Tuesday 28 February 2012

नयाँ रमाईला नेपाली उखानहरूः


1 अचनाको पिर खुकुरीलाई के थाहा
2 मेहनतको फल मिठो हुन्छ
3 भन्न गाह्रो बेथा सारो
4 केटा केटी आए गुलेली खेलाए मट्याङ्राको सत्यानाश
5 वनको बाघले खावोस् नखावोस् मनको बाघले खान्छ
6 मर्ने बेलामा हरियो काँक्रो
7 हावा नचलि पात हल्लिदैन
8 मौका आउँछ पर्खिदैन बगेको खोला फर्खिदैन
9 खाने मुखलाई जुङ्गाले छेक्दैन
10 जिऊ भारी बुद्धी डाडाँ पारी
11 जहाँ फल पाक्छ त्यहाँ चरी नाच्छ
12 भोकाको बाघ र अघाको बाहूनलाई कहिल्यै नछुनु
13 एक हातले ताली बज्दैन
14 रत्नको कदर जवारिले गर्छ
15 अघि सम्झे सदा सुखी पछि सम्झे सदा दुखी
16 उम्ले पोखिन्छ दौडे लडिन्छ
17 भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ
18 एक ठक्कर खाए सात बुद्धी आउछ



थप केही उखानहरु............


 १( अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ

 २( अर्तीले घर्ती मान्दैन

 ३( मरेपछि डुमै राजा

 ४( एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी

 ५( कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख

 ६( कामीको पालो कात्तिकमा

 ७( कामीको बिहे, अठार खाँचो

 ८( कामी(दमाई माग्न जान्दैन, दाद(लुतो आउन जान्दैन

 ९( कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र

 १०( कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस

 ११( कुखुरा बास्यो, कामी नास्यो

 १२( खसको कुरा, पेटको छुरा

 १३( खसको कोखमा दाँत हुन्छ

 १४( खसको बिहेमा मगर नास्ती

 १५( टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन

 १६( दमाई(कामी बोलाई नुनको खती

 १७( दमाईको थुक चोखो, बाहुनको मुख चोखो

 १८( दमाईको लुगामा तुना छिनेको

 १९( सियो हराएको दमाई जस्तो

 २०( दिनमा कमिनी कपाल कोर, रातमा कमिनी घोचा चोर

 २१( नेवार इस्ट र बाबु दुस्ट कहिले हुँदैन

 २२( नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ

 २३( पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो

 २४( ब्रत बस्ने हामी, फलाहार खाने कामी

 २५( बाहुनको चित्त माखाको पित्त

 २६( बाहुनको बिर्ता बोकाको मोलमा जान्छ

 २७( बाहुनलाई खाई जाडो, क्षेत्रीलाई नुहाई जाडो

 २८( बाहुनले च्याउ खाओस् न स्वाद पाओस्

 २९( विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल

 ३०( भँडारीको बिहेमा पाँडेको परिपञ्च

 ३१( भए अन्त नभए बुढाथोकीको जन्त

 ३२( भोटेको बुद्धि भेडाको जस्तो

 ३३( मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ

 ३४( माझीको मतो गर्दा सात गाउँ डुबे

 ३५( राजाको काम छोडी कामीको देवाली

 ३६( सानो जात मात्दैन, मातेपछि बाँच्दैन

 ३७( सार्कीको देउता अक्षताले मान्दैन

 ३८( सार्कीको सरापले डिँगो मर्दैन

 ३९( छेत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले

 ४०( जहाँ दही त्यहीँ बाहुनको सही

 ४१( जहाँ गुलियो त्यहीँ बाहुन भुलियो

 ४२( जहाँ केरा त्यहीँ बाहुनको डेरा

 ४३( ताक परे तिवारी नत्र गोतामे

 ४४( कुमाईको घुमाइ( पूर्वीयाको जाल, गुरुङको बुद्धि( नेवारको काल

 ४५( थारुलाई दारु र मुसा भए केही चाहिँदैन

 ४६( लिम्बुको बुद्धि घुँडामा

 ४७( जाँड खाएको सार्की जस्तो




अँध्याराको काम खोलाको गीत

 अघिपछि स्याहार चोर आउने दिन विस्याहार

 अघि बुढी जानिन, पछि बुढी मानिन

 अकवरी सुनलाई कसी लाउनु पर्दैन

 अड्को पड्को तेलको धूप

 अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ

 अचानाको चोट खुकुरीले जान्दैन

नयाँ रमाईला नेपाली उखानहरूः
1. कलिवुडको जात्रा तिघ्राको व्यापार
2. जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
3. तरुनी हुँदा सयवटा पोई, मर्नेबेला कोइ न कोइ ।
4. आमा पनि ब्युटी छोरि पनि ब्युटी, बाउले गर्नु पर्ने चुलाको ड्युटी
5. सीतैंमा पाये भट्टि रीत्तै ।
6. के खोज्छस् नेता ? कुर्सी ।
7. घाँटी हेरी हाइनेक किन्नु ।
8. रातभरि सराप्यो महाजन त जिउदै
9. जोगीको घरमा हिप्पी पाहुना ।
10. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
11. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
12. जँहा केरा उहिँ मदिसे को देरा ।
13. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो।
14. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
15. बाहुन को टुप्पी एन्टेना न एरियल ।
16. कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
17. Which Bull No Horn, That BullHorny
(जुन गोरु को सिङ छैनतेस्को नाम तिखे ।)
18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
19. खाई न पाई दौरामाथि टाई ।
20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
21. आजकालका केटी स्टाइलको भारी टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
22. आमा बाबुलाई समस्या टार्न गार्हो छोराछोरीलाई भने स्टाईल नै प्यारो
23. श्रीमती कति बाठी, बोका स्टाईलको केश काटी
24. तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ, चन्द्र आए पनि छेक्न सक्दैन् ।
25. प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले
26. घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
27. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
28. राजाको काम चारैतिर बदनाम
29. बादरको पुच्छर टाई न इँजार
30. प्रशासनमा घुसखोरी जनता बोल्दैनन् मुख फोरी ।
31. जेठी बुढीको राम्रो कुरा तितो, कान्छीको चाहिँ झटारो नै मिठो ।
32.स्वाश्निको कुटाई खाको लोग्नेचुरा बज्दा तर्सिन्छ ।
33.भीरबाट हाम्फाल्ने गोरुलाई अलद बेस्ट ।
34.साईन्स पढेर फुर्ती लडायो जाचँमा भने पाँच ओटै लगायो ।
35.जुन जोगी आए पनि अगुल्टाले झोस्दै खेद ।


No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...