Friday 2 March 2012

पत्याउन गाह्रो


ईश्वरको अस्तित्वमा विश्वास गर्नु युक्तिहीन, अतार्किक वा अवैज्ञानिक हो? हुनत, अहिलेका धेरैजसा प्रसिद्ध वैज्ञानिक निरीश्वरवादका समर्थक छन् तर विगतमा, र आज पनि, धेरै वैज्ञानिक ईश्वरको अस्तित्वमा विश्वास गर्छन् ।

निकोलस कोपर्निकस (१४७३-१५४३) पोल्यान्डका खगोलशास्त्री थिए। उनले पहिलोपल्ट ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भन्ने गणितमा आधारित सिद्धान्त प्रस्तुत गरेका थिए। उनी सन् १४९७ मा क्याथलिक चर्चको पादरी बनेका थिए। कोपर्निकसले आफ्नो नयाँ सिद्धान्त पहिलोपल्ट सन् १५३३ मा इसाई धर्मगुरु पोप क्लिमेन्ट सातौँको उपस्थितिमा पोपको निवास भाटिकनको उद्यानमा प्रस्तुत गरेका थिए। पोपले कोपर्निकसको सिद्धान्तलाई स्वीकृति प्रदान गरेका थिए। कोपर्निकसले आफ्नो प्रस्तुतिमा ईश्वरको बारम्बार उल्लेख गरेका थिए। उनी आफ्नो सिद्धान्त र बाइबलबीच कुनै असहमति नभएको बताउँथे।
फ्रान्सिस बेकन (१५६१-१६२७) पहिलोपल्ट प्रयोगमा आधारित वैज्ञानिक खोजको विधि स्थापित गर्ने दार्शनिक हुन्। उनको जीवनको लक्ष्य सत्यको खोज र चर्चको सेवा थियो। उनले निरीश्वरवादलाई ठाडै अस्वीकार गरेका थिए। उनी निरीश्वरवादीहरूमा दर्शनको गहिरो अध्ययनको अभाव भएको आरोप लगाउँथे।
योहानेस केप्लर (१५७१-१६३०) उत्कृष्ट गणितज्ञ र खगोलशास्त्री थिए। उनले ग्रहहरूले सूर्यलाई परिक्रमा गर्नेबारे नियम स्थापित गरेका थिए। न्युटन जन्मनुअघि नै उनी गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउने कार्यमा सफलताको नजिक पुगिसकेका थिए। उनले आधुनिक खगोलशास्त्रको विकासमा ठुलो योगदान पुर्‍याएका थिए। उनी प्रोटेस्टान्ट इसाई धर्मका अनुयायी थिए। ईश्वरप्रति उनको ठूलो विश्वास थियो। केप्लर ईश्वरले ब्रáाण्ड कुनै उत्कृष्ट गणितीय सिद्धान्तअनुसार निर्माण गरेकोमा विश्वस्त थिए।
ग्यालिलियो ग्यालिलि (१५६४-१६५०) लाई सामान्यतः रोमन क्याथ्योलिक चर्चसँग उनको द्वन्द्वका सन्दर्भमा सम्झिने गरिन्छ। उनको सौर्यमण्डलबारेको सन् १६३३ मा प्रकाशित कृतिमा सूर्य केन्द्रित सिद्धान्तको बयान गरिएको थियो। उक्त सिद्धान्तको प्रमुख निष्कर्ष पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने थियो। तर त्यस सिद्धान्त पर्याप्त प्रमाणबीनाको र बाइबलविरुद्ध भएको ग्यालिलियोका विरोधीले आरोप लगाएका थिए। उक्त प्रस्तुतिमा उल्लेख गरिएका केही विवरणबाट ग्यालिलियो र उनका मित्र तत्कालीन पोपबीच ठुलो वैमनस्य पैदा भएको थियो र पोप ग्यालिलियोप्रति निकै आक्रोशित भएका थिए। यसै विषयलाई लिएर ग्यालिलियोमाथि चर्चले मुद्दा चलाएर दोष ठहर्‍याएको थियो। उनलाई सूर्य केन्द्रित सिद्धान्तको प्रचार र अध्यापन गर्न निषेध गरिएको थियो। जीवनको उत्तरार्धमा उनलाई आफ्नै घरमा नजरबन्द गरिएको थियो। नजरबन्दमै उनको देहान्त भएको थियो। चर्चले उनीमाथि अन्याय गरे पनि इसाई धर्ममा उनको अटल विश्वास थियो। उनी भन्थे, बाइबल कहिल्यै गलत हुन सक्तैन।
रेने देकार्ट (१५९६-१६५०) महान् फ्रान्सेली गणितिज्ञ, वैज्ञानिक र दार्शनिक थिए। देकार्ट र फ्रान्सिस बेकनलाई पहिलोपल्ट प्रयोगमा आधारित वैज्ञानिक खोजको विधि स्थापित गरेको श्रेय दिइन्छ। रोमन क्याथोलिक देकार्टमा धार्मिक आस्था निकै प्रबल थियो। उनले ईश्वरको अस्तित्वको पक्षमा अकाट्य प्रमाण जुटाउन ठुलो प्रयास गरेका थिए। उनका सबै दर्शनको केन्द्र ईश्वर नै हुन्थे। देकार्तका अनुसार ईश्वरले नै प्रकृतिका नियम बनाएका थिए र एकपल्ट नियम बनाएपछि संसारलाई आफ्नै भाग्यमा छोडिदिएका थिए।
ब्लेज पास्कल (१६२३-१६६२) पनि महान् फ्रान्सेली गणितिज्ञ, भौतिकशास्त्री, आविष्कारक, लेखक र धर्मशास्त्री थिए। उनले गणितको ज्यामिति विषयमा ठूलो योगदान पुर्‍याएका थिए। यसैगरी पास्कलले वायु र वायु-शून्यता (भ्याक्युम)को महत्वपूर्ण सिद्धान्त स्थापना गरेका थिए। उनी रोमन क्याथोलिक थिए। भनिन्छ, सन् १६५४ मा उनलाई ईश्वरको दृष्टि प्राप्त भएको थियो। त्यसपछि उनी विज्ञानलाई त्यागेर धर्मशास्त्रको अध्ययनमा लागे। मर्नुअघि उनका अन्तिम वाक्य थिए, 'ईश्वरले मेरो साथ कहिल्यै नत्यागुन्'।
आइजक न्युटन (१६४२-१७२७) विज्ञानकै इतिहासमा महान् वैज्ञानिकमध्ये एक गनिन्छन्। उनी गुरुत्वाकर्षण र गतिको सिद्धान्तका लागि प्रसिद्ध छन्। उनी अत्यन्त धार्मिक व्यक्ति थिए भन्नेबारे धेरैलाई कम थाहा छ। उनले आफ्नो प्रसिद्ध कृति 'प्रिन्सिपियामा' उल्लेख गरेका थिए्, 'सूर्य, ग्रह र पुच्छ्रेतारोजस्ता आकाशीय पिण्डको सुन्दर र नियमित सञ्चालन कुनै सर्वज्ञानी र शक्तिशाली ईश्वरको परामर्श र प्रभुत्वले मात्र अघि बढ्न सक्छ'। उनका अनुसार रंग छुट्ट्याउन नसक्ने (कलर ब्लाइन्ड) व्यक्ति विभिन्न रंगबारे अनभिज्ञ रहेजस्तै सर्वज्ञ ईश्वरले कसरी सोच्छन्, सबै कुरा बु‰छन् र ब्रáाण्ड सञ्चालन गर्छन् भन्नेबारे हामी पनि अनभिज्ञ रहन्छौँ।
रबर्ट ब्वायल (१७९१-१८६७) बेलायतका प्रसिद्ध रोयल सोसाइटीका संस्थापक सदस्य र वायुसम्बन्धी अध्ययनका लागि प्रसिद्ध वैज्ञानिक हुन्। वायुका लागि प्रसिद्ध नियम 'ब्यायलस ल' उनकै नामबाट नामाकरण गरिएको हो। समर्पित प्रोटेस्टेन्ट ब्यायल विदेशमा इसाई धर्मको प्रचारप्रसार गर्नसमेत निकै सक्रिय थिए। उनी आफ्नो समयमा निरीश्वरवादका विरोधमा कलम पनि चलाउने गर्थे।
माइकल फारादे (१७९१-१८६७) उन्नाइसौँ शताब्दीको सबैभन्दा महान् वैज्ञानिकमध्ये एक मानिन्छ। विद्युत् र चुम्बकत्वबारेको उनको कामले भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याएको मात्र नभई आजको हाम्रो जीवनशैलीलाई समेत ठुलो प्रभाव पारेकोछ। उनको योगदानबीना आजको कम्प्युटर, टेलिफोन, इन्टरनेटआदिको आविष्कार सम्भव हुने थिएन। उनी पनि समर्पित इसाई धर्मालम्बी थिए। प्रकृतिको अध्ययन र व्याख्यानमा फारादेको धार्मिक विश्वासले ठुलो प्रभाव पारेको थियो।
ग्रेगोर मेन्डल (१८२२-१८८४) लाई अणुवांशिक विज्ञान (जेनेटिक्स)का पिता मानिन्छ। उनी अस्ट्रियाको एउटा गिरिजाघरमा पादरी थिए। उनले सन् १८५६ मा गिरिजाघरको उद्यानमा विभिन्न जातका केराउको फूलमा सुरु गरेका अनुसन्धानबाट पहिलोपल्ट अणुवांशिक विज्ञानको गणितीय आधार स्थापना भएको थियो। डीएनएलगायत जैविक प्रविधिको क्षेत्रमा पछिल्लो समयमा भएको अभूतपूर्व विकासको जग उनैले स्थापित गरेका थिए।

विलियम थोमस केल्भिन (१८२४-१९०७)ले आधुनिक भौतिकशास्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनी अति समर्पित इसाई धर्मावलम्बी थिए। त्यतिबेलाका उनका सहकर्मी भौतिकशास्त्री जेम्स म्याक्सवेल (१८३१-१८७९) पनि इसाई धर्ममा ठुलो विश्वास राख्थे। म्याक्सवेललाई बीसौँ शताब्दीमा भौतिकशास्त्रमा भएको विकासमा सबैभन्दा बढी प्रभाव पार्ने उन्नाइसौँ शताब्दीका भौतिकशास्त्री मानिन्छ। उनलाई न्युटन र आइन्स्टाइनका तहको वैज्ञानिक मानिन्छ।
म्याक्स प्ल्याङ्क (१८५८-१९४७) 'क्वान्टम थ्योरी'का लागि प्रसिद्ध भौतिकशास्त्री हुन्। 'क्वान्टम थ्योरी'ले परमाणुको संसार बु‰न क्रान्तिकारी योगदान पुर्‍याएको थियो। उनका अनुसार ईश्वर सर्वत्र उपस्थित छन्। उनी सर्वज्ञानी, उपकारी र शक्तिशाली ईश्वरमा विश्वास गर्थे। उनी सन् १९२० देखि चर्चका वार्डेनसमेत रहेका थिए। उनको प्रयोगशालाको ढोकामा लेखिएको हुन्थ्यो, 'ईश्वरमा आस्था नभएका व्यक्तिले मेरो प्रयोगशालामा प्रवेश नगरे हुन्छ।'

अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५)लाई बीसौँ शताब्दीका सबैभन्दा महान् र प्रतिष्ठित वैज्ञानिक मानिन्छ। उनले समय, गुरुत्वाकर्षण र पदार्थ तथा ऊर्जाबीचको सम्बन्धबारे क्रान्तिकारी योगदान पुर्‍याएका थिए। व्यक्तिगत ईश्वरमा कहिल्यै विश्वास नगरे पनि उनी निरीश्वरवादलाई अस्वीकार गर्थे। उनी कुनै सृष्टिकर्ताबिना ब्रáाण्डको उत्पत्ति असम्भव भएको विश्वास गर्थे। कुनै बेला उनले भनेका थिए, विज्ञानप्रति उनी आकर्षित हुनुको प्रमुख कारण उनको ईश्वरबारेको जिज्ञासा पनि थियो। सृष्टिमा ईश्वरको सम्भावित भूमिकाको व्याख्या गर्दै उनले भनेका थिए, 'ईश्वरले पासा खेल्दैन' (गड डज नट् प्ले डाइस)।

विगतका कतिपय प्रसिद्ध वैज्ञानिक ईश्वरमा विश्वास गर्थे भने विज्ञानको विकाससँगै ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्यामा आज क्रमशः कमी आउन थालेको छ। उदाहरणका लागि आज अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानका सदस्य वैज्ञानिकमध्ये सात प्रतिशतमात्र ईश्वरमा विश्वास गर्छन्, ७३ प्रतिशत विश्वास गर्दैनन् र बाँकी २० प्रतिशतको कुनै मत छैन। यसैगरी सन् २००५ देखि २००७ सम्म अमेरिकाको २१ वटा प्रतिष्ठित विश्वविद्यालयमा गरिएको सर्भेक्षणअनुसार ३४ प्रतिशत वैज्ञानिक अनुसन्धानकर्ता ईश्वरमा विश्वास गर्दैनन्। अर्काे ३४ प्रतिशत वैज्ञानिक ईश्वर छ वा छैन भन्ने जान्ने कुनै उपाय नभएको बताउँछन्। बाँकी अरूको कुनै मत छैन। सायद आफूले बाँच्ला भनेर आशा मारिसकेका कैयौँ विरामी अचानक निको भएको 'चमत्कार' अनुभव गरेकाले होला अमेरिकामा धेरै चिकित्सक ईश्वर र पुनर्जन्ममा विश्वास गर्ने एउटा अध्ययनले देखाएको छ। नेपालका अधिकांश चिकित्सकले ईश्वरमा विश्वास गरेको देखिन्छ। काठमाडौंका प्रायः हरेक अस्पतालको परिसरमा कुनै न कुनै देवी देउताको मन्दिर स्थापना गरिएको पाइन्छ।

प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङका अनुसार ईश्वर छ वा छैन भन्ने प्रश्नको जबाफ विज्ञानले दिन सक्तैन। उनी यो जान्नु आवश्यक पनि ठान्दैनन्। उनी विज्ञानका भौतिक नियमानुसार ब्रáाण्डको उत्पत्ति शून्यताबाट भएको र प्रकृतिमा हुने सम्पूर्ण घटना विज्ञानका नियमानुसार सञ्चालन हुनेमा विश्वास गर्छन्। त्यसको लागि उनी कुनै सृष्टिकर्ताको आवश्यकता देख्दैनन्। त्यसैले उनको लागि ईश्वरको अस्तित्व गौण विषय हो।
यसरी विज्ञानको आधुनिक विकाससँगै ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्यामा उल्लेखनीय कमी आएको देखिन्छ। तर आज पनि ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्या नगण्य भने छैन भन्ने निष्कर्ष माथि उल्लेखित कतिपय अध्ययनले देखाउँछ। कतिपय देशमा वैज्ञानिकको ईश्वरमाथिको विश्वास उनको पारिवारिक धार्मिक पृष्ठभूमिमा निर्भर हुनेगरेको पनि पाइएको छ। उदाहरणका लागि भारतका अधिकांश प्रतिष्ठित वैज्ञानिक ईश्वरमा विश्वास गर्छन् र दैनिक पूजापाठमा संलग्न हुन्छन्।
सायद, वैज्ञानिक भएकाले होला मलाई केही पत्रकार तथा पाठकले कहिलेकाहीँ ईश्वर र धर्मबारे मेरो व्यक्तिगत धारणा सोध्छन्। वज्राचार्य थरको मेरो परिवारको पृष्ठभूमि धार्मिक नै थियो। धर्मले हामी बौद्धमार्गी र पुरोहित वर्गका हौँ। बुबा निकै धार्मिक व्यक्ति हुनुहुन्थ्यो। आफ्ना सबै सन्तानलाई बिहान पूजापाठ गर्ने नियम लागु गर्नुभएको थियो। हामी सबै सँधै नियम पालना गथ्यौँ। म पनि हरेक बिहान पूजापाठ गर्थें।
मेरो पूजापाठ गर्ने नित्य कार्य सन् १९६९ मा जर्मनीमा उच्च अध्ययन गर्न गएपछि टुट्यो। जर्मनीको लामो बसाइ र अध्ययन पुरा गरेर नेपाल फर्केपछि पूजापाठमा मेरो ध्यान गएन। कुनै मठ मन्दिरमा गएर आफ्नो कुनै आकांक्षा पूरा होस् भनेर कहिल्यै पूजा वा प्रार्थना पनि गरिन। हिजोआज मेरो 'धार्मिक' क्रियाकलाप दिवंगत आमा र बुबाको सम्झनामा हरेक बिहान दुईवटा धुप बत्ती बाल्नेमा सीमित छ।

नेपालमा हुने चाडपर्वलाई धार्मिक कार्यकारूपमा भन्दापनि हाम्रो संस्कृति र परम्पराका रूपमा लिन्छु। तर कुनै निश्चित धार्मिक दिनमा सम्बन्धित धार्मिक स्थल जाने बानी छैन। हुनत, म पनि कहिलेकाहीँ धार्मिकस्थल जाने गर्छु तर, धार्मिक उद्देश्यबाट प्रेरित भएर होइन। मलाई स्वयम्भु, बौद्ध, लुम्बिनी, चाँगुनारायणजस्ता कतिपय धार्मिक स्थलका वास्तुकला र वातावरण मनपर्छ।

मेरो कुनै व्यक्तिगत ईश्वर छैन। ईश्वरको अस्तित्वबारे मेरो ठोस व्यक्तिगत धारणा पनि छैन। मलाई लाग्छ, यस्तो ठोस धारणा बनाउन यस गहन विषयमा मेरो अध्ययन र ज्ञान अपूर्ण छ। सामान्यतया अप्रमाणित र अतार्किक तथ्य स्वीकार्न मलाई संकोच लाग्छ।

यसैगरी धर्मको परिभाषा पनि व्यक्ति विशेषमा भरपर्छ। कतिपय व्यक्ति देवी देउताको पुजापाठ गर्नुलाई धर्म मान्छन्। मेरा लागि धर्म मूलतः नैतिकता, निस्वार्थता र आफ्नो कर्तव्यप्रतिको इमानदारी हो। उदाहरणका लागि शिक्षकको धर्म नियमित कक्षा लिने हो, चिकित्सकको धर्म बिरामीको निस्वार्थ सेवा गर्नु हो, सञ्चारकर्मीको धर्म निष्पक्ष सूचना प्रदान गर्नु हो, बुद्धिजीवीको धर्म आफ्नो ब्रáले देखेको भन्ने हो, वैज्ञानिकको धर्म आफ्नो खोज नतिजालाई नबंग्याउनु हो र राजनीतिज्ञको धर्म आफू र आफ्नो दलभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नु हो।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...