Wednesday 28 March 2012

गर्मी मौसममा छाला सुन्दर राख्ने उपाय



गर्मी मौसममा जति कोशिश गरे पनि अनुहारमा घाम पर्ने हुन्छ । यस मौसममा वातावरण पनि सुक्खा तथा प्रदूषित हुने भएकाले अनुहारको छालालाई नराम्रो प्रभाव पर्छ । त्यसकारण यससम्बन्धमा सधैँ होस पुर्‍याउनुपर्ने हुन्छ । अनुहारको छाला नै राम्रो भएन भने मानिसको व्यक्तित्वमा धेरै नकारात्मक असर पर्छ । गर्मी मौसममा छालालाई र्सर्ूयको किरणबाट हुने कुप्रभावबाट बचाई स्वस्थ, जीवित तथा चम्किलो राख्नका लागि केही सरल उपायहरू अपनाउन सकिन्छ ।
छालामा हल्कासाथ क्रिम दल्ने गर्नुपर्छ । यसो गर्नाले मरेको छाला तथा कोषिकाहरू हट्छन् ।  छाला सफा र चम्किलो देखिनुका साथै कोषहरू जीवित भएको महसुस हुन्छ ।
 गर्मी समयमा शरीरबाट बढी मात्रामा पसिना आउने भएकोले शरीरमा भएको नुनिलोपना पसिनाको माध्यमबाट बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा भएको चिसोपना अर्थात् आदर््रता बढी खर्च भई छाला सुक्खा हुन पुग्छ । छाला सुक्खा भएपछि छाला खस्रो, उडेको जस्तो तथा नराम्रो देखिने हुन्छ । त्यसकारण उचित श्रेणीको म्वाइस्चराइजर (Moisturiser) नियमित रूपमा लगाउने गरेमा छालामा भएका छ्रि्रहरू बन्द भई शरीरमा भएको चिसोपना बाहिर आउन पाउँदैन । यसबाट छाला नरम, स्वस्थ, ताजा तथा जीवयुक्त हुन्छ ।
  •   र्सूयको अल्ट्राभायलेट किरण (UV) ले छालाको Collegen लाई हानि पुर्‍याउने हुन्छ । र्सर्ूयबाट आउने किरणले प्रोटिन -छालालाई बलियो बनाइराख्ने तत्त्व) लाई हानि पुर्‍याउने हुन्छ । यसबाट छालामा मसिना धर्काहरू तथा रेखाहरू देखा पर्न थाल्छन् । यस्ता रेेखाहरू तथा धर्काहरू हुन नदिन र छालालाई पौष्टिक तत्त्व प्रदान गरी छालाको अयििभनभल तत्त्व नष्ट हुन नदिनका लागि  उचित किसिमको लोसन या क्रिमहरूको प्रयोग गर्नुपर्छ । यसो गर्नाले छाला ताजा हुनुको साथै नरम, कलिलो, चम्किलो, स्वस्थ तथा जीवयुक्त हुने हुन्छ ।
  •  घामले गर्दा छाला सुक्खा हुने, चिसोपना हराउने हुन्छ । छालामा ठाउँ-ठाउँमा दाग पनि देखा पर्न थाल्छ । यस्तो स्थिति आउन नदिनको लागि सन्तुलित खाना खानर्ुपर्छ । छालाको नियमित स्याहार गर्नु नितान्त आवश्यक छ ।
  • गर्मी मौसममा गर्मी हुने हुनाले धेरै मानिस पानीमा चलिरहन मन पराउँछन् । धेरै पानीमा चल्नाले या धेरै नुहाउने गर्नाले छालामा भएको चिसोपन हराउँदै जान्छ । यसले गर्दा छालामा विभिन्न समस्या देखा पर्न थाल्छ । त्यसकारण छालालाई कुनै पनि नकारात्मक असर नपर्ने किसिमका सामग्रीहरू प्रयोग गर्नर्ुपर्छ ।
  •  बातानुकुल (AC) कोठाको प्रयोग सकेसम्म कम गनर्ुपर्छ । एसीले कोठाको आदर््रतामा कमी गरी वातावरण सुक्खा पार्छ । फलस्वरूप छालाको चिसोपनामा कमी भई छाला सुक्खा र जीवरहित हुन्छ । त्यसकारण एसीको ज्यादा प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
  •  नियमित रूपमा दैनिक ८/१० गिलास शुद्ध पानी पीउनु आवश्यक हुन्छ । यसो गर्नाले छाला सधैँ चिसोयुक्त भैरहन्छ । अनि छाला नरम, ताजा, सफा तथा कलकलाउँदो देखिने हुन्छ ।
  •  कम्तीमा हप्ताको तीन पटक व्यायाम गर्नर्ुपर्छ । व्यायामले शरीरको प्रत्येक अंगलाई दुरुस्त तथा स्फूर्त बनाउँछ । शरीरमा भएका विषालु तत्त्वहरू बाहिर फाल्न मद्दत गर्छ । साथै छाला स्वच्छ, ताजा, चम्किलो बनाउन मद्दत गर्छ ।
  •  क्रिमहरू सधैँ म्वइस्चराइजरयुक्त नै प्रयोग गर्नुपर्छ । अनुहारको छालाको लागि साबुन प्रयोग गर्नुहुँदैन । साबुनले छाला सुक्खा गर्छ । अनुहारको छालामा अन्य क्रिमहरू प्रयोग गर्नुपर्छ । छालाको मृतकोषिकाहरू हटाउन मद्दत गर्ने खालका क्रिमहरू प्रयोग गर्नर्ुपर्दछ । यदि साबुन नै प्रयोग गर्नुपर्दा साबुनको मिश्रणमा कम्तीमा २५ प्रतिशत म्वाइस्चराइजर हुनु आवश्यक छ ।
  •  छालाले गुमाएको चिसोपना पर्ूण्ारूपमा प्राप्त गर्न कम्तीमा २५ प्रतिशत दूधयुक्त पेयपदार्थ सेवन गर्न जरुरी हुन्छ । यसरी दूधयुक्त पेयपदार्थ सेवन गर्नाले अनुहारको छाला पुनः ताजा हुन्छ, स्वस्थ हन्छ र जीवयुक्त हुनुका साथै दिनभर ताजा, स्फर्ूर्ति हुन्छ ।
  •  हामीले जस्तोसुकै खाना खाए पनि शरीरको निमित्त आवश्यक पर्ने तत्त्वहरूमध्ये केही न केही कमी भएकै हुन्छ ।  शरीरलाई आवश्यक पर्ने तत्त्वहरू कमी हुनबाट बचाउन विभिन्न किसिमका  पौष्टिक तत्त्व भएका खाद्यवस्तुहरू खान आवश्यक छ । यसमा विशेष गरी गर्मी मौसममा वातावरणमा प्रतिकुल अवस्था हुने हुनाले पौष्टिक तत्त्व तथा सन्तुलित खानाको साथै दिनमा एक चम्चा कड लिभर आयल ९ऋयम ीभखभच इष्० िखाने गर्नु फाइदाजनक हुन्छ । यसो गर्दा शरीरका कोेषिकाहरूलाई पर्ूण्ाजीवन दिन सहयोग पुग्छ । साथै कड लिभर आयलमा छालालाई पर्याप्त मात्रामा चिस्यान दिई छाला नरम, स्वस्थ देखाउन मद्दत पुर्‍याउने आवश्यक तत्त्व ओमेगा ३ Çयाटी एसिड, भिटामिन ँडी’, भिटामिन ँए’ हुन्छन् ।  यी तत्त्वहरू  शरीरलाई धेरै नै आवश्यक हुन्छन् ।  
  • सधैँ अनुहारको छाला ताजा, स्फर्ूर्ति, चम्किलो, कलिलो तथा जीवयुक्त बनाइराख्नका लागि नियमित रूपमा छाला सफा गर्ने, सफा गर्दा विशेष गरी २५ प्रतिशतसम्म म्वाइस्चराइजर भएको क्रिम प्रयोग गर्ने गर्नर्ुपर्छ ।
  •  सधैँ अनुहारको छाला ताजा, स्फर्ूर्ति, चम्किलो, कलिलो तथा जीवयुक्त बनाइराख्नका लागि नियमित रूपमा छाला सफा गर्ने, सफा गर्दा विशेष गरी २५ प्रतिशतसम्म म्वाइस्चराइजर भएको क्रिम प्रयोग गर्ने गर्नर्ुपर्छ । छालामा हल्कासाथ क्रिम दल्ने ९क्अचगद० गर्नुपर्छ । यसो गर्नाले मरेको छाला तथा कोषिकाहरू हट्छन् ।  छाला सफा र चम्किलो देखिनुका साथै कोषहरू जीवित भएको महसुस हुन्छ । छाला कहिलेकाहीँ रातो-रातो हुने तथा चिलाउने पनि हराउँदै जान्छ । छाला स्वस्थ तथा उज्यालो हुन्छ ।
  •  एभोकाडो (Avocado) भन्ने फल नेपालको लागि नयाँ फलको रूपमा आएको छ । यसको नेपालमा व्यापारिक खेती गरेको पाइएको छैन । यो एक बहुउपयोगी फल हो ।  यस फलमा प्रचूर मात्रामा  भिटामिन ँबी’ कम्प्लेक्स  छ । यसमा आवश्यक तैलीय तत्त्व पनि छ । यो फलले ब्लतष्-क्ष्लाamिबतयचथ को पनि काम गर्छ । यो फलको सेवनले छाला नरम हुन्छ । साथै छाला चिलाउने, रातो-रातो हुने, अनुहारमा टाटेपाटे  हुने जस्ता सौर्न्दर्यसम्बधी समस्याहरूको समाधान गर्न मद्दत पुग्छ । यो फल आजकल सौर्न्दर्य निखार गर्नको निमित्त बढी प्रयोगमा ल्याएको पाइएको छ ।
  •  अनुहारमा गरम पानीको बाफ लिँदा पनि छालालाई धेरै फाइदा पुग्छ ।  सुक्खा छाला भएमा ५ मिनेट र तैलीय छाला भएमा १० मिनेट गरम पानीको नियमित बाफ लिने गरेमा छालामा भएका छ्रि्रहरू खुल्न गई फोहोरहरू बाहिर आउन मद्दत पुग्छ । साथै छालाभित्र हावा छिर्न मद्दत पुग्छ । बाफ लिइसकेपछि अनुहारमा नरम कपडाले हल्कासँग पुछ्ने र म्वाइस्चराइजर  लगाउँदा फाइदा हुन्छ । यसो गर्नाले अनुहारको छाला जीवयुक्त भै चम्किलो र ताजा हुन्छ ।
  •       सधँै बाहिर निस्कँदा घामको नकारात्मक किरणबाट अनुहारको छालालाई बचाउनको निमित्त छाता या टोपी प्रयोग गर्नर्ुपर्छ ।  सुती कपडाबाट बनेका लुगाहरू लगाउने तथा खुकुलो लुगा लगाउने गर्नर्ुपर्छ । यसबाट निश्चय नै गर्मी मौसममा छालालाई सुरक्षित र सौर्न्दर्ययुक्त बनाइराख्न मद्दत पुग्छ ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...