुन् । विलियम शेक्सपियर, रविन्द्रनाथ टैगोर, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम पनि परिश्रम र धैर्यताको कारण सफल साहित्यकार बन्न सफल भए ।


अमेरिकाको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स् पहिले कलेज ड्रपआउट भएर पनि परिश्रम र धैर्यताको कारण गत पाँच वर्षेखि लगातार रुपमा संसारकै सबैभन्दा धनाढ्य हुन सफल भएका छन् । यसरी संसारका सफल र चर्चित वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, साहित्यकार खेलाडी, व्यापारी, कलाकारहरु जीवनका पुर्वाद्दामा अभाव, गरिवी, असफल भएपनि कडा परिश्रम र धैर्यताको कारण उनीहरु सफल हुन सकेका हुन । अत: यी सफल व्यक्तित्वबाट हामीले पनि सफलताको रहस्य किन नसिक्ने?

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...