Sunday 11 March 2012

आफ्नो शरीरको बारेमा जानकारी राख्नुहोस्


तपाईको बढ्ने उमेर अर्थात १० देखि २४ वर्षको उमेर तपाईको जीवनको महत्वपूर्ण समय हो, जुनबेला तपाई विभिन्न प्रकारका परिवर्तनहरु (शरीर र सोचाइमा) महसुस गर्नुहुन्छ ।
यसका साथै तपाई नौला–नौला कुराहरु जस्तै मानव जीवनका विभिन्न क्षणहरुका बारेमा अन्वेषण गर्न रुचाउन थाल्नुहुन्छ र तपाई आफ्नो जीवनको बारेमा आफैं निर्णय गर्न सिक्न थाल्नुहुन्छ । वास्तवमा तपाईले जीवनमा पहिलो पल्ट यस्ता शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरुको महसुस गर्नु भएको कारणले तपाईलाई यस सम्बन्धमा धेरै प्रश्नहरु सोध्न मन लागेको हुन सक्छ । यस उमेरमा तपाईको जिज्ञासा मेटाउन आफू भन्दा ठूला व्यक्तिहरु जस्तै आमाबाबु, दिदी, दाइ, नातेदार, स्वास्थ्यकर्र्मी, परामर्शदाता, शिक्षक र साथीहरुले मद्दत गर्न सक्छन् । त्यसैगरीयस पुस्तकले पनि तपाईंका केही जिज्ञासाहरुको उत्तर अवश्य नै दिन सक्नेछ । सबैभन्दा पहिले तपाईंले आफ्नो शरीरको बारेमा जान्न आवश्यक पर्ने हुन्छ । हुन सक्छ तपाईलाई यसो भन्दा आश्चार्य पनि लाग्न सक्छ तर पनि आफूस“गैको साथी किन अग्ली छिन्, आफू किन होची छु, कोही साथीको जिउ खाइलाग्दो छ आफू किन दुब्ली छु आदिबारे विभिन्न जिज्ञासाहरु मनमा आएको हुन सक्छ । तर निराश नहुनुहोस्, तपाई अग्लो, होचो, दुब्लो, पातलो वा मोटो जे भए पनि तपाईको बढ्ने क्रम प्राकृतिक रुपमा हुने गर्दछ । प्रत्येक मानिसका आ–आप्mनै बढ्ने समयचक्र हुन्छ र सोही अनुसार ऊ बढ्छ । कोही अलि ढिलो त कोही अलि छिटो बढ्ने पनि हुन्छन्, यो अस्वभाविक होइन । प्रायः गरेर यो बढ्ने क्रम जन्मेको बेलादेखि सुरु भएर चौबीस–पच्चीस वर्षको उमेरसम्म हुन्छ । यसबाहेक पनि मानिसको शारीरिक विकास हुनलाई पौष्टिक पदार्थ, खानपान, जातीय, वंशानुगत र जैविक विभिन्नताले पनि असर गरिरहेको हुन्छ । आफ्नो शरीरको बारेमा जान्ने क्रममा तपाईले आफ्नो प्रजनन अंगका बारेमा पनि जान्नु अति आवश्यक हुन्छ । 
चित्रमा देखाएजस्तै किशोरीहरुको बाहिरी प्रजनन् अंगहरु मूत्रद्वार, योनिद्वार र मलद्वार हुन् । मूत्रद्वार पिसाब आउने प्वाल हो, त्यस्तै योनिद्वार महिनावारी हु“दा रगत बाहिर आउने र शिशुको जन्म हु“दा बच्चा बाहिर आउने प्वाल हो । यो प्वाललाई ‘हाइमेन’ भनिने पातलो जालोले छोपिराखेको हुन्छ । मलद्वार पेटमा भएको मललाई बाहिर निकाल्ने प्वाल हो । तपाईहरुको भित्री प्रजनन अंगमा पाठेघर, डिम्बनली, योनीमार्ग र डिम्बग्रन्थीहरु पर्दछन् । पाठेघर पेटको तलपट्टि रहेको हुन्छ र गर्भधारणको बेला शिशु यही हुर्किन्छ । सामान्यतः हरेक किशोरी वा स्वास्नी मानिसहरुका दुईवटा डिम्बनलीहरु हुन्छन् र यिनीहरुले हरेक महिना डिम्बग्रन्थीबाट निस्किएका एक एक वटा फुल अर्थात डिम्बलाई आलोपालो गरी पाठेघरसम्म ल्याइपु¥याउने काम गर्दछन् । योनिमार्ग, योनिद्वारदेखि पाठेघरसम्म जोेडिएको हुन्छ, जहा“बाट महिनावारी भएको बेलामा रगत बाहिर निस्कन्छ ।
किशोरी अवस्थामा तपाईमा आउने परिवर्तनहरुः
ड्ड उचाई बढ्न थाल्ने ड्ड दूधका फा“चा वा स्तन बढ्न थाल्ने ड्ड काखी र गुप्ताङ्गमा रौं आउन थाल्ने ड्ड पसिना बढी आउने ड्ड तिघ्रा सोली आकारमा डोलो हु“दै जाने ड्ड अनुहारमा डन्डीफोर आउन थाल्ने ड्ड कम्मरभन्दा तलको भाग डोलो आकारको हु“दै जाने ड्ड योनीबाट पानीजस्तो तरल योनिरस बग्न थाल्ने ड्ड महिनावारी सुरु हुने 
तपाईहरुले आफ्नो मन र व्यवहारमा निम्न कुराहरुमा फरक आएको महसुस गर्नुहुन्छ ः
राम्री हुन मन लाग्नु ः यस्तो बेलामा घण्टौंसम्म ऐना अगाडि बसेर के गर्दा आफूलाई बढी राम्री पार्न सकिन्छ भनेर सिंगारपटार गर्न र कपालको वनावट परिवर्तन गर्न मन लाग्छ । राम्रा र नया“ फेशनका लुगामा सजिएर अरुलाई आफूप्रति आकर्षित गराउन मन लाग्छ ।
केटाकेटीहरुप्रति आकर्षण बढ्नुः यो उमेरमा केटाहरुस“ग संगत बढाउन मन लाग्छ । यो कुनै नौलो कुरा भने होइन, यो उमेरमा सबैजसो यस्तै हुन्छ । तर केटाहरुस“ग केहीबेर हिडडुल वा उठबस हुने बित्तिकै गहिरो माया–प्रिति बसेको ठानेर विवाह गर्न हतार गर्नु हु“दैन ।
काल्पनिक कुराहरु सोंच्नुः यस्तो उमेरमा विभिन्न कुराहरु कल्पना गर्ने र त्यस कल्पनामा आफूलाई पात्र बनाई रोमाञ्चित भएर रमाउने वा डराउने क्रम बढ्न सक्छ । विशेषगरेर आफूलाई मन परेका कतिपय फिल्मका हिरो, खेलाडी, मोडेल आदिस“ग आफूले बिताएका क्षणको कल्पना गरेर रमाउने गरिन्छ । यस्तो अवस्थामा किशोरीहरु प्रायः एकान्त ठाउ“मा एक्लै बसेर आफ्ना मनका भावनाहरुस“ग खेल्न रुचाउ“छन् ।
बढी स्वतन्त्रताको चाहना हुनुः आमा बाबुले यस उमेरको संवेदनशीलतालाई महसुस गरी स्वतन्त्रतामा बन्देज लगाउन खोज्दा किशोरीहरुमा स्वतन्त्रताको चाहना झन् बढ्ने हुन सक्छ । 
बढी संवेदनशील वा भावुक हुनेः आफ्नो काम, छवि र प्रेम प्रसंगबाट किशोरीहरु ज्यादा खुशी वा दुःखी हुने हुन्छन्, यसरी अति दुःखी र भावुक हु“दा नकारात्मक विचार बढ्दै गएर कहिलेकाही उनीहरु आत्महत्या गर्नेसम्मको मनस्थितिमा पुग्न सक्छन् । 
आदर्श व्यक्तिप्रति आकर्षक हुनुः किशोरीहरु कुनै पनि साथी, नातेदार, अभिनेता वा अभिनेत्री, राजनीतिज्ञ, वैज्ञानिक, खेलाडी आदिलाई आफ्नो आदर्श ठानी उनीहरुको नक्कल गर्ने पनि हुन्छन् ।
मन परेको विपरीत लिङ्गीप्रति नजिकिने बहानाको खोजी गर्नुः यस उमेरमा किशोरकिशोरीहरु आफूलाई मनपर्ने विपरीत लिङ्गीप्रति आकर्षित भई उपहार, फुल, पुस्तक आदि दिने अथवा पत्रपत्रिका, संगीत, एल्बम, सिनेमाका क्यासेट वा सीस्डीजस्ता सामग्रीहरु आदान–प्रदान गर्ने बहानामा एक आपसमा नजिकिने प्रयास गर्दछन् ।
आफू जान्नेसुन्ने भएको ठानेर बहस गर्न खोज्नुः यो उमेर भनेको वाल्यवस्था र वयस्क अवस्थाको बीचको अवस्था भएको हु“दा यस उमेरमा प्रायःगरेर तपाई किशोरीहरुलाई जुनसुकै कुरामा पनि आफू अलि जान्ने सुन्ने भएको महसुस भएर आउने हु“दा त्यस विषयमा आफूभन्दा ठूलास“ग बहस एवं तर्कवितर्क गरेर आफू पनि जान्ने सुन्ने भएको देखाउन मन लाग्ने हुन्छ । 
आफ्ना समस्याहरुलाई अरुले ध्यान नदिएको महसुस गरी आफू एक्लो भएको जस्तो लाग्नुः आफूलाई लागेको कुरा प्रष्ट नभन्दा वा समस्याको संवेदनशीलतालाई राम्ररी व्यक्त गर्न नसक्दा आफ्ना भावनालाई अरुले नबुझेको ठानेर कतिपय किशोरीहरु आफू एक्लो भएको महसुस गर्ने गर्दछन् ।
सोचाइ तथा लक्ष्य परिवर्तन भइरहनुः यस उमेरमा मन चञ्चल हुने र अरुले केही राम्रो गरेको देख्दा आफूलाई पनि त्यस्तै हुन मन लाग्ने भएको हुनाले लक्ष्य तथा सोंचाइहरु समय–समयमा परिवर्तन भइरहन सक्छन् ।
यौन सम्बन्धी जिज्ञासा हुनु र यौन साहित्य वा पत्रपत्रिका पढ्न मन लाग्नुः
तपाईको उमेरमा यौन सम्बन्धी कुराहरुमा जिज्ञासा लाग्नु स्वभाविक हो । तपाईहरुमध्ये कतिपयले यौन साहित्य वा पत्रपत्रिका लुकिछिपी पढ्ने गर्नु भएको पनि होला ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...