Monday 24 August 2015

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
















अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
लम्बाइ, चौडाइ, उचाइको अनुपात

घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ। थोरै जग्गामा आकाश छुने घर बनायो भने भुइँचालोको सानो झट्काले पनि गर्ल्यामगुर्लुम हुनसक्छ।


विशेषगरी उपत्यकाका भित्री सहरमा आधा/एक आना जग्गामा ७/८ तले घर बनेको देखिन्छ। त्यो सतप्रतिशत असुरक्षित तासको घर हो। मापदण्डअनुसार कहीँ पनि घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न। यो नियमअनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिट चौडाइ जग्गा छ भने तीनतलेभन्दा ठूलो बनाउनु धरापै हुन्छ। नगरपालिकाले यो बन्देज लगाएको भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
निकास आवश्यक


भुइँचालोमात्र हैन, आगलागी, करेन्ट सट हुँदा वा अरू विपत्ति आइलाग्दा जोगिन घरबाट बाहिर निस्कने उचित प्रबन्ध आवश्यक छ। घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ। त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ। भर्याुङ जहिल्यै फराकिलो र बलियो बनाउनुपर्छ।


ठूला व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पतालजस्ता सार्वजनिक भवनमा एउटा भर्यातङले पुग्दैन। भवनको बाहिरबाट सिरानपुछार एउटा भर्यााङ राख्न मापदण्डले अनिवार्य गरेको छ। अभर परेको बेला भाग्न मात्र हैन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्यारङ राखिएको हुन्छ। सिंहदरबारमा नयाँ बनेका भवनमा यस्तो भर्या ङ देखिन्छ। तर निजी क्षेत्रका धेरैजसो कम्प्लेक्सले केही लाखको लोभ गरेर बाहिरबाट भर्याभङ राखेका छैनन्।
जग सबैभन्दा महत्वपूर्ण


जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ तर कस्तो जग बलियो भन्ने विषय असाध्यै जटिल छ। पिलर सिस्टमको घरमा कति गहिरो जग जाने? हात्तीपाइले (पिलरको जग) कत्रो बनाउने? डन्डी कसरी बाँध्नेजस्ता निर्णय असाध्यै जटिल छ। हचुवा भरमा गहिराइ, लम्बाइ, चौडाइबारे भन्न सकिन्न।


जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ। घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान दिनुपर्छ। उत्रै आकारप्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अरू सामान भिन्न हुन्छ। आवासीय प्रयोजनका लागि बनाइने दुईतले घरको जग माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ।


पिलर सिस्टमको घरको जग हात्तीपाइले हो। डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ। हात्तीपाइलेको लेभल जहिले पनि एक सय असी डिग्रीमै हुनु आवश्यक छ।
पिलर र बिम कस्तो?


पिलर गाउँघरको थामजस्तै हो। थाम सबैभन्दा बलियो हुन्छ। आधुनिक घरमा पनि यही नियम लाग्छ। हात्तीपाइलेमा अड्याएर पिलर ठडाइन्छ। मानिसको शरीरको मांसपेशीलाई हड्डीले थामेजस्तै घरको सबै बोझ पिलरले बोक्छ। त्यसैले पिलर सधैं घन्टी (नब्बे डिग्री) मा ठडिनुपर्छ। घरको मजबुतीको आधार पिलर हो। पिलरको साइज पनि घरको तलामै भर पर्छ। सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ र १४ इन्च लम्बाइको पिलर चाहिन्छ। ती पिलरमा पाँच लाइन र चार लाइनको गरेर ८ वटा डन्डी राख्नुपर्छ। डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न।


डन्डीमा लोभ नगरे पनि बाँध्ने तरिका मिलेन भने सबै खर्च व्यर्थ हुन्छ। पिलरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ। चुरीमा दुई लाइनको डन्डी प्रयोग गर्ने चलन छ। चुरीले घरलाई धक्का परेको बेला पिलरलाई जोगाएर राख्छ। त्यसैले चुरी बनाउने र बाँध्ने तरिका ठ्याक्कै मिल्नुपर्छ। चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन।


पिलरको उचाइ आठदेखि नौ फिट हुन्छ। यसमा एकैपटकमा ढलान गर्ने चलन छ। आवासीय भवनमा सबैले यही गल्ती गरिरहेका छन्। पिलरलाई आधा गरेर दुईपटक ढलान गर्नु आवश्यक छ।


एकपटकमा ढलान गर्दा डन्डी नब्बे डिग्रीमा नबसेर बीचमा थोरै बांगिन सक्छ। अर्को नौ फिटमाथिबाट मसला खसाल्दा रोडामात्र पहिला हाम फाल्छ। यसले मुनिको केही फिटमा रोडाको मात्रा बालुवा–सिमेन्टभन्दा कम हुन सक्छ। पिलर कमजेार भए घर जोखिमपूर्ण हुने भएकाले एकपटकमा ५ फिट उचाइ मात्र ढलान गर्न सके मजबुतीको अचुक उपचार हुन्छ।


बिमले पुराना घरमा निदालको काम गर्छ। पिलरमाथि बसेर ढलान थाम्छ। बिमको आकार पिलरभन्दा केही कम हुँदा पनि फरक पर्दैन। यसमा पनि डन्डी बाँध्ने तरिका मिलाउनुपर्छ। दुइटा पिलरको छेउछाउमा डन्डीको टुक्रा थपेर बिमलाई बलियो पार्नैपर्छ। चुरी बाँध्ने तरिका पिलरजस्तै हो।


पिलर र बिममा डन्डी गाँस्दा ध्यान पुर्यायउनुपर्छ। डन्डीको मोटाइ र पिलर/बिमको लम्बाइअनुसार खप्टिने भाग (ओभरल्याप) निर्धारित हुन्छ। कम्तीमा साढे दुई फिट खप्टाउनु अनिवार्य छ। पिलर वा बिममा धेरै डन्डी हुन्छन्। ती डन्डी काट्ने बेला अलगअलग लम्बाइको बनाउनु जरुरी छ। त्यसो नगरे एकै ठाउँमा गाँस पर्छ। यस्तो गल्ती भयो भने घरमा कुनै बोझ वा धक्का पर्दा गाँसिएकै ठाउँबाट क्षति हुन्छ।
ढलान अढाइ लाइनको डन्डी


सिमेन्टको घर बनाउँदा ढलानलाई सर्वाधिक महत्व दिने चलन छ। ढलान सकेर भोज खाने/खुवाउने चलन बसेको त्यसैले होला! ढलान गाउँले घरमा तला छापेजस्तै हो। थाम, निदाल मात्र बलियो हालेर हुँदैन, दलिन पनि भरपर्दो हुनुपर्छ भन्ने हाम्रा पुर्खाले उहिल्यै जानेका थिए। दलिन हालेपछि दाउरा, बाँस, माटो वा काठ जेले पनि छाप्न सकिन्छ।


आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ। सिमेन्ट, रोडा र बालुवा मिसाएको कँक्रिटले तला छापिन्छ। ढलान बलियो बनाउन डन्डीको जाली बाँधेको मिल्नुपर्छ। डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ। बिमको नजिक र टपमा ‘डबल' जाली बुन्नुपर्छ। पिलर र बिममा कम डन्डी हाल्ने, अर्कातिर ढलानमा चाहिनेभन्दा बढी छाप्ने चलन छ। सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ। यसको ज्ञान नभएर चार लाइनसम्मको डन्डी हाल्ने गरेको देखिन्छ। यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ।


पिलर र बिममा नारीजत्तिको मोटो डन्डी प्रयोग गरिने ठूला भवनमा समेत ढलानमा अढाइ र तीन लाइनको डन्डी हाले पुग्छ। आवासीय भवनमा ढलानको मोटाइ सामान्यतया ५ इन्च भए पुग्छ। ढलानको मसला हाल्ने बेला जालीभन्दा माथि हाल्नुपर्छ। जाली धेरै माथि पारेर मसला तल हाल्यो भने ढलान कच्चा हुन्छ। यस्तो गल्तीले भुइँचालो आएको बेला वा कोठामा धेरै भीड भएको बेला जालीलाई छाडेर ढलान खस्ने डर हुन्छ। ढलानको जाली फर्माभन्दा एक इन्च माथि उठाए पुग्छ। जालीले ढलानलाई बोक्ने हो, झुन्ड्याउने होइन।
कँक्रिट बनाउने विधि


पिलर, बिम वा स्ल्यापमा कँक्रिटको प्रयोग गरिन्छ। पिलर, बिम र ढलानको बनोट दुरुस्त बनाएर इन्जिनियरले तोकेअनुसारकै डन्डी हाल्दैमा घर बलियो हुँदैन। कँक्रिटको प्रयोग उपयुक्त हुनुपर्छ। पिलर, बिम वा स्ल्याप ढलान गर्न आवश्यक सिमेन्ट, बालुवा, गिट्टी र पानीको सम्मिश्रण कँक्रिट हो।


कँक्रिट बनाउने आफ्नै विधि छ। सामान्य घरमा एम १५ कँक्रिट तयार गरे हुन्छ। त्यसमा १ बोरा सिमेन्ट बराबर २ बोरा बालुवा र ४ बोरा गिट्टी हालिन्छ। योभन्दा ठूलो निर्माणमा एम २० र पुल, बाँध निर्माण गर्दा एम २५ प्रयोग गरिन्छ। एम २० मा १ सिमेन्टबराबर २ बालुवा र ३ गिट्टी हुन्छ। धेरै बोझ थाम्नुपर्ने निर्माणमा १ सिमेन्ट बराबर डेढ बालुवा र ३ गिट्टी मिसाइन्छ।


यतिविघ्न सामग्री जुटाइसकेपछि पनि घोल्ने तरिकामा गल्ती भइरहेको छ। सिमेन्ट, बालुवा र गिट्टीको आयतनका आधारमा अनुपात मिलाउने चलन सर्वथा गलत छ। त्यसलाई तुरुन्त सच्याएर घनत्वअनुसार हुनुपर्छ। चारकोठे घर बनाउनेले पनि एक–एक बोरा बालुवा र गिट्टीको पनि वजन लिएर अनुपात मिलाउन सक्छन्। तर यो ज्ञान ज्यादै कमलाई छ। यी सामग्रीको मिसावट ठिक ढंगले गर्न मिक्स्चरबाट घोल्नुपर्छ।


कँक्रिटका लागि आवश्यक हरेक सामग्रीको गुणस्तर मापदण्डअनुसार हुनुपर्छ। सिमेन्टमा गुणस्तर चिह्न र सिल ख्याल गर्नुपर्छ। बालुवामा माटो वा अभ्रख मिसिएको हुनु हुँदैन, दानेदार चाहिन्छ। गिट्टी साह्रो ढुंगाको हुनुपर्छ। नरम, बलौटे वा रातो ठिक हुँदैन। गिट्टी सानोठूलो चाहिन्छ, ४ देखि ६ लाइनको। सानो गिट्टीले ठूलोले बनाउने खाली ठाउँ भरिन्छ।


पानीको गुणस्तर पनि ज्यादै महत्वपूर्ण हुन्छ। ढलको पानी हाल्न मिल्दैन। आइरन अधिक भएको पानी पनि कँक्रिटमा प्रयोग गर्नु हुँदैन। कँक्रिटलाई बलियो बनाउन तापक्रमको पनि उत्तिकै महत्व हुन्छ। अत्यधिक चिसो वा गर्मीमा ढलान गर्दा बलियो हुँदैन, खति मात्र हुन्छ। १० देखि ३० डिग्री तामक्रम असाध्यै राम्रो। माइनस ३ वा ४० डिग्रीभन्दा बढीमा कँक्रिटको काम गर्नु हुँदैन। धेरै गर्मीमा कँक्रिटको सबै पानी चाँडो सोसिन्छ। कम तापक्रम भयो भने चिसोले ढलान जम्न सक्दैन।
गारो ढलान सकेर


डकर्मीले पिलर सिस्टमको घरमा गारो बलियो चाहिँदैन भन्ने विश्वास घर बनाइरहेकालाई दिलाएका छन्। सबै घर पिलरले बोकिहाल्छ, गारोले बारको काम मात्र गर्ने हो भन्ने जिकिर धेरैको छ। यो सरासर गलत धारणा हो। घरको बोझ पिलरले बोक्दैमा दुर्घटना नहुने हैन। गारो कमजोर भयो भने त्यसैले थिचेर जनधनको क्षति हुन्छ। पिलरसँगै गारो उठाएर ढलानले थिच्ने काम सरासर गलत हो। यसले पिलर सिस्टम बिथोल्छ।


घरको स्ट्रक्चरको काम सकिएपछि मात्र गारो लगाउनुपर्छ। ढलान गरेको दुईचार दिनमै गारो लगाउन बिम, पिलर कमजोर हुन्छ। कँक्रिट जम्न २२ दिन लाग्ने भएकाले त्यति कुरेर मात्र गारो लगाउनुपर्छ। ढलान भैसकेपछि गारो लगाउँदा सुरक्षित हुन्छ। यसका लागि तरिका पुर्याकउनुपर्छ। गारो कुनै हालतमा ४ इन्च लगाउनु हुँदैन। ९ इन्च आवश्यक छ। गारो लगाउँदा ठाउँठाउँमा दुई लाइनको डन्डी ठाडो र तेस्रो राख्न आवश्यक छ। झ्यालको तल र माथि लिन्टन ढलान गर्नुपर्छ। त्यसैलाई लम्बाएर कोठालाई सानो खालको टाइजस्तो बनाएन भने घर झन् कमजोर भयो। तराईमा टाइको चलन चलिसकेको छ। झ्यालमुनि पनि त्यसैगरी लिन्टन कस्नु जरुरी छ।
गारो र प्लास्टरको मसला


गारो बलियो बनाउन मसला (सिमेन्ट र बालुवा) मुछेको तरिका मिल्नुपर्छ। गारोका लागि १ बोरा सिमेन्टबराबर ५ बोरा बालुवा हाले हुन्छ। जबकि प्लास्टरमा बालुवा घटाउनुपर्छ। सिलिङमा तीन बोरा र दायाँबायाँ ४ बोरा बालुवाको मसला बनाउनु उपयुक्त हुन्छ।


यी सबै तालमेल मिलाउन घर बनाउँदा इन्जिनियरको परामर्श अपरिहार्य छ। पिलर सिस्टममा बनेको सामान्य आकारको कँक्रिटको घरको वजन पनि सयौं टन हुन्छ। यति बोझिलो घर ढंग नपुर्यािई बनायो भने जोखिमपूर्ण हुन्छ। उपयुक्त प्रविधि र प्राविधिकबिना बनाएको घरमा सानो त्रुटि भयो भने ठूलो नोक्सानी हुन्छ। त्यसैले, सही विधि अपनाउन सकिन्न भने तीन तलासम्मको घर इँटाढुंगाकै भर (लोड बियरिङ सिस्टम) को बनाउन सकिन्छ। यसमा घरभरिको भार प्रत्येक इँटा वा ढुंगाले बोक्छन्। यो घरमा सानो त्रुटि हुँदैमा ठूलो नोक्सानी हुँदैन।source:- http://www.onlineharpal.com

Sunday 20 January 2013

अनौठा जानकारी



1) तपाँइलाइ थाहा छ रु मोनालिसाको आँखी भौं छैन ।
फ्लोरेन्सको पुनर्जागरणताका आँखी भौं खौरनु
त्यतिवेलाको फेसन मानिन्थ्यो ।

2) प्रत्येक दिन विश्वमा २० बटा वैंक लुटिन्छन् ।
औसतमा त्यहाँबाट २,५०० डलर चोरी हुन्छन् ।

3) विश्वमा सबैभन्दा बढि प्रयोग गरिने नाम “मुहम्मद”
हो ।

4) आइसल्यान्डमा घुम्न जाँदै हुनुहुन्छ भने
यो कुरा थाहापाइ राख्नुहोस् । त्यहाँ रेस्टुरेन्टमा टिप्स
दिनु भनेको उनीहरूको अपमान गर्नु हो ।

5) विश्वमा प्रत्येक २३० कारहरूमध्ये एउटा कार
चोरीको हुन्छ ।

6) उन्नाइसौं सताव्दिमा हरियो चियापत्तिको प्रत्येक
नटुटेका पातहरू साइवेरियामा पैसाको रूपमा प्रयोग
हुन्थ्यो ।

7) जापानमा ५०
मिनेटभन्दा कम्तिको प्रायः यात्राहरू
कारमा भन्दा साइकलमा छिटो पुग्न सकिन्छ ।

8) तपाँइको शरिरले प्रत्येक एक सेकेन्डमा १ करोड ५०
लाख रातो रक्तकोषको पुनर्निर्माण गर्दछ । तपाँइलाइ
थाहा छ . तासको खेलमा पानको राजा एकमात्र
जुँगा नभएको राजा हो ।

9) चट्याङमा सुर्यको सतहको तापक्रमभन्दा पाँच
गुना बढी तापक्रम हुन्छ ।
10 विश्वमा प्रकाशितहुने आधाजति पत्रपत्रिकाहरू
अमेरिकामा र क्यानडामा प्रकाशित हुन्छन्

Sunday 7 October 2012

सामान्य ज्ञान ( लोक सेवा आयोग )


नेपालको ऐतिहासिक प्रश्नोत्तर:

नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? –ने.मध्यंपाल.देश

काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ? –मञ्जुश्रीले

मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ? –ने मुनीले ।

नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ? –गोपालवंशीले

गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ? –यक्ष गुप्त
गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ? –५२१ वर्ष

गोपालवंश पछि नेपालमा कुन वंशले शासन ग¥यो ? –अहिर (महिषपाल)

१११ वर्षसम्म शासन गरेको महिषपाल वंशमा कसकसले शासन गरे ? क्रमबद्ध भन्नुहोस् । –मूलसिंह, जयसिंह र भुवनसिंह गर ३ जनाले

किराँतकालका प्रथम राजा को हुन् ? –यलम्वर

कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ? –जितेदास्ती

सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ? –स्थुंको

सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ?
–ब्राम्ही
सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ?
–नेपालका देवपाल नामक एक क्षत्रीयसँग
चारुमति र देवपालले बसाएको नगरको नाम के हो ? –देवपाटन

किराँतहरुको राजधानी कहाँ रहेको थियो ? –शंखमुल
पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ? –किराँत
कुन किराँती राजाको पालामा सोमवंशले नेपालमा आक्रमण गरेका थिए ? –पटुको
किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ? –गस्ती
सोमवंशको राजधानी कहाँ थियो ? –गोदावरीमा
सोमवंशका प्रथम राजा को हुन् ? –निमिष
सोमवंशका अन्तिम राजा को हुन् ? –भाष्कर वर्मा
भाष्कर वर्माले कसलाई उत्तरधिकारी बनाएका थिए ? –सूर्यवंशी राजपुत भूमि वर्मालाई

लिच्छविहरु कहाँबाट नेपालमा प्रवेश गरेका हुन् ? –वैशालीबाट
वैशाली हाल कहाँ पर्दछ ? –भारतको मुजफ्फरपुर जिल्ला
लिच्छविहरुको आदि पुरुष कसलाई भनिन्छ ? –सपुष्पलार्ई
लिच्छवि कालमा राजकीय भाषा के थियो ? –संस्कृत
लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ? –द्रङ
लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ? –शिवदेव प्रथम
नेपालका प्रथम लिच्छवि राजा को थिए ? –जयदेव प्रथम
मानाङ्कमा के चिन्ह अंकित गरिएको थियो ? –श्री भोगिनी चिन्ह
लिच्छवीकालमा व्यापारीहरुको समूहलाई के भनिन्थ्यो ? –सार्थ
मानदेवको छोराको नाम के हो ? –महिदेव
लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ? –४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म)
लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? –चारभाट
लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ? –चाण्डाल
पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? –नरेन्द्रदेव
नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ? –लिच्छविकाललाई
नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? –मानदेव
नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ? – १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म)
लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ? –कुथेर
कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ? –अंशुवर्मा
शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ? –अंशुवर्मा
श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ? –अंशुवर्मा
लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ? –ब्राम्ही
लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ? –अग्रहार
सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा
युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा
अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग
राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)
कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ? –नरेन्द्रदेव
लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष
लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाँडीगाउँ
किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ? –विषय

नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? –मानदेवलाई
मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ? –मानांक
मानगृह कसले बनाउन लगाएका हुन् ? –मानदेवले
प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ? –मानदेव
मल्लकालका प्रथम राजा को हुन् ? –अरिदेव (अरि मल्लदेव)
सर्वप्रथम नेपाल आउने मल्ला राजा को हुन् ? धर्मदत्त
काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ? –गण्डकी पारी
कन्तिपुरका संस्थापक राजा को हुन् ? –गुणकामदेव
इन्द्रजात्रा कहिले हुन्छ ? – आश्विन शुक्ल पञ्चमीका दिन
इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? –गुणकामदेव
गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ? –गुणाङ्क
विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ? –गुणकामदेव
हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ? –गुणकामदेव
मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ? –सन् ११९७ देखि
कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ? –लक्ष्मी नरसिंह मल्ल
कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो? –लक्ष्मी नरसिंह मल्ल

एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ? –विशेत
काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ? –प्यागोडा
काष्ठमण्डपको अर्को नाम के हो ? –मरु सत्तल
सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ? –शिवसिंह मल्ल
“यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ? –काजी भीममल्लकी रानीले सति जानेबेलामा
राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ? –वि.सं. १६९८–१७३१सम्म
१५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ? –प्रताप मल्ल
सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ? –प्रताप मल्ल
कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ? –प्रताप मल्ल
रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ? –प्रताप मल्ल

छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ? –वि.सं. १७२७
वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ? –प्रताप मल्ल
प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ? –महेन्द्र मल्ल
तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ? –महेन्द्र मल्ल
महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ? –महिन्द्र मल्ली
सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ? –ललितपुरमा
गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ? –सिद्धिनरसिंह मल्ल
पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको
कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ? –सिद्धिनरसिंह मल्ल
५५ झ्याले दरबार कसले बनाएका हुन् ? –भुपतिन्द्र मल्ल
भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ? –भादगाउँ (भक्तपुर)
पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ? –भुपतिन्द्र मल्ल
भुपतिन्द्र मल्ल कसका छोरा थिए ? –जितामित्र मल्ल
पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ? –यक्ष मल्ल
यक्ष मल्ल कसका छोरा थिए ? –ज्योती मल्ल
नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ? –यक्ष मल्ल
काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ? –यक्ष मल्ल
समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ? –जयस्थिति मल्ल

जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष
गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ? –जयस्थिति मल्ल
पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ? –जयस्थिति मल्ल
जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ? –४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ? –जयस्थिति मल्ल
राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ? –३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ? –जयस्थिति मल्ल
नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ? –जयस्थिति मल्ल
राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ? –जयस्थिति मल्ल
कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ? –अनन्त मल्ल
बनेपा, पनाँैती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ? –अनन्त मल्ल
मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –चौतारा
आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ? –जगप्रकाश मल्ल
भक्तपुरका अन्तिम राजा को थिए ? –रणजीत मल्ल
राजर्षि भनेर कुन राजालाई चिनिन्छ ? –सिद्धिनरसिंह मल्ल
सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ? –महिन्द्र मल्ल
सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ? – रत्न मल्ल
इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ? –जयप्रकाश मल्ल
बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ? –अंशु वर्मा
भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ? – जगज्योति मल्ल
आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ? –प्रताप मल्ल
“हर गौरी विवाह” नाटकका लेखक को हुन् ? –जगज्योती मल्ल
अरनिको चीन कहिले गएका थिए ? –वि.सं. १३१७ मा
पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ? –राजा प्रचण्डदेव
बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ? –जयप्रकाश मल्ल
सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ? –कुलमण्डन शाह
पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ? –राज्यप्रकाश मल्ल
लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ? –पसल खोल्दा लाग्ने कर
राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ? –भोगीनी
लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ? –मानदेव
अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ? –भारदार
मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ? –प्रशासक
पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ? –अभय मल्ल
गुप्त सम्वत कसले चलाएका थिए ? –अंशु वर्मा
अंशु वर्मा कुन वंशका राजा थिए ? –ठकुरी
नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ? –योग नरेन्द्र मल्ल
लमजुङ्गका अन्तिम राजा को हुन् ? –वीरमर्दन शाह
भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ? –यक्ष मल्ल
लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ? –डोलाजी
भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ? जगज्योति मल्ल
आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ? –जितामित्र
मल्लकालका अभागी राजा कसलाई भनिन्छ ? –जयप्रकाश मल्ल
मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? –तलेजु भवानी
घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? –जय प्रकाश मल्ल
सुमति कुन राजाको उपनाम हो ? –जितामित्र मल्ल
नेपालको इतिहासमा मण्डलेशवर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छि ? श्रीनिवास मल्ल
छालाको मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
कर्नाटक वंशका अन्तिम राजा को हु्न ? –हरिसिंहदेव
तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ? –नान्यदेवले
बंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए ? –वि.सं. १४०६ मा
द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ? –वि.सं. १६१६ भाद्र २५ गते
प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ? –गाउँ र नगरका शासक
न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? –राजा राम शाह
मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? –जयस्थिति मल्ल
पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ? –वि.सं. १७७९ पौष २७ गते
पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ? –वि.सं. १७९९ मा
पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ? –२ पटक (वि.सं. १८०० र १८०१)
नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त ग¥यो ? –वि.सं. १८०१मा
किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ? –वि.सं. १८१४, १८२१ र १८२२ मा
गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल ग¥यो ? –वि.सं. १८१९ भाद्र ९ गते
मकवानपुरका अन्तिम राजा को थिए ? –दिग्बन्धन सेन
गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल ग¥यो ? वि.सं. १८२२ चैत्र ३ गते
काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? –जय प्रकाश मल्ल
गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त ग¥यो ? १८२५ भाद्र शुक्ल चतुर्दशी
गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ? –इन्द्रजात्रा
ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त ग¥यो ? –सन् १७६८ अक्टुवर ६ मा
ललितपुरका अन्तिम मल्ल राजा को हुन् ? –तेजनरसिंह मल्ल
गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त ग¥यो ? –वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा
भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? –रणजीत मल्ल
पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ? –वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा
कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ? –बहादुर शाहको नायवी कालालाई
रणबहादुर शाहको हत्या कसले गरेका थिए ? –उनकै भाई शेरबहादुर शाह
नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ? –भीमसेन थापा
धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ? –भीमसेन थापा
नेपाल अंग्रज युद्ध कहिले भएको थियो ? –वि.सं.१८७१–१८७२
नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते
ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कात्तिक १२ गते
नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ? – वि.सं. १९६८ सालमा
राजा प्रताप मल्लको समयमा उनको दरबारमा आउने पादरी को हुन् ? – ग्रोवर
नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ? – जङ्गबहादुर राणा
लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? –पांचाली
नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? – वि.सं. २०२०
भृकुटीले चीनमा साथमा लगेको चिनोको नाम के हो ? –शील मंजु
सुन्दरी चोकको अर्को नाम के हो ? –टुसाहिटी
पद्मा गिरि पहाडको वर्तमान नाम के हो ? –स्वयम्भू
नेपालमा दासदासी प्रथा उन्मूलन गर्ने घोषण कहिले भयो ? –वि.सं. १९८१
पुनेरवा दरबार रौतहटमा पर्दछ भने जगतीपुर दरबार कहाँ पर्दछ ? –जाजरकोट
स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम कुन थियो ? –नुवाकोट
काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ? –सुरतरु
भण्डारखाल पर्व कसका विरुद्ध रचिएको काण्ड हो ? –जङ्गबहादुर राणा
लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो ? –अन्तरासन
सिम्रौनगढ राज्यका प्रथम राजा को थिए ? –नान्यदेव
किराँतीहरुले कसलाई हटाई काठमाडौं उपत्यकामा शासन प्रारम्भ गरेका छन् ? –महिषपाल वंश
कीर्तिपुरस्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ? –शिवदेव तृतीय
काठमाडौंको जलविनायक मन्दिर कसको पालामा बनेको हो ? –राजा विष्णु मल्ल
राम शाहले नगदी र जिन्सीमा कति कति प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने नियम बनाएका थिए ? –नगदीमा १०५ र जिन्सीमा २५५ भन्दा बढी
भीमसेन थापाले प्रचलनमा ल्याएको ब्याजदर अनुसार नगदी र जिन्सीमा कति, कति
थियो ? –नगदमा १०५, जिन्सीमा २५५
प्राचीनकालमा प्रचलित पिण्डक, मानिका आदि शब्दले केलाई बुझाउँथ्यो ? –दण्ड जरिवाना
प्राचीनकालमा प्रयोग हुने सार्थवाह शब्दले केलाई जनाउँथ्यो ? –व्यापारीहरुको नेता
प्राचीनकालमा कर नगद र जिन्सी दुवै रुपमा उठाइन्थ्यो । त्यसबेला कर उठाउने व्यक्तिलाई के भनिन्थ्यो ? –चाटभाट
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको थियो ? –वि.सं. १९९४
चन्द्र कामधेनु पं्रचारक महागुठीको स्थापना वि.सं. १९८३मा भएको थियो । यो कसले स्थापना गरेका हुन् –तुलसी मेहर
नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ? –वि.सं. २०१३
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ? –हिमालय शमशेर राणा
नेपालमा पहिलोपटक स्थापित विदेशी बैंक कुन हो ? –नेपाल अरब बैंक लि.
नेपाल ध्त्इ को सदस्य कहिले भएको हो ? –२३ अप्रिल २००४
नेपाली कांग्रेसको वैरगानिया सम्मेलन कहिले भएको हो ? –सन् १९५० सेप्टेम्बर
२००८ साल असोज १६ गतेको सल्लाहकार सभामा कति जना सदस्य थिए ? –३५ जना
मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीत्वमा कहिले सरकार गठन भयो ? –२००८ मार्ग १ गते
वि.सं. २०१० सालमा मातृकाप्रसाद कोइरालाले खोलेको पार्टीको नाम के थियो ? – राष्ट्रिय प्रजा पार्टी
जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ? –टंकप्रसाद आचाय
वि.सं.२०१२ माघ १३ गते गठित मन्त्रिमण्डलको नेतृत्व कसले गरेका थिए ? –टंकप्रसाद आचार्य
डा.के.आई.सिंहको नेतृत्वमा मन्त्रिमण्डल कहिले गठन भयो ? –वि.सं. २०१४ श्रावण ११
नेपाल राज्यको संविधान २०१५ अनुसार महासभामा कति सदस्य रहने व्यवस्था थियो ? –३६ सदस्य
२०३६ सालको जनमत संग्रहमा निर्दल र बहुदल पक्षले कति मत प्राप्त गरेका थिए ? –निर्दल–२४,३३,४५२ (५४.७९) –बहुदल–२०,०७,९६५ (४५.२१५)

२०४६ सालको जनआन्दोलन योजनाबद्ध रुपम कहिलेबाट सुरु भयो ? –२०४६ फागुन ७ गते
२०४८ सालको आम निर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९
२०४८ सालको आम निर्वाचनपछि को प्रधानमन्त्री बन्यो ? –श्री गिरिजाप्रसाद कोइराला
२०४८ सालको संसद्को सभामुख को थियो ? –दमननाथ ढुंगाना
नेपालमा मध्यावधी चुनाव कहिले भयो ? –वि.सं. २०५१
माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? –२०५२ फागुन १ गते
राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ? –वि.सं. २०५९ माघ १९
दरबार हत्याकाण्ड कहिले भयो ? –वि.सं. २०५८ ज्येष्ठ १९
०६२÷०६३ को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ? –नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला
०६२÷०६३ को जनआन्दोलनको परिणामस्वरुप तत्काल के भयो ? –प्रतिनिधिसभाको पुनर्बहाली
माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ? –०६३ मंसिर ५ गते
प्रथम निर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाकी धर्मपत्नी सुशिला कोइरालाको कहिले निधन भयो ? –२०६४, असार २९ गते
चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ? –गण्डक क्षेत्र
‘लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको कार्यकालमा भएको होे ? –श्री ३ भीमशमशेर
सरकारी कार्यालयहरु १ बजेदेखि ४ बजेसम्म र शनिबार बिदा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालमा प्रारम्भ भएको हो । –श्री ३ भीमशमशेर
सर्वसाधारण जनताको छोराबाट नेपालमा २००७ सालपछि प्रधानमन्त्री हुने पहिलो व्यक्ति को हुन् ? –मातृकाप्रसाद कोइराला
डा.के. आई. सिंहको वास्तविक नाम के हो ? –कुँवर इन्द्रजित सिंह
नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ? –२०४६ चैत्र २६
नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा संयुक्त मन्त्रिपरिषद्को गठन कहिले भयो ? –२०४७ बैशाख ६
नेपाल–चीनबीच सम्पन्न वेत्रावती सन्धि कहिले भएको थियो ? –वि.सं.१८४९ फागुन २२
नेपाल–अंग्रेजबीचको युद्ध कहिले सुरु भएको थियो ? –१ नोभेम्बर, सन् १८१४
कसको शासनकालमा नेपालले भारतबाट बिनाभन्सार हातहतियार ल्याउने सुविधा प्राप्त गरेको थियो ? –वीरशमशेर
राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरद्वारा कहिले दास प्रथा (करिया मोचन) अन्त्य गर्ने घोषणा गरे ? –वि.सं. १९८१ मंसिर १४
चन्द्रशमशेरको घोषणामा कमारा–कमारीको संख्या कति रहेको उल्लेख पाइन्छ ? –५१,५१९
नेपालमा सती प्रथाको अन्त्यको घोषणा कहिले भयो ? –२८ जुन १९२० (वि.सं. १९७७)
नेपालको रक्सौलदेखि अमलेखगञ्जसम्मको २९ माइल लामो रेलमार्ग ल्न्च् ९ल्भउब िन्यखभचलmभलत च्बष्धिबथ० को उद्घाटन कहिले गरिएको थियो ? –१९८३ फागुन ५
नेपालमा सर्वप्रथम राजनीतिक दलको रुपमा ‘प्रचण्ड गोर्खा’ को स्थापना कहिले भएको थियो ? –वि.सं. १९८८
‘लाइब्रेरी पर्व’ पोलाहा गरेबापत दण्डको आधा रकम पुरस्कार पाउने व्यक्ति को थिए ? –रामचन्द्र अधिकारी
नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ? –जेठ १९ वि.सं. २००९
वीरपुस्तकालयका प्रथम लाइब्रेरियन को हुन् ? –पं केदारनाथ
सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ? –वि.सं. २००७ चैत २०
नेपालभरका कार्यालयहरुमा अनिवार्य नेपाली भाषाकोे प्रयोग गर्ने निर्णय कहिले भएको होे ? –१४ आश्विन २६
२०१६ सालमा प्रतिनिधिसभाको प्रथम बैठकको अध्यक्षता गर्ने व्यक्ति वा सभामुख को हुनुहुन्थ्यो ? –कृष्णप्रसाद भट्टराई
राजा महेन्द्रउपर महोत्तरीमा बमद्वारा आक्रमण कहिले गरिएको थियो ? –२०१८ माघ ९
नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ? –२०३६ जेठ १०
जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ? –२०४८ जेठ १५
बहुदलीय व्यवस्थाको पुनस्र्थापना कहिले भयो ? –२०४६ चैत
ऐतिहासिक जनआन्दोलन कहिले सुरु भएको थियो ? –२०४६ फागुन ७
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि प्रतिनिधिसभाको लागि पहिलो आमनिर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९
प्रतिनिधिसभाको विघटनपछि पहिलो मध्यावधि निर्वाचन कहिले भयो ? –२०५१ कात्तिक २९
शाहकालमा सरकारी, कर्मचारीका साथै केही खास कामका लागि नियुक्त कर्मचारीहरुलाई समेत जागिरको रुपमा दिइने जग्गालाई के भनिन्छ ? –किपट
कर्मचारीलाई दिइने जग्गासम्बन्धी प्रमाणपत्रलाई ‘लालपुर्जा’ भनिन्थ्यो भने त्यस्तै सैनिक रेजिमेन्टलाई दिइने कागजलाई के भनिन्थ्यो ? –धनी पूर्जा
प्रशाासनिक दृष्टिकोणले राणाकालमा सम्पूर्ण देशलाई कतिवटा जिल्लामा विभाजन गरिएको थियो ? –३२ वटा
जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ? –तेजारथ अड्डा
बौलाहा राजा भनेर कसलाई चिनिन्छ ? –लक्ष्मीनर सिंह मल्ल
लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ? –वृत्ति अधिकरण
लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ? –जितामित्र मल्ल
पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ? –मकवानपुर
देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ? –२०४५ बैशाख १
“मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँ” यो भनाई कसको हो ? –अमरसिंह थापा
भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ? –गोर्खाको बोर्लाङ
भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् । –देउथल
नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? –वि.सं. २०२०
कुन मल्ल राजाले आफ्नो राज्य विस्तार गरी भोटसम्म पु¥याए ? –प्रताप मल्ल
भृकुटीले चीनमा साथमा लगेको चिनोको नाम के हो ? –शील मंजु
बहादुर शाहकी पत्नीको नाम के हो ? –विद्यालक्ष्मी
तनहुँ राज्यका संस्थापक राजा को हुन् ? –भृगु सेन
सर्वसाधारणले राणकालमा कर्मचारीलाई खुसी पार्न चढाइने दस्तुरलाई के भनिन्थ्यो ? –पानफूल
प्रधानमन्त्री भीम शमशेरले वि.सं. १९८८ मा कसको अध्यक्षतामा उखडा जाँच कमिशन गठन गरेका थिए ? –तेज शमशेर ज.ब.रा.
कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? –सुवर्ण शमशेर
वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ? –१६,८७५ जना
सदर चिडियाखानाको स्थापना कहिले भएको हो ? –वि.सं. १९९८
नेपालको सबैभन्दा पुरानो नहर कुन हो ? –चन्द्र नहर
पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ? –जगत्जंग
देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हो ? –भक्ति थापा
कुन राजाले बुढानिलकण्ठको विशाल मूर्ति निर्माण गराएका हुन् ? –लिच्छवि राजा जिष्णुगुप्तले
सोमवंशी प्रथम राजा निमिष थिए । चौथो सोमवंशी राजाले पशुपतिनाथ मन्दिरको जीर्णेद्धार गराई सुनको छानो हाल्नुको साथै सुनको गजुर बनाएका थिए । ती राजाको नाम के थियो ? –राजा पशुप्रेक्षदेव
कुन मल्लराजाको शासनकालपछि नेपाल विभिन्न राज्यमा टुक्रिएको थियो ? –यक्षमल्ल
वि.सं. १४०६ मंसिरमा बंगालका शासक समसुद्दिन तुगलकले नेपाल उपत्यकामा आक्रमण गर्दा नेपालमा कसले शासन गर्दथ्यो ? –राजा जयदेव र देवल देवीको संयुक्त शासन
गोर्खाका प्रथम शाहवंशीय राजा द्रब्यशाहले खड्का राजाहरुलाई पराजय गरी कहिले गोेरखाका राजा भए ? –वि.सं. १६१६ भाद्र २५ गते
तलेजु भवानी देवीलाई काठमाडौं उपत्यकामा लिएर आउने हरिसिंह देव कुन राज्यका राजा थिए ? –डोयराज्य
नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ? –नायकदेवी
नेपालका कुन मल्लराजाले रजस्वला नभएकी नाबालिकालाई बलत्कार गर्दा ती बालिकाको मृत्यु भएकोले सो पापबाट मुक्त हुन पशुपतिमा तीन महिनासम्म बसी कोटीहोम गराएका थिए ? –राजा प्रताप मल्ल
नेपालमा कुन राजाको पालादेखि बुढानिलकण्ठको दर्शन गर्न नजाने चलन छ ? –राजा प्रताप मल्ल

पाटनको शिखर शैलीको २१ गजुर भएको भव्य श्रीकृष्णको मन्दिर कुन राजाले बनाएका हुन् ? –सिद्धिनरसिंह मल्ल
पृथ्वीनारायण शाहकी आम कुन राज्यकी राजकुमारी थिइन् ? –पाल्पाकी
पृथ्वीनारायण शाहले कान्तिपुरका राजा जयप्रकाश मल्ललाई पराजित गरी कहिले कान्तिपुर राजसिंहासनमा बसे ? –१८२५ आश्विन १३
काठमाडौं उपत्यकाभित्रको भक्तपुरलाई पृथ्वीनारायण शाहले वि.सं. १८२६ मंसिर १ गतेमा आफ्नो अधिनमा ल्याएका थिए भने भक्तपुरका राजा रणजित मल्ल उनको नाताले के पर्दथे ? –मितबाबु
काठमाडौं उपत्यकाको कुन चाहीं राज्य बिना युद्ध नै पृथ्वीनारायण शाहले आफ्नो हात पारे ? –ललितपुर
रणबहादुर शाहको हत्या उनकै सौतिनी भाइ शेरबहादुर शाहले वि.सं. १८६३ बैशाख १४ गते गरे भने शेरबहादुर शाहको हत्या कसले गरेका थिए ? –भिमसेन थापा
बासठ्ठी हरण काण्ड कहिले भएको थियो ? –वि.सं. १८६२
भिमसेन थापाको जन्म वि.सं. १८३२ मा गोर्खाको वोर्लाङ भन्ने ठाउँमा भएको थियो भने यिनकी माता को हुन् ? –सत्यरुपा
नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा राजगद्दीमा बस्ने राजा को हुन् ? –गिर्वाणयुद्ध
कुन राजको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ? –गिर्वाणयुद्ध
वि.सं. १८१४ मंसिर १० गते सुरु भएको नालापानीको युद्धमा नेपालका तर्फबाट नेतृत् वगर्ने बलभद्र कुँवर थिए भने अंग्रेज तर्फको नेतृत्व कसले गरेका थिए ? –जिलेस्पी

वीर अमरसिंह थापालाई मलाउँको युद्धमा ठूलो प्रलोभन देखाई आपूतर्फ मिलाउन प्रयास गर्ने अंग्रेज कुटनीटिज्ञ को थिए ? –अक्टरलोनी
वि.सं. १८७२ मा भएको सुगौली सन्धिमा नेपालबाट गजराज मिश्रले र इष्ट इण्डिया कम्पनीका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ? –जनरल ब्राड शाँ
माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएकोपदवी केथियो ? –कलाबहादुर
जंगबहादुर राणाका मातापिता को को हुन् ? –बालनरसिंह कुँवर र रक्षाकुमारी
वि.सं. १९०३ कार्तिक महिनामा भण्डारखालको भोजमा निम्त्याई जंगबहादुर राणाको हत्या गर्ने रानी राजेन्द्रलक्ष्मीको योजनाको सुइको जंगबहादुरसम्म पु¥याउने ब्यक्ति को थिए ? –पण्डित विजयराज
नेपालको नयाँ मुलुक भनेर कुन कुन क्षेत्रलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कन्चनपुर
नेपालमा चर्खा प्रचार गरी स्वदैशी भावना जगाउन प्रयास व्यक्ति को थिए ? –तुलसी मेहर श्रेष्ठ
लाइब्रेरी पर्वमा राणाहरुलाई सुइको दिने ब्यक्ति को थिए ? –रामचन्द्र अधिकारी

नेपालका कुन राणा प्रधामन्त्री पद त्याग गरेर एकान्त जीवन बिताई पछि राजर्षि महाराका नामले प्रसिद्ध भए ? –जुद्ध शमशेर
वि.सं. २००७ फागुन ७ गते देशमा प्रजातन्त्रको सुत्रपात हुँदा नेपालका कुन राणा प्रधामन्त्री थिए ? –मोहन शमशेर
नेपालको पहिलो आम निर्वाचन कहिले सम्पन्न भयो ? –वि.सं. २०१५
लिच्छवीकालमा परमान भन्नाले के बुझिन्थ्यो ? – सैनिक
लिच्छविकालका अन्तिम राजा को हुन् ? – जय कामदेव (प्रथम जयदेव हुन्)
जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ? – धर्मकचहरी

लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? – पाञ्चाली
सुगौली सन्धि कहिले भएको थियो ? – ३ मार्च १८१६
डोय राज्यका अन्तिम राजा को हुन् ? – हरिसिंह देव
लिच्छवि राजा अंशुवर्मालाई महासामन्तको पदवी कुन राजाले प्रदान गरेका थिए ? – शिवदेव प्रथम
लिच्छवीकालीन समाजमा कति वर्ण व्यवस्था थिए ? –४ वर्ण १८ जात
२००७ सालमा परराष्ट्रमन्त्री को थिए ? –मोहनशमशेर
श्री ५ को सरकारले कमैयाहरुको कहिले मुक्त ग¥यो ? –वि.स. २०५७

सर्वप्रथम नेपालले संयक्त अधिराज्यसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो भने नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्ने दोस्रो देश कुन हो ?
– संयुक्त राज्य अमेरिका
पृथ्वी नारायण शाहको पहिलो विवाह कहिले भएको थियो ? वि.सं. १९९४
प्रताप मल्लका रानीको नाम के हो ? –रुपमती र राजमती
नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ? –सन् १९६४ टोकियो ओलम्पिक देखि
नेपालमा सबभन्दा पहिले स्थापना भएको पार्टी (दल) कुन हो ?
–नेपाल प्रजापरिषद्
नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?
–वि.सं. १९०३ कार्तिक १२

***हामीले प्रश्न हरु धेरै भएकोले बिना सम्पादन राखेका छौँ ..प्रश्न हरु दोहोरिन पनि सक्छ
***कुनै प्राबिधिक त्रुटी भए मिलाएर पढ्नुहोला वा टिप्पणी गर्नुहोला ..
धन्यवाद

Thursday 27 September 2012

गुगल सम्वन्धी १० रोचक तथ्यहरु



1) सेप्टेम्वर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । तर सेप्टेम्वर २७ मा अफिसियल जन्मदिन मनाउने गरेको छ । आज गुगलको १४ औ वार्षिकोत्सव हो ।


2) गुगल सन् १९९६ मा एक अनुसन्धान परियोजनाको रुपमा सुरुवात भई सन् १९९७ मा google.com अनलाईन भएको हो ।

3) स्टानफर्ड विश्वविद्यालयमा पिचएडी गदैगर्दा ल्यारी पेज र सर्जि व्रिनले गुगलको परिकल्पन गरेका थिए, उनिहरु अहिल्य गुगलका सस्थापक हुन् ।

4) गुगललाई सन माईक्रो सिस्टमका सह सस्थापक Andy Bechtolsheim ले १ लाख डलर प्रदान गरेका थिए । उनि नै गुगललाई फन्डको रुपमा सहयोग गर्ने पहिलो व्यक्ति हुन् ।

5) गुगलले सन् २००६ मा युट्युव डटकम डोमेन १ दशमलव ६५ विलियन डलरमा किनेको थियो, गुगलको ४० प्रतिशत भन्दावढी बजार युट्युवले ओगटेको छ ।

6) विश्वमा सवैभन्दा वढी प्रयोग गरिने सर्च ईन्जिन गुगल हो । करिव ६५ प्रतिसत ईन्टरनेट प्रयोगकर्ताले गुगल सर्च ईन्जिनको प्रयोग गर्छन ।

7) गुगल दैनिक औषत ७ अर्वभन्दा वढी पटक हेरिन्छ त्यस्तै गुगलको दैनिक औषत कमाई ७७ लाख डलर भन्दा वढी रहेको छ ।

8) सर्च ईन्जिन गुगलमा १९ हजार भन्दा वढी कर्मचारी कार्यरत छन् जसमा ३७ प्रतिशत कर्मचारी अनुसन्धानमा र ३७ प्रतिशत नै कर्मचारी व्यापारमा कार्यरत छन् ।

9) व्याकरदेखी सुरु भएको गुगलले अचम्मलाग्दो गुगल ग्लास, र ड्राईभरविनाको कार दैडाउने कामसम्म गरेको छ ।

10) गुगलको विकासक्रम यस्तो छ ।
सन् १९९८ : गुगलको पहिलो होमपेज,१९९९ : अङ्कल साम होमपेज,२००० : याहुको सर्च गुगलवाट, २००१ : गुगल तस्विर खोजी , २००२ : गुगल ल्याव, २००३ : गुगल एडसेन्स र व्लगर, २००४ : जिमेल , २००५ :गुगल म्याप , २००६ : युट्यूव , २००७ : एन्ड्रोइड , २००८ : गुगल क्रोम, २००९ : गुगल वेब, २०१० : गुगल बज , २०११ : गुगल प्लस, त्यस्तै २०१२ : गुगल प्रोजेक्ट ग्लास, ड्रईभर विनाको कार, गुगल नेक्सेस ट्याव्लेट ल्याएको छ । 

Thursday 20 September 2012

सामान्यज्ञान (सौर्य परिवार)


सौर्य परिवार
१६६ ज्ञात उपग्रह
यम २००६ मा ग्रहको सुचिवाट हाटाईयो
सुर्य
औषत तापक्रम ः १०,००० फरेनहाईट
सुर्यको वजन सौर्य परिवारको सवै ग्रहहरुको भन्दा ७४० गुणा ठुलो छ ।
सुर्यको प्रकास पृथ्वीकोमा आउन ८ मिनेट २० सेकेण्ड लाग्छ ।
सूर्यमा हाईड्रोजन, हिलियम, अक्सिजन, फलाम, कार्वन, नाईट्रोजन, म्याग्नेसियम, आल्मुनियम, आदि तत्व हुन्छन् ।

(१) बुध
सूर्यवाट सवैभन्दा नजिक रहेको ग्रह ।
सुर्यवाट यसको दुरि ५७६ लाख किमी
यसको व्यास ४,८५१ कि मी
यसको दुई तिहाई भाग सूर्यतिर फर्किएको छ ।
तापक्रम ः सुर्यतर्फ ४००० डिग्री सेन्ट्रीग्रट र सूर्यको प्रकाश शिधा नपर्ने भागमा २७३ डिग्री सेन्ट्रिीगेट हुन्छ ।
परिक्रमा समय कक्ष ः ८८ दिन (सूर्यको)
वायुमण्डल र उपग्रह छैन
परिक्रमा अक्षमा ः ५८.६५ दिन

(२) शुक्र
यो ग्रहलाई पहिले रहस्यमय उपग्रह पनि भनिन्थ्यो ।
यो ग्रहको तापक्रम ४०० डिग्री सेन्ट्रिगेट सम्म पुग्छ ।
यो ग्रहमा बढीमात्रामा कार्वनडाईअक्साईड ग्यास पाईन्छ ।
यो ग्रह सूर्यवाट १०७५ कि मी टाढा छ ।
यसको सतहको व्यास १२०३५ कि मी छ । ।
यो ग्रह रातो रङको देखिन्छ ।
यो ग्रहलाई आफ्नो अक्षमा घुम्नलाई २४३ दिन लाग्छ भने सुर्यको परिक्रमा गर्न २२५ दिन लाग्छ ।
यो ग्रह पृथ्वीवाट अध्ययन÷अनुसन्धान गरियको पहिलो ग्रह हो ।
संयुक्त राज्य अमेरिकाको अन्तरिक्षयान ‘‘मेरिनर २ ‘‘ ले सन १९६२ मा शुक्रको यात्रा गरेको थियो ।

(३) पृथ्वी
यो ग्रह मात्र प्राणीको विकाश भएको पाईन्छ ।
यो ग्रह सुर्यवाट दुरिका दृष्टिले तेस्रो र आठओटा ग्रहहरुमध्ये चौथो ठुलो ग्रह मानिन्छ ।
यो ग्रहको कुल भु भाग मध्ये ७१ प्रतिशत भाग पानीले ढाकेको छ भने २९ प्रतिशत जमिनले ।
यस ग्रहले सुर्यको परिक्रम ागर्न ३६५ दिन ५ घण्टा ४८ सेकेण्ड लगाउँछ ।
उपग्रह ः चन्द्रमा
यस ग्रहले आफ्नो अक्षमा एक चक्कर लगाउन २३ घण्टा ५६ मिनेछ ४.०९ सेकेण्ड लगाउँछ । जसलाई सौर्य दिन भनिन्छ ।
सूर्यसम्मको दुरि १४ करोड ८८ लाख कि मी टाढा छ ।
(४) मंगल
यो ग्रह सुर्यको परिक्रमा गर्न ६८७ दिन लगाउँछ ।
सुर्यवाट यस ग्रहको दुरी २३०० लाख कि मी टाढा छ ।
यस ग्रहले आफ्नो अक्षमा एक चक्कर लगाउन २४ घण्टा ३७ मिनेट २२ सेकेण्ड लाग्छ ।
यसको व्यास ६,७४२ कि मी छ ।
यसका फावोस र डिमोस गरी २ वटा उपग्रह छन् ।
यसलाई रातो ग्रह पनि भनिन्छ ।
(५) बृहस्पति
यस ग्रहलाई ग्रहको राजा पनि भनिन्छ ।
यस ग्रहका ६३ वटा उपग्रहहरु हालसम्म पत्ता लागेका छन् ।
११,३०,०४० कि मी व्यास भएको यो ग्रह पृथ्वी भन्दा ३१८ गुणा ठुलो छ ।
यस ग्रहले आफ्नो अक्षमा १ चक्कर लगाउन ९ घण्टा ५५ मिनेट ३० सेकेण्ड लगाउँछ अर्थात ९ घण्टा ५० मिनेटको १ दिन हुन्छ ।
यसको वायुमण्डलमा हाईड्रोजन, हिलियम, मिथेन, एमोनिया, आदि ग्याँस रहेको अनुमान गरिएको छ ।
सुर्यवाट यस ग्रहको दुरि ७७ करोड ८० लाख कि मी छ ।
यो ग्रहले सुर्यको परिक्रमा गर्न ११.८६ वर्ष लगाँउछ ।
(६) शनी
यो ग्रहको व्यास १,१५,८११ कि मी रहेको छ ।
यो ग्रहको ६० ओटा उपग्रहहरु छन् । टिटान सवैभन्दा ठुलो उपग्रह हो ।
यस ग्रहले सुर्यको परिक्रम ागर्न २९.४६ वर्ष लगाउँछ ।
यस ग्रहलाई पहेँलो ग्रहको नामले चिनिन्छ ।
यस ग्रहलाई तापक्रम माईनस १५३ डिग्री सेन्टिग्रट रहेको छ ।
यो ग्रहको वायुमण्डलीय घेराले घेरिएको छ । रिङ भएको यो ग्रह चित्रमा हेर्दा बढि आकर्षक देखिन्छि ।
यो ग्रह सुर्यवाट १४०० लाख कि मी टाढा रहेको छ ।
यो ग्रहले आफ्नो अक्षमा १ फन्को लगाउन १० घण्टा ३० मिनेट लगाउँछ ।
यस ग्रहको वायुमण्डलमा एमोनिया, मिथेन, आदी ग्याँस रहेको अनुमान गरिएको छ ।
(७) अरुण
यो ग्रह सूर्यवाट २९,००० लाख कि मी को दुरीमा छ ।
यो ग्रहले सुर्यको परिक्रमा गर्न ८४ वर्ष लगाउँछ ।
यो ग्रहको व्यास ५०,४४१ कि मी छ ।
यस ग्रहले १७ घण्टा १४ मिनेट २४ सेकेण्डमा अक्षमा एक फन्को लगाउँछ ।
यसको वायुमण्डलमा बढीमात्रामा मिथेन ग्याँस पाईन्छ ।
यो ग्रहको २७ वटा उपग्रह छन् ।
यो ग्रहको तापक्रम माईनस १८४ डिग्री सेन्टिग्रट सम्म हुन्छ ।
यस ग्रहलाई असफल तारा उपनामले समेत चिनिन्छ ।
(८) वरुण
यो ग्रह सुर्यवाट सवैभन्दा टाढा रहेको छ ।
यो ग्रहको रङ आकासे निलो रङको छ ।
यस ग्रहका १३ वटा उपग्रह छन् ।
यो ग्रहले सुर्यलाई १६४ बर्षमा परिक्रमा गर्छ ।
यो ग्रहको व्यास ४८,९७३ कि मी रहेको छ ।
यो ग्रहले आफ्नो अक्षमा १ चक्कर लगाउन १६ घण्टा ६ मिनेट ३६ सेकेण्ड लगाउँछ ।
यस गह्रको वायुमण्डल मिथेन ग्याँसले भरिएको छ । यस ग्रहको सतहको तापक्रम माईनस १७९ डिग्री सेन्ट्रिगेड रहेको छ ।
वृहस्पति र सनि ग्रहले जस्तै वरुणले पनि सुर्यवाट प्राप्त उर्जा भन्दा वढि उर्जा उत्सर्जन गर्दछ ।
सन् १८४८ मा सुरु गरेर सन् २०११ मा यसले सुर्यको १ पटक परिक्रमा ग¥यो ।


राशि अनुसारको प्रेम सम्बन्ध



१. मेष राशि
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र
सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध
र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव
यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले
प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष
राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र
राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक
हुनेछ ।

२. वृष राशि
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन ।
झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस
बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध
दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु
यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष,
वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक
केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

३. मिथुन
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने
खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले
प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै
दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ
। खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र
नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक
राशिसँगको प्रेम भने असफल हुन्छ ।

४. कर्कट राशि
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले
चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु
तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् ।
विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र
मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल
हुने देखिन्छ ।

५. सिंह राशि
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् ।
तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै
भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र
माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष,
मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

६. कन्या राशि
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै
यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् ।
तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह
राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

७. तुला राशि
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम
गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु
स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक
हुन्छ ।

८. वृश्चिक राशि
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् ।
भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत
दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण
प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह
राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

९. धनु राशि
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र
कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु
आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ
भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् ।
आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल
हुन्छ ।

१०. मकर राशि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम
प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् ।
यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ ।
यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर
राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै
हुन्छ ।

११. कुम्भ राशि
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य
राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार
हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न
सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन
राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

१२. मीन राशि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु
आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग
माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन्
। यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन
राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त
हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन
राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध
भने असफल हुने सम्भावना धेरै हुन्छ..!!!

Monday 17 September 2012

अनुहारले शरीरको स्वास्थ्यको बारेमा बताउँछ

भनिन्छ अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ खुसी छ या दुखि वा उसलाई कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा उसको अनुहारले बताउँछ । त्यसैले अनुहारले सौन्दर्य मात्रैदेखाउँदैन कि उसको शरीरको सम्पूर्ण अवस्थाको बारेमा बताउँदछ । अनुहार मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसले उसको भाग्य, उसको हाउभाउ तथा अन्य धेरै कुरा बताउँछ । अनुहारमा आउने दागहरु, डन्डिफोर तथा अन्य परिवर्तनले उसको शारीरिक अवस्थाको पनि जानकारी दिइराखेको हुन्छ । अनुहारको विभिन्न भागमा आउने परिवर्तन तथा संकेतहरुले शरीरको कुन भागमा के भइराखेको छ भन्ने कुराको जानकारी दिन्छ । १) निधार : निधारसँग शरीरको धेरै अंगहरु जोडिएको हुन्छ । जस्तै मुटु, मूत्र थैलि र सानो आन्द्रा । यसले निन्द्रा कम भएको अथवा अत्यधिक थाकेको छ भने पनि त्यो कुरालाई प्रष्टै देखाइदिन्छ । निधार रातो हुनु अथवा छाला फुटेर निस्कनुले शरीरको पाचन प्रणालिमा खराबी छ भन्ने कुरा जानकारी दिन्छ । यस्तो मानिसले तेल बढी भएको खाना खान छोड्नु पर्छ र कन्तिमा ८ घण्टा सुत्ने गर्नु पर्छ । २) आँखि भौँ : कलेजोको सिधा सम्बन्ध आँखि भौँसँग हुन्छ त्यसैले आँखि भौँलाई कलिजोको ढोका पनि भनिन्छ । धेरै मादक पदार्थ तथा कुनै पनि कुराको अत्यधिक सेवनको नतिजा यसमा पर्दछ । प्राचिन चिनिया औषधि विज्ञानले रिसको सिधा सम्बन्ध कलेजोसँग हुन्छ भन्ने मान्यता राख्दछ । त्यसैले यदि तपाई धेरै रिसाउनु हुन्छ भने यसलाई शान्त पार्ने विधि पनि जानु पर्दछ । यदि तपाईको दाहिने आँखि भौँ गाढा छ भने तपाईको रिस बाहिरी तवरबाट बढी आउँदछ । ठिक यसको विपरित देब्रे आँखि भौँ गाढा छ भने तपाईले आफ्नो रिसलाई बाँडेर राख्न सक्नुहुन्छ ।३) मुख : मुखको सिधा सम्बन्ध पेटसँग हुन्छ । मुखमा पनि ओठको सम्बन्ध पेट र सानो आन्द्रासँग हुन्छ भने त्यसका वरिपरिका भागहरु पेटमा हुने गढबढीसँग सम्बन्ध राख्दछ । ओठको छाला बिग्रने, फुस्रो हुने, फुट्ने तथा कलेटी पर्ने जस्ता लक्षणहरुले पेट खराबी छ भन्ने कुरा बुझाउँछ । पेट सुन्निने, पेट फुल्ने, बेला बेलामा दुख्ने, धेरै भोक लाग्ने वा लाग्दै नलाग्ने जस्ताहरुको सिधा असर ओठमा पर्दछ । साथै गिजाबाट रगत आउने लक्षण पेटमा एसिडको मात्रा बढेको भन्ने बुझाउँछ । त्यस्तै सुख्खा ओठले शरीरमा पानीको मात्रा कम छ भन्ने जानकारी दिन्छ । ४) गाला : गालामा हुने हल्का राता दागहरु शरीरमा अक्सिजनको मात्रा कमि छ भन्नेको सूचक हो । साथै श्वास प्रश्वास सम्बन्धि समस्यालाई पनि इङ्गित गर्दछ । यस्तो व्यक्तिले लामो लामो श्वास फेर्ने गर्नुपर्छ । धुम्रपान गर्नेले धुम्रपान त्याग्नु पर्छ । यदि रातो धेरै भएर चिलाउन थालेको छ भने कफि, अल्कोहल तथा कोला पिउन छोड्नुपर्छ । ५) चिँउडो : चिँउडोको सम्बन्ध मृगौला र मूत्र थैलिसँग हुन्छ । साथै शरीरमा हुने हर्मोनको गढबढी पनि यहाँ देखिन्छ । चिँउडोमा ज्यादा कालोपना अथवा धब्बाहरु देखिन थालेको छ भने यो बुझ्नुपर्छ कि मृगौलामा ज्यादा दवाव पुग्दैछ । त्यस्तै गरेर अत्यधिक बोझ र चिन्ताको प्रभाव पनि चिँउडोमा पर्दछ 

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...