Thursday 1 March 2012

‘भेलेन्टाइन डे’ का केहि रोचक प्रसंग .................


-सन १७०० मा भेलेन्टाइन डे का दिन अंगे्रज अविवाहित युवतीहरुले कागजको टुक्रामा अविवाहित युवकहरुको नाम लेखेर त्यस कागजलाई पटाईवरी पानीले भरिएको बाल्टीमा हाल्थे या बगाई दिन्थे । जुन नाम पानीमा सबभन्दा पहिले तैरन्थ्यो या माथि आउथ्यो त्यही युवकलाई सच्चा पे्रमी मानिन्थ्यो ।



-बेलायतमा यस दिन मानिसहरु उपहार स्वरुप एकार्कामा फल र क्यान्डी दिन्छन् । विशेषरुपको किसमिस अजवाइन या केक बनाइन्छ । बच्चाहरु मिलेर भेलेन्टाइन डेको गीत गाउछन् ।


-इटलीमा यस दिन अविवाहित युवतीहरु भुयालमा बसेर आपुनो भावी जीवन साथीको प्रतिक्षा गर्छन । जुन युवकमाथि उनको दृष्टि पर्छ उसै संग उनको एक वर्ष भित्र विवाह हुन्छ । यस चलनका बारेमा शेक्सपियरले उनको नाटक हेलमेटमा पनि गरेका छन् ।

-जर्मनमा भेलेन्टाइन डे का दिन युवतीहरु गमलामा प्याज रोप्छन र प्रत्यकलाई कुनै पुरुषको नाम दिएर बाहिर राख्छन् जुन सबभन्दा पहिले अंकुरित या उम्रन्छ उही त्यस युवतीको सच्चा पे्रमी हुन्छ ।

 -एउटा यस्तो अनौठो चलनपनि रहेको छ । युवतीहरु भेलेन्टाइन डेको एक दिन पहिलेको रातमा सिरानीको चारैतिर तेजपत्ता सियोले सिउरिएर सुत्दथे । उनिहरुको विश्वास थियो कि यसरी सुतेपछि सपनामा भावी पतिको दर्शन मिल्छ ।

-कैयौं देशहरुमा यस्तो मान्यता थियो कि भेलेन्टाइन डे का दिन कुनै युवतीले रबिन चरा उडेको देखे उनको विवाह कुनै नाविक संग गोल्डफिन्च चरा उडेको देखे उनको विवाह धनी व्यक्तिसंग र गौरैया चरा देखे गरीब व्यक्तिसंग विवाह हुन्छ ।

-अमेरिकीहरु आपुना साथीहरुलाई भेलेन्टाइन कार्ड चकलेट या उपहार दिन्छन् । यस दिन हरसाल चकलेटका करोडौं डब्बाहरु बिक्छन् । केहि बिद्यालयहरुमा विविध समारोह मनाइन्छ यसतो मान्यता छ कि सन्त भेलेन्टाइन बच्चाहरुलाई निकै पे्रम गर्थे ।

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...