Thursday 1 March 2012

रोचक ...


नेपालको राष्ट्रिय फूल लालीगुराँसको फुल्ने समय शुरु भएकोछ । लालीगुराँसको रुख १० सेमी देखि ३० मिटर सम्म अग्लो हुन्छ। अंग्रेजीमा रोडोडेनड्रन (Rhododendron) भनेर चिनिने यो मनमोहक फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन ।
lali_gurash_flower_and_leaf
संसारभरी १००० भन्दा बढी प्रजातीपाइनेमा  चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३००मीटर देखि ५६००मिटरको उचाइमा पाइन्छ। माघ देखि भाद्रसम्म फुल्ने यो फूलले डाँडाकाँडानै रंगिने गर्दछ ।
Hill_covered_by_Laligurans_near_poon_hill
लालीगुराँसका बारेमा केही रोचक तथ्य:
  • लालीगुराँसको फूल खान हुन्छ, अलीअली अमिलो स्वादको यो फूललाइ अचार बनाएर राखेमा लामो समय सम्म बिग्रदैन ।
  • लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने पनि गरिन्छ ।
  • लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ भन्ने बिस्वास गरिन्छ ।
  • लालीगुराँसलाइ रास्ट्रिय फूलको रुपम २०१९ सालमा मान्यता दिईएको हो ।
  • नेपाली रुपैया ५०० र १००० को नोटमा पनि लालीगुराँस अंकित गरिएको छ ।
Rs.500_note
लालीगुराँस नेपालमा मात्र नभएर बिदेशमा पनि त्यतिकै मनपराईएको फूल हो । लालीगुराँसका बारेका थप रोचक तथ्य:
  • लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको रास्ट्रिय रुख पनि हो ।
  • तेस्तै लालीगुराँसको फूल भारतीय राज्य कश्मिर र पाकिस्तान तर्फको कश्मिरको पनि रास्ट्रिय फूल हो ।
  • लालीगुराँसको फूल अमेरिकी राज्य वेस्ट भर्जिनियाको पनि प्रान्तीय फूल हो । साथै, वेस्ट भर्जिनियाको प्रान्तीय झन्डामा पनि यो फूल अंकित छ ।
Flag_of_West_Virginia_laliguras
lali_gurash_flower
lali_gurash
lali_gurash_jam






) प्रकृतिक थर्मोमिटर चरोः- स्ट्रेलीयामा पाइने मैली नामक चराको जिव्रोमा ताप नाप्ने प्रकृतिक थर्मोमिटर हुन्छ यसले आफ्ना फुल (अण्डम) पार्दा कुहिन लागेका पातपतिङ्गरहरुले भरिएको रुखको टोड्कामा लगेर पार्छ किनकि उक्त कुहिन लागेका वनस्पतिबाट तातो ताप निस्कने गर्छ सो मैली चराले अन्डाहरु कोरल्नलायक गरी तात्दै छन् कि छैनन् भनेर नियमित रुपमा आफ्नो जिव्रोले जाँच गरिरहन्छ  

) लासद्धारा कुस्तीमा जित हासिलः- एकजना प्रसिद्ध युनानी पहलमान्  एरैसियनको एउटा कुस्ती प्रतियोगितामा मृत्युपश्चात् उक्त लासलाई नै सो कुस्तीको विजयी मानिएको थियो उक्त कुस्तीमा नुनै पनि प्रकारको चाल कहीँ पनि समाउन मनाही थिएन त्यसमा प्रतिद्धन्द्धीद्धारा उसका घाँटीमा यति            बलियोसँग समाइएको थियो कि एरैसियनको सास च्यापिँदै गइरहेको थियो त्यसै समयमा एरैसियनले आफ्नो प्रतिस्प्रर्धीको खुट्टामा अन्तिमपटक यति जोडले हिर्कायो कि उसले त्यसबेल प्रचलित आत्मसमर्पणको परम्परागत तरिकाअनुसार एरैसियनको काँध थपथपायो तत्पश्चात् तुरुन्त नै एरैसियनको मृत्यु भयो ढल्यो तर जजहरुले उक्त मृत लासलाई नै सो कुस्तीको विजेता घोषित गरे

) एक घण्टामा १० पाउन्ड तौल बढ्ने प्राणीः- ब्लू ह्वेल नामक ह्वेल माछाको शिशुअवस्थामा १० पाउन्ड प्रतिघण्टाका दरले तौल बढ्छ यसरी सुरु अवस्थामा यसको तौल प्रतिदिन २४० पौन्ड जति बढ्दछ

)अकाट्य आदेशवाला उल्लूः- दक्षिण अमेरिकामा पाइने एउटा उल्लू (लाटोकोसेरो) को नाम क्याबुर हो यो उल्लूहरुमा सबभन्दा सानो जातिको हो यो उल्लू जतिसुकै सानो भए पनि यसको बोली अन्य पन्छीहरुका लागि नमानी नहुने आदेश हो यसको बोलीद्धारा गरिएको मुकार जुनसुकै पन्छीले सुने पनि      सुन्नेवाला प्रत्येक पन्छी उल्लूसँग आउन    पुग्छ उसको सिकार बन्दछ ।आयसक्रिम फल इक्वेडरमा पाइने एउटा फलको नाम   चिरिमोया हो यसलाई एउटा प्राकृतिक आइसक्रिमको कटौराका रुपमा पनि लिन सकिन्छ, त्यो पनि मिक्स फुट आइसक्रिमका रुपमा यसको गुदी चम्चाले निकालेर खाइन्छ, जुन तीन प्रकारको स्वादिस्ट एवम् गुगन्धित स्वादहरुको मिश्रण हुन्ट , पाइनापल, स्ट्राबरी केरा  

)छपटक मर्ने सैनिक जर्नेलः- फ्रान्सिसी सेनाका एकजना जर्नेल बैपतिस्ते डि मान्टमरिन थिए उनी पाँचपटकसम्म युद्धस्थलमा मृत घोषित गरिए तर अन्त्येष्टिका लागि गाड्न लाग्दा उनी प्रत्येकपटक ब्युँते उनले कुल ५५ वर्ष फ्रान्सिसी सेनामा सेवा गरे सन् १७०४ मा जन्मिएका उनी छैटौँ पटक साँच्चै मरे त्यस बखत उनको उमेर ७५ वर्ष थियो  









No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...