Tuesday 28 February 2012

विश्वका सबैभन्दा रोमाञ्चक सडक




विश्वमा केही सडकहरु यस्ता छन् जसमा यात्रा गर्दा प्रकृतिको मज्जा लुट्न पाइन्छ । प्राकृतिक सुन्दरता प्राप्त गर्नेमात्र होइन यी सडकहरुको यात्रा निकै खतरनाक तथा साहसिक समेत मानिन्छ । विश्वका सबैभन्दा बढि रोमाञ्चक तथा खतरनाक दशवटा सडककको नाम यसप्रकार छ ।
१। बोलिभियाको नर्थ युंगास रोड स् यसलाई मृत्युको सडक भनेर पनि चिनिन्छ । राजधानी लापाज र कोरिओको क्षेत्र जोड्ने यो सडक ४३ माइल लामो छ । निकै जोखिमपूर्ण पर्वतीय क्षेत्रमा रहेको यो नागबेली सडक देख्दा डरलाग्दो भएपनि सुरक्षाका भरपर्दा उपाय अपनाइएको छ ।

२। अटलान्टा रोड, नर्वे स् नर्वेको मोल्डे र क्रिस्टियानसन्ड जोड्ने यो सडक ५ माइल लामो छ । सामुद्रिक छालजस्तो गरी तलमाथि उठाएर बनाइएको यो सडकमा यात्राका क्रममा प्रकृतिको भरपूर मज्जा लुट्न पाइन्छ ।
३।ब्लू रिज, अमेरिका स् उत्तरी क्यारोलिनामा रहेको यो सडकको लम्बाइ ४ सय ९६ माइल छ । यसको यात्राका क्रममा पनि प्राकृतिक सुन्दरता अवलोकन गर्न पाइन्छ ।



४। कोलम्बिया जर्ज हाइवे, अमेरिका स् यो पनि उत्तरी अमेरिकामा रहेको निकै रोमाञ्चक सडक मानिन्छ ।



५। गुओलियांग टनेल, चीन स् यो सडक चिनको ताइहांग पर्वतलाई काटेर बनाइएको छ । निकै कडा चट्टानलाई खोपेर बनाइएको यो सडकलाई निकै खतरनाक पनि मानिन्छ । यो निकै उचाइमा रहेको सडक पनि हो ।


६। अमाल्फी कोस्ट रोड, इटाली स् यो विश्वकै सबैभन्दा रोमाञ्चक सडक मानिन्छ । यो सडक समुद्रको किनारै किनार भएर अघि बढेको छ ।


७। थ्री केप्स रुट, अमेरिका स् यो सडक अमेरिकाको ओरेगनमा रहेको छ । यो सडकमा यात्राका क्रममा जंगल र समुद्र दुबैको दृश्यावलोकन गर्न सकिन्छ ।


८। ट्रान्सफगारसन रोड, रोमानिया स् यो सडकले देशका दुइ उच्च पहाडलाई जोडेको छ । जंगलबीचको यात्रा निकै रोमाञ्चक हुन्छ ।


९। रेड रक सिनिक रोड, अमेरिका स् यो अमेरिकाको अरिजोनामा अवस्थित छ । विभिन्न राष्ट्रिय सम्पदाहरुको दृश्यावलोकन गर्न सकिने यो सडक निकै सुन्दर मानिन्छ ।


१०। सेबर्ड हाइवे, अलास्का स् १ सय २७ माइल लामो यो सडकले अलास्काको सेबर्ड र एंकोरेजलाई जोडेको छ । हिमसिखर सागै तालहरुको दृश्यावलोकन गर्न पाउनु यहाँको मुख्य रोमाञ्चकता हो ।



No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...